उपत्यका
-
२०७९ मङ्सिर ७, बुधबार
काठमाडौं–६ प्रदेश (१)मा कांग्रेसकी हरिप्रभा खड्गी विजयी
काठमाडौं - काठमाडौँ क्षेत्र नं ६ को प्रदेशसभा (१) मा नेपाली कांग्रेसकी उम्मेदवार हरिप्रभा श्रेष्ठ खड्गी विजयी भएकी छन्। गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको आज राति सम्पन्न प्रदेशसभा (१)को मतगणनामा कांग्रेसकी खड्गीले चार हजार तीन सय ५६ मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृत सम्झना खनालले जानकारी दिए । यस्तै नेकपा (एमाले)का उम्मेदवार निरेशलालसिंह महर्जनले तीन हजार नौ सय...
-
२०७९ मङ्सिर ६, मंगलबार
मतदाताले दिएको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्नेछु : कृष्णगाेपाल श्रेष्ठ
काठमाडाैँ - नवनिर्वाचित सांसद कृष्णगोपाल श्रेष्ठले मतदाताले दिएको जिम्मेवारीलाई पाँच वर्षसम्म कुशलतापूर्वक सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । काठमाडौँ क्षेत्र नं ९ बाट विजयी भएपछि प्रतिक्रिया दिँदै उहाँले भन्नुभयो, “मतदाताले दिएको जिम्मेवारीलाई ५ वर्षसम्ममा कुशलतापूर्वक पूरा गर्न प्रतिबद्ध छु, जनताको हरेक समस्यालाई सम्बोधन गर्न जुट्नेछु, जनताको सल्लाहमा अघि बढ्नेछु ।” नवनिर्वाचित...
-
२०७९ मङ्सिर ६, मंगलबार
काठमाडौं ९ बाट एमालेका कृष्णगाेपाल श्रेष्ठ विजयी
काठमाडौं - काठमाडौंको क्षेत्र नम्बर ९ मा नेकपा (एमाले)का कृष्णगोपाल श्रेष्ठ विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेललाई ९९५ मतान्तरले पराजित गर्दै एमालेका श्रेष्ठले विजयी हासिल गरेका हुन् । श्रेष्ठले ११ हजार ९५६ मत ल्याएर विजयी भएका हुन् । पराजित टेकबहादुर पोखरेलले १० हजार ९६१ मत ल्याएका छन् । यसअघि श्रेष्ठ प्रतिनिधिसभा सदस्य निर्वाचन २०४८ मा काठमाडौं ५...
-
२०७९ मङ्सिर ६, मंगलबार
काठमाडौं-८ (क) : लौराे लिएका शैलेन्द्रमान बज्राचार्य विजयी
काठमाडौं - काठमाडौं निर्वाचन क्षेत्र नम्बर काठमाडौं-८(क)मा हाम्रो नेपाली पार्टीका शैलेन्द्र मान बज्राचार्य विजयी भएका छन्। बजाचार्यले ५४६२ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका राजेश शाक्यले ३७११ मतका ल्याएका छन् । सत्ता गठबन्धनतर्फबाट नेपाली कांग्रेसका उम्मेदवार राजुराज जोशीले ३६७० मत ल्याएका छन् ।
-
२०७९ मङ्सिर ६, मंगलबार
ललितपुर ३ - फराकिलाे मतान्तरबाट तोसिमा कार्की अगाडि
काठमाडौं - ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार तोसिमा कार्कीले फराकिलो मतान्तरले अघि बढेकी छिन् । उनले ३ हजार ८९६ मत पाएकी छिन् । एमालेका उम्मेदवार अमृत खड्काले २ हजार ९ सय ५९ मत पाएका छन् भने माओवादी केन्द्रकी उम्मेदवार पम्फा भुसालले १ हजार ७९६ मत पाएकी छिन् ।
-
२०७९ मङ्सिर ६, मंगलबार
काठमाडौं ८ - सुमनलाई पछि पार्दै घण्टीका विराजले लिए पुनः अग्रता
काठमाडौँ ८ मा मंगलबार बिहान ४.१५ बजेसम्म १४ हजार ५०० मत गन्दा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठले अग्रता लिएको छ । श्रेष्ठले ४५६३ मत प्राप्त गरेका छन् । यसैगरी यसअघि अग्रता लिइरहेका हाम्रो नेपाल पार्टीका सुमन सायमी यसपटक दाेस्रो स्थानमा आएका छन् । उनकाे लौरो चिन्हले ३ हजार ७ सय ७३ मत प्राप्त गरेका छन् । नेकपा एमालेका शिवसुन्दर राज वैद्यले १८ सय ४०, जसपाका जीवनराम श्रेष्ठले १८ सय ४४...
