उपत्यका
-
२०७८ आषाढ ६, आइतबार
उपत्यकाको निषेधाज्ञा अब असार १४ सम्म, सवारीमा जोरबिजोर, बार अनुसार पसल खोल्न पाइने
काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता लम्ब्याइएको छ । आइतबार बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले काठमाडौं उपत्यकामा निषेधाज्ञा १४ असारसम्म थप गर्ने निर्णय गरेको हो । यस्तै, उपत्यकामा निजी सवारीसाधन जोरबिजोर प्रणालीका आधारमा सञ्चालन गर्न दिने निर्णय बैठकले गरेको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिए । बैठकले बार अनुसार पसल खोल्न...
-
२०७८ आषाढ ६, आइतबार
भक्तपुर चेम्बरको आकस्मिक रक्तदानलगायत स्वास्थ्य सेवाहरुको निरन्तरता
कोभिड– १९ नियन्त्रण तथा रोकथामको लागि सञ्चालित परमो धर्म अभियानलाई भक्तपुरमा तीब्र बनाइएको छ । विभिन्न संघसंस्थाहरूको सहकार्यमा भक्तपुर चेम्बर अफ कमर्स तथा भक्तपुर लायन्स सेवा समन्वय समितिले संयोजन गरेको अभियान अन्तर्गत अहिले सप्ताहव्यापी आकस्मिक रक्तदान कार्यक्रम भइरहेको छ । रगत संकलन गर्ने कार्यक्रममा ब्लोडान भक्तपुर र पायोनियर ओपन क्रूले सहकार्य गरेको छ । अभियान अन्तर्गत शनिबार थिमिको...
-
२०७८ आषाढ ६, आइतबार
उपत्यकामा अब 'लुज निषेधाज्ञा'
सरकारले काठमाडौं उपत्यकामा लुज निषेधाज्ञा लगाउने भएको छ । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको आइतबार साँझ ५ बजे बस्ने बैठकमार्फत लुज निषेधाज्ञा जारी गर्ने तयारी भएको छ । ‘अब अलिकति व्यवस्थित, अलिकति लुज निषेधाज्ञा हुन्छ,’ भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले भने, ‘एक साता थप गर्ने सम्भावना छ ।’ कोभिड–१९ निर्देशक समितिले भने ‘स्मार्ट लकडाउन’को मोडालिटिमा जाने निर्णय...
-
२०७८ आषाढ ४, शुक्रबार
राहत तथा उद्धारका लागि थप रकम दिने काठमाडौं महानगरकाे घाेषणा
काठमाडौँ महानगरपालिकाले राहत तथा उद्दारका लागि सिन्धुपाल्चोकका थप दुई गाउँपालिका पाँचपाेखरी थाङपाल र हेलम्बुलाई र पचास-पचास लाख रुपिंया दिने घाेषणा गरेकाे छ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले नगरसभाको नवौँ अधिवेशनको पहिलो वैठकलाई सम्बोधन गर्दै काठमाडौं महानगरकाे तर्फबाट मेलम्ची नगरपालिकालाई रु दुई करोड सहयोग गर्ने घोषणा गरिसक्नु भएको छ। मेलम्ची नदीमा आएको बाढीको प्रकोपले गरेको धन...
-
२०७८ आषाढ ३, बिहिबार
काठमाडौँ महानगरपालिकाको नीति–तथा कार्यक्रम सार्वजनिक
१ सय बेडको ‘काठमाडौँ महानगर विशेष अस्पताल’ स्थापना विद्युतीय सवारी करमा शतप्रतिशत छुट कोभिड–१९ को महामारीबाट प्रभावित करदातालाई विशेष छुट÷सहुलियतमहानगरवासीलाई ‘नागरिक स्वास्थ्य विमा कार्यक्रम’ ‘एक वडा एक नमूना विद्यालय कार्यक्रम’ सहरी स्वाथ्य क्लिनिकबाट विशेषज्ञ चिकित्सकसहितको निशुल्क सेवा काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आर्थिक बर्ष २०७८/२०७९को नीति तथा कार्यक्रम सार्वजनिक...
-
२०७८ आषाढ २, बुधबार
पत्रकार दबूको कोरोना कोषमा मन्त्री श्रेष्ठद्वारा १ लाख सहयोग
शिक्षा विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले नेवाः पत्रकार राष्ट्रिय दबूको कोरोना द्रुत प्रतिकार्य कोषको लागि एम लाख रुपैयाँ प्रदान गर्नुभएको छ । मन्त्री श्रेष्ठले बुद्ध बार पुल्चोक, हरिहरभवनस्थित मन्त्री निवासमा कोषका संयोजक सुरेन्द्रभक्त श्रेष्ठलाई सो सहयोग रकम हस्तान्तरण गर्नुभयो । कोरोना महामारीको समयमा पत्रकारहरुलाई सहयोग गर्न पत्रकार राष्ट्रिय दबूले कोरोना द्रुत प्रतिकार्य...
