खेलकुद
-
२०७७ आश्विन १७, शनिबार
आइपिएल : हैदराबादले चेन्नईलाई हरायो
ईन्डियन प्रिमियर लिग (आईपीएल)को १४ औं खेलमा सनराइजर्स हैदराबादले चेन्नई सुपर किंग्सलाई पराजित गर्दै दोस्रो जित दर्ता गरेको छ । दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा शुक्रबार राती भएको खेलमा हैदराबादले चेन्नईलाई ७ रनले पराजित गरेको हो । जितका लागि १ सय ६५ रनको विजयी लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ५७ रन बनाउन सक्यो । यो चेन्नईको लगातार तेस्रो हार हो । चेन्नईलाई जितको अन्तिम...
-
२०७७ आश्विन ४, आइतबार
आईपीएलमा चेन्नईको शानदार सुरुवात
एजेन्सी – आईपीएल क्रिकेटको पहिलो म्याचमा चेन्नई सुपरकिंग्सले डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सलाई पाँच विकेटले हराउँदै शानदार सुरुवात गरेको छ । अबुधाबीस्थित शेख जायद रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६२ रन बनाएको थियो । १६३ रनको विजय लक्ष्य पछ्याएको चेन्नाईले १९.२ ओभरमा ५ विकेट गुमाउँदै १६६ रन बनायो र जित हासिल गर्यो । चेन्नाइको जितमा...
-
२०७७ आश्विन २, शुक्रबार
मेसीको नाम अब ट्रेडमार्क
काठमाडौं – विश्व फुटबलका स्टार खेलाडी लिओनल मेसीकाे नाम अब ट्रेडमार्ककाे रुपमा रहनेछ । इयुको उच्च अदालतबाट ९ वर्षको लडाइँ जितेपछि मेसीले अब आफ्नाे नाम ट्रेडमार्क रुपमा दर्ता गर्न पाउने भएका छन् । युरोपियन कोर्ट अफ जस्टिस (युरोपियन न्याय अदालत)ले स्पानिस साइक्लिङ कम्पनी मास्मी र इयुको बौद्धिक सम्पत्ति कार्यालय ईयुआईपीओको अपिल खारेज गरेको हो । स्पानिस क्लब बार्सिलोनाका स्टार मेसीले सन् २०११ मा...
-
२०७७ भाद्र २४, बुधबार
सन्दीप सम्मिलित जमैका सेमिफाइनलबाटै बाहिरियो
काठमाडौँ – अन्ततः पुरानै गल्ती दोहोर्याएपछि सन्दीप लामिछाने सम्मिलित जमैका तालावाज ट्रिनिडाडमा जारी क्यारेबियन प्रिमियर लिग (सीपीएल)को सेमिफाइनलबाटै बाहिरिएको छ । जमैकाले विगतका खेलहरूमा जस्तै कमजोर ब्याटिङ गरेपछि ट्रिनबागो नाइट राइडर्स सहजै फाइनलमा प्रवेश गरेको छ । मङ्गलबार राति सम्पन्न सेमिफाइनलमा नाइट राइडर्सले जमैकालाई नौ विकेटले पराजित गरी फाइनलका लागि स्थान बनाएको हो । नाइट राइडर्स सीपीएलको...
-
२०७७ भाद्र १८, बिहिबार
ह्यान्डबललाई साढे सात लाख सहयोग
काठमाडौँ – नेपालका ह्यान्डबलका खेलाडी तथा प्रशक्षिकको सहयोगका लागि नेपाल ह्यान्डबल सङ्घलाई एसियाली ह्यान्डबल महासङ्घले रु सात लाख ६५ हजार राहत सहयोग गरेको छ । नेपालमा कोरोना भाइरसका कारण प्रभावित भएका ह्यान्डबलका खेलाडी र प्रशिक्षकलाई राहत पाइयोस् भन्ने उद्देश्यले एसियाली ह्यान्डबल महासङ्घले उक्त सहयोग प्रदान गरेको हो । सो रकमले ह्यान्डबलका खेलाडी, पूर्वखेलाडी, प्रशिक्षक र रेफ्रीको कोरोना बीमा...
-
२०७७ भाद्र १७, बुधबार
सन्दीप सम्मिलित जमैका तलावाजको चौथो हार
एजेन्सी – क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा नेपाली स्पिनर सन्दीप लामिछाने सम्मिलित जमैका तलावाजले चौथो हार बेहोरेको छ । मंगलबार राती ब्रायन लारा स्टेडियममा भएको खेलमा जमैका ट्रीनबेगो नाइट राइडर्ससँग १९ रनले पराजित भएको हो । जितका लागि १ सय ८५ रनको विजयी लक्ष्य पछ्याएको जमैका निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ६५ रन बनायो । जमैका आन्द्रे रसेल २३ बलमा ५ चौका र ४ छक्कासहित ५० रनमा अविजित...
