उपत्यका
-
२०७७ भाद्र ५, शुक्रबार
होम आइसोलेसनमा बस्नेलाई टाेखा नगरपालिकाले दैनिक ३ सय ५० दिने
काठमाडौं – टोखा नगरपालिकाले होम आइसोलेसनमा बस्ने कोरोना संक्रमितलाई दैनिक ३ सय ५० रुपियाँ उपलब्ध गराउने भएको छ । सन्तुलित भोजनबापत उक्त रकम दिइने नगरपालिकाले जनाएकाे छ । टाेखामा कोरोना संक्रमितहरू हरेक दिन बढिरहेको अवस्थालाई ध्यानमा राखेर नगरपालिकाले सो निर्णय गरेको हो । संक्रमण पुष्टि भएका व्यक्तिले होम क्वारेन्टाइनमा बस्न चाहेमा स्वास्थ्य शाखाको सिफारिसमा सन्तुलित भोजनबापत प्रतिदिन ३ सय ५०...
-
२०७७ भाद्र ५, शुक्रबार
पाटन अस्पतालमा थप दुई संक्रमितको मृत्यु
ललितपुर – पाटन अस्पतालमा उपचाररत थप दुई जना कोरोना संक्रमितको शुक्रबार मृत्यु भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, ललितपुका अनुसार पाटन अस्पतालमा उपचाररत दोलखा र सर्लाहीका एक–एक जना संक्रमितको शुक्रबार मृत्यु भएको हो । केन्द्रका अनुसार भदौ २ गतेदेखि पाटन अस्पतालमा भर्ना भएकी दोलखाकी ३० वर्षीया महिलाको शुक्रबार उपचारकै क्रममा मृत्यु भएको हो । ती महिलामा कोभिड(१९ बाहेक पाठेघरवरपर...
-
२०७७ भाद्र ५, शुक्रबार
निषेधाज्ञा उल्लङ्घन गर्नेमा मोटरसाइकल बढी
काठमाडौँ – विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमण रोक्न स्थानीय प्रशासनले जारी गरेको आदेश उल्लङ्घन गर्नेमा सबैभन्दा बढी मोटरसाइकलधनी देखिएका छन् । काठमाडौँ उपत्यकाका तीन जिल्लामा अत्यावश्यकबाहेकका सबै गतिविधि निषेधको आदेश जारी गरिएको आज दोस्रो दिनसम्म कुल तीन हजार ५०२ सवारी साधनले आदेश उल्लङ्घन गरेको पाइएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार त्यसमा सबैभन्दा बढी तीन हजार...
-
२०७७ भाद्र ४, बिहिबार
काठमाडौं महानगरपालिकाले पाँच हजार क्षमताको आइसोलेसन निर्माणको गर्ने
विजयरत्न असंबरे • काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले तेस्रो मूलुकबाट आउनसक्ने ठूलो संख्याका यात्रुलाई समेत ध्यानमा राखी उपत्यकास्तरीय एकीकृत क्वारेन्टाइन तथा आइसोलेसन निर्माण गर्ने कार्यमा जुटिरहेको बताउनुभएको छ । उपत्यका नगरपालिका फोरमका अध्यक्ष समेत रहनुभएका शाक्यले संघ, प्रदेश र उत्यका नगरपालिकाहरुको समवन्वय र सहभागितामा आगामी १ हप्ता भित्र करीब ५ हजार क्षमताको एकीकृत...
-
२०७७ भाद्र ४, बिहिबार
उपत्यकामा आजदेखि निषेधाज्ञा : के गर्न हुने र के गर्नु नहुने
काठमाडौँ – उपत्यकाका तीन जिल्लामा आजदेखि अत्यावश्यक बाहेकका सबै गतिविधिमा निषेध गरिएको छ । तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित जिल्लाका सुरक्षा प्रमुखको मङ्गलबार बसेको बैठकको निर्णयअनुसार गएराति १२ बजेबाट लागू हुनेगरी अत्यावश्यक बाहेकका गतिविधि निषेध गर्ने गरी आदेश जारी भएको थियो । सोही निर्णय अनुसार रातिदेखि नै आदेश कार्यान्वयनमा आइसकेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उक्त आदेश भदौ १०...
-
२०७७ भाद्र ४, बिहिबार
निषेधाज्ञा पालना नगर्नेहरु होल्डमा, होल्ड सवारी बेलुका ८ बजेपछि मात्र दिइने
काठमाडौँ – कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि सरकारले गएरातिबाट सुरु हुने गरी उपत्यकाभित्र निषेधाज्ञा जारी गरेको छ । तीन वटै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी भएपछि उपत्यका सुनसान देखिएको छ । अत्यावश्यक सेवाका सवारी साधन भने चलिरहेका छन् । निषेधाज्ञा लागू गराउन ठाउँठाउँमा सुरक्षाकर्मीहरू खटिएका छन् । सुरक्षाकर्मीहरु प्रत्येक चोक र गल्लीहरुमा परिचालन भएका छन । प्रशासनले निषेधाज्ञा पालना...