-
२०७८ आषाढ १, मंगलबार
मातृभाषाप्रेमीहरुको ध्यानाकर्षणमा मध्यपुरका मेयर मदनसुन्दर श्रेष्ठको प्रतिबद्धता
मातृभाषाप्रेमीहरुले मध्यपुर थिमि नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठलाई ध्यानाकर्षण पत्र बुझाएको छ । विद्यालयस्तरमा स्थानिय मातृभाषा (नेपालभाषा)को विषय अनिवार्य अध्यापन गराउनुपर्ने मागसहित नगर क्षेत्रका भाषाप्रेमी तथा शिक्षासेवीहरुले ध्यानाकर्षण पत्र बुझाएको हो भने विगत दुई वर्षदेखि विभिन्न निकायमा पुगेर ध्यानाकर्षण गराएपनि माग सुनुवाइ नभएपछि शिक्षा समितिका पदेन अध्यक्ष समेत रहेका मेयर...
-
२०७८ जेठ ३१, सोमबार
काठमाडौं महानगरको खोप अभियान आजदेखि पुन: सुरु
काठमाडौं महानगरपालिकाले आजदेखि पुन: कोरोनाविरुद्धको भेरासेल खोप लगाउने भएको छ । जेठ २५ देखि पाँच दिनसम्म लागइने भनिए पनि खोप अभाव भएको भन्दै महानगरले दुई दिन अघि नै अभियान स्थगित गरेको थियो । स्थगित गरिएको खोप आज र भोलि लगाइने महानगरले जनाएको छ । खोप लगाउनका लागि चार वटा खोप केन्द्र तोकिएका छन् । महानगरले वीर अस्पताल, शिक्षण अस्पताल, विरेन्द्र सैनिक अस्पताल तथा निजामति कर्मचारी अस्पतालमा...
-
२०७८ जेठ ३०, आइतबार
खुकुलाे बनाएर निषेधाज्ञा एक हप्ता थपियो
काठमाडौं - कोरोना संक्रमण रोकथामका लागि काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञालाई थप एक हप्ता निरन्तरता दिने निर्णय भएको छ। काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको आइतबार बसेको संयुक्त बैठकले असार ६ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो। यसअघि वैशाख १६ बाट जारी निषेधाज्ञा पछिल्लो पटक जेठ ३१ सम्म लम्ब्याउने निर्णय गरिएको थियो । निषेधाज्ञाको मोडालिटीमा थोरै परिवर्तन गरिएको छ।...
-
२०७८ जेठ ३०, आइतबार
काठमाडौंमा रोकिएको खाेप कार्यक्रम छिटै सुचारु हुने, नयाँ मिति आजै आउने
काठमाडौँ - २८ गतदेखि रोकिएको खोप लगाउने कार्यक्रम छिटै सुचारु गर्ने काठमाडौं महानगरपालिकाले जनाएको छ । ६० देखि ६४ वर्ष उमेर समूहकालाई कोभिडविरुद्धको भेरोसेल खोप लगाउने अभियान पुनः सुचारू हुने भएको हो । यस अघि महानगरभित्रको सबै वडामा खोप कार्यक्रम सञ्चालन गरिएको भए पनि वडा–वडामा भिडभाड बढेकाले अस्पतालमा खोप लगाइने महानगरका कोभिड फोकल पर्सन ज्ञानु ओलीले जानकारी दिए । उनका अनुसार वीर अस्पताल, सिभिल...
-
२०७८ जेठ ३०, आइतबार
उपत्यकामा एक साता निषेधाज्ञा थप्ने तयारी
सरकारले काठमाडौं उपत्यकाका एक साता निषेधाज्ञा थप गर्ने तयारी गरेको छ । कोरोना संक्रमण केही घटेपनि जोखिम कायमै रहेकाले निषेधाज्ञा एक साता थप गर्ने निष्कर्षमा सरकार पुगेको हो । निषेधाज्ञाबारे निर्णय गर्न काठमाडौं उपत्यकाका तीन जिल्ला प्रमुखको बैठक दिउँसो साढे तीन बजे बस्ने भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए । ‘निषेधाज्ञा एक हप्ता थप गर्ने तयारी छ,’ उनले भने, ‘खुकुलो...
-
२०७८ जेठ २८, शुक्रबार
गण्डकी सरकार गठनका लागि विपक्षी गठबन्धनको दावी पेश
गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि विपक्षी दलको गठबन्धका ३१ प्रदेशसभा सदस्यको समर्थनसहित प्रदेश प्रमुखसमक्ष दावी गरेका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ को उपधारा ९५० बमोजिम मुख्यमन्त्री नियुक्ति प्रयोजनका लागि शनिबार दिउँसो ३ बजेसम्मको समय तोकेर प्रदेशसभा सदस्यलाई आज आह्वान गर्नुभएको थियो । प्रदेश सदस्य कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्रीका रुपमा अघि सार्दै...


