खेलकुद
-
२०७७ श्रावण ३१, शनिबार
बार्सिलोनाको ८–२ लज्जास्पद हार
एजेन्सी – जर्मन च्याम्पियन बायर्न म्युनिखसँग ८–२ लज्जास्पद हार बेहोर्दै क्याटलान क्लब बार्सिलोना यूईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलबाट बाहिरिएको छ । लिस्बनमा शुक्रबार राती भएको खेलमा बायर्नले उत्कृष्ट प्रदर्शनका साथ ८–२ को जित दर्ता गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । मेसीको कप्तानीमा रहेको बार्सिलोनाविरुद्ध बार्यनले चौथो मिनेटमै अग्रता लिएको थियो । पहिलो हाफमा चार गोल गरेको बार्यनले...
-
२०७७ श्रावण २९, बिहिबार
एशियन फिफा वर्ल्डकप छनाेट खेलहरु स्थगित
एजेन्सी – फिफाले एशियन फुटबल कन्फेडरेसन (एएफसी) सँग २०२२ फिफा वर्ल्डकप र २०२३ एएफसी एशियन कपको एशियामा हुने आगामी छनाेट खेलहरूको समयतालिका स्थगित गर्ने बुधवार निर्णय गरेको छ । सुरुमा यस बर्ष अक्टोबर र नोभेम्बरमा अन्तर्राष्ट्रिय खेल विन्डोजको समयमा आयोजना हुने सयमतालिका रहेको थियो । कोरोना भाइरसको महामरीको कारण अब यो खेल सन् २०२१ मा सारिएको छ । कोरोना भाइरसको महामरीको कारण हाल विश्वका धेरै देशहरु...
-
२०७७ श्रावण २७, मंगलबार
एन्फा साधारणसभा अनिश्चितकालका लागि स्थगित
काठमाडौँ – कोरोेना भाइरसको महामारी बढ्दै गएपछि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आगामी भदौ १५ गते गर्ने भनिएको १९औँ साधारणसभा अनिश्चितकालका लागि स्थगित गरेको छ । एन्फा प्रवक्ता किरण राईले साेमबार एक प्रेस विज्ञप्ति जारी गर्दै साधारणसभा अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगित गर्ने बताउनुभएको हो । कोरोना भाइरसका कारण एन्फाको साधारणसभा दोस्रो पटक स्थगित गरिएको हो । यसअघि एन्फाले गत चैतमा...
-
२०७७ श्रावण २६, सोमबार
आजदेखि फुटबल खेलाडीको कोरोना परीक्षण
काठमाडौँ – नेपाली राष्ट्रिय टोलीको पुरुष खेलाडीको कोरोना भाइरसको परीक्षण आजदेखि गरिने भएको छ । कोरोना परीक्षणको नतिजाका आधारमा उनीहरूलाई आगामी भदौ १ गतेदेखि थालिने प्रशिक्षणमा सहभागी गराइने छ । खेलाडीको पीसीआर परीक्षण सोमबार र मङ्गलबार गरिने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का प्रवक्ता किरण राईले जानकारी दिनुभयो । विश्वकप छनोट खेलको प्रशिक्षणका लागि हाल पुरुष ३४ खेलाडीलाई क्वारेन्टिनमा राखिएको छ ।...
-
२०७७ श्रावण १९, सोमबार
अबको आईपीएल यूएईमा हुने पक्का
एजेन्सी – भारतले इन्डियन प्रिमियर लिग (आईपीएल) यूएईमा आयोजना गर्नका लागि अनुमति दिएको छ । आईपीएलको गभर्निङ बडीले भारत सरकारबाट यूएईमा आईपीएल आयोजनाका लागि अनुमति पाएको हो । सरकारको अनुमति पाएसँगै १३ औं संस्करणको आईपीएल यूएईमा हुने पक्का भएको छ । यसअघि भारतीय क्रिकेट नियन्त्रण बोर्डले यूएईमा आईपीएल गर्ने जनाएको थियो । तर भारत सरकारबाट अनुमति पाइसकेको थिएन । आईपीएल सेप्टेम्बर १९ देखि नोभेम्बर १०...
-
२०७७ श्रावण १६, शुक्रबार
राखेपमा ६ जना सदस्य मनोनित
काठमाडौं – राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा ६ जना सदस्य मनोनयन गरिएको छ । युवा तथा खेलकुदमन्त्री जगत बहादुर सुनार विश्वकर्माले बिहीबार विभिन्न क्षेत्रबाट प्रतिनिधित्व हुने गरि राखेपको बोर्ड सदस्यमा ६ जनालाई मनोनयन गरेका हुन् । मन्त्री विश्वकर्माले खेल बिज्ञ र प्राविधिकको रुपमा रिम रानाभाट र ईन्दिरा निरौलालाई मनोनयन गरेका छन् । यसैगरी राष्ट्रिय खेल संघको सिफारिसबाट अर्जुन केसी, सम्पन्न श्रेष्ठ...
