खेलकुद
-
२०७७ आषाढ २३, मंगलबार
सन्दीप डेढ करोडमा सिपीएलमा अनुबन्धित
काठमाडौँ : नेपालका क्रिकेट खेलाडी सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सिपीएल) सिजन २०२० को खेलाडी ड्राफ्टमा रु एक करोड ५६ लाखमा अनुबन्धित भएका छन् । उन्नाइस वर्षीय लामिछानेलाई यस यामको सिपीएलका लागि जमैका तलावाजले गएराति एक लाख ३० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो । जमैका तलावाजले उनलाई दोस्रो राउन्डमा छनोट गरेको हो । ड्राफ्टका लागि २३ देशका ५३७ खेलाडीले नाम दर्ता गराएका थिए । सन्दीपले...
-
२०७६ चैत्र ३०, आइतबार
ओलम्पिक खेलाडीका लागि विशेष कार्यक्रम
काठमाडौं– नेपाल ओलम्पिक कमिटीले खेलाडीहरुको लागि विशेष कार्यक्रम सञ्चालन ल्याएको छ । विश्वव्यापी कोभिड–१९ महामारीको कारण खेलाडीहरुको प्रशिक्षण बन्द रहेको अवस्थामा रोगका समाचारहरुले उनीहरुमा पर्ने मानसिक असर कम गर्न कमिटीले "Winning Mindset Psychology well being programm" सञ्चालनमा ल्याएको छ । एक साता लामो कार्यक्रम आइतबारबाट सुरु भएको छ । कार्यक्रम दिउँसो ४ः००—५ः०० बजेसम्म सञ्चालन भइरहेको छ ।...
-
२०७६ फाल्गुण २६, सोमबार
रोनाल्डिन्होलाई आफ्नो राहदानी नक्कली भन्ने थाहै थिएनः वकिल
ब्राजिलका विश्वप्रसिद्ध फुटबल खेलाडी रोनाल्डिन्होले जानाजान नक्कली राहदानी पासपोर्ट नबोकेको उहाँका ब्राजिली वकील सर्जिओ क्वीरोजले दाबी गर्नु भएको छ । क्वीरोजले रोनाल्डिन्होलाई तत्काल रिहा गर्न पाराग्वेका सरकारी अधिकारीहरु समक्ष आग्रह पनि गर्नु भएको छ । पाराग्वेमा पक्राउ परेका रोनाल्डिन्हो र उहाँका भाई रोबर्टोले नक्कली कागजात पेश गरेको पाराग्वेका अधिकारीहरुले बताएका छन् । उनीहरु दुबै जना यही...
-
२०७६ फाल्गुण २५, आइतबार
फ्रेण्डसीपको कपको उपाधि दोभानलाई
तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीस्थित फ्रण्डसीप युवा क्लबले आयोजना गरेको दोस्रो फ्रेण्डसीप सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि दोभान युवा क्लबले जितेको छ । शनिबार भएको फाइनल खेलमा व्यास नगरपालिका–३ स्थित रिभरसाइड युवा क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै व्यास नगरपालिका–१ स्थित दोभान युवा क्लबले उपाधि जितेको हो । प्रतियोगितामा खेलको आठौँ मिनेटमा दोभानका लागि जर्सी नं १४ का विकास श्रेष्ठले...
-
२०७६ फाल्गुण २३, शुक्रबार
खेलकूद कार्यक्रम स्थगित
राष्ट्रिय खेलकूद परिषद् राखेपले कोरोना भाइरसका कारण सम्पूर्ण खेल गतिविधि स्थगित गर्ने निर्णय गरेको छ । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माको अध्यक्षतामा बिहीबार बसेको आपतकालीन बैठकले विश्वभर फैलिँदै गएको कोरोना भाइरसको सम्भावित संक्रमणबाट बच्न खेलकूद प्रतियोगितालगायत सम्पूर्ण कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो । राखेप प्रशासन विभाग प्रमुख कुलबहादुर...
-
२०७६ फाल्गुण २३, शुक्रबार
‘स्पोर्टस हब’ बन्दै पोखरा
गत मङ्सिर १५ देखि २४ गतेसम्म नेपालमा आयोजना भएको १३औँ दक्षिण एशियाली खेलकूद सागका आठ खेल पोखरामा सञ्चालन भए । बिच भलिबल र भारत्तोलन बाहेकका अन्य सबै खेल यहाँको रङ्गशालामा खेलाइयो । पहिलोपटक अन्तरराष्ट्रिय प्रतियोगिताको आतिथ्यताको अवसर पाएको थियो । साग भव्य रुपमा सफल भयो । साग सकिएको चार दिनपछि रङ्गशाला भित्रको क्रिकेट मैदानमा पोखरा प्रिमियर लिग पीपीएल क्रिकेट शुरु भयो । दुई हप्तासम्म राष्ट्रिय...
