STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राजनीति

  • २०७९ बैशाख १, बिहिबार

    नेपाली कांग्रेसको घोषणापत्र परिमार्जनसहित पारित

    काठमाडौं - सत्तारुढ नेपाली कांग्रेसले पार्टीको स्थानीय तह चुनावको घोषणापत्र परिमार्जनसहित पारित गरेको छ । कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बुधबार बसेको बैठकले केन्द्रीय सदस्यहरूको सुझावलाई समेत समावेश गरेर घोषणात्रको मस्यौदालाई पारित गर्ने निर्णय गरेको हो । पार्टी महामन्त्री तथा घोषणापत्र तयारी समितिका संयोजक गगनकुमार थापाले बैठकमा पेस गरेको मस्यौदामा केन्द्रीय सदस्यहरूको समेत सुझावलाई...

  • २०७८ चैत्र २९, मंगलबार

    मेयर-उपमेयर सिट बाँडफाँडको टुंगो गठबन्धनको केन्द्रीय संयन्त्रबाटै

    काठमाडौं - सत्तारुढ पाँच दलीय गठबन्धनले महानगरपालिका र उपमहानगरपालिकाको मेयर र उपमेयरको सिट बाँडफाँडको टुंगो गठबन्धनको केन्द्रीय संयन्त्रले नै गर्ने निर्णय गरेको छ । मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ पाँच दलीय गठबन्धनको बैठकले सो निर्णय गरेको हो । त्यसैगरी बैठकले नगरपालिकाको मेयर तथा उपमेयर र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षको सिट बाँडफाँड गरेर बैशाख ५ गते भित्र...

  • २०७८ चैत्र २८, सोमबार

    स्थानीय निर्वाचन उम्मेदवार छनोट गर्दै दल

    आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि गुल्मीका राजनीतिक दलहरु उम्मेदवार छनोट गर्न व्यस्त छन् । पालिकाका अध्यक्ष एवं प्रमुख, उपाध्यक्ष एवं उपप्रमुख, वडाध्यक्ष र वडासदस्य टुङ्गाउन दलहरु व्यस्त भएका हुन् । जिल्लामा १० गाउँपालिका र दुई नगरपालिका गरी १२ पालिका छन् । हालसम्म कांग्रेस, एमाले र माओवादी केन्द्रले छ पालिकामा अध्यक्ष एवं प्रमुखको उम्मेदवार छनोट गरेका छन् । कुनै पनि पालिकामा...

  • २०७८ चैत्र २८, सोमबार

    सत्ता साझेदार दलको संयुक्त अपिल ः आपसी मतभेद पन्छाउँदै चुनावमा सहयोग गर्ने

    पाँच दलीय सत्ता साझेदार गठबन्धनले आपसी मतभेद पन्छाउँदै आसन्न स्थानीय तहको निर्वाचनमा एकअर्कालाई निरन्तर सहयोग गर्ने प्रणगरेका छन् । गठबन्धनका शीर्ष नेताहरुले आज संयुक्त अपिल जारी गर्दै चुनावी तालमेल मिलाएर आपसी सहकार्य र परस्पर सहयोगको भावनाले अगाडि बढ्न पाँच दलका सम्पूर्ण नेताकार्यकर्तालाई आह्वान गर्नुभएको छ । उहाँहरुले व्यापक सहभागितमा आगामी स्थानीय तहको निर्वाचन सफल पार्न गठबन्धनका...

  • २०७८ चैत्र २२, मंगलबार

    राष्ट्रपति भण्डारीद्वारा पाँच अध्यादेश जारी

    काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले पाँच अध्यादेश जारी गरेकी छन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा देहायबमोजिमका अध्यादेशहरू जारी गरेकी हुन् । यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश– २०७८, फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश–२०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन)...

  • २०७८ चैत्र २२, मंगलबार

    राजनीतिक दललाई निर्वाचन आयोगको ६० बुँदे निर्देशन

    काठमाडौं - निर्वाचन आयोगले राजनीतिक दललाई आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई, स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र भयमुक्त बनाउन ६० बुँदे निर्देशन जारी गरेको छ । निर्वाचन आचारसंहिता कार्यान्वयनमा दलको प्रतिबद्धता लिएपछि आयोगले दललाई निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ र निर्वाचन आचारसंहिता, २०७८ एवं निर्वाचनसम्बन्धी प्रचलित कानूनमा भएका व्यवस्था कार्यान्वयन र परिपालना गर्न निर्देशन...

