STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उपत्यका

  • २०७८ भाद्र ८, मंगलबार

    उपत्यकाकाे निषेधाज्ञा भदौ १६ सम्म लम्बियो, अब राति ८ बजेपछि सवारी चलाउन पाइने

    कोभिड-१९ संक्रमण नियन्त्रणका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता लम्बिएको छ । मंगलबार बसेको उपत्यकाका तीनै प्रमुख जिल्ला अधिकारीहरुको बैठकले भदौ १६ सम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । पछिल्लो निर्णय अनुसार जारी निषेधाज्ञा भदौ ८ गतेसम्म कायम छ । नयाँ निर्णय अनुसार सार्वजनिक तथा नीजि सवारी साधन संचालनमा बेलुकी ८ बजेपछि लगाइएको रोक हटाइएको छ । अत्यावश्यकबाहेकका पसलहरु साँझ...

  • २०७८ भाद्र ७, सोमबार

    भक्तपुरमा सापारु मनाइँदै

    भादगाउँ- दिवङ्गत आफन्तको आत्माको शान्तिको कामना गर्दै हास्यव्यङ्ग्य र ख्यालठट्टासहित आज काठमाडौँ उपत्यका र नेवार समुदायको बाक्लो बस्ती रहेका मुलुकका मुख्य सहरमा धुमधामका साथ गाइजात्रा (साँपारु) पर्व मनाईंदैछ । भक्तपुरमा आजको दिन अर्थात् गाईजात्रा पर्वलाई ‘साँपारु’ भनिन्छ ।सो शब्द गाई र आजको तिथि समेटिएर बनेको हो । साँपारु भक्तपुरमा धार्मिक तथा सांस्कृतिक महत्व बोकेको पर्व हो । यहाँ सो पर्वको...

  • २०७८ भाद्र ७, सोमबार

    उपत्यकाको निषेधालाई निरन्तरता दिइने, आज निर्णय हुँदै

    काठमाडौं - काठमाडौं उपत्यकामा निषेधाज्ञालाई निरन्तरता दिइने भएको छ । कोरोना संक्रमण र मृत्युदर फेरि बढेकाले निषेधाज्ञालाई निरन्तरता दिइने तयारी भएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिए । निषेधाज्ञा अहिलेकै मोडालिटीअनुसार कायम गर्ने वा कडाइ गर्ने भन्नेमा आज सरोकारवालासँग छलफलपछि निर्णय हुने उनले बताए । संक्रमण बढेको भन्दै यसअघिबाट राति ८ बजेपछि सवारीसाधन सञ्चालनमा रोक...

  • २०७८ भाद्र ६, आइतबार

    गाइजात्राको दिन कीर्तिपुरमा ‘धेंधेंपापा नाच’ हुने

    कोरोना भाइरस कोभिड १९ महामारी त्रासका कारण गत वर्ष पनि स्थगित भएको कीर्तिपुरको ऐतिहासिक धेंधेंपापा नाच यस वर्ष हुने भएको छ । यस वर्षको धेंधेंपापा नाच संचालन गर्ने जिम्मा कीर्तिपुर नगरपालिका ३ वडास्थित चाफल टोलको रहेको छ । कोरोना महामारी र लकडाउनका कारण नाच प्रदर्शन गर्ने नगर्ने अन्यौलतालाई अन्त्य गर्दै नाचसंग सम्बन्धित व्यक्तिहरुको रोहबरमा बैठक बसी सापारु अर्थात् गाईजात्राको दिन सोमबार उक्त...

  • २०७८ भाद्र ४, शुक्रबार

    काठमाडौंको भाषा संस्कृतिको संरक्षण गर्नेले मात्रै अब चुनाव जित्न सक्ने मेयर विद्यासुन्दर शाक्यको दावी

    नेपालभाषामा स्नातकोत्तर विषयको पठनपाठन शुरु गरेको ४१ वर्ष पुगेको उपलक्ष्यमा  नेपालभाषा केन्द्रीय विभाग, पाटन क्याम्पसमा आयोजित  नेपालभाषामा एमफिल पिएचडी अध्यापन शुभारम्भ र नेपालभाषाका महाकवि सिद्धिदास महाजुका कृति संग्रह 'सिध्दिमाः' लगायत  किरन केनको " अमेरिकाय् नेवाः प्रकाशन ", आरिक माला प्रधानको " हरिप्रसाद प्रधानया व्यक्तित्व " , किरण केन रंजितको " तन्त्राख्यान " र "लुमन्ति दबू , ल्याः ९"को...

  • २०७८ भाद्र २, बुधबार

    सल्लाघारीमा बसपार्क बनाउने प्रस्तावप्रति भक्तपुर नगरपालिकाको आपत्ति

    भक्तपुर - भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित नेपाल ट्रष्टको नाममा रहेको १०८ रोपनी खुल्ला जग्गामा बसपार्क बनाउन गरिएको प्रस्तावप्रति भक्तपुर नगरपालिकाले आपत्ति जनाएको छ । काठमाडौँ महानगरपालिकाले गठन गरेको यातायात सञ्चालनसम्बन्धी अध्ययन कार्यदलले काठमाडौँ उपत्यकाबाट पूर्व जाने सार्वजनिक सवारी साधनलाई जडीबुटी नजिक मनोहरा खोला कोरिडोर वा भक्तपुरको सल्लाघारीस्थित तीनकुनेमा बसपार्क बनाउने...

