उपत्यका
-
२०७८ कार्तिक २६, शुक्रबार
मेलम्ची नआउँदासम्म उपत्यकामा दैनिक एक करोड लिटर पानी थपिने
२६ कार्तिक, काठमाडौँ - काठमाडौँ उपत्यकाभित्रै दैनिक एक करोड लिटर पानी उपलब्ध हुने गरी योजना बनाइएको छ । उपत्यकामा मेलम्चीको पानी आउन समय लाग्ने देखिएकाले त्यसको विकल्प खोज्न लागिएको हो । उपत्यकामा भएका स्रोतको संरक्षण र विभिन्न स्थानमा डिप बोरिङ खन्न लागिएको छ । मेलम्ची नआउँदासम्म भएका खानेपानीको स्रोत परिचालन गरेर वितरण गरिने योजना बनाएको काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी...
-
२०७८ कार्तिक २५, बिहिबार
नेवाः पत्रकार राष्ट्रिय दबू ख्वपको साधारण सभा सम्पन्न
नेवाः पत्रकार राष्ट्रिय दबू ख्वप कच्चाको आठौं बार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ । सभाका प्रमुख अतिथि नेवाः पत्रकार राष्ट्रिय दबूको केन्द्रिय अध्यक्ष सुरजबीर बज्राचर्यले नेवाः पत्रकारहरुको हकहितको लगि स्थापना गरिएको दबूले नेवा पत्रकारहरुलाई क्षमता अभिबृद्धिका तालिमहरु आवश्यक भएको हुनाले यस्ता कार्यक्रमहरुलाई प्रार्थमिकतामा राखेर काम गर्दै जानु पर्ने बताउनु भयो । उहाँले दबूले मातृभाषा...
-
२०७८ कार्तिक १६, मंगलबार
भिंतुना र्याली र भिंतुना सभामा उपस्थित हुन सार्वजनिक आह्वान
न्हूदँ नववर्षको सम्पूर्ण कार्यक्रम सार्वजनिक काठमाडौं – २०७८ कार्तिक १५, सोमबार– नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति ११४२ को आयोजनामा सोमबार एक पत्रकार सम्मेलनको आयोजना गरी न्हूदँ नववर्षका सम्पूर्ण कार्यक्रमहरु सार्वजनिक गरिएको छ । समारोह समितिका अध्यक्ष निरञ्जनरत्न शाक्यले नववर्ष ११४२ को उपलक्ष्यमा काठमाडौंको बसन्तपुरमा हुने भिंतुना र्याली र र्यालीपछि हुने सभामा सहभागी हुन सबैमा आह्वान...
-
२०७८ कार्तिक १६, मंगलबार
पद्मरत्न सम्झँदै न्हूदँ समारोह समितिद्वारा श्रद्धाभाव अर्पण
काठमाडौं, २०७८ कार्तिक १६, मंगलबार – नेपाल संवत् न्हूदँ समारोह समिति ११४२ को आयोजनामा आज मंगलबार काठमाडौं रत्नपार्कस्थित शंखधर पार्कमा नेवार न्ह्यलुवाः नेपाल संवत् आन्दोलनका प्रणेता एवं मानवाधिकारवादी नेता पद्मरत्न तुलाधरको शालिकमा श्रद्धाभाव अर्पण गरिएको छ । दिवंगत तुलाधरको आज तेस्रो पुण्यतिथि पनि परेको छ । शंखधर पार्कमा काठमाडौं महानगरपालिकाले तुलाधरको शालिक राखेको थियो । नेपाल संवत् न्हूदँ...
-
२०७८ कार्तिक १२, शुक्रबार
ललितपुरमा ७४ वर्षमाथिका नागरिकलाई निमोनियाविरुद्धको खोप
शुक्रबार, कात्तिक १२, २०७८ - ललितपुर महानगरपालिकाभित्र ७४ वर्षमाथिका नागरिकलाई निमोनियाविरुद्धको खोप दिइने भएको छ । मुलुकमा जाडो बढेसँगै सो उमेरका व्यक्तिलाई चिसोबाट जोगाउन उक्त खोप दिन लागिएको हो । चौहत्तर वर्ष उमेरका व्यक्तिलाई आइतबारदेखि बुधबारसम्म पहिलो चरणको सो खोप दिइने भएको महानगरपालिकाका सामान्य प्रशासन महाशाखा प्रमुख सागर थापाले बताए । भने, 'यो खोप लगाउन इच्छुक व्यक्तिलाई उमेर खुल्ने...
-
२०७८ कार्तिक ८, सोमबार
सबै विविधतालाई एकै ठाउँमा संगठित गरेर विविधतामा एकता गर्नु हाम्रो उद्देश्य : मनोज नेवाः खड्गी
जात भन्ने वित्तिकै साम्प्रदायिक देख्ने सोचबाट माथि उठ्नुपर्ने भनाई जातको नाम लिने वित्तिकै साम्प्रदायिक देख्ने सोचबाट माथि उठ्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । नेपालीहरुको दोश्रो महान चाड तिहार र नयाँ वर्ष नेपाल सम्वत ११४२ को अवसरमा नेवाः जातीय महासंघका वक्ताहरुले बहुलजाती नै नेपालको पहिचान साथै शक्ति भएकोमा दोष दिँदै जातिय एकताबाटै देशलाई पनि बलियो बनाउन सकिनेमा जोड दिए । कार्यक्रममा...
