उपत्यका
-
२०७८ आश्विन २५, सोमबार
काठमाडौँ महानगरपालिकाको प्रशासनिक भवनको शिलान्यास सम्पन्न
काठमाडौं - काठमाडौँ महानगरपालिकाले आफ्नो प्रशासनिक भवन निर्माणको शिलान्यास गरेको छ । सोमबार काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले वातावरण विभाग रहेको स्थानमा भवन निर्माणको शिलान्यास गरेका हुन् । करिब ६ रोपनी क्षेत्रफलमा भूमिगत तलासहितको ८ तले सुविधा सम्पन्न भवन बन्न लागेको हो । काठमाडौँ महानगरपालिकाको पहिचान तथा वास्तु शैलीलाई आधार बनाएर भवनको डिजाइन तयार गरिएको महानगरले बताएको छ ।...
-
२०७८ आश्विन २५, सोमबार
दशैंका लागि उपत्यका छाड्नेको संख्या बढ्यो
काठमाडौं - दशैं शुरू भएसँगै उपत्यका छाड्ने यात्रुको संख्या बढ्न थालेको छ । यही असोज १ देखि ७ गतेसम्म भित्रिने र बाहिरिने यात्रु बराबर थिए । अहिले भने बाहिरिने यात्रु बढिरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले बताएको छ । काठमाडौं भित्रिने र बाहिरिने यात्रुको संख्या विश्लेषण गर्दा अहिलेसम्म औपचारिक रूपमा १ लाखभन्दा बढी यात्रु काठमाडौंबाट बाहिरिएका छन् । प्रहरीको अभिलेखमा रहेका बाहेक समेत धेरै...
-
२०७८ आश्विन २२, शुक्रबार
दसैंअघि काष्ठमण्डपको पुनःनिर्माण नसकिने
काठमाडौं - ऐतिहासिक काष्ठमण्डपको पुनःनिर्माण दसैंअघि पूरा नहुने भएको छ। यही दसैंअघि सक्ने लक्ष्य राखिए पनि अझै केही काम बाँकी रहेकाले ढिलाइ भएको हो। सो सम्पदाको अहिले ९७ प्रतिशत काम सम्पन्न भएको छ। दसैं र तिहारका बीचमा भने काम सम्पन्न गर्ने निर्माण समितिको योजना छ। काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्यका अनुसार थोरै काम मात्र बाँकी रहेको छ। 'केही अवरोध नआए ढुक्कसँग दसैं तिहारको...
-
२०७८ आश्विन २२, शुक्रबार
आजदेखि काठमाडाैंमा फेरि काेराेना खाेप लगाइँदै
काठमाडौँ महानगरपालिकाले १८ वर्षमथिका सबै नागरिकलाई आजदेखि दसैँलक्षित कोभिड-१९ विरुद्धको खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ । यसअघि खोप केन्द्र रहेका ३२ वटै वडाका खोप केन्द्र र केही थप गरिएका केन्द्रबाट यही असोज २४ गतेसम्म भेरोसेलको पहिलो मात्रा खोप कार्यक्रम सञ्चालन गर्ने जनाइएको हो । महानगरपालिकाका ३२ खोप केन्द्रबाहेक नेपाल प्रहरी अस्पताल, वीर अस्पताल, निजामती कर्मचारी अस्पताल, परोपकार प्रसूति...
-
२०७८ आश्विन १८, सोमबार
यातायात व्यवसायीको आन्दोलनले यात्रुलाई सास्ती
काठमाडौं - भाडा समायोजनको माग राख्दै यातायात व्यवसायीले काठमाण्डौमा गाडीसहित विरोध प्रदर्शन गरेका छन् । चक्रपथमा गाडी रोकेर व्यवसायीले प्रदर्शन गरेका हुन् । यसले गर्दा चक्रपथमा गाडीको आवागमन प्रभावित भएको छ । भाडा बढाउनुपर्ने माग राखेर यातायात व्यवसायीले सडकमा नै बस तेर्स्याएर छोडेका छन् । यसले गर्दा यात्रुलाई सास्ती भएको छ भने काठमाण्डौ उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । कोटेश्वर...
-
२०७८ आश्विन १४, बिहिबार
काठमाडौँ महानगरपालिकाले असुल गर्याे ६ करोड बक्यौता
काठमाडौँ - काठमाडौँ महानगरपालिकाले विगत २८ वर्षदेखि घरजगगा र सम्पत्ति कर नतिर्ने ठूला करदाताबट रु छ करोड बक्यौता असुल गरेको छ। लामो समयसम्म कर नतिरेका ठूला करदातालाई कामपाले पटकपटक सार्वजनिक सूचना जारी गरेपछि सम्पर्कमा आएर कर तिर्न थालेका हुन् । यसअघि कमपाले गत असार १६ गते र साउनको अन्तिम साता गरी कर नतिर्ने ७२ ठूला करदाताको नाम सार्वजनिक गरी ३० दिनभित्र सम्पर्क गर्न आग्रह गरेको थियो। महानगरले...