  • २०७८ श्रावण ३२, सोमबार

    खुलामञ्चलाई सार्वजनिकस्थलको रूपमा व्यवस्थापन गरिने

    काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले खुला मञ्चलाई खुला नै राख्ने महानगरपालिकाको अडानले मूर्तरुप प्राप्त गरेको बताउनु भएको छ । काठमाडौँ महानगरपालिकाको ६८ औँ कार्यपालिका बैठकलाई सम्बोधन गर्दै शाक्यले यस्तो बताउनु भएको हो । उहाँले राष्ट्रिय महत्वको संरचना दरबार हाइस्कुल र वीर अस्पतालको पुनर्निर्माणको क्रममा त्यहाँ प्रयोग हुने निर्माण सामग्रीहरु र त्यहाँ काम गर्ने केही कामदारलाई राख्नका...

  • २०७८ श्रावण ३२, सोमबार

    काठमाडौंको फोहर उठ्न अझै केही दिन लाग्ने

    काठमाडौंका सडकमा देखिएका फोहर उठ्न अझै केही दिन लाग्ने भएको छ । महानगरपालिकाले अझै केही दिन घरघरबाट फोहोर नउठाउने भएको छ। महानगरले सोमबार सूचना निकालेर अझै केही दिन फोहोर नउठाइने बताएको छ। नुवाकोटको ककनी गाउँपालिका सिस्डोलल्यान्डफिल्ड साइटको सडक बिग्रेकोले मर्मत गर्नुपर्ने अवस्थामा छ। केहीदिनदेखि परेको वर्षाले ल्यान्डफिल्ड साइटमा सडक बिग्रेको छ। ‘सडक बिग्रेको कारण केही समयका लागि फोहोर ननिकाली...

  • २०७८ श्रावण २८, बिहिबार

    उपत्यकामा आजदेखि राति ८ बजेपछि सवारीसाधन चलाउन नपाइने

    कोभिड–१९ को संक्रमण जोखिम बढेपछि काठमाडौं उपत्यकामा आज राति ८ बजेदेखि सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन गर्न नपाइने भएको छ । आगामी भदौ ८ गतेसम्म लागू गरिएको उक्त आदेश आज बिहान १ बजेदेखि नै लागू भएको छ । अन्य ढुवानीका साधन भने तोकिएका समयमा सञ्चालन गर्न सकिने छ । अत्यावश्यक काममा प्रयोग हुने सवारी भने चौबीसै घण्टा सञ्चालन हुने छ । पछिल्लो दुई हप्तादेखि उपत्यकामा निषेधाज्ञामा कडाइ गर्न थालिएको...

  • २०७८ श्रावण २७, बुधबार

    पाँच प्रदेशका पाँच नगरसँग काठमाडौँ महानगरको भगिनी सम्बन्ध स्थापना

    काठमाडौँ महानगरपालिकाले   एक प्रदेश एक अन्तरस्थानीय तह भगिनी सम्बन्ध स्थापना गर्ने योजनाअनुसार महानगरपालिकाले  कर्णालीको चन्दननाथ, बागमतीको मेलम्ची र लुम्बिनीको रामग्राम नगरपालिकासँग सम्बन्ध स्थापना गरिसकेको छ ।  यसै क्रममा हालै थप दुई वटा नगरपालिकासँग अन्तरस्थानीय तह भगिनी सम्बन्ध स्थापनाका लागि समझदारी–पत्रमा हस्ताक्षर गरेको छ ।   राजधानीमा एक कार्यक्रमको आयोजना गरी काठमाडौँ महानगरपालिकाले...

  • २०७८ श्रावण २६, मंगलबार

    उपत्यकामा ११८६ जनामा संक्रमण पुष्टि, २४ घण्टामा थपिए ४९०४ संक्रमित

    पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौं उपत्यकामा ११ सय ८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उपत्यका विभिन्न अस्पताल तथा प्रयोगशालामा गरिएको एन्टिजेन तथा पीसीआर परीक्षणका क्रममा सो संख्या संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज सबैभन्दा धेरै काठमाडौं जिल्लामा कोरोना संक्रमित भेटिएका छन् । काठमाडौंमा ७९५ जनामा कोरोना पुष्टि हुँदा ललितपुरमा २३९ र भक्तपुरमा १५२ जना संक्रमण देखिएको...

  • २०७८ श्रावण २६, मंगलबार

    भदौ ८ सम्म निशेधाज्ञा थप, राति गाडी चलाउन रोक

    काठमाडौं– उपत्यकामा बेलुकी आठ बजेपछि रातिको समयमा गाडी चलाउन नपाइने भएको छ । काठमाण्डाै उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले आउँदो बिहीवारदेखि लागू हुने गरी थप गरेको निषेधाज्ञामा अत्यावश्यकबाहेकका नीति तथा सार्वजनिक गाडीहरू बेलुका आठ बजेपछि सञ्चालन गर्न रोक लगाएका हुन् ।  यस्तै स्थानीय ढुवानीका साधनहरू बिहान नौ बजेदेखि ११ बजेसम्म र दिउँसो चार बजेदेखि सात बजेसम्म सञ्चालन गर्न पाइने छैन । ...

Pages