-
२०७७ भाद्र १४, आइतबार
सन्दीपको दुई विकेटमा जमैकाको जित
काठमाडौँ – नेपाली खेलाडी सन्दीप लामिछाने दुई विकेट लिएपछि उहाँ आबद्ध जमैका तल्लाहवाजलाई राहत मिलेको छ । क्यारेबियन प्रिमियर लिग (सीपीएल) अन्तर्गत शनिबार राति ट्रिनिडाडमा भएको खेलमा जमैकाले सेन्ट किट्स एण्ड नेभिस प्याट्रियोट्सलाई ३७ रनले पराजित गर्यो । शनिबारको खेलअघि जमैका र सेन्ट किट्स अङ्क तालिकाको पुछारमा थिए । जमैका अङ्क तालिकाको पाँचौँ स्थानमा थियो भने सेन्ट किट्स अन्तिममा थियो । लिगको...
-
२०७७ भाद्र १०, बुधबार
मेसीले बार्सिलोना छाेड्ने
एजेन्सी – अर्जेन्टिनी फरवार्ड तथा क्याटलान क्लब बार्सिलोनाका कप्तान लियोनल मेसीले मंगलबार बार्सिलोना छाड्ने औचापरिक निर्णय लिँदै ‘ट्रान्सफर’ का लागि सनसनीपूर्ण अनुरोध गरेका छन् । उनले आफ्नो सम्झौतामा रहेको प्रावधान अनुसार गत सिजनको अन्त्यसँगै आफ्नो सम्झौता रद्द गर्न पाउने प्रावधानको प्रयोग गर्दै क्लब छाड्न चाहेको बताएका हुन् । उनको अनुबन्धमा आफूले चाहेमा तत्काल लागू हुने गरेर बिनामूल्य क्लब छाड्न...
-
२०७७ भाद्र १०, बुधबार
सन्दीपको किफायती बलिङ जमैका विजयी
काठमाडौँ – क्यारेबिन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटमा नेपाली खेलाडी सन्दीप लामिछाने आफ्नो चौथो खेलमा विकेट लिन सफल हुनुभएको छ । उहाँले यसअघिको खेलमा जस्तै आज बिहान भएको खेलमा निकै किफायती बलिङ गर्नुभयो । गुएना अमेजन वारियर्सविरुद्धको खेलमा सन्दिपले एक विकेट लिनुभयो । जमैका तलावाजबाट खेलिरहनुभएका उहाँले अमेजनविरुद्ध बलिङ गर्दै ४ ओभरमा मात्र १२ रन खर्चिनुभयो । योसँगै जारी प्रतियोगितामा...
-
२०७७ भाद्र ५, शुक्रबार
दाेस्राे खेलमा सन्दीपको टोली पराजित
काठमाडौँ – क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटअन्तर्गत आज बिहान भएको खेलमा सन्दीप लामिछानेले विकेट लिए पनि उहाँको टोली जमैका तलावाज भने पराजित भएको छ । ट्रिनबागो नाइट राइडर्सविरुद्धको खेलमा सन्दीपले औसत खेल प्रदर्शन गर्दै एक विकेट लिन सफल हुनुभयो । उक्त खेलमा ट्रिनबागो नाइट राइडर्स विजयी भयो । ट्रिनबागोले सन्दीपको जमैकालाई ७ विकेटले हराएको हो । आजको खेलमा पनि सन्दीपले पुरै चार...
-
२०७७ भाद्र ५, शुक्रबार
क्रिकेट खेलाडीको कोरोना बीमा गरिने
काठमाडौँ – राष्ट्रिय क्रिकेट टोलीका खेलाडीको कोरोना बीमा गरिने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले खेलाडीको कोरोना बीमा गर्न लागेको हो । कोरोना भाइरसको महामारी फैलिँदै गएपछि राष्ट्रिय टोलीमा रहेका पुरुष खेलाडीको कोरोना बीमा गर्ने तयारी गरिरहेको क्यानका सचिव अशोकनाथ प्याकुरेलले जानकारी दिनुभयो । “अवस्था हेरेर राष्ट्रिय टोलीको बन्द प्रशिक्षण गर्ने योजना छ”, उहाँले भन्नुभयो, “हाललाई पुरुष खेलाडीको...
-
२०७७ श्रावण ३२, आइतबार
नेपाली महिला फु्टबल फिफाकाे ९९औँ बरियतामा
काठमाडौँ – विश्व फुटबल महासङ्घ (फिफा)ले सार्वजनिक गरेको महिलातर्फको वरियतामा नेपाल ९९औँ स्थानमा यथावत रहेको छ । पछिल्लोपटक कोरोना भाइरसका कारण कुनै पनि अन्तर्राष्ट्रिय खेल नहुँदा त्यसको प्रभाव फिफा वरियतामा पनि परेको हो । यही कारण वरियतामा कुनै फेरबदल नभएको हो । पछिल्लो पाँच महिनादेखि फिफाको वरियता एकनास रहेको पाइएको छ । एशियाली देशतर्फ नेपाल २१औँ स्थानमा छ । दक्षिण एशियाली देशको वरियतामा नेपालको...