-
२०७८ कार्तिक २, मंगलबार
सामाजिक सद्भाव बढाउन वडा ३ बाट सामुहिक टीका र जेष्ठ नागरिक सम्मान आयोजना
वडामा भएका सवै जातजातिका जेष्ठ नागरिक भेला गरेर सबैले टीका र आशीर्वाद ग्रहण गर्ने प्रबन्ध मिलाएका छौँ — वडाध्यक्ष के. सी. कार्तिक २, काठमाडौँ । पर्वले बोकेको सामाजिक सद्भावको पक्षलाई पुस्तान्तरण गर्न काठमाडौँ महानगरको वडा ३ ले आज सामुहिक टीका र जेष्ठ नागरिक सम्मान कार्यक्रम आयोजना गरेको छ । त्यस क्रममा पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेल, महानगरका प्रमुख विद्यासुन्दर शाक्य र वडाध्यक्ष दीपक के. सी...
-
२०७८ कार्तिक १, सोमबार
चार फिटको शंखधरको मूर्ति प्रदर्शनमा राखिने
२०७८ कार्तिक १, काठमाडौं - नेपाल संवत्का प्रवद्र्धक शंखधर साख्वाःको करिब चार फिटको मूर्ति विविध कार्यक्रमहरुमा प्रदर्शनमा राखिने भएको छ । नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति ११४२ ले यस वर्ष नेपाल संवत् तथा शंखधर साख्वाः विषयमा हुने विविध कार्यक्रमहरुमा शंखधर साख्वाःको मूर्ति प्रदर्शनमा राख्ने भएको छ । नेपाल संवत्का प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाःको सम्मानमा सो मूर्ति प्रदर्शनमा...
-
२०७८ आश्विन ३०, शनिबार
तलेजुको वाहन सेतो घोडाको जात्रा सम्पन्न
धार्मिक तथा सांस्कृतिक महत्वको तलेजुको वाहनका रुपमा पुजिने सेतो घोडाको जात्रा गए राति सम्पन्न भएको छ । यो जात्रा प्रत्येक वर्ष बडादसैँ र एकादशीको मध्यरातको समयमा आयोजना गरिने परम्परा छ । जात्रामा तलेजु भवानीलाई तलेजुका मूल नाइके, आचाजु, जोशी, राजोपाध्यायबाट तान्त्रिक विधिअनुसार कालरात्रि पूजा, टीका साइतको पूजा विर्सजन गरेपछि सेतो घोडा जात्रा हुने परम्परा छ । जात्रा हुनुअघि सेतो घोडालाई एउटा भेडा...
-
२०७८ आश्विन २८, बिहिबार
सर्वसाधारणका लागि तलेजु खुला, कुमारीलाई ल्याइएन दसैँघर
भक्तपुर - हरेक वर्ष महानवमीको दिनमा मात्रै वर्षको एक दिन सर्वसाधारणका लागि खुला गरिने भक्तपुरको ऐतिहासिक तलेजु भवानीको मन्दिर यस वर्ष सर्वसाधारणलाई खुला गरिएको छ । कोरोनाका कारण गत वर्ष सर्वसाधारणका लागि खुल्न नगरिए पनि यस वर्ष सर्वसाधारणका लागि मन्दिर खुला गरिएको तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिए । महानवमीका दिन मन्दिरमा तलेजु भवानी प्रकट हुने जनविश्वासका आधारमा यस दिन...
-
२०७८ आश्विन २७, बुधबार
कुछी भ्वय खाएर महाअष्टमी मनाउँदै नेवार समुदाय
बडादसैँको आठौँ दिन आज बेलुका नेवार समुदायले कुछी भ्वय खाएर महाअष्टमी पर्व मनाउँदै छन् । नेवारीमा कुछीको अर्थ दुई माना हो भने भ्वयको अर्थ भोज हो । महाअष्टमीको दिन विशेष गरेर केराको पातमा भोज खाने चलन छ । नेवार समुदायमा कुछी भ्वयको विशेष महत्व रहेको छ । कुछी भ्वय खान तरकारीका परिकारमात्रै १२ थरी चाहिन्छ भने छोयला पनि १२ टुक्रा राखिन्छ । केराको पातमा दुई माना चिउराका साथै साग, आलु, छोयला, हिकासा...
-
२०७८ आश्विन २६, मंगलबार
काठमाडौंको मुटुमा “येँ देय् सांस्कृतिक छेँ ”
हनुमानढोका दरबार परिसरबाट झन्डै ५०० मिटरको दुरीमा रहेको धर्मपथस्थित कामपाको पुरानो भवन रहेको खाली जग्गामा अब काठमाडौंकै पहिचान प्रतिबिम्बत हुने गरी सांस्कृतिक भवन बनाउने योजना अघि सारिएको छ । ‘येँ देय् सांस्कृतिक छेँ’ नाम रहने उक्त भवन कामपा २२ वडास्थित पुरानो भंसार टोलमा निर्माण गरिने छ । हाल खुल्ला पार्किंगको रूपमा प्रयोग गरिएको उक्त जग्गाको क्षेत्रफल ८२६.६३ वर्ग मिटर (करिब १ रोपनी १० आना)...


