उपत्यका
-
२०७९ भाद्र २५, शनिबार
इन्द्रजात्राको अवसरमा ‘जिब्रो छेड्ने जात्रा’
५ भदौ, भक्तपुर । ‘जिब्रो छेड्ने जात्रा’ भन्नेबित्तिकै हामी झट्ट बिस्केट जात्राको अवसरमा वैशाख २ गते मध्यपुरथिमिस्थित बोडेमा मनाइने जात्रा भन्ने सम्झन्छौँ । येँया अर्थात् इन्द्रजात्राको अवसरमा आश्विन शुक्ल पूर्णिमाको साँझ मध्यपुरथिमिको दिगुली टोलमा पनि जिब्रो छेडेर जात्रा मनाइन्छ भन्ने कमैलाई मात्रै थाहा होला । स्थानीयले मनाउने ‘येंया पुन्हिया मेय् प्वाः खनेगु जात्रा (जिब्रो छेड्ने जात्रा) आज राति...
-
२०७९ भाद्र २५, शनिबार
इन्द्रदहमा भक्तजनको भीड
काठमाडौं - राजधानीको उत्तरपश्चिमी भेगस्थित चन्द्रागिरी नगरपालिका–१ को इन्द्रदहमा भाद्र शुक्ल पूर्णिमाका अवसरमा स्नान गर्ने भक्तजनको भीड लागेको छ । प्रत्येक वर्ष भाद्र शुक्ल पूर्णिमाका दिन यहाँ स्नान गरेमा इन्द्रसँगै स्वर्ग गइने जन विश्वास छ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीको बेलुकी इन्द्रदहमा रहेको इन्द्र वासुकीको मन्दिरमा दिवङ्गत पितृको स्वर्गवास होस् भन्ने कामनाले दीप प्रज्ज्वलन गर्ने...
-
२०७९ भाद्र २५, शनिबार
इन्द्रदहमा स्नान गर्नेको भीड
राजधानीको उत्तरपश्चिमी भेगस्थित चन्द्रागिरी नगरपालिका–१ को इन्द्रदहमा भाद्र शुक्ल पूर्णिमाका अवसरमा स्नान गर्ने भक्तजनको भीड लागेको छ । प्रत्येक वर्ष भाद्र शुक्ल पूर्णिमाका दिन यहाँ स्नान गरेमा इन्द्रसँगै स्वर्ग गइने जन विश्वास छ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीको बेलुकी इन्द्रदहमा रहेको इन्द्र वासुकीको मन्दिरमा दिवङ्गत पितृको स्वर्गवास होस् भन्ने कामनाले दीप प्रज्ज्वलन गर्ने भक्तजन बिहानै...
-
२०७९ भाद्र २५, शनिबार
तल्लो टोलमा कुमारी रथयात्रा सम्पन्न, आज असनबाट रथयात्रा हुने
काठमाडौं - इन्द्रजात्राको अवसरमा शुक्रबार तल्लो टोलबाट कुमारी रथयात्रा सम्पन्न भएको छ । जात्राकै अवसरमा आज असनबाट कुमारी रथयात्रा हुने भएको छ । काठमाडौंको तल्लो टोलहरू मरूटोल, चिकंमुगल, जैसीदेवल, लगन, ह्युमत, क्वहिति, भीमसेनस्थानमा कुमारीलगायत श्रीगणेश र श्रीभैरवका रथयात्रा सम्पन्न भएको हो । जात्राको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्तपुर दरबार क्षेत्रमा श्रीकुमारी, श्रीगणेश र...
-
२०७९ भाद्र २५, शनिबार
इन्द्रजात्राको महिमा
काठमाडौं - राजधानी काठमाडौँको प्रसिद्ध इन्द्रजात्रा परम्परागत सांस्कृतिक पर्वको निरन्तरता मात्र नभई आपसी सद्भाव र भाइचारा अभिवृद्धिको उपयुक्त माध्यम पनि हो । विशेष गरी काठमाडौँका नेवार समुदायले महान्पर्वका रुपमा धुमधामसँग मनाइने इन्द्रजात्रा नेवारी समुदायमा मात्र सीमित नभई राष्ट्रिय पर्वका रुपमा स्थापित भएको जानकारहरु बताउँछन् । इन्द्रजात्रा परम्परागत सांस्कृतिक पर्वको निरन्तरताका साथै...
-
२०७९ भाद्र २४, शुक्रबार
बजारमा सिटामोलको माग उच्च , ५० लाख सिटामोल उत्पादन गर्दै
नेपालमा डेङ्गु ज्वरोको सङ्क्रमण बढेसँगै बजारमा सिटामोल औषधिको माग उच्च रहेको छ । औषधिको माग उच्च भएसँगै यसको अभाव हुन थालेकोे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल र नेपाल औषधि उत्पादक सङ्घले भने बजारमा सिटामोलको अभाव नभएको जनाएका छन् । सामान्य ज्वरो आउँदा औषधि पसलमा सिटामोल किन्न जाँदा भने सर्वसाधारणले पाइरहेका छैनन् । उच्च ज्वरो आउने, टाउको दुख्ने, आँखाको गेडी दुख्ने, जिउ पूरै दुख्ने, वान्ता...
