राजनीति
-
२०७९ बैशाख १८, आइतबार
प्रहरीको आईजीपीमा धीरजप्रताप सिंह
काठमाडौं - नेपाल प्रहरीको २९औँ प्रहरी महानिरीक्षक (आईजीपी) मा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) धीरजप्रताप सिंह बढुवा भएका छन् । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई सो पदमा बढुवा गर्ने निर्णय गरेको शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले जानकारी दिइन् । आईजीपी शैलेश थापा क्षेत्रीले प्रहरीको ३० वर्षे सेवा अवधिका कारण १८ वैशाखमा अनिवार्य अवकाश पाउने भएपछि आइतबार सरकारले सिंहलाई आईजीपीमा...
-
२०७९ बैशाख १८, आइतबार
बालेन 'अन्तर्राष्ट्रिय ठग' : स्थापित
काठमाडौं - आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन नजिँकिदा उम्मेदवारहरु घरदैलो कार्यक्रमलाई झन् तीव्र बनाइरहेका छन् । यहीँ घरदैलौ कार्यक्रममा व्यस्त छन्, नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको प्रमुख (मेयर) का उम्मेदवार केशव स्थापित । घरदैलो कार्यक्रमकै शिलशिलामा काठमाडौंकै मेयरको प्रतिस्पर्धामा उत्रिएका, लौरो चिन्ह पाएका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) लाई स्थापितले ‘फुच्चे’...
-
२०७९ बैशाख १८, आइतबार
पार्टीलाई सघाउने बागी उम्मेदवारलाई कांग्रेसले कारबाही नगर्ने
काठमाडौं - नेपाली कांग्रेसले पार्टीको आधिकारिक उम्मेदवारलाई सघाउने वक्तव्य निकाल्ने बागी उम्मेदवारलाई कारबाही नगर्ने भएको छ । आइतबार पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीको निर्देशन विपरित उम्मेदवारी दिने व्यक्ति पार्टी विधान अनुसार स्वतः पार्टीबाट निष्काशित हुने भएपनि पार्टीको आधिकारिक उम्मेदवारको पक्षमा वक्तव्य निकाल्ने बागी...
-
२०७९ बैशाख १५, बिहिबार
काठमाडौँ मेयर उम्मेदवार सिर्जना सिंहले राखिन् ‘सात सङ्कल्प’
काठमाडौं- काठमाडौँ महानगरपालिकामा नगरप्रमुखको उम्मेदवार सिर्जना सिंहले सात ‘स’ को सङ्कल्प प्रस्तुत गरेकी छिन्। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा महानगरपालिकामा नेपाली कांग्रेससहित गठबन्धनको तर्फबाट नगरप्रमुखको उम्मेदवार बनेकी सिंहले आफू नगरप्रमुख भएपछि गर्ने सात सङ्कल्पलाई आज सार्वजनिक गरेकी हुन् । उनले सेवा र सुशासनअन्तर्गत महानगरलाई विधिको शासन, नियम, कानुनभित्र रही सञ्चालन गर्ने,...
-
२०७९ बैशाख १४, बुधबार
महासंघले भोलिदेखि बालुवाटारमा धर्ना दिने
काठमाडौं, - नेपाल निर्माण व्यवसायी महासंघले भोलि (विहिवार) देखि प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिने भएको छ । एक घण्टे धर्ना कार्यक्रम विहान ९ बजे शुरु भएर १० बजे सकिने महासंघका महासचिव रोशन दाहालले जानकारी दिए । वैशाख ८ गतेदेखि महासंघले ताहाचलस्थित सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) मा एक घण्टा धर्ना दिँदै आएकोमा भोलिबाट धर्नास्थल परिवर्तन गर्न लागिएको हो । महासंघ अध्यक्ष रवि सिंह...
-
२०७९ बैशाख १४, बुधबार
उम्मेदवारविरुद्धको उजुरीमा निर्वाचन आयोगले छानविन गर्ने
काठमाडौं - निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि दर्ता भएका मनोनयनविरुद्ध परेको उजुरीमा आज र भोलि छानबिन गर्ने भएको छ ।आइतबार र सोमबार उम्मेदवारहरुको मनोनयन दर्ता भएकोमा मंगलबार उम्मेदवारविरुद्ध उजुरीको समय तोकिएको थियो । प्राप्त उजुरीमाथि आज र भोलि जाँचबुझ हुने निर्वाचन आयोगले जानकारी दिएको छ । आज र भोलि छानबिन गरेर आयोगले निर्णय लिने जनाएको छ । आयोगले बिहीबार उम्मेदवारको नामावली प्रकाशन...
