STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राजनीति

  • २०७९ बैशाख १०, शनिबार

    एमालेले महानगर र उपमहानगरका उम्मेदवारको टुङ्गो आज लगाउने

    काठमाडौं - नेकपा (एमाले)ले आसन्न स्थानीय तह निर्वाचनका लागि महानगरपालिका र उपमहानगपालिकाका उम्मेदवारको टुङ्गो आज (शनिबार) लगाउने भएको छ । उम्मेदवार टुङ्गो लगाउन आज दिउँसो एमालेले बैठक बोलाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ । बैठकमा स्थानीय निर्वाचनसम्बन्धी आवश्यक निर्णयसमेत लिइने एक नेताले बताए । स्थानीय निर्वाचनमा महानगर र उपमहानगरपालिका...

  • २०७९ बैशाख ९, शुक्रबार

    मधेस प्रदेशका आधाभन्दा बढी मतदान केन्द्र अतिसंवेदनशील सूचीमा

    काठमाडौं - मधेस प्रदेशका आधाभन्दा बढी मतदात केन्दलाई अति संवेदनशीलको सूचीमा राखिएको छ । मधेसका आठ वटै जिल्ला भारतीय सीमासँग जोडिएकाले सुरक्षा चुनौतीलाई विश्लेषण गरी निर्वाचन आयोगले ५० प्रतिशतभन्दा बढी मतदान केन्द्रलाई अतिसंवेदनशीलको सूचीमा राखेको हो । प्रदेशका एक हजार ६३ मतदान केन्द्र अतिसंवेदनशीलको सूचीमा छन् । यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनमा मधेसका अतिसंवेदनशीलको सूचीमा...

  • २०७९ बैशाख ८, बिहिबार

    पाँच वर्षपछि पुगे मुसहर बस्तीमा नेता

    जलेश्वर,  स्थानीय तहको निर्वाचनको समय नजिकिएसँगै  महोत्तरी जिल्ला सदरमुकाम जलेश्वर नगरपालिका वडा नं ३ खैरा गाउँमा अवस्थित मुसहर बस्तीमा पाँच वर्षमा कहिल्यै नपुगेका नेता अहिले पुग्न थालेका छन् । विसं २०७४ को निर्वाचनमा सो बस्तीमा पुगेका नेताहरूले आफू जितेपछि मुसहर समुदायका लागि दर्जनौँ योजना तथा कार्यक्रम ल्याउने आश्वासन दिए पनि हराएका थिए । बस्तीका अगुवा मुसहर अमृत सदाका अनुसार अहिले नेताहरूको...

  • २०७९ बैशाख ७, बुधबार

    निलम्बन फुकुवा भएपछि गभर्नर अधिकारीले व्यक्त गरे आभार

    काठमाडौं - नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतको आदेश समग्र सिस्टमका पक्षमा आएको बताएका छन् । मंगलबार सर्वोच्च अदालतको आदेशबाट निलम्बन फुकुवा भएसँगै आफ्नो पदीय जिम्मेवारी सम्हाल्न बुधबार राष्ट्र बैंक पुगेका गभर्नर अधिकारीले पत्रकारहरुसँग कुरा गर्दै सर्वोच्च अदालतको आदेश समग्र सिस्टमका पक्षमा आएको बताएका हुन् । उनले निलम्बन पछिका दिनमा आफ्नो पक्षमा भन्दा पनि समग्र...

  • २०७९ बैशाख ७, बुधबार

    विवेकशील पार्टीको घोषणापत्र जारी

    काठमाडौं - नेपाल विवेकशील पार्टीले स्थानीय तह निर्वाचनको घोषणापत्र जारी गरेको छ। घोषणापत्रमा सुशाशित, सुव्यवस्थित स्थानीय तह (सुविधायुक्त, प्रविधियुक्त तथा झन्झटमुक्त सार्वजनिक सेवा)को विषय समेटेको छ। यस्तै गरिखान सक्ने, सबल, उद्यमशील स्थानीय तह (जीवनयापन, उत्पादकत्व तथा आर्थिक सम्पन्नता) को विषय समेटिएका छन्। सुन्दर, हराभरा, बाँझोरहित स्थानीय तह (पर्यटन, पर्यावरण तथा कृषि उत्पादन), विविधतायुक्त...

  • २०७९ बैशाख ७, बुधबार

    उपमहानगरको भागवण्डा टुंग्याउन गठबन्धनको बैठक बस्दै

    काठमाडौं - आसन्न स्थानीय तह निर्वाचनमा ११ वटा उपमहानगरपालिकाको भागवण्डा टुंग्याउन सत्ता गठबन्धनको निर्णायक बैठक बसिरहेको छ। मंगलबार दिउँसो नै ६ वटा महानगरपालिका र ११ वटा उपमहानगपालिकाको भागवण्डा टुंगिए पनि जसपाले दुईवटा उपमहानगरपालिकामा दाबी गरेपछि सहमतिको मस्यौदामा हस्ताक्षर हुन सकेको थिएन। जसपाले जनकपुरसँगै नेपालगन्ज उपमहानगर आफूले पाउनुपर्ने दाबी गरेपछि मंगलबार अबेर रातिसम्म बालुवाटारमा...