-
२०७६ फाल्गुण २३, शुक्रबार
वर्षाका कारण नेपाल र सिङ्गापुरबीचको खेल रद्द
एसिसी पूर्वी क्षेत्रीय टि–२० क्रिकेटअन्तर्गत नेपाल र सिङ्गापुरबीचको खेल टस नै गर्न नपाइकन रद्द भएको छ ।थाइल्याण्डको बैंककमा आज उक्त खेल वर्षाले मैदान खेल्न योग्य नभएपछि रद्द हुन पुगेको हो । खेल रद्द भएसँगै दुवै टोलीले एक एक अङ्क बाँडेका छन् । सिङ्गापुर सात अङ्कसहित शीर्ष स्थानमा कायम रही एशिया कप छनोटका लागि स्थान बनाएको छ । प्रतियोगिताको शीर्ष दुई टोलीले एशिया कप छनोट खेल्न पाउने प्रावधान छ ।...
-
२०७६ फाल्गुण २३, शुक्रबार
विश्वकप छनोटको खेल स्थगित
विश्वव्यापीरुपमा फैलँदै गएको कोरोना भाइरसका कारण विश्वकप छनोट–२०२२ र एएफसी एसियन कप छनोट–२०२३ का खेल तत्कालका लागि स्थगित हुने भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफा र एसियाली फुटबल महासङ्घ एएफसी को संयुक्त बैठकले तत्कालका लागि एशियामा तय भएको खेल स्थगित गर्ने निर्णय गरेको हो । बैठकले फिफामा आबद्ध सबै व्यक्तिको स्वास्थ्य र सुरक्षा नै आफ्नो पहिलो प्राथमिकता रहेको बताउँदै तत्कालको लागि खेल...
-
२०७६ फाल्गुण २२, बिहिबार
कोरोना भाइरसका कारण इपिएल स्थगित
कोरोना भाइरसका कारण चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग इपिएल टी–ट्वान्टी क्रिकेट प्रतियोगिता स्थगन गरिएको छ । चीनबाट शुरु भएको कोरोना भाइरस विश्वव्यापीरूपमा फैलँदै गएपछि इपिएल स्थगन गरिएको आयोजक इपिएलका प्रबन्ध निर्देशक आमिर अख्तरले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाल क्रिकेट सङ्घ, सहभागी टोली तथा प्रायोजकसँगको छलफलपछि प्रतियोगिता स्थगन गरिएको हो । “कोरोनाको त्रासले अहिले इपिएल स्थगित गरेका...
-
२०७६ फाल्गुण २१, बुधबार
टीकापुरमा होरी शुरु
कैलालीको टीकापुरमा यस वर्षको होरी खेल मङ्गलबारदेखि शुरु भएको छ । सांस्कृतिक समाज टीकापुरको आयोजनामा खेल शुरु भएको समाजका अध्यक्ष प्रेमबहादुर रावलले जानकारी दिनुभयो । टीकापुरको खुला मैदानमा खेल शुरु गरिएको छ । सयौँको सङ्ख्यामा मानिसले लय र ताल मिलाएर खेलिने टीकापुरको होरी पाको पुस्तामा एकदमै लोकप्रिय छ । युवाहरु भने न्याउल्यातिर बढी आकर्षित देखिन्छन् । सेतो दौरा सुरुवाल, ढाका टोपी, फूलको माला र...
-
२०७६ फाल्गुण २१, बुधबार
क्रिकेट थाइल्याण्ड विरुद्ध बलिङ गर्दै नेपाल
एसीसी इस्टर्न रिजन पुरुष टी–ट्वान्टी कप क्रिकेटअन्तर्गत आयोजक थाइल्याण्डविरुद्धको खेलमा नेपालले पहिले बलिङ गर्ने भएको छ । बैंककस्थित टेर्डथाइ क्रिकेट मैदानमा अहिले शुरु भएको खेलमा थाइल्याण्डले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले बलिङ गर्न लागेकोे हो । पाँच राष्ट्र सहभागी उक्त प्रतियोगितामा फाइनल पुग्ने दुई टोलीले एशिया कप छनोटमा स्थान बनाउनेछन् । त्यसैले शीर्ष दुईमा स्थान बनाउन...
-
२०७६ फाल्गुण २१, बुधबार
क्रिकेट–नेपालको पहिलो जीत
थाइल्याण्डमा जारी एसिसी इस्टर्न रिजन पुरुष टि ट्वान्टी कप क्रिकेटमा नेपालले आयोजक थाइल्याण्डलाई पराजित गर्दै प्रतियोगितामा पहिलो जीत दर्ता गराएको छ । बैंककको टेर्डथाई क्रिकेट मैदानमा आज सम्पन्न खेलमा नेपालले थाइल्याण्डलाई ९ विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जीत दर्ता गराएको हो । यस जीतसँगै नेपालले टि ट्वान्टी क्रिकेटमा सबैभन्दा छिटो जीत हासिल गरेको हो । यसअघि गत जुलाईमा सिङ्गापुरमा भएको...


