STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राजनीति

  • २०७९ बैशाख १२, सोमबार

    सुन चाेरेकाे आरोप लागेपछि पाएको मेयरको टिकट चट् !

    काठमाडौं- नेकपा एमालेले पाेखरा महानगरपालिकाकाे मेयरका लागि दीपक पाैडेललाई हटाएर कृष्ण थापाकाे नाम अघि सारेकाे छ । सुन चाेरेकाे सम्बन्धी भिडियाे भाइरल बनेपछि पाैडेलकाे टिकट खाेसिएकाे हाे । एमालेकाे केन्द्रीय सचिवालयले शनिबार साँझ पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेकाे थियाे । लगत्तै सामाजिक सञ्जालमा पाैडेलले सुन चाेरेकाे दाबीसहितकाे भिडियाे भाइरल बनेकाे थियाे । सार्वजनिक भिडियाेमा एक सुनचाँदी...

  • २०७९ बैशाख ११, आइतबार

    स्थापितद्वारा प्रदेशसभा सदस्यबाट राजीनामा

    बागमती प्रदेशसभा सदस्य केशव स्थापितले आफ्नो  पदबाट राजीनामा दिनुभएको छ । काठमाडौँ महानगरपालिकाको प्रमुख पदमा नेकपा एमालेका तर्फबाट उम्मेदवार भएपछि उहाँले आफ्नो पदबाट राजीनामा दिनुभएको हो ।     उहाँले आज बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठसमक्ष लिखित राजीनामा दिएको जानकारी दिनुभयो । यसअघि बागमती प्रदेशसभा सदस्य विजय सुवेदीले भरतपुर महानगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिनका लागि...

  • २०७९ बैशाख ११, आइतबार

    काठमाडौँलाई सांस्कृतिक नगर तथा राजधानी रुपमा साँचिकैको काठमाडौँ बनाउने हो : सुनिता डंगोल

    नेकपा एमालेको तर्फबाट काठमाडौं महानगरपालिकाको उपमेयर पदको उम्मेदवार भएका सुनिता डंगोलले आफ्नो उद्देश्य काठमाडौँलाई सांस्कृतिक नगर तथा राजधानी सहरको रुपमा साँचिकैको काठमाडौँ बनाउने हो भनेका छन् । यसअघि काठमाडौं मेयर पदका लागि स्वतन्त्र उम्मदेवारी दिने घोषणा गरेका डंगोलाई एमालेले उपमेयर पदको लागि उम्मेदवार बनाएका थिए । यसै सन्दर्भमा आज एक विज्ञप्ति जारी गर्दै उनले सो निर्णयलाई स्विकार गर्दै...

  • २०७९ बैशाख ११, आइतबार

    नेपाली कांग्रेसको घोषणापत्र सार्वजनिक

    नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनका लागि तयार पारेको घोषणापत्र सार्वजनिक गरेको छ । कांग्रेस महामन्त्री गगन थापा संयोजकत्वको स्थानीय तह निर्वाचन, २०७९ घोषणापत्र तयारी समितिले तयार गरेको घोषणापत्र पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले संयुक्त रूपमा सार्वजनिक गरेका हुन् । घोषणापत्रमा...

  • २०७९ बैशाख ११, आइतबार

    आज कांग्रेसले चुनावी घाेषणापत्र सार्वजनिक गर्ने

    काठमाडाैं - सत्तासीन नेपाली कांग्रेसले आज स्थानीय तह निर्वाचन घोषणापत्र सार्वजनिक गर्दैछ । लोकतन्त्र दिवसको अवसर पारेर कांग्रेसले घोषणापत्र सार्वजनिक गर्ने भएको हो  । महामन्त्री गगनकुमार थापा संयोजक रहेको स्थानीय तह निर्वाचन, २०७९ घोषणापत्र तयारी समितिले घोषणापत्र तयार गरेको हो । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउँसाे घोषणापत्र सार्वजनिक गरिने केन्द्रीय सदस्य बहादुरसिंह लामाले जानकारी दिए...

  • २०७९ बैशाख १०, शनिबार

    वैशाख ११ र १२ गते तोकियो उम्मेदवारीको मनोनयन दर्ता

    काठमाडौं - निर्वाचन आयोगले यही वैशाख ३० हुने स्थानीय तह निर्वाचनका लागि आइतबार र सोमबार मनोनयन दर्ताको समय तोकेको छ । स्थानीय तहको प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्यमा उम्मेदवारी दिन चाहनेले आइतबार सोमबार सम्बन्धित पालिकाको निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गराउन सक्नेछन् । निर्वाचन कार्यक्रमअनुसार यही वैशाख १२ गते मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने, वैशाख १३ गते...

