उपत्यका
-
२०७८ जेठ १८, मंगलबार
काठमाडौंकाे निषेधाज्ञा खुकुलाे बनाएर थप्ने तयारी
सरकारले काठमाडौ उपत्यकामा निषेधाज्ञा थप गर्ने तयारी गरेको छ । अहिलेको तुलनामा केही खुकुलो गर्दै निषेधाज्ञा थप गर्ने तयारी भएको हो । यसको लागि उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीको बैठक आज दिउँसो तीन बजे बस्दै छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले निषेधाज्ञा थप गर्न उपत्यकाका तीन जिल्ला प्रमुखको बैठक बसेर निर्णय गर्ने बताए । 'कोरोना संक्रमण कम हुँदै गएको छ तर एकैपटक खोल्ने...
-
२०७८ जेठ १४, शुक्रबार
काठमाडौँ महानगरपालिकाबाट निःशुल्क पीसीआर परिक्षण आरम्भ
काठमाडौँ महानगरपालिकाले महानगरपालिका क्षेत्र भित्र र उपत्यकाका विभिन्न ९ अस्पतालहरुलाई ४५ थान भेन्टिलेटर उपलब्ध गराइएको जानकारी दिएको छ । कोभिड–१९ को संक्रमण बढेसँगै अस्पतालहरुको क्षमता अभिवृद्धि गर्ने र सेवा विस्तार गरी संक्रमित नागरिकलाई बचाउने उदेश्यले ती भेन्टिलेटरहरु उपलब्ध गराएको काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले जानकारी दिनुभयो । जानकारी अनुसार महानगरपालिकाले चिकित्सा...
-
२०७८ जेठ १४, शुक्रबार
आजदेखि उपत्यकाको निषेधाज्ञामा थप कडाइ
कोरोना भाइरसको नियन्त्रणका लागि भन्दै काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञामा आजदेखि थप कडाइ हुने भएको छ । आजदेखि निषेधाज्ञाको उल्लंघन गर्नेलाई कोभिड–१९ सङ्कट व्यवस्थापनसम्बन्धी अध्यादेश बमोजिम नगद जरिवाना तथा कैद सजाय हुने उपत्यकाका जिल्ला प्रशासन कार्यालयले जानकारी दिएका छन् । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका पदाधिकारीहरूको मंगलबार बसेको बैठकले थप कडाइ गर्दै एक...
-
२०७८ जेठ ११, मंगलबार
उपत्यकामा एक साता निषेधाज्ञा थपियो, किराना पसल र डिपार्टमेन्टल स्टोर पनि खोल्न नपाइने
काठमाडौं - उपत्यकामा लगाइएको निषेधाज्ञा एक साताका लागि थप गरिएको छ । संक्रमण दर नघटेको भन्दै थप एक साता निषेधाज्ञा थपिएको हो । अब जेठ २० सम्म निषेधाज्ञा लम्बिएको छ । थपिएको निषेधाज्ञामा बिहान ९ सम्म तरकारी, फलफूल, दूध, मासु र ग्यासको पसल खोल्न पाइनेछ । तर किराना पसल, डिपार्टमेन्टल स्टोल चाहिँ बन्द गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय, काठमाडौंले जनाएको छ । काठमाडौं उपत्यकामा वैशाख १६ बाट...
-
२०७८ जेठ १०, सोमबार
कोरोनाका कारण कामनपाको विकास निर्माण ५० प्रतिशतमात्र
head_line: , ५० प्रतिशत कामले पायो निरन्तरताdate_line: काठमाडौँ, १० जेठ (रासस) :news_content: कोभिड–१९ का कारण काठमाडौँ महानगरपालिकामा सञ्चालित विकास निर्माणको काम ५० प्रतिशतले मात्र निरन्तरता पाएको छ । कामपाले चालु आर्थिक वर्षमा साना ठूला गरी १०५ वटा विकास निर्माणका काम शुरु गरेको भए पनि विश्वभरि फैलिएको दोस्रो लहरको कोरोना महामारीका कारण अहिले ५० वटा कामले मात्र निरन्तरता पाएको छ । “महामारी...
-
२०७८ जेठ ९, आइतबार
महानगरपालिकाले दिए टेकु र छत्रपाटी अस्पताललाई भेन्टिलेटर
काठमाडौँ महानगरपालिकाले शुक्रराज ट्रपिकल अस्पताल टेकु र छत्रपाटी निःशुल्क चिकित्सालयलाई कोरोना संक्रमित विरामीहरुको उपचारमा प्रयोग हुने भेन्टिलेटर सहयोग प्रदान गरेको छ । शुक्रवार महानगरपालिका का मेयर विद्यासुन्दर शाक्यको रोहवरमा ती अस्पतालहरुलाई २—२ थान भीजी ७० मोडलका भेन्टिलेटर प्रदान गरेको महानगरपालिकाले जनाएको छ । काठमाडौँ महानगरपालिकालाई यी उपकरण भगिनी सहर तिव्वतको ल्हासाले महामारी...