  • २०७८ चैत्र २२, मंगलबार

    एआइजी बढुवाविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

    काठमाडौं - सर्वोच्च अदालतले नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआइजी)का लागि भएको बढुवा सिफारिसविरुद्ध परेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश डा कुमार चुडालको एकल इजलासले आज उक्त रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइपछि अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । वरिष्ठताक्रम र कार्य क्षमताको आधारमा नभई गैरकानूनी रूपमा बढुवा गरेको उल्लेख गर्दै यही चैत १७ गते प्रहरी नायब...

  • २०७८ चैत्र २१, सोमबार

    चितवनका सबै स्थानीय तहमा चुनावी तालमेल गर्ने सत्ता गठबन्धनको निर्णय

    काठमाडौं - सत्ता गठबन्धनमा आबद्ध दलहरुले चितवनको भरतपुर महानगरपालिका सहित सबै स्थानीय तहमा चुनावी तालमेल गर्ने निर्णय गरेका छन् । आज (सोमबार) बसेको गठबन्धनकाे जिल्लास्तरीय बैठकले चितवनका सातवटै स्थानीय तहमा चुनावी तालमेल गरेर जाने निर्णय गरेको हो । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच स्थानीय तह र जिल्ला समन्वय समितिमा चुनावी...

  • २०७८ चैत्र २१, सोमबार

    प्रधानमन्त्री देउवा स्वदेश फिर्ता

    काठमाडौं - तीन दिनको औपचारिक भ्रमण सकेर प्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किएका छन् । उनी अघि साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । गत शुक्रबार ५० सदस्यीय टोलीको नेतृत्व गर्दै नयाँदिल्ली गएका देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीलगायतसँग भेटवार्ता गरेका थिए । भ्रमणमा विभिन्न चार सम्झौतामा हस्ताक्षर भएको छ । देउवा र मोदीले केही आयोजनाको संयुक्त रूपमा उद्घाटन पनि गरेका...

  • २०७८ चैत्र १९, शनिबार

    पेट्रोलियम व्यवसायीहरुको आन्दोलन फिर्ता, आइतबारदेखि डीपो खुल्ने

    काठमाडौं - चार बुँदे सहमतिपछि पेट्रोलियम व्यवसायीहरुको आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु स्थगित भएको छ। नेपाल आयल निगम र राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिबीच शनिबार सात दिनभित्र ढुवानी भाडा समायोजन गर्ने सहमति जुटेपछि आन्दोलनका कार्यक्रमहरु स्थगित भएको हो। भोलि (आइतबार) विहान ८ बजेदेखि सम्पूर्ण डीपोहरु सञ्चालनमा आउने सहमति पत्रमा उल्लेख छ। 'पेट्रोलियम विक्रेता कमिशनसम्बन्धी र बुँदा...

  • २०७८ चैत्र १९, शनिबार

    जनकपुर–जयनगर रेल सेवाकाे औपचारिक उद्घाटन

    काठमाडौँ - प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमनत्री नरेन्द्र मोदीले जनकपुर–जयनगर रेल सेवाको औपचारिक उद्घाटन गरेका छन् । भारत भ्रमणमा रहेका प्रम देउवा र मोदीले आज  नयाँदिल्लीस्थित हैदरावाद हाउसबाट संयुक्त रुपमास्वीच थिचेर रेल सेवाको उद्घाटन गरेका हुन् । अन्तरदेशीय रेलवेका दुवै पू्रधानमन्त्रीले हरियो झन्डा समेत फहराएका थिए । भर्चुअल माध्यमबाट भएको सो उद्घान लगत्तै भारतको जयनगरबाट नेपालको...

  • २०७८ चैत्र १९, शनिबार

    देउवा-माेदीबीच सीमा समस्याबारे छलफल, सोलु करिडोर उद्घाटन

    काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल–भारतबीचको सीमा समस्याका विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफल भएको बताएका छन् । दिल्लीस्थित हैदराबाद हाउसमा दुवै समकक्षीहरूले संयुक्तरूपमा गरेको प्रेस सम्मेलनका क्रममा देउवाले यस्तो बताएका हुन् । ‘हामीले दुई देशबीचमा भएको सीमा मुद्दाका विषयमा छलफल गरेका छौ,’ उनले भने, ‘यो विषयमा मोदीजीले द्वीपक्षीय संयन्त्र स्थापित गरेर छलफल गर्नेबारे...

Pages