उपत्यका
-
२०७९ मङ्सिर १३, मंगलबार
सुकुम्बासी आक्रमणकारीकाे नाम खुलाई कारबाही गर्न प्रहरीलाई पत्राचार
काठमाडौँ - साेमबार थापाथलीमा अनधिकृत संरचना हटाउन जाँदा नगर प्रहरीमाथि सांघातिक आक्रमण गर्नेहरुको नाम खुलाएर कानुनी कारवाहीका लागि महानगरपालिकाले प्रहरी परिसर टेकुलाई पत्राचार गरेको छ । काठमाडौँ महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले घटनाका विषयमा प्रेस विज्ञप्ति जारी गर्दै यस विषयमा जानकारी गर्राएका हुन्। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको अनुरोधमा बागमती किनारामा रहेको सार्वजनिक...
-
२०७९ मङ्सिर १३, मंगलबार
थापाथलीकाे सुकुम्बासी बस्ती हटाउन खोजेपछि तनाव
काठमाडौं - काठमाडौं महानगरपालिकाले काठमाडौंको थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासी बस्ती हटाउन खोजेपछि तनाव सिर्जना भएको छ । काठमाडौं महानगरपालिका र अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको टोली एक्स्काभेटर लिएर सुकुम्बासी बस्ती हटाउन खोजेपछि नदी किनारका सुकुम्बासी बस्तीका स्थानीय प्रदर्शन उत्रिएपछि तनावग्रस्त बनेको हो । हातमा घरेलु हतियार खुकुरी, हंसिया, लाठी, घुइँत्रोलगायत...
-
२०७९ मङ्सिर ११, आइतबार
भक्तपुरमा समानुपातिकतर्फ नेमकिपा पहिलो
भक्तपुर - गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ भक्तपुरमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) पहिलो दल बनेको छ । प्राप्त मतका आधार नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चौंथो ठूलो दल बनेको छ । त्यसैगरी नेकपा (एमाले) दोस्रो ठूलो दल बन्दा नेपाली कांग्रेस भने तेस्रो ठूलो दल बनेका छन् । प्रतिनिधिसभाका दुई वटा निर्वाचन क्षेत्र रहेको भक्तपुरमा नेमकिपाले १ नं. क्षेत्रबाट ३२...
-
२०७९ मङ्सिर १०, शनिबार
प्रेम सुवालकाे जितमा भक्तपुरमा विजय र्याली
काठमाडौं - नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले स्वदेशमै रोजगारी दिनसक्ने कानून निर्माण गर्न आफूले संसदमा आवाज उठाउने बताएका छन् । शनिबार भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ का मतदाताहरुलाई धन्यवाद दिन निकालिएको विजयी जुलुसपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले आफ्नो दबाब स्वदेशमै राजगारी सिर्जना गर्ने कानून निर्माणमा रहने बताएका हुन् । भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ बाट विजयी...
-
२०७९ मङ्सिर ७, बुधबार
ललितपुर ३ मा रास्वपाकी डा. तोसिमा कार्की विजयी
ललितपुर - ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा तोसिमा कार्की निर्वाचित भएकी छिन् । कार्की १४ हजार २०८ मत ल्याएर निर्वाचित भएकी हुन्। उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार अमृत खड्काले ८ हजार २२३ मत पाए। सोही क्षेत्रमा उम्मेदवार बनेकी माओवादी केन्द्रकी पम्फा भुसालले ५ हजार ४५६ मत पाइन्।
-
२०७९ मङ्सिर ७, बुधबार
काठमाडौं क्षेत्र २ ; रास्वपाकी सोविता गौतम निर्वाचित
काठमाडाैं - प्रतिनिधिसभा सदस्यतर्फ काठमाडौं क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा उम्मेदवार सोविता गौतम निर्वाचित भएकी भएकी छिन्। निर्वाचन अधिकृत विमला रेग्मीका अनुसार गौतमले १५ हजार दुई सय २९ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार मणिराम फुँयालले ११ हजार पाँच सय ५५ मत प्राप्त गरेका थिए । त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार कुन्तीदेवी...