-
२०७७ श्रावण १५, बिहिबार
कीर्तिपुरमा ब्याडमिन्टन प्रतियोगिता सुरु
ललेन्द्र शाक्य कीर्तिपुर नगरपालिका वडा नं. ९ स्थित बादेय् गां क्लबको आयोजनामा बादेय्गां कप ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । बिहीबार एक कार्यक्रमबीच कीर्तिपुर ९ वडाध्यक्ष गंगाराम महर्जनले सो प्रतियोगिताको उद्घाटन गरेका छन् । कीर्तिपुर माध्यमिक विद्यालयको ब्याडमिन्टन कोर्टमा जुनियर र सिनियर समूहबीच हुने प्रतियोगिताको लागि ५० जना प्रतियोगीको सहभागिता रहेको एक प्रतियोगी सुविन श्रेष्ठले जानकारी...
-
२०७७ श्रावण १४, बुधबार
सिलवाल नियुक्तिमा सर्वोच्चको कारण देखाउ आदेश जारी
काठमाडौं - राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिवमा रमेशकुमार सिलवाललाई नियुक्त गर्ने सरकारको निर्णयमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । सर्वोच्चका न्यायाधीश आनन्द मोहन भट्टराईको एकल ईजलासले राखेपको सदस्य सचिवमा सिलवाललाई नियुक्त गर्ने निर्णयमा १५ दिनभित्र लिखित जवाफ पेश गर्न प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र युवा तथा खेलकुद मन्त्रालयका नाममा आदेश जारी गरेको हो ।...
-
२०७७ श्रावण १२, सोमबार
सिलवाल राखेपको सदस्यसचिवमा नियुक्त
काठमाडाैं : राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिव पदमा पुनः रमेशकुमार सिलवाल नियुक्त हुनुभएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले सिलवाललाई चार वर्षका लागि राखेप सदस्य सचिवमा नियुक्त गरको हो । नयाँ खेलकुद विकास ऐन २०७७ कार्यान्वयनपछि स्वत खारेज भएको सदस्य सचिवको पदमा पहिलो पटक छनोटका आधारमा सिलवाल पुनःनियुक्त हुनुभएको हो । त्यस्तै राखेपमा पहिलो पटक खुला आह्वानद्वारा सदस्य सचिव नियुक्त...
-
२०७७ श्रावण ७, बुधबार
भदौ १ गतेदेखि खेलकुद प्रशिक्षणको अनुमति
काठमाडौँ : सरकारले अन्तर्राष्ट्रिय खेलकूद प्रतियोगिताको तयारीका लागि आगामी भदौ १ गतेदेखि प्रशिक्षण गर्न दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले प्रशिक्षण सञ्चालन गर्न दिने निर्णय गरेको हो । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं अर्थ, सूचना तथा सञ्चार प्रविधिमन्त्री डा युवराज खतिवडाले भदौ १ गतेदेखि नै प्रतियोगिताको तयारीका लागि विभिन्न किसिमका अभ्यास गर्न पाइने...
-
२०७७ श्रावण ३, शनिबार
कतार विश्वकपको उद्घाटन सन् २०२२ को नोभेम्बर २१ मा तोकियो
एजेन्सी - सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबलको मिति सार्वजनिक गरिएको छ । जसअनुसार कतार विश्वकपको उद्घाटन नोभेम्बर २१ तारिखमा ६० हजार दर्शक क्षमता रहेको अल बायत रंगशालमा हुनेछ । यसैगरी फाइनल खेल ८० हजार दर्शक क्षमता रहेको लुसेल रंगशालामा १८ डिसेम्बरमा हुनेछ । समुह चरणका खेल हरेक दिन चार वटा फरक रंगशालामा चार खेल हुनेछन । जुन र जुलाईमा हुँदै आएको प्रतियोगिता पहिलो पटक नोभेम्बरमा हुने भएको हो ।...
-
२०७७ आषाढ ३१, बुधबार
खड्का उत्कृष्ट निर्णायक
काठमाडौँ : नेपालका अन्तरराष्ट्रिय निर्णायक अशोक खड्का प्रथम मलेसियन ओपन अन्तरराष्ट्रिय स्पोर्ट्स च्यालेन्ज कपमा उत्कृष्ट निर्णायक घोषित हुनुभएको छ । उक्त प्रतियोगितामा नेपालसहित भारत, मलेसिया, इन्डोनेसिया र रोमानियाका निर्णायक सहभागी थिए । प्रतियोगितामा तेक्वान्दोको पुम्से विधातर्फ सहभागी नेपालका आठ खेलाडीले पदक प्राप्त गरेका छन् । नेपालले एक स्वर्ण, चार रजत र तीन कास्य पदक प्राप्त गरेको हो ।...


