STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उपत्यका

  • २०७९ मङ्सिर २, शुक्रबार

    जावलाखेल, हाँडीगाउँ र बूढानीलकण्ठमा शंकास्पद वस्तु फेला, कुकर बम सेनाद्वारा डिस्पोज

    काठमाडौं - निर्वाचन मिति जजिकिएसँगै काठमाण्डौ उपत्यकाका फरक–फरक ३ स्थानमा शंकास्पद वस्तु फेला परेका छन् । प्रहरीका अनुसार ललितपुरको जावलाखेल, काठमाण्डौको हाँडीगाउँ र बूढानीलकण्ठमा शंकास्पद वस्तु फेला परेका हुन् । जावलाखेल स्टाफ कलेज अगाडि राखिएको प्रेसर कुकर बम भने नेपाली सेनाको टोलीले डिस्पोज गरिसकेको जनाइएको छ । ललितपुर–३ को सत्ता गठबन्धनको सम्पर्क कार्यालय नजिकै बम फेला परेको प्रहरीले जनाएको छ...

  • २०७९ कार्तिक २६, शनिबार

    ललितपुर वडा १६ मा फिजियोथेरापी उपचार केन्द्रको स्थापना

    ललितपुर महानगरपालिका– १६ वडालाई स्वास्थ्य क्षेत्रमा नमूना वडा बनाउने योजना अनुरुप ईलाननीमा फिजियोथेरापी केन्द्र सञ्चालनमा ल्याइएको वडा अध्यक्ष निर्मलरत्न शाक्यले बताउनुभएको छ । रचना आयुर्वेद तथा अर्थो न्यूरो रिहाबिलिटेशन र ईलाननी टोल सुधार समितिसंगको संयुक्त आयोजनामा ललितपुरको ईलाननीमा सञ्चालनमा गरिएको ईलाननी रचना फिजियोथेरापी उपचार केन्द्रको शनिबार शुभारम्भ गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।...

  • २०७९ कार्तिक १६, बुधबार

    ऊर्जामन्त्री भुसालले सार्वजनिक गरे प्रतिवद्धतापत्र

      काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जनताको सङ्घर्षको बलमा प्राप्त उपलब्धिको रक्षा र सबलीकरण गर्नुपर्ने दायित्व प्रभावकारी ढङ्गबाट अगाडि बढाउनुपर्ने बताएकी छन् । वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट ललितपुर निर्वाचन क्षेत्र नं ३ को उम्मेदवारका रुपमा आज साझा प्रतिबद्धता पत्र सार्वजनिक गर्दै उनले राजनीतिक उपलब्धिको संरक्षणका लागि संयुक्त सङ्घर्ष जारी राख्दै समुन्नत आर्थिक–...

  • २०७९ कार्तिक १६, बुधबार

    सबै वडामा महिला सञ्जाल - काठमाडौं महानगरपालिका

    काठमाडौं - काठमाडौं महानगरपालिकाले सबै वडाहरुमा महिला सञ्जाल गठन गर्ने निर्णय गरेको छ । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले सो निर्णय गरिएको औंपचारिक जानकारी गराएकी हुन् । बुधबार काठमाडौंमा आयोजित ‘काठमाडौं महानगरपालिका, वडा महिला सञ्जालः गठन र सञ्चालनसम्बन्धि छलफल’ कार्यक्रममा बोल्दै उनले सो सञ्जाल एक हप्ताभित्र सबै वडाहरुमा गठन गरिसक्न पनि वडाहरुलाई निर्देशन दिएकी छन् । महानगरपालिकाकी...

  • २०७९ कार्तिक ४, शुक्रबार

    काठमाडौं क्षेत्र नं ८ लाई सांस्कृतिक राजधानी बनाउनेछु : मन्त्री श्रेष्ठ

    काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौं निर्वाचन क्षेत्र नं ८ लाई मुलुकको साँस्कृतिक राजधानीका रुपमा विकास गर्ने प्रतिवद्धता जनाएका छन् । प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत रहेका मन्त्री श्रेष्ठले विश्वसम्पदा सूचीमा सूचीकृत दुई सम्पदा बसन्तपुर दरबार स्क्वायर र स्वयम्भू जोड्ने सम्पदा मार्ग निर्माण, मुलुककै प्राचीन स्थानीय सम्पदाहरुको संरक्षण र पर्यटकीय स्थल...

  • २०७९ आश्विन ९, आइतबार

    काठमाडौँका सम्पदाको संरक्षण र प्रवद्र्धन गरिनुपर्छ : पर्यटनमन्त्री

    काठमाडौँ - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको काठमाडौँ उपत्यकाको सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन गरिनुपर्ने बताउनुभएको छ । हनुमानढोकादेखि स्वयम्भू विश्वसम्पदा क्षेत्रको सम्पदा पदमार्ग पुनःस्थापना कार्यक्रमअन्तर्गत विश्वेश्वर महादेव मन्दिर पुनःनिर्माण कार्यको थालनी एवं ‘हनुमानढोका डोरवे टु नेपाल्स हिस्ट्री कल्चर’नामक पुस्तक...