-
२०७९ मङ्सिर ७, बुधबार
काठमाडौं ६ बाट घण्टीका शिशिर खनाल निर्वाचित
काठमाडौं ६ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनाल निर्वाचित खनाल निर्वाचित भएका छन् । योसँगै राष्ट्रिय स्वतन्त्र पार्टीको यो चौथो जित हो । खनालले एमालेका सर्वेन्द्र खनाललाई पराजित गर्दै जित हात पारेका हुन् शिशिर १४२०४ मतका साथ विजयी हुँदा निकट्तम प्रतिद्वन्द्वी एमालेका सर्वेन्द्र खनालले ८९११ मत ल्याए । निवर्तमान सांसद कांग्रेस केन्द्रीय सदस्य भीमसेनदास प्रधान ८८०५ मतका साथ तेस्रो...
-
२०७९ मङ्सिर ७, बुधबार
काठमाडौं १० मा कांग्रेसका केसी विजयी
काठमाडौँ - काठमाडौँ–१० मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका राजेन्द्रकुमार केसी विजयी हुनुभएको छ । निर्वाचन अधिकृत फणेश्वरी घिमिरेका अनुसार उहाँले केसीले १४ हजार चार सय ५८ मतसहित विजयी हुनुभएको हो । प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (एमाले) हिमेस केसीलाई दुई हजार छ सय ७२ मतले पछि पार्दै केसी यस क्षेत्रबाट तेस्रोपटक निर्वाचित हुनुभएको हो । यद्यपि विजयको औपचारिक घोषणा हुन बाँकी छ । एमालेका...
-
२०७९ मङ्सिर ७, बुधबार
काठमाडौँ ७ प्रदेश (क) मा वसन्त मानन्धर विजयी
काठमाडौँ - काठमाडौँ–७ (१)मा नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार वसन्तप्रसाद मानन्धर विजयी हुनुभएको छ । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको आज बुधबार बिहान सम्पन्न प्रदेशसभा (१)को मतगणनामा एकीकृत समाजवादीका मानन्धरले चार हजार एक सय ५३ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन अधिकृत उषा श्रेष्ठले राससलाई जानकारी दिनुभयो । यस्तै नेकपा (एमाले)का उम्मेदवार जीवन मानन्धरले तीन...
-
२०७९ मङ्सिर ७, बुधबार
काठमाडौं ८ : रास्वपाका विराजभक्त श्रेष्ठ निर्वाचित
काठमाडौँ - काठमाडौं क्षेत्र नं ८ बाट प्रतिनिधिसभा सदस्यकामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठ विजयी भएका छन् । घण्टी चुनाव चिह्नबाट उनी १० हजार १०५ मतसहित विजयी भएका हुन् । उनीसँग हाम्रो नेपाली पार्टीका उम्मेदवार सुमन सायमी पराजित भएका छन् । सायमी ४ हजार २ सय १६ मतान्तरले पराजित भए । उनले ५ हजार ८ सय ८९ मत पाएका छन् ।
-
२०७९ मङ्सिर ७, बुधबार
काठमाडौं क्षेत्र २ : रास्वपाकी सोविता गौतम निर्वाचित
प्रतिनिधिसभा सदस्यतर्फ काठमाडौं क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा उम्मेदवार सोविता गौतम निर्वाचित भएकी भएकी छिन्। निर्वाचन अधिकृत विमला रेग्मीका अनुसार गौतमले १५ हजार दुई सय २९ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार मणिराम फुँयालले ११ हजार पाँच सय ५५ मत प्राप्त गरेका थिए । त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार कुन्तीदेवी पोखरेलले ११ हजार १४...
-
२०७९ मङ्सिर ७, बुधबार
काठमाडौं ७ - रास्वपाका गणेश पराजुली विजयी
काठमाडौं - काठमाडौँ–७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पराजुली निर्वाचित भएका छन् । आज बिहान सम्पन्न प्रतिनिधिसभा उम्मेदवारको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पराजुलीले आठ हजार सात सय ४३ मत ल्याई विजयी भएकाे निर्वाचन अधिकृत उषा श्रेष्ठले जानकारी दिइन् । दोस्रो मत नेकपा (एमाले)का उम्मेदवार श्यामकुमार घिमिरेले प्राप्त गरे । उनले छ हजार आठ सय र लोकतान्त्रिक–वाम गणबन्धनकी...