-
२०७९ बैशाख १३, मंगलबार
ललितपुरका मेयर उम्मेदवार चिरीबाबुविरुद्ध उजुरी
काठमाडौं - ललितपुर महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका चिरीबाबु महर्जनविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ । महर्जनले नेपाली कांग्रेसका तर्फबाट मेयरमा उम्मेदवारी दिएका थिए । उनी अघिल्लो स्थानीय तहको चुनावमा पनि ललितपुर महानगरको मेयरमा निर्वाचित भएका थिए । महर्जनविरुद्ध बेरुजुसम्बन्धी उजुरी परेको हो । महर्जनको कार्यकालमा बेरुजु रहेको भन्दै उनीविरुद्ध उजुरी परेको हो ।...
-
२०७९ बैशाख १३, मंगलबार
टोखा नगरपालिका प्रमुखमा १४ को उम्मेदवारी
काठमाडौँको टोखा नगरपालिका प्रमुखको लागि १४ जनाको उम्मेदवारी परेको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सोमबार राती सम्पन्न मनोनयन दर्तामा विभिन्न दलबाट नगरप्रमुख पदका लागि १४ जनाको उम्मेदवारी परेको हो ।टोखा नगरको निर्वाचन अधिकृत सविता शर्माले नगरप्रमुख, उपप्रमुखसहित २५१ जनाको उम्मेदवारी परेको राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार नगर उपप्रमुखमा ६, वडाध्यक्षमा ५८ जनाको उम्मेदवारी...
-
२०७९ बैशाख १३, मंगलबार
मुस्ताङका छ वडामा एकल उम्मेदवारी
स्थानीय तह निर्वाचनअन्तर्गत मुस्ताङको छवटा वडामा एकल उम्मेदवारी परेको छ । लोघेकर दामोदरकुण्ड र घरपझोङ गाउँपालिकाको तीन–तीन वटा वडामा निर्विरोध भएको जनाइएको छ । लोघेकर दामोदरकुण्डका निर्वाचन अधिकृत नेपालहरि रानाभाटले १, ३ र ४ वडामा एकल उम्मेदवारी दर्ता भएको बताउनुभयो । वडा नं १ को अध्यक्षमा नेकपा ९एमाले०का उम्मेदवार टसीढिन्डु ठकुरीसहित चार वडा सदस्यको एकल उम्मेदवारी परेको छ । वडा नं ३ को...
-
२०७९ बैशाख १२, सोमबार
कांग्रेस उम्मेदवार : काठमाडौंमा सिर्जना सिंह र ललितपुरमा चिरीबाबु महर्जन
काठमाडौं, - उम्मेदवारी दर्ता गर्नु केही समयअघि मात्र नेपाली कांग्रेसले तीन महानगरपालिकाको मेयरका उम्मेदवार चयन गरेको छ। कांग्रेसले काठमाडौं महानगरपालिकाको मेयरमा सिर्जना सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। सिंह प्रकाशमान सिंहकी पत्नी हुन्। विद्यार्थी कालदेखि नेविसंघको राजनीतिमा सक्रिय सिंह कांग्रेसबाट महानगरपालिकाको मेयरमा टिकट पाउने पहिलो महिला हुन्। ललितपुर महानगरपालिकाको मेयरमा चिरीबाबु...
-
२०७९ बैशाख १२, सोमबार
एमालेका स्थापित र डङ्गोलले दिए उम्मेदवारी दर्ता
काठमाडाैँ - नेकपा एमालेको तर्फबाट काठमाडौँ महानगरपालिकाको प्रमुख पदमा केशव स्थापितले उम्मेदवारी दर्ता गरेका छन् । सोमबार राष्ट्रिय सभागृहमा पुगेर उनले उम्मेदवारी दर्ता गरेका हुन् । उनका साथ उपमेयरका उम्मेदवार सुनिता डंगाेलले पनि आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । स्थापित र डङ्गोल दिउँसो बाजागाजासहित उम्मेदवारी मनोनयनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय राष्ट्रिय सभागृह पुगेका हुन् । स्थापित...
-
२०७९ बैशाख १२, सोमबार
कांग्रेस घोषणापत्रः स्थानीय तहका शिक्षा क्षेत्रमा लगानी दोब्बर
नेपाली कांग्रेसले स्थानीय तहले सशर्त अनुदानबाहेकका शिक्षा क्षेत्रमा गरिएका लगानीलाई दोब्बर बनाउने भएको छ । आइतबार सार्वजनिक घोषणापत्रमा विद्यालयको योजना र प्रस्तावको आधारमा स्थानीय तहले आफ्नो स्रोतबाट विद्यालय सुधार र शैक्षिक कार्यक्रमका लागि विशेष अनुदान उपलब्ध गराउने तथा शिक्षा क्षेत्रमा गर्ने लगानीलाई हालको अवस्थाबाट दोब्बर बनाउने घोषणा गरिएको हो । प्रजातन्त्र पुनःस्थापनपछि पछिल्लो तीन दशकमा...