-
२०७८ जेठ ५, बुधबार
बुंगद्यः जात्रा (रातो मछिन्द्रनाथको जात्रा) सकियो
काठमाडौं - यस वर्षको बुंगद्यः जात्रा (रातो मछिन्द्रनाथको जात्रा) बुधबार समापन गरिएको छ । रथयात्रापछि बुंगद्यःलाई खटमा राखेर बुंगः (बुंगमती) लगिएपछि जात्रा समापन भएको हो । कोरोना महामारीका कारण धेरै विधि छोट्याएर जात्रा सकाइएको हो । बुधबार बिहान दुईपटक सम्म भूकम्प गएकाे कारण पुल्चाेकमा रहेकाे रथमा क्षमापूजा गरिएको थियो । भूकम्प गएकाे दिन बुंगद्यःकाे काम गर्नु हुँदैन भन्ने मान्यता रहिआएको छ ।...
-
२०७८ जेठ ३, सोमबार
कामपा १७ वडामा ३० बेडको आइसोलेसन वार्ड सुरु
काठमाडौं – काठमाडौं महानगरपालिका १७ वडा क्षेत्रपाटीबाट ढल्को जाने बाटोमा रहेको पुरानो गोर्खा अस्पतालमा ३० बेडको आइसोलेसन वार्ड खोलिएको छ । आज सोमबार नेपाली कांग्रेसका महामन्त्री एवं पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह र उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले संयुक्त रुपमा सो वार्डको उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा काठमाडौं ७ नं. क्षेत्रका सांसद एवं पूर्व रक्षामन्त्री भीमसेनदास...
-
२०७८ जेठ १, शनिबार
सांकेतिक रुपमा रातो मत्स्येन्द्रनाथको रथयात्रा सम्पन्न
काठमाडौं - कोरोना महामारीका कारण सांकेतिक रुपमा यस वर्षको रातो मत्स्येन्द्रनाथको रथयात्रा गरिएको छ । यसपटक करिब १५० जनाले स्वास्थ्य मापदण्ड पूरा गर्दै पुल्चोकमा करिब २५ मिटर रथयात्रा गरेर त्यहीं विसर्जन गरिएको थियाे । बुधबार बसेको सरोकारवालाको बैठकले कोरोना महामारीलाई मध्यनजर राख्दै न्यून संख्यामा उपस्थित भएर स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर प्रतीकात्मक रुपमा रथ तान्ने निर्णय गरेको थियो ।
-
२०७८ बैशाख ३१, शुक्रबार
भोलिदेखि चन्द्रागिरी नगरपालिका 'सिल' : बिहान ६ देखि बेलुकी ५ बजे हिड्डुलमा रोक
भोलिदेखि चन्द्रागिरी नगरपालिका 'सिल' गरिने भएको छ । नगरपालिकामा कोभिड १९ को संक्रमण बढ्दै गएपछि गत वैशाख २९ गते नगर कार्यक्षेत्रभित्रका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी अस्पतालका प्रतिनिधि तथा सशस्त्र प्रहरी नेपालका प्रमुख, राष्ट्रिय अनुसन्धान विभाग, ट्राफिक प्रहरी र नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरूबीच बैठक बसेको थियो । उक्त बैठकले जेठ १ गते बिहान ६ बजेदेखि जेठ ७ गते बेलुकी ५...
-
२०७८ बैशाख ३०, बिहिबार
पाटनमा कुमारीको नयाँ आसन
ललितपुरको जीवित देवी कुमारीको आसन अस्सी वर्ष पछि आएर बल्ल फेरिएको छ । रत्नाकर महाविहारमा रहेको कुमारी घरमा जीवितदेवी कुमारीलार्ई विहीबार पहिलो पटक नयाँ आसनमा विराजमान गराइयो । यस अघि महाविहारमा गुरुजु (बेताजु) बुद्धरत्न बज्राचार्यले संकल्प र पञ्चोपचार पुजा गर्नुभएको थियो । त्यसपछि वडाको तर्फबाट सदस्य सुप्रभा शाक्यले विहारका ज्येष्ठ सदस्य चक्रेश्वर आजु (ज्येष्ठ) ज्ञानबहादुर बज्राचार्य र...
-
२०७८ बैशाख २९, बुधबार
भक्तपुरका अस्पतालमा सकियो अक्सिजन, शय्यामा छट्पटाउँदै बिरामी
भक्तपुर, २९ वैशाख : हरुमा अक्सिजन सकिँदा भर्ना भएका बिरामीलाई बचाउन र नयाँ बिरामी भर्ना गर्न कठिन भएको छ । अक्सिजन नभएकै कारण जिल्लाका अधिकांश अस्पतालले कोभिड–१९ का बिरामी भर्ना लिन छाडेका छन् भने भक्तपुर अस्पताल र नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा भर्ना भएका बिरामीलाई बचाउन पनि मुस्किल परेको छ । जिल्लावासीका एउटै आधार बनेको भक्तपुर अस्पतालमा मङ्गलबार साँझदेखि नै अक्सिजन सकिँदा निकै समस्या...