-
२०७९ मङ्सिर ६, मंगलबार
काठमाडौं–१ मा रवीन्द्र मिश्रलाई हराउँदै प्रकाशमान सिंह विजयी
काठमाडौं - काठमाडौं –१ मा नेपाली कांग्रेसका प्रकाशमान सिंह विजयी भएका छन् । उनले राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रलाई हराएका हुन् । सिंहले २०७४ को निर्वाचनमा पनि मिश्रलाई हराएका थिए । सिंहले झिनाे मतान्तरले मिश्रलाई हराएका हुन् । सिंह १२५ मत अन्तरले विजयी भएका छन् । सिंहले ७ हजार १ सय ४३ मत प्राप्त गरेका छन् । मिश्रले ७ हजार १८ मत प्राप्त गरे।
-
२०७९ मङ्सिर ६, मंगलबार
ललितपुर- २ मा एमालेका प्रेम महर्जन निर्वाचित
ललितपुर - नेकपा एमालेले पनि ललितपुर- २ बाट विजयकाे खाता खाेलेकाे छ । प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका प्रेम महर्जन निर्वाचित भएका छन् ।सोमबार राति सम्पन्न मत गणनाअनुसार महर्जन ९ हजारभन्दा बढी मतान्तरले विजयी भएका हुन् । एमालेका महर्जनले १९ हजार ८३४ मत पाएका छन् भने नेपाली पार्टीका सुदीन शाक्यले १० हजार ४४० मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जनले १० हजार १३६ मत पाउँदा...
-
२०७९ मङ्सिर ५, सोमबार
काठमाडौं ८ - लौरो लिएका साय्मि र घण्टी लिएका श्रेष्ठबीच कडा प्रतिस्पर्धा
काठमाडौं - काठमाडौं-८ को तीन वटा वडाको मतगणनाको सुरुवाती परिणाम हेर्दा राष्ट्रिय स्वतन्त्र पार्टी र हाम्रो नेपाली पार्टीबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । सोमबार बिहान १० बजेदेखि डल्लुस्थित गीता माता विद्यालयमा भइरहेको गणनामा स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठ र हाम्रो नेपाली पार्टीका उम्मेदवार सुमन सायमी अघि–पछि देखिएका छन् । पछिल्लाे मत परिणामअनुसार लौरो चुनाव चिह्नका सायमीले २३ सय...
-
२०७९ मङ्सिर ४, आइतबार
काठमाडौंको मतगणना कहाँ कहाँ हुँदैछ ?
काठमाडौं - काठमाडौं जिल्लाका १० वटा निर्वाचन क्षेत्रहरुको मतगणना फरक–फरक १० ठाउँमा हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । सबै मतदानस्थलमा सुरक्षाका लागि तारजाली र सीसीटिभी क्यामरा जडान गरिएको छ । काठमाडौं क्षेत्र नं. १ को मतगणना अन्तर्राष्ट्रिय सम्मेलनमा केन्द्रमा हुनेछ । क्षेत्र नम्बर २ को मतगणना राधाकृष्ण मन्दिर थलीमा, क्षेत्र नम्बर ३ को चामुण्डा स्कुल जोरपाटीमा, क्षेत्र नम्बर ४ को...
-
२०७९ मङ्सिर ३, शनिबार
काठमाडौँ उपत्यकाका तीन कारागारमा निर्वाचन तयारी पूरा
काठमाडाैँ - आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पहिलो पटक कारागारमा रहेका कैदीबन्दीले मताधिकारको प्रयोग गर्दैछन् । मतदाता नामावलीमा नाम समावेश भई निर्वाचन कसुरमा सजाय पाएका बाहेकका कैदीबन्दीले प्रतिनिधिसभाको समानुपातिकतर्फ मतदान गर्न पाउने व्यवस्था गरिएको छ । यसैबीच, काठमाडौँ उपत्यकामा रहेका तीन कारागारमा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको सम्बन्धित कार्यालयले जनाएका छन् ।...
-
२०७९ मङ्सिर २, शुक्रबार
‘उपत्यकाकाको निर्वाचन सुरक्षामा कुनै कसर बाँकी राखिएको छैन’
यही ४ गतेको चुनाव प्रभावित पार्ने उद्देश्यले काठमाडौँका विभिन्न चार स्थानमा राखिएका शङ्कास्पद वस्तु हटाइएकोे छ । निर्वाचनको पूर्वसन्ध्यामा तर्साउनका लागि राखिएको नक्कली वस्तु आज हटाइसकिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार ती सबै वस्तु नक्कली रहेको र नेपाली सेनाको बम डिस्पोजल टोलील हटाएको हो । उहाँले ती वस्तुहरू आज...