-
२०७८ आश्विन १०, आइतबार
सोमबार देखि १८ वर्ष माथिका सबैलाई अष्ट्राजेनिका खोप
काठमाडौं - काठमाडौँ महानगरपालिकाले (भोली) सोमबार देखि १८ वर्ष माथिका सबैलाई खोप लगाउने भएको छ । महानगरपालिकाको आज एक सुचना जारी गर्दै ३२ वडाको खोप केन्द्रबाट अष्ट्राजेनिका खोप उपलब्ध गराउने महानगरले जनाएको हो । तोकिएका खोप केन्द्रहरुमा १० बजेदेखि ४ बजेसम्म खोप लगाइने छ । यस्तै महानगरले थप ७ वटा खोप केन्द्र पनि थप गरेको छ । थपिएका खोप केन्द्रमा नेपाल प्रहरी अस्पताल, शशस्त्र प्रहरी बल, बीर अस्पताल...
-
२०७८ आश्विन १०, आइतबार
खड्गी समुदायका ७५ बाजा खल र गुठीबाट काठमाडौँ महानगरका प्रमुख उपप्रमुख सम्मानित
सम्पदा संरक्षण गर्न पैसाको अभाव छैन, काठमाडौँ महानगरले सम्पदा पुननिर्माण गरेर समुदायलाई हस्नान्तरण गर्दै आएको छ — प्रमुख शाक्य असोज ९ काठमाडौँ । काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ आज सम्मानित हुनुभएको छ । काठमाडौँ महानगरभित्र भएका खड्गी समुदायका बाजा खल र गुठी गरी ७५ वटा समूहले संयुक्त रुपमा उहाँहरुलाई सम्मान गरेका छन् । कार्यक्रम नेपाल खड्गी सेवा...
-
२०७८ आश्विन ९, शनिबार
यःसिँ ढालेसँगै इन्द्रजात्रा सम्पन्न
काठमाडौं - ऐतिहासिक तथा सांस्कृतिक पर्व इन्द्रजात्राको यःसिँ शुक्रबार राति १० : ३६ बजेको साइतमा ढालिएको (इन्द्रध्वजपतन) छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरी शुरु भएको इन्द्रजात्रा उपत्यकाको लामो जात्रा हो । शुक्रबार राति इन्द्रध्वजपतन गरेसँगै आठ दिन लामो इन्द्रजात्रा समापन भएको हनुमानढोका हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले राससलाई जानकारी दिए।...
-
२०७८ आश्विन ७, बिहिबार
मापदण्डसहित विद्यालय खोल्न काठमाडाैं महानगरपालिकाले दियो अनुमति
काठमाडौं महानगरले १० असोजदेखि विद्यालय सञ्चालन गर्न अनुमति दिएको छ । बुधबार महानगरका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको बैठकले विद्यालय सञ्चालन गर्दा न्यूनतम रुपमा पालना गर्नुपर्ने मापदण्डसहित यस्तो निर्णय गरेको हो । योसँगै विद्यालयहरूले स्वास्थ्य मापदण्ड पालना गरेर पठनपाठन गराउन पाउने भएका हुन् । विद्यालय सञ्चालन गर्न बालबालिकाको सम्पर्कमा हुने शिक्षक, कर्मचारी, चालक, सहचालकसँगै...
-
२०७८ आश्विन ६, बुधबार
रकम अभावले संस्कृति, सम्पदा संरक्षणको काम नरोकिने : मेयर शाक्य
नेवाः पत्रकार राष्ट्रिय दबूले बुधबार ललितपुरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले रकम अभावले संस्कृति, सम्पदा संरक्षणको काम रोकिनुपर्ने अवस्था पूर्ण रुपमा अन्त्य भएको बताउनुभएको छ भने यसप्रति आफू प्रतिबद्ध रहेको बताउनुभएको छ । बाग्मती प्रदेशको आन्तरिक मामिला तथा कानूनी मन्त्री नियुक्त हुनुभएकोमा डा अजयक्रान्ति शाक्यलाई स्वागत र संस्कृति...
-
२०७८ आश्विन ४, सोमबार
आज इन्द्रदहमा मेला
भादगाउँ, ४ असोज - भाद्र शुक्ल पूर्णिमाका अवसरमा भक्तपुरको धार्मिक तीर्थस्थल प्राचीन इन्द्रदह (सिद्धपोखरी)मा आज बिहानैदेखिे मेला लागेको छ । हरेक वर्ष इन्द्रजात्राका भोलिपल्ट यहाँ मेला लाग्ने गर्दछ । इन्द्र दहमा स्नान गरी इन्द्रायणी देवीको पूजा आरधना गर्न भक्तजन घुइँचो लागेको हो । देवराज इन्द्रले स्नान गरेको दह हुनाले आजको दिन इन्द्र दहको स्नान गरी इन्द्रायणी देवीको पूजाआराधना गरेमा पूण्यप्राप्ति...


