उपत्यका
-
२०७९ आश्विन ४, मंगलबार
काठमाडौँको चाडपर्व सुरक्षाः तीन हजार ३४३ प्रहरी परिचालन हुने
चाडपर्वको समयमा देशको सङ्घीय राजधानी काठमाडौँको सुरक्षालाई भरपर्दो बनाउनका लागि तीन हजार तीन सय ४३ प्रहरी परिचालन गरिने भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले आजदेखि लागू हुने गरी चाडपर्व सुरक्षा योजना–२०७९ जारी गर्दै जिल्लाको सुरक्षालाई भरपर्दो बनाउनका लागि तीन हजार तीन सय ४३ प्रहरी परिचालन गर्न लागेको जानकारी दिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले...
-
२०७९ आश्विन २, आइतबार
टुकुचामाथि बनेका घर नभत्काउन उच्च अदालतको आदेश
काठमाडौं - टुकुचाको भूमिगत सुरूङमाथि बनेका घरहरू नभत्काउन उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश दिएको छ। आइतबार न्यायाधीश दिपेन्द्रबहादुर बमको इजलासले जेनेक्स इन्भेस्टेमन्ट, उत्तरमान लामा र प्रेसिडेन्ट ट्राभल्स एन्ड टुर्सका नाममा रहेको काठमाडौं महानगरपालिका वडा नम्बर ७ स्थित कित्ता नम्बर ७, ३०३८ र ३०३९ को जग्गामाथि बनेका घरहरू कानुनी रित नपुर्याई र उचित क्षतिपूर्ति नदिई नभत्काउन अल्पकालीन...
-
२०७९ आश्विन १, शनिबार
धर्म संस्कृतिको संरक्षण गर्नु सबैको साझा दायित्वः मन्त्री श्रेष्ठ
संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीनवराम श्रेष्ठले जात्रा पर्व, धर्म संस्कृति राज्यको सम्पत्ति रहेको भन्दै त्यसको संरक्षण गर्नु सबैको साझा दायित्व रहने बताउनुभएको छ । आज यहाँ नरदेवी श्वेतकाली मन्दिरको उद्घाटन समारोहमा मन्त्री श्रेष्ठले कला संस्कृतिको संरक्षण नगरेसम्म मुलुकमा आर्थिक रुपान्तरण हुन नसक्ने बताउनुभयो । देश विकासको मुख्य आधार नै पर्यटन रहेकाले पर्यटनसँग जोडिएको सम्पदाको...
-
२०७९ आश्विन १, शनिबार
खेलाडीहरूको सम्मानमा मध्यपुरमा भव्य कार्यक्रम
नवाैं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडीहरूलाई बधाई तथा सम्मान गरेकाे छ । असाेज २७ गतेदेखि पाेखरामा सुरू हुने प्रतियोगितामा राष्ट्रिय जिम्न्याष्टिक खेलाडीहरू क्रमशः सुमन तामाङ, सुबी भासिमा, जेनिसा थापा र प्रकृति थापामगरलाई मध्यपुरकाे विनायक शिक्षा निकेतन स्कूलले सम्मान गरेकाे हाे । विनायकमा अध्ययन गर्ने राष्ट्रिय खेलाडीहरूलाई प्राेत्साहन स्वरूप ट्रयाकसुट र टिसर्ट समेत प्रदान गरिएको...
-
२०७९ भाद्र ३१, शुक्रबार
डेङ्गु संक्रमितका लागि हटलाइन सुरु : १०२ बाट एम्बुलेन्स, ११८० बाट परामर्श
काठमाडौँ - काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौँमा डेङ्गु रोगको संक्रमण भएमा निःशुल्क एम्बुलेन्स उपलब्ध गराउन सक्ने बताएका छन् । डेंगुको शंका लागेमा या सिकिस्त भएमा १०२ नम्बरमा कल गरेर महानगरपालिकाको एम्बुलेन्स सेवा लिन बालेनले आग्रह गरेका छन् । मेयर बालेनले डेंगुका सन्दर्भमा ११८० नम्बरमा कल गरेर स्वास्थ्यकर्मीहरुबाट परामर्श लिन र १०२ नम्बरमा कल गरेर निःशुल्क एम्बुलेन्स सेवा लिन...
-
२०७९ भाद्र ३०, बिहिबार
डेंगु संक्रमितका लागि काठमाडौं महानगरको हटलाइन सेवा सुरू
काठमाडौं - काठमाडौं महानगरपालिकाले बिहीबारदेखि डेंगु संक्रमितका लागि हटलाइन सेवा सुरु गरेको छ। संक्रमित भए वा भएको शंका लागेमा ११८० मा कल गरेर स्वास्थ्यकर्मीहरूबाट नै परामर्श पाउन सकिने महानगरले जनाएको छ। डेंगु संक्रमण नियन्त्रण तथा रोकथामका लागि महानगरस्तरमा सक्रिय रहेको र भइरहेका कार्यक्रमहरूलाई थप विस्तार गर्दै नयाँ कार्यक्रमहरू पनि ल्याएर स्रोत तथा जनशक्तिको अधिकतम प्रयोग गरिरहेको प्रमुख...