  • २०७९ बैशाख ७, बुधबार

    काठमाडौँको मेयरमा गठबन्धनका उम्मेदवार हुँदै सिर्जना सिंह

    काठमाडाैँ -नेपाली काङ्ग्रेसकी सिर्जना सिंह सत्तारूढ गठबन्धनको तर्फबाट काठमाडौँ महानगरपालिका प्रमुखको उम्मेदवार बन्ने लगभग निश्चित भएको छ । मङ्गलबार बसेको सत्ता गठबन्धनको बैठकमा काङ्ग्रेस नेताहरूले सिंहलाई काठमाडौँ महानगर प्रमुखको उम्मेदवार उठाउने बताएका हुन् । काठमाडौंँ काङ्ग्रेसको राजनीतिमा पकड सिर्जनाका पतिसमेत रहेका का‌ङ्ग्रेस नेता प्रकाशमान सिंहमा छ । प्रथम महिला आरजु देउवा राणाले पनि...

  • २०७९ बैशाख ६, मंगलबार

    एमालेको घोषणापत्र अनुमोदन

    आसन्न स्थानीय तहको निर्वाचनका लागि नेकपा (एमाले)ले जारी गर्ने घोषणापत्रको मस्यौदालाई पारित गरेको छ । पार्टीका अध्यक्षको निवास बालकोटमा सोमबार सम्पन्न बैठकले सो निर्णय गरेको पार्टीका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो । घोषणापत्र तयारीका लागि पार्टीले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा समिति गठन गरेको थियो । एमालेले यही वैशाख ९ गते केन्द्रमा घोषणापत्र पालिकास्तरमा...

  • २०७९ बैशाख ६, मंगलबार

    गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको छ स् प्रधानमन्त्री देउवा

    नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको बताउनुभएको छ । नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको ५३ औँ वार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा बोल्दै उहाँले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको भन्दै यसप्रति सजग हुनुपर्ने बताउनुभएको हो । “गठबन्धनले कांग्रेसलाई फाइदा पुगेको छ, धेरै प्रदेशमा मुख्यमन्त्री र मन्त्री...

  • २०७९ बैशाख ५, सोमबार

    एमाले सचिवालय बैठक बस्दै, चुनावकेन्द्रित छलफल हुने

    काठमाडौं - नेकपा एमालेको सचिवालय बैठक सोमबार बस्दै छ । साथै केन्द्रीय कार्यालय बैठक पनि बस्ने जनाइएको छ । कार्यालय सचिव भिष्म अधिकारीका अनुसार एमाले केन्द्रीय कार्यालय बैठक बिहान ११ बजे थापाथलीस्थित कार्यालयमा बस्दै छ । सचिवालय बैठक भने अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा साँझ ६ बजे बस्ने छ । बैठकमा चुनावी तयारी तथा पार्टीको घोषणा पत्रलगायत विषयमा छलफल हुनेछ । मुख्यगरी स्थानीय तह...

  • २०७९ बैशाख २, शुक्रबार

    काठमाडौंको मेयरको लागि एमालेबाट पाँच नाम सिफारिस

    काठमाडौं - नेकपा (एमाले) काठमाडौँ नगर कमिटीले नगर प्रमुखको उम्मेदवार बन्नका लागि पाँच जनाएको नाम सिफारिस गरेको छ । वर्तमान नगर प्रमुख विद्यासुन्दर शाक्य, पूर्वमन्त्री रामवीर मानन्धर, प्रदेशसभा सदस्य केशव स्थापित, नगर कमिटीका अध्यक्ष निर्मल देउला र जिल्ला कमिटी सदस्य इन्दिरा पन्तको नाम सिफारिस भएको हो । नगर कमिटीबाट सिफारिस भएपछि सोही आधारमा जिल्लाले सिफारिस गर्ने कमिटीका अध्यक्ष देउलाले जानकारी...

  • २०७९ बैशाख १, बिहिबार

    राजनीतिक उतारचढावको वर्ष २०७८

    काठमाडौं - वर्ष २०७८ हामीबाट विदा हुँदैछ । तर, यो वर्ष उच्च राजनीतिक उतारचढावका कारण सम्झनाबाट हट्न कठिन छ । अघिल्लो वर्ष पनि यस्तै उतारचढाव र तनावकै अवस्था थियो । तर, वर्ष २०७८ ले राजनीतिमा जे पनि सम्भव छ, भन्ने भनाइलाई पुनः एकपटक सावित गरिदिएको छ । केन्द्रदेखि प्रदेश सरकार परिवर्तनदेखि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणामाथिको महाभियोग प्रक्रिया र स्थानीय निर्वाचनको घोषणाले वर्ष २०७८ लाई...

Pages