-
२०७९ भाद्र २४, शुक्रबार
थिमिमा लाेकेश्वर ज्ञानमाला भजन प्रशिक्षण कार्यक्रम सम्पन्न
वि.सं. २०७८ भाद्र १ गतेदेखि सुरू गरिएको मध्यपुर थिमिकाे लाेकेश्वर ज्ञानमाला भजन खलःले नाट्यश्वर पूजा गरि भजन प्रशिक्षण कार्यक्रम सम्पन्न गरेकाे छ । मुख्य गुरू देवबहादुर बज्राचार्य तथा सहायक गुरू क्रमशः अष्टचन्द्र बज्राचार्य र राकेश बज्राचार्यले भजन प्रशिक्षण दिएका हुन् भने प्रशिक्षण मध्ये सरगम भजनकाे लागि विजय कायष्थले सहजीकरण गरेका हुन् । मध्यपुर थिमि नगरपालिकासँग समन्वय गरेको भजन प्रशिक्षण...
-
२०७९ भाद्र २३, बिहिबार
घर तथा भवनको नक्सा ९० दिनभित्र पास गर्न काठमाडौं महानगरको निर्देशन
काठमाडौं- काठमाडौं महानगरपालिकाले नक्सा पास नगरी बनाइएका घर तथा भवनको नक्सा ९० दिनभित्र पास गर्न निर्देशन दिएको छ । बिहीबार सार्वजनिक सूचना जारी गर्दै महानगरपालिकाले सो निर्देशन दिएको हो । महानगरद्वारा जारी सूचनामा सरकारी, संस्थागत, निजी वा जुनसुकै प्रकृतिको भए पनि भवनको नक्सा पास नगरी बनाइएको र मापदण्ड अनुकूल रहेको त्यस्ता भवनको नक्सा ९० दिनभित्र पास गर्न भनिएको छ । महानगरको सहरी व्यवस्थापन...
-
२०७९ भाद्र २३, बिहिबार
के के छन् उपमेयर डंगोलको श्वेतपत्रमा ?
काठमाडौं - काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले पदभार ग्रहण गरेको एक सय दिनमा गरेका काम र थालेका योजनाको श्वेतपत्र सार्वजनिक गरेकी छन् । डंगोलले सार्वजनिक गरेको श्वेतपत्रमा एक सय दिनमा गरेका १५ काम र सुरुवात गरेका १० योजनाको उल्लेख गरिएको छ । पूराना २ सय ४४ वटा विवादमा न्यायिक सुनुवाई भएकोे र ५१ वटा विवादको किनारा लगाएको, वडास्तरीय महिला सेल गठन, आर्थिक वर्ष ०७९/८० का लागि नीति तथा...
-
२०७९ भाद्र २२, बुधबार
यःसिँ ठड्याएर इन्द्रजात्रा सुरु
काठमाडौं उपत्यकामा बुधबारबाट इन्द्रजात्रा सुरु भएको छ । काठमाडौँको बसन्तपुरस्थित हनुमानढोकामा यःसिँ बिहान ७:१७ को साइतमा ठड्याएर इन्द्रजात्राको सुरुवात गरिएको हो । भक्तपुरको चित्तपोलबाट ल्याइएको यःसिँ हुनमानढोकामा ठड्याएपछि इन्द्रजात्रा सुरु गर्ने चलन रहेको छ । यो यःसिँ गाड्ने चलन शाह वंशीय राजा प्रतापसिंह शाहको पालामा सुरु भएको मानिन्छ । इन्द्र जात्रा सुरु भएसँगै यसको विशेष आकर्षण मानिने...
-
२०७९ भाद्र २१, मंगलबार
२९ वर्षदेखिको कर असुल गर्न कामपाको तत्परता
विगत २९ वर्षदेखिको सम्पत्ति कर असुल गर्नका लागि काठमाडौँ महानगरपालिकाले करदातालाई पुनः पत्राचार गरेको छ । कामपा राजस्व विभागले विगत लामो समयदेखि तिर्नुपर्ने कर र सो को जरिवानासहित १० दिनभित्र बुझाउन सम्बन्धित करदातालाई पत्राचारसहित आज अनुरोध गरेको हो । कामपाले यसअघि पनि ती करदातालाई पटक–पटक पत्राचार गरे पनि उनीहरूले बेवास्ता गर्दै आएका थिए । यसरी कर नतिर्ने संस्थाहरुमा खाद्य संस्थान, हाईट फिल...
-
२०७९ भाद्र २१, मंगलबार
असन बजारका फुटपाथ र अवैध संरचना हटाउन बालेनकाे निर्देशन
काठमाडौँ - काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले असन क्षेत्रको फुटपाथको व्यापार र अवैध संरचना हटाउन निर्देशन दिएका छन् । यससँगै महानगर प्रहरी लगाएर फुटपाथ पसलहरु हटाउन थालेको छ । असनको इन्द्रचोक क्षेत्र लगायतमा अव्यवस्थित रुपमा सञ्चालनमा भइरहेका पसलहरु, पार्किङ तथा असनका गल्ली गल्लीमा राखिएका फुटपाथ पसल प्रहरीले हटाउन थालेको छ । असन क्षेत्रमा पसलको एरियाभन्दा बाहिर पनि झुन्ड्याएर तथा फुटपाथ...