  • २०७९ बैशाख १०, शनिबार

    एमालेले टुंग्यायो ५ महानगरपालिका र ९ उप–महानगरपालिकाका उम्मेदवार

    काठमाडौं - नेकपा (एमाले)ले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि ५ महानगरपालिका र ९ उप–महानगरपालिकाको उम्मेदवार टुंगो लगाएको छ । शनिबार (आज) बसेको सचिवालय बैठकले ५ महानगर र ९ उपमहानगरको उम्मेदवार टुंगो लगाएको हो । बैठकले काठमाडौं महानगरपालिकाको मेयरमा केशव स्थापितलाई उम्मेदवार बनाउने निर्णय गरेकाे छ, भने उपमेयरमा सुनिता डंगोललाई उम्मेदवार बनाउने भएको छ । त्यस्तै, ललितपुर महानगरपालिकाको...

  • २०७९ बैशाख १०, शनिबार

    एमालेबाट ललितपुरको मेयरमा हरिकृष्ण बज्राचार्य र उपमेयरमा मञ्जली शाक्य बज्राचार्य

    काठमाडौं - एमालेले ललितपुर महानगरमा मेयरमा हरिकृष्ण बज्राचार्य र उपमेयरमा मञ्जली शाक्य बज्राचार्यलाई उम्मेदवार बनाएको छ । भर्खरै सम्पन्न एमाले बैठकले ललितपुर महानगरको मेयर र उपमेयरको उम्मेदवार तोकेको हो । उम्मेदवारको मनोनयन दर्ता हुने अघिल्लो दिन एमालेले उम्मेवार टुंगो लगाएको हो । आइतबार र सोमबार मनोनय दर्ता हुँदैछ । ललितपुरमा पाँचदलीय गठबन्धनले भने उम्मेदवार तय गरिसकेको छैन। मेयरमा कांग्रेसबाट...

  • २०७९ बैशाख १०, शनिबार

    एमालेबाट काठमाडौँको मेयरका उम्मेदवार केशव स्थापित, उपमेयरमा सुनिता डंगाेल

    काठमाडौँ - नेपाल कम्युनिस्ट पार्टी  (एमाले)ले काठमाडौँ महानगरको मेयरमा केशव स्थापितलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । एमालेको जारी केन्द्रीय सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । उपमेयरमा सुनिता डंगोललाई उम्मेदवार बनाउने भएको छ । यसअघि सुनिता डंगोलले मेयरको लागि स्वतन्त्र उठ्ने घोषणा सहित प्रतिबद्धता पत्र समेत निकालिसकेकी थिइन् । एमालेले उनीलाई उपमेयरको लागि छानेका हुन् ।

  • २०७९ बैशाख १०, शनिबार

    पुनः उम्मेदवारी दिन रेणु दाहालले दिए मेयर पदबाट राजीनामा

    चितवनको भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले पदबाट राजीनामा दिएकी छन् । स्थानीय तह निर्वाचनमा प्रमुख पदमा पुनः उम्मेदवारी दिन दाहालले शुक्रबार राजीनामा दिएकी हुन्। भरतपुर महानगरपालिकाकी उपप्रमुख पार्वती शाह ठकुरीले दाहालको राजीनामा स्वीकृत भएको जानकारी दिइन् ।निर्वाचन आयोगले उम्मेदवार बन्न बहालवला पदबाट राजीनामा दिनुपर्ने प्रावधान राखेपछि वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा उम्मेदवार बन्न...

  • २०७९ बैशाख १०, शनिबार

    राष्ट्रपति र डब्ल्युएचओका महानिर्देशकबीच शिष्टाचार भेट

    काठमाडौं -  विश्वस्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले राष्ट्रपति विद्यादेवी भण्डारीसँगशिष्टाचार भेटवार्ता गरेका छन् ।राष्ट्रपति भवन शीतल निवासमा उनीहरुबीच शुक्रबार भेटवार्ता भएको हाे ।  राष्ट्रपति भण्डारीले कोरोना भाइरस महामारीमा सबै देशलाई समान तरिकाले डब्ल्युएचओले खोप वितरण गरेकामा डब्ल्युएचओ महानिर्देशक डा. टेड्रोसलाई धन्यवाद ज्ञापन गरिन्  । महानिर्देशक डा...

  • २०७९ बैशाख १०, शनिबार

    नेपालको खोप अभियान प्रभावकारी - डब्ल्युएचओ महानिर्देशक

    काठमाडौं - काेराेनाविरूद्धकाे खोप अभियान प्रभावकारी भएकाेमा डब्ल्युएचओका महानिर्देशकद्वारा नेपाल सरकारको प्रशंसा विश्वस्वास्थ्य सङ्गठन, डब्ल्युएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले नेपालले कोरोना महामारीविरुद्धको खोप अभियान प्रभावकारीरुपमा व्यवस्थापन गरेकामा नेपाल सरकारको प्रशंसा गरेका छन्। उनले कोरोना भाइरसविरुद्धको खोपको व्यवस्थापन गरी प्रायः सबैजसोलाई कोरोना भाइरसविरुद्धको खोप लगाइसकेको...

Pages