उपत्यका
-
२०८१ भाद्र २८, शुक्रबार
काठमाडौँ महानगरमा ९५ दशमलव पाँच प्रतिशत साक्षर
काठमाडौँ, काठमाडौँ महानगरपालिकाले महानगरको साक्षरता ९५ दशमलव पाँच प्रतिशत रहेको जनाएको छ ।कुल आयको ५० प्रतिशतभन्दा बढी खर्च गरी कार्यप्रगति सन्तोषजनक रहेको जनाउँदै महानगरपालिकाले जनसङ्ख्या आठ लाख ६२ हजार चार सय रहेको बताएको छ ।आव २०८०र८१ मा सञ्चालित कार्यक्रम तथा आयोजनाबाट पूर्वाधार विकास तथा भौतिक प्रगति ५३ प्रतिशत भएको योजना अनुगमन तथा मूल्याङ्कन एकाइ प्रमुख सुमित्रा लामिछानेले जानकारी दिनुभयो...
-
२०८१ भाद्र २८, शुक्रबार
जिब्रो छेडेर थिमिदेखि पशुपति सम्म परिक्रमा गरिने
बुधबार येँया पुन्हिको दिन मध्यपुरथिमि नगरपालिका–५ दिगुटोलबाट जिब्रो छेडेर थिमिदेखि पशुपतिनाथ मन्दिरसम्म परिक्रमा गरिने भएको छ । दिगुटोलस्थित दिगु भैरव मन्दिर अगाडि हजारौँ स्थानीयको उपस्थितिमा ४० किलोको ‘महादीप’ बोकेर मध्यपुरथिमिदेखि पशुपतिनाथ मन्दिरसम्म र त्यहाँबाट पुनः मध्यपुरथिमिसम्मको परिक्रमा हुन लागेको हो । मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले मध्यपुरथिमिको सांस्कृतिक महत्वको...
-
२०८१ भाद्र २६, बुधबार
अझै सम्पन्न भएन रुद्रायणी देवी मन्दिर पुनः निर्माण
ललितपुर, २६ भदौ स् ललितपुर महानगरपालिका–२१ खोकना स्थित ऐतिहासिक रुद्रायणी देवीको मन्दिर पुनःनिर्माणको काम अझै सकिएको छैन । विसं २०७२ गोर्खा भूकम्पले क्षति पु¥याएको ऐतिहासिक मन्दिर पुनः निर्माण थालिएको चार वर्षपुरा भएको छ । पछिल्लो समय पुननिर्माणका लागि बजेट अभाव भएको जनाइएको छ । ललितपुर महानगरपालिकाको आर्थिक सहयोगमा स्थानीय रुद्रायाणीदेवी पुनःनिर्माण उपभोक्ता समितिले कामको जिम्मा लिएकोे थियो...
-
२०८१ भाद्र २६, बुधबार
यःसिं हनुमानढोका पु¥याइयो
काठमाडौं । यस वर्षको इन्द्र जात्राको लागि ‘यःसिं’ भोटाहिटी ल्याइपु¥याइएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. १० स्थित चित्तपोलको सामुदायिक बनबाट यःसिं भोटाहिटी ल्याइएको हो । नेपाल पञ्चांग निर्णायक विकास निर्णायक समितिले दिएको साइत अनुसार गत यंलाथ्व दुतियाको शुभ साइतमा गुरुजु पल्टनका साथ केन्द्रीय मानन्धर संघका पदाधिकारी यःसिं लिन बसन्तपुरबाट प्रस्थान गर्नुभएको थियो । यसपटक यःसिंको...
-
२०८१ भाद्र २२, शनिबार
टोखा नरपालिकाले तयार पार्यो नेपालभाषाको आफ्नै पाठ्यपुस्तक
काठमाडौं - काठमाडौंको उत्तरी क्षेत्रमा पर्ने सांस्कृतिक एवम् ऐतिहासिक नगर टोखामा स्थानीय पाठ्यपुस्तक ‘हाम्रो टोखा देश’ तयार भएको छ । टोखा नगरपालिकाले स्थानीय पाठ्यक्रममा आधारित भएर स्थानीय नेपालभाषामा उक्त पुस्तक तयार गरेको हो । बाल विकासदेखि ३ कक्षासम्मको लागि तयार गरिएको उक्त पाठ्यपुस्तक गत हप्ता टोखा नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको तर्फबाट आयोजित कार्यक्रममा टोखा नगरपालिकाका प्रमुख...
-
२०८१ भाद्र १७, सोमबार
नेपालभाषा, साहित्य र संस्कृतिलाई बचाइराख्न पुस्तान्तरण आवश्यकः बागमती प्रदेश मन्त्री खड्गी
ललितपुर । बागमती प्रदेशकी सामाजिक विकासमन्त्री हरिप्रभा खड्गीले नेपालभाषा, साहित्य र संस्कृतिलाई बचाइराख्ने हो भने पुस्तान्तरण गर्नुपर्ने बताउनुभएको छ । नेपालभाषा केन्द्रीय विभागको ५४ औं स्थापना दिवसका अवसरमा आयोजित बैकुण्ठ एवम् चैन लाकैल पुरस्कार प्रदान कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै उहाँले उक्त कुरा बताउनुभएको हो ।, मन्त्री खड्गीले उपत्यका सांस्कृतिक नगरी भएकोले यहाँको मूर्त अमूर्त...
