उपत्यका
-
२०७७ श्रावण २८, बुधबार
किस्टमा थप एकजनाकाे काेराेनाबाट मृत्यु
काठमाडौं – ललितपुरको किस्ट अस्पतालको आईसीयूमा उपचाररत अर्का एकजना कोरोना संक्रमितको पनि मृत्यु भएको छ । यसअघि साेही अस्पतालमा टेकुकी एक वृद्धाकाे काेराेनाबाट मृत्यु भएकाे हाे । बाराको कलैया घर भएका ७७ वर्षीय पुरुषको उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएकाे ५ । दम तथा मुटु रोगी ती वृद्ध गत साउन २६ गते राति उनलाई त्रिवी शिक्षण अस्पतालले इमर्जेन्सीमा रिफर गरेको थियो। आज बिहान ४ बजे मृत्यु भएका...
-
२०७७ श्रावण २८, बुधबार
यस वर्ष इन्द्रजात्रामा भीडभाड हुन नदिने
काठमाडौँ – जिल्ला प्रशासन कार्यालय काठमाडौँले यस वर्षको इन्द्रजात्रामा हुने भीडभाड नगर्ने निर्णय गरेको छ । कार्यालयमा मङ्गलबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले इन्द्रजात्रा, हरितालिकालगायत चाडपर्वमा हुने सबै किसिमका भीडभाड नगर्न सरोकार भएका सबै निकायलाई आह्वान गरेको प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिनुभयो । बाहिर हुने भीडभाडका कार्यक्रम रोकिए पनि घरभित्र हुने जात्राका विधि भने...
-
२०७७ श्रावण २८, बुधबार
साँखुमा तीन कोरोना सङ्क्रमित
काठमाडौँ – शङ्खरापुर नगरपालिकामा तीन जना कोरोना भाइरसका सङ्क्रमित भेटिएका छन् । नगरपालिका– ९ मा दुई र वडा नं ७ मा एक गरी तीन जनामा कोरोना भाइरस भेटिएको हो । वडा नं ९ मा एकै परिवारका आमा र छोराको पिसिआर रिपोर्ट पोजेटिभ आएको वडाध्यक्ष घनश्याम थापाले बताउनुभयो । सङ्क्रमितको अहिले पाटन अस्पतालमा उपचार भइरहेको जनाइएको छ । त्यसै शङ्खरापुर– ७ नगरपालिका भवन नजीकै एक जना सङ्क्रमित भएको पुष्टि भएको छ ।...
-
२०७७ श्रावण २७, मंगलबार
जारको पानीको मूल्य बढ्यो – खारेज गर्न उपभाेक्ताकाे माग
भक्तपुर – बजारमा व्यापारीले निर्धारण गरेको मूल्यभन्दा ४० प्रतिशत मूल्य वृद्धि गरी पिउने पानीको मूल्य निर्धारण भएको जनाउँदै तत्काल बढेको मूल्य खारेज गर्न उपभोक्ताले सरकारसँग माग गरेका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय माताहतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले व्यापारीसँगको मिलेमतोमा आम उपभोक्तालाई मारमा पर्ने गरीे जारको पानी मूल्य निर्धारण गरेको बताइएको छ । विभागले आगामी भदौ...
-
२०७७ श्रावण २७, मंगलबार
सडक कालोपत्रेकाे माग राखी बालाजु बाईपासमा स्थानीयकाे प्रदर्शन
काठमाडाैं – हिलाम्मे सडक कालोपत्रे गर्न माग गर्दै बालाजु बाईपासका स्थानीय आन्दोलित भएका छन् । बालाजु बाइपासमा सडक विस्तारलाई तीव्रता दिन र तत्काल कालोपत्रे गर्न माग गर्दै स्थानीयले मंगलबार प्रदर्शन गरेका हुन् । बाटो विस्तारका क्रममा बाँकी रहेको भग्नावशेषका कारण बालाजुको उत्तरी क्षेत्रका सर्वसाधारणले वर्षौंदेखि सास्ती व्यहोर्दै आएका छन् । बालाजु बाइपासको खराब सडकका कारण लामो समयदेखि बाइसधारा...
-
२०७७ श्रावण २७, मंगलबार
सिंहदरबारको पूर्वीढोकामा स्यानिटाइजर बुथ स्थापना
काठमाडौँ – काठमाडौँ उपत्यकामा कोभिड–१९ महामारीको जोखिम बढेसँगै स्वास्थ्य सावधानी र सचेतना फैलाउन युवा समूह सक्रिय भएका छन् । कोरोनाको जोखिमलाई दृष्टिगत गर्दै देशको मुख्य प्रशासनिक निकाय सिंहदरबारको पूर्वी ढोका अनामनगरमा स्यानिटाइजरको व्यवस्था गरिएको छ । फिल्म वितरक तथा जागौँ युवा अभियानका अध्यक्ष करण श्रेष्ठको पहलमा पूर्वी ढोका परिसरमा स्यानिटाइजर बुथ रखिएको हो । उक्त बुथको आज एक कार्यक्रमबीच...