  • २०७९ आश्विन ९, आइतबार

    मध्यपुर थिमि सहकारीद्वारा सांस्कृतिक सम्मान प्रदान

    भक्तपुरको मध्यपुर थिमि बचत तथा ऋण सहकारी संस्थाले सांस्कृतिक क्षेत्रमा योगदान दिएका ७ वटा समूहलाई सम्मान गरेको छ । संस्थाको १५ औं वार्षिक साधारणसभा कार्यक्रममा ऐतिहासिक निलबाराही गण प्याखँ मध्यपुर बोडे, लायकू भैलः सञ्चालन समिति, महाकाली प्याखँ व्यवस्थापन समिति दिगुटोल, थिमि गुंला बाजा खलः बज्राचार्य समुदाय, मध्यपुर थिमि गुंला बाजा प्रजापति समुदाय,  येँयाः पुन्हिया लसताय् म्ये प्वाः खानीगु जात्रा...

  • २०७९ आश्विन ८, शनिबार

    अबदेखि चारपांग्रे सवारी साधनलाई न्यूरोडमा प्रवेश निषेध

    काठमाडौं – काठमाडौंको अत्यधिक भिड हुने न्युरोड गेटबाट भित्र प्रवेश गर्ने सम्पूर्ण (यात्रुवाहक, मालवाहक तथा निजी) चारपाङ्ग्रे सवारी साधनलाई आजबाट खुलामञ्चमा पार्किङको व्यवस्था गरिएको छ। असोज ८ गते देखि फुलपातीसम्म यो व्यवस्था लागू गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ। शुक्रबार एक विज्ञप्ति जारी गर्दै कार्यालयले बिहान १० बजेदेखि साँझ सवारी चाप सामान्य नभएसम्म ट्राफिक...

  • २०७९ आश्विन ७, शुक्रबार

    अनुमति विनाका होर्डिङबोर्ड र डिजिटल विज्ञापन हटाउन महानगरकाे निर्देशन

    काठमाडौं - अनुमति विनाका होर्डिङबोर्ड र डिजिटल विज्ञापन हटाउन निर्देशन दिएको काठमाडौं महानगरपालिकाले व्यवसायी र संघसंस्थालाई पनि चेतावनी दिएको छ । केही व्यवसायी र संघसंस्थाले आफ्नो परिचय पाटी राखेबापत शुल्क नबुझाएको भन्दै महानगरले शुक्रबार सार्वजनिक सूचना जारी गरेर ३० दिनभित्र बुझाउन भनेको छ । ‘काठमाडौँ महानगरपालिका क्षेत्रभित्र व्यापार व्यवसाय गर्ने केही व्यक्ति, संघसंस्थाहरूले आफ्नो कार्यस्थलमा...

  • २०७९ आश्विन ६, बिहिबार

    वीर अस्पताल परिसरका अवैध संरचना हटाउँदै महानगर

    काठमाडौँ - काठमाडोँ महानगरपालिकाले आज वीर अस्पताल परिसरका अवैध संरचनाहरु र औषधि पसल रहेका सटरहरू हटाउँदै छ । महानगर प्रहरीले बुधबार दिउँसो २४ घण्टाभित्र ती टहरा र पसलहरु भत्काउन चेतावनी दिँदै माइकिङ गरेको थियो । त्यहाँ वर्षौँदेखि अवैध रूपमा बनाइएका टहरा सटरमा औषधि पसलहरु सञ्चालन गरिँदै आएको छ । वीर अस्पतालको नयाँ भवन रहेको उक्त परिसरमा नक्सा पास गर्दा बगैंचा बनाउने उल्लेख छ तर हालसम्म ती अवैध...

  • २०७९ आश्विन ४, मंगलबार

    अदालतको आदेशबारे जानकारी छैन : काठमाडौं महानगर

    काठमाडौँ - टुकुचा खोलामाथि निर्माण गरिएका अनधिकृत संरचना हटाउने अभियान काठमाडौं महानगरपालिकाले जारी राखेको छ । पाटन जिल्ला अदालतले टुकुचामाथिको अनधिकृत संरचना हटाउन आइतबार आदेश दिएको थियो । तर महानगरले अदालतको आदेशबारे केही जानकारी नआएको जनाएको छ । महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले अदालतले जारी गरेको आदेशको लिखित जानकारी आफूले नपाएको बताए । उनले भने, ‘अदालतले के निर्देशन दिएको हो त्यसबारेमा...

Pages