-
२०७९ भाद्र ३०, बिहिबार
गायब भएको टुकुचा जयनेपाल सिनेमाहलमा भेटियो
काठमाडौं - काठमाडौ महानगरपालिकाले गायब भएको टुकुचा खोला भेटाएको छ । विहीबार महानगरले नक्सा अनुसार गरेको मार्किङका आधारमा डोजर चलाउँदा जय नेपाल हलको कम्पाउन्डमा १५ फिट खन्दा टुकुचा खोला भेटाएको हो । हलको कम्पाउण्ड खनेर खोला उत्खनन् गर्नेक्रममा करिब १५ फिटको गहिराइमा टुकुचा खोला फेला परेको थियो । महानगरले १२ साउनमा सूचना जारी गरेर टुकुचाको अतिक्रमण हटाउन ३५ दिने निर्देशन दिएको थियो । नारायणहिटी...
-
२०७९ भाद्र ३०, बिहिबार
ग्रिल तथा स्टिल व्यवसायीहरुले गरे सहयोग
काठमाडौ । ग्रिल तथा स्टिल व्यवसायी संघ काठमाडौंले अधिकार सम्पन्न वागमति सभ्यता एकीकृत विकास समिति गुहेश्वरी काठमाडौलाई सहयोग गरेको छ । विहीबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी समितिलाई आवश्यक सफाई औजार तथा विरुवा सुरक्षा जाली सहयोग गरेको हो । ग्रिल तथा स्टिल व्यवसायी संघ काठमाडौंकोतर्फबाट काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले अधिकार सम्पन्न वागमति सभ्यता एकीकृत विकास समिति गुहेश्वरी...
-
२०७९ भाद्र २८, मंगलबार
भिआईपीकाे यात्रा, जनताकाे सास्ती
काठमाडौं - नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेस अध्यक्ष तथा सभामुख ली चान्सुले मंगलबार उच्चस्तरीय भेटवार्ता गरेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवालगायत शीर्ष नेतासँग भएकाे उच्चस्तरीय भेटवार्ताकाे लागि उनी सडकमा निस्कने बेला राजधानीको सवारी आगमन दिनभरजसो प्रभावित बनेकाे काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ। कार्यालयले भीआईपी सवारीको कारण आज काठमाडौंको विभिन्न ठाउँको सवारी...
-
२०७९ भाद्र २७, सोमबार
बालाजु माछापाेखरीका अवैध संरचना हटाउँदै महानगर
काठमाडौँ - काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले अवैध संरचना भत्काउने अभियान जारी राखेका छन् । महानगरपालिकाको टोली आज बालाजुस्थित माछापोखरी क्षेत्रमा खटिने बताइएको छ । त्यस क्षेत्रमा निर्मित अवैध संरचना र मापदण्डविपरीतका संरचना हटाउने तथा भत्काउने तयारी छ । माछापोखरीस्थित गुणस्तर विभाग र किरियापुत्री भवन आसपास रहेका अवैध संरचना हटाउने तथा मापदण्ड मिचेर सञ्चालनमा रहेका व्यापारिक स्थान खाली...
-
२०७९ भाद्र २६, आइतबार
मिथिला आर्ट ठमेलमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण कला प्रदर्शन
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण कला प्रदर्शनी सुरु भएको छ । गिरिजाप्रसाद कोइराला फाउन्डेशन, कला तथा संस्कृति विभागको आयोजनामा आजदेखि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण कला प्रदर्शनी सुरु भएको हो । प्रदर्शनीमा नेपाल, भारत, बङ्गलादेश र फ्रान्सका १९ कलाकारले कोरेका २४ कला प्रदर्शनीमा राखिएका छन् । कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ रमेश खनालले विश्वका सबै कलाको आ–आफ्नो विशेषता रहेको उल्लेख...
-
२०७९ भाद्र २६, आइतबार
पनौतीका ७३ घर सम्पदामैत्री बनाइँदै
काभ्रेपलाञ्चोक – पनौती नगरपालिकाको संरक्षित क्षेत्रअन्तर्गत ऐतिहासिक पनौती सहरमा पूरानो शैलीका घर बनाइँदैछन् । नगरको वडा नं ७ स्थित सम्पदा क्षेत्रमा पर्ने एक हजार चार घरमध्ये पहिलो चरणमा ७३ घर सम्पदामैत्री बनाउन थालिएको हो । यसका लागि नगर कार्यालयले स्थानीयलाई प्रोत्सहानस्वरुप आर्थिक सहयोग गरिरहेको छ । नगरले संरक्षित स्मारक क्षेत्रमा रहेका पूराना शैलीका निजी भवनको संरक्षण तथा बाहिरी आवरण...