-
२०७७ भाद्र ४, बिहिबार
कोरोनाको कारणले सन्चार क्षेत्रमा पारेको प्रभाव र समाधानबारे अन्तरक्रिया
नेवाः पत्रकार राष्ट्रिय दबूको आयोजना मा काेभिड- १९ को जाेखिम, सञ्चार गृह र सञ्चारकर्मिमा परेको प्रभाव न्यूनीकरणको उपाय विषयक अनलाइन अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ । दबूका केन्द्रिय अध्यक्ष सुरजबीर बज्राचार्यको सभापतित्वमा भएको सो अनलाइन सम्मेलनको सहजीकरण दबुका सचिव के के मानन्धरले गर्नु भएको सो कार्यक्रममा दबुका महा सचिव सुनिल महर्जनले स्वागत मन्तव्य राख्दै सम्मेलनको उद्देश्यमाथि प्रकाश...
-
२०७७ भाद्र २, मंगलबार
भोलि मध्यरातदेखि उपत्यकामा एक साता निषेधाज्ञा
काठमाडौं – कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा बुधबार मध्यरातिदेखि भदौ १० गतेसम्म निषेधाज्ञा लागू गर्ने निर्णय गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले भदौ ३ गते राति १२ बजेदेखि एक हप्तासम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको बैठकमा सहभागी एक सुरक्षा अधिकारीले जानकारी दिए । निषेधाज्ञा जारी भएपछि अत्यावश्यक सेवाबाहेक अरु सेवाहरु...
-
२०७७ श्रावण ३२, आइतबार
भदौ १ देखि कीर्तिपुर लकडाउन
ललेन्द्र शाक्य कोरोना भाइरसको जोखिम बढ्दै गएपछि भदौ १ गतेदेखि ९ गतेसम्म कीर्तिपुर नगरपालिका लकडाउन हुने भएको छ । कीर्तिपुर नगरपालिका जनचेतना र लकडाउन सुशासन अनुगमन समितिको संयोजनमा आइतबार बसेको आकस्मिक बैठकले लकडाउन गर्ने निर्णय गरेको हो । कोरोना भाइरस कोभिड १९ को संक्रमण न्यूनीकरण र नियन्त्रण गर्न भदौ ९ गतेसम्म सार्वजनिक यातायात समेत बन्द गरिने निर्णय सो बैठकले गरेको छ । लकडाउनको अवधिमा औषधि...
-
२०७७ श्रावण ३२, आइतबार
मध्यपुर थिमीमा भदौ ९ सम्म लकडाउन
काठमाडौं – कोरोना जाेखिम बढेसँगै मध्यपुर थिमी नगरपालिकाले पनि लकडाउन जारी गरेकाे छ। आजबाट भदौ ९ गतेसम्मका लागि लकडाउन लागु गरिएकाे नगर प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिएका छन्ल । समुदायस्तरमा कोरोना फैलिएपछि नगरपालिकाले आगामी भदौ ९ गतेसम्मका लागि लकडाउन गरेको हो । नगरपालिका क्षेत्रभित्र हालसम्म ४१ जना कोरोना सङ्क्रमित पुष्टि भएकाे छ । लकडाउनपछि पसल, व्यवसाय ठप्प भएको छ । अत्यावश्यक सामान...
-
२०७७ श्रावण ३१, शनिबार
बूढानीलकण्ठमा पाँचभन्दा बढी भेला हुन प्रतिबन्ध
बूढानीलकण्ठ – बूढानीलकण्ठ नगरपालिका–१० मा पाँच जनाभन्दा बढी भेला हुन प्रतिबन्ध लगाइएको छ । केही समयदेखि वडामा कोरोनाको सङ्क्रमण बढ्दै गइरहेको जनाउँदै यही साउन २९ गते बसेको वडास्तरीय विपद् व्यवस्थापन समितिले वडाभित्र कुनै पनि स्थानमा पाँच जनाभन्दा बढी भेला हुन प्रतिबन्ध गरेको हो । त्यस्तै वडाभित्रका मिलनचोक तरकारी बजार, आकाशेधारा ह्यान्डबल ग्राउण्ड एरिया, बालुवाखानी चोक, रुद्रमती चोक र फ्रेन्डसिप...
-
२०७७ श्रावण ३१, शनिबार
नेपाल कोरिया अस्पतालका कर्मचारीमा संक्रमण • आईसीयू, ओपीडी सेवा बन्द
काठमाडाैं – नेपाल कोरिया मैत्री अस्पतालका ३ जना स्टाफ नर्ससहित ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि आईसीयू, ओपीडी लगायत सेवा बन्द भएका छन् । मध्यपुर थिमिकाे साे अस्पतालमा कार्यरत नर्स र कर्मचारीमा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको हो । अस्पताल प्रशासनले तत्कालकाे लागि अस्पातालको आईसीयू, ओपीडी लगायत सेवा बन्द गर्ने निर्णय गरेको हो । संक्रमित चारै जनालाई अस्पतालमै आइसोलेसन गरेको जनाएको छ ।...