-
२०८१ भाद्र १७, सोमबार
प्रेमशान्ति तुलाधरलाई वैकुण्ठ लाकौल पुरस्कार, एमएमा उत्कृष्ट हुने छात्रा पुरस्कृत
ललितपुर - बागमती प्रदेशकी सामाजिक विकासमन्त्री हरिप्रभा खड्गीले नेपालभाषा, साहित्य र संस्कृतिलाई बचाइराख्ने हो भने पुस्तान्तरण गर्नुपर्ने बताउनुभएको छ । नेपालभाषा केन्द्रीय विभागको ५४ औं स्थापना दिवसका अवसरमा आयोजित बैकुण्ठ एवम् चैन लाकैल पुरस्कार प्रदान कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै उहाँले उक्त कुरा बताउनुभएको हो । मन्त्री खड्गीले उपत्यका सांस्कृतिक नगरी भएकोले यहाँको मूर्त अमूर्त...
-
२०८१ भाद्र १७, सोमबार
सयौं बाजा एउटै ताल, सयौं कलाकार एउटै चाल
केन्द्रीय मानन्धर संघले काठमाडौंको आयोजनामा बृहत् धाः बाजा प्रदर्शनी ११४४ सम्पन्न गरेको छ । बसन्तपुरमा सम्पन्न सो प्रदर्शनी मौलिक बाजा संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले संघले केही वर्ष यतादेखि काठमाडौं महानगरपालिकासँगको सहकार्यमा स युवा पुस्तामार्फतको सहभागीता मा सम्पन्न भएको हो । मरु गणेशस्थानको पछाडि अवस्थित माजु देगःको खुड्किलामा उभिएर सयौं कलाकारहरुले एकै पटक, एउटै चालमा सयौं बाजा...
-
२०८१ भाद्र १७, सोमबार
देशभक्तहरुको मोर्चा आवश्यक : डा. महेशमान श्रेष्ठ
नागरिक अगुवा डा. महेश मान श्रेष्ठले देशभक्तहरुको संयुक्त मोर्चा बनाउनुपर्नेमा जोड दिनुभएको छ । नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी, समाजवादी लगायतको दलले देशभक्तहरुको संयुक्त मोर्चा बनाउनुपर्ने सुझाव दिनु भएको हो । नेवाः ग्वाहालि पुचः टोखाले गरेको कार्यक्रममा नेपाललाई भ्रष्टाचारी, राजनीतिक दलभित्रका विकृत नेता र सोही आचारण भएका जनताले बिगारेको आरोप डा श्रेष्ठले लगाउनु भएको छ । ‘बिबिसी, सीएनएन...
-
२०८१ भाद्र १६, आइतबार
ज्यापु समाजको ज्यापु कल्याण तालिम भवन उद्घाटन
ललितपुर- ज्यापु समाज यलले निर्माण गरेको ज्यापु कल्याण तालिम भवन संचालनमा आएको छ । उक्त भवनको शनिबार ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले उद्घाटन गरे । तीन करोड लगानीमा निर्माण गरिएको यो भवनमा कला, संस्कृति र सम्पदा संरक्षणका लागि मद्दत गर्न तालिमहरू संचालन गरिने जनाइएको छ । दान दिइएको जग्गाको क्षेत्रफल १० आना, एक पैसा, दुई दाम रहेको छ । ललितपुरका मेयर चिरीबाबु महर्जनले महानगरले दिने...
-
२०८१ भाद्र १६, आइतबार
भक्तपुरमा मनाइयो पञ्चदान पर्व
काठमाडौं - नेपाल सम्वत् ७७५ मा मल्ल राजा नरेश मल्लको शासनकालमा जयदेव बज्राचार्यले यो पर्व प्रचलनमा ल्याएको मान्यता छ । शनिबार पाँच दीपंकरहरूलाई भक्तपुर नपा–९ सूर्यमढीस्थित आदिपद्म महाविहारमा भेला गराएर त्यहाँ विशेष पूजा सम्पन्न गरेपछि पाँच दीपंकर बुद्धलाई बाजागाजासहित भक्तपुर नगरका १० वटै वडाका टोल–टोलमा परिक्रमा गराइएको छ । काठमाडौँस्थित प्रशन्नशील महाविहार, गोल्मढीको झौरबही, साकोठाको...
-
२०८१ भाद्र १२, बुधबार
मिसा खलःद्वारा विभिन्न व्यक्तित्वहरू सम्मानित
काठमाडौं - नेपालभाषा मिसा खलःको २५ औं स्थापना दिवसको अवसरमा विभिन्न व्यक्तित्वहरू पुस्कार एवं सम्मानपत्रद्वारा सम्मानित भएका छन् । नेपालका विख्यात पर्यटन व्यवसायीका साथै संरक्षण विद् कर्ण शाक्यको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा सम्मानित हुनेहरुमा साहित्यकार फणिन्द्र बज्राचार्य, भाषा आयोगका सदस्य सुरेश किरण मानन्धर, स्वर्ण पदक विजेता खेलाडी केदारेश्वरमान स्थापित, संस्थाकी आजिवन सदस्य...