-
२०७७ श्रावण २७, मंगलबार
काठमाडौंका ११० सहित उपत्यकामा १३४ जनामा संक्रमण पुष्टि
काठमाडौं – काठमाडौं उपत्यकामा कोरोना संक्रमण दर दिनप्रतिदिन बढ्दो छ। पछिल्लो २४ घण्टामा थप १३४ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा मंगलबार थप १३४ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन्। काठमाडौंका ११० , भक्तपुरमा ८ र ललितपुरमा १६ जनामा गरी कुल १३४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले...
-
२०७७ श्रावण २७, मंगलबार
कोरोना परीक्षण थाल्दै प्रसुति गृह
विजयरत्न असंबरे परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालको ६१ औँ वार्षिक उत्सवको अवसर पारेर स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल र काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले ल्याबको संयुक्त रुपमा उद्घाटन गर्नुभए पछी थापाथली स्थित सो अस्पतालमा उपचारका लागि आउने सेवाग्राहीले अब त्यही अस्पतालबाट पीसीआर परिक्षणको सेवा प्राप्त गर्ने भएका छन् । कोभिड–१९ परिक्षणका लागि अत्यावश्यक पीसीआर...
-
२०७७ श्रावण २६, सोमबार
कामपा २१ र १२ वडाभित्रका अत्यावश्यकबाहेक अन्य पसलहरु बन्द हुने
काठमाडौं– काठमाडौं महानगरपालिका २१ र १२ वडामा अत्यावश्यक बाहेकका अन्य पसलहरु बन्द हुने भएका छन् । कोरोना संक्रमण बढन नदिन र स्थितिलाई भयावह हुन नदिन साउन २६ गते बसेको २१ र १२ वडा समितिको संयुक्त बैठकले उक्त निर्णय गरेको हो । बैठकले २१ र १२ वडाभित्रका अत्यावश्यकबाहेकका अन्य पसलहरु जस्तै मदिरा, भट्टि, तयारी पोशाक, जुत्ता, कलकारखानाहरु बन्द गर्न सर्वसाधारणमा अनुरोध गरेको छ । बैठकले खाद्यान्न पसलहरु...
-
२०७७ श्रावण २६, सोमबार
कोरोनाबाट किष्ट अस्पतालमा एकजनाकाे मृत्यु
काठमाडौँ – कोरोना संक्रमणका कारण ललितपुरको किष्ट अस्पतालमा एकजनाकाे मृत्यु भएकाे छ । ललितपुरको किष्ट अस्पतालमा उपचाररत काभ्रे पाँचखालकी ५० वर्षीया महिलाको मृत्यु भएको हो। अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले ती महिलाको सोमबार बिहान ९ बजे मृत्यु भएको जानकारी दिए । उनी भेन्टिलेटरमा उपचाररत थिइन् । निमोनियाको उपचार गराउन आइतबार दिउँसो १ बजे अस्पताल पुगेकी उनलाई शंका लागेर कोरोना परीक्षणका लागि...
-
२०७७ श्रावण २६, सोमबार
इन्द्रजात्राको साइत सार्वजनिक
काठमाडौँ – नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको इन्द्रजात्राको साइत सार्वजनिक गरेको छ । जात्राको लिङ्गो काट्न वन यात्रा जाने साइत भदौ ४ गते बिहान ११ः१५ बजे निस्किएको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो । रूख काट्ने साइत त्यसै दिन राति ९ः२५ बजे छ । काटिएको लिङ्गो नगर प्रवेश गराउन साइत भदौ १० गते बुधबार बिहान १०ः५५ बजे शुभ रहेको छ । लिङ्गो भोटाहिटीबाट भित्र प्रवेश...
-
२०७७ श्रावण २६, सोमबार
सरकारकै समर्थनमा भए पनि जुलुस निषेध गरौँ – उपत्यका नगरपालिका फोरम
विजयरत्न असंबरे – उपत्यका नगरपालिका फोरमको आज बसेको बैठकले उपत्यकामा समुदाय स्तरमा कोभिड—१९ को संक्रमण जान सक्ने जोखिमलाई ध्यानमा राखी सरकारको समर्थन वा विरोधमा र्याली, भेला, अनसन, जुलुुस लगायतका गतिविधि गर्न कडाईका साथ निषेध गरिनुपर्ने तथा भिडहुने साँस्कृतिक गतिविधि जात्रा पर्व सञ्चालनमा पनि रोक लगाउन पनि सरकार लाइ अनुरोध गरेको छ । आर्थिक गतिविधिलाई चलायमान गर्नका लागि लकडाउन खुकुलो बनाइएको र...


