STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राजनीति

  • २०७८ चैत्र ९, बुधबार

    निर्वाचनमा गठबन्धन आवश्यक ः नेता गच्छदार

    नेपाली कांग्रेसका केन्द्रीय सदस्य विजयकुमार गच्छदारले सरकारमा सहभागी दलबीच निर्वाचनमा गठबन्धन आवश्यक रहेको बताउनुभएको छ ।    विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले गठबन्धनका कारण मुलुकमा राजनीतिक स्थायित्व, लोकतन्त्र र संविधानलाई सही दिशामा ल्याउन सफल भएको प्रष्ट पार्नुभयो । पूर्वउपप्रधानमन्त्री गच्छदारले गठबन्धन सरकार बनाउन मात्र गरिएको होइन भन्दै यसका कारण संविधान र नागरिकले...

  • २०७८ चैत्र ९, बुधबार

    आजदेखि एमाले केन्द्रीय कमिटी बैठक बस्दै

    काठमाडाेँ - नेपाल कम्युनिस्ट पार्टी एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि बस्दै छ । केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार बबरमहलमा आज बिहान ११ बजे केन्द्रीय कमिटी बैठक बस्दै छ । आगामी वैशाख ३१ हुने स्थानीय तहको निर्वाचन केन्द्रित विषयमा बैठक बस्न लागेको हो । बैठकमा अध्यक्ष केपी शर्मा ओली र महासचिव शङ्कर पोखरेलको  प्रतिनेदन, सातै प्रदेशका अध्यक्षहरूको रिपोर्टिङ, चुनावी घोषणापत्र,...

  • २०७८ चैत्र ८, मंगलबार

    अभिनेत्री मानन्धर एमालेमा प्रवेश

    काठमाडौं - अभिनेत्री करिश्मा मानन्धर एमालेमा प्रवेश गरेकी छन् । काठमाडौँमा मंगलबार आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष केपी ओली, महासचिव शंकर पोखरेलले अभिनेत्री करिश्मालाई एमालेमा स्वागत स्वागत गरेका हुन्। अभिनेत्री करिष्माले बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबाट राजनीति सुरु गरेकी हुन् । एमाले प्रवेश गर्दै अभिनेत्री करिश्माले आफू चलचित्र क्षेत्रमा सक्रिय रहँदै आए पनि यस क्षेत्रको...

  • २०७८ चैत्र ८, मंगलबार

    उम्मेदवारको राजीनामा प्रावधान तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

    काठमाडौं - सर्वोच्च अदालतले स्थानीय तह निर्वाचनमा उम्मेदवारी दर्ताअघि जनप्रतिनिधिले राजीनामा दिनुपर्ने प्रावधान तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । मंगलबार न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले स्थानीय चुनावमा उम्मेदवारी दर्ताअघि जनप्रतिनिधिले राजीनामा दिनुपर्ने निर्वाचन आचारसंहिताको प्रावधान तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो । सिन्धुपाल्चोकको...

  • २०७८ चैत्र ८, मंगलबार

    राप्रपा नेपाल कांग्रेस-कम्युनिष्टको विकल्प : कमल थापा

    काठमाडौं - राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफ्नो पार्टी कांग्रेस र कम्युनिष्टको विकल्प भएको बताएका छन् । मंगलबार जिल्ला अध्यक्षहरूसँगको भर्चुअल बैठकलाई सम्बोधन गर्दै अध्यक्ष थापाले राप्रपा नेपाललाई कांग्रेस-कम्युनिष्टको विकल्पका रूपमा अघि बढाइएको बताएका हुन् । उनले आर्थिक क्रान्तिको विषय कसैको प्राथमिकतामा नपरेको र राजनीतिक एजेण्डामा मात्र सबै अलमलिएको आरोप लगाए । उनले विगतका तिता कुरा बिर्सने...

  • २०७८ चैत्र ८, मंगलबार

    सत्ता गठबन्धनलाई चुनावसम्म कायम राख्न तयार छौँ : माधव नेपाल

    नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अहिलेको सत्ता गठबन्धनबीचको एकता स्थानीय तहको चुनावसम्म कायमै रहने दाबी गरेका छन् । समाजवादी प्रेस सङ्गठन, नुवाकोटले विदुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा मंगलबार अध्यक्ष नेपालले तोकिएको मितिमा स्थानीय तहको चुनाव हुने र त्यसमा अहिले कायम रहेको सत्तारूढ गठबन्धनबीच चुनावी तालमेल कायम रहने विश्वास व्यक्त गरे । उनका अनुसार शक्तिको उचित मूल्याङ्कन...

  • २०७८ चैत्र ८, मंगलबार

    सत्ता गठबन्धनलाई चुनावसम्म कायम राख्न तयार छौँ – अध्यक्ष नेपाल

    नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी० का अध्यक्ष माधवकुमार नेपालले अहिलेको सत्ता गठबन्धनबीचको एकता स्थानीय तहको निर्वाचनसम्म कायमै रहने दाबी गर्नुभएको छ । समाजवादी प्रेस सङ्गठन, नुवाकोटले विदुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा आज अध्यक्ष नेपालले तोकिएको मितिमा स्थानीय तहको चुनाव हुने र त्यसमा अहिले कायम रहेको सत्तारूढ गठबन्धनबीच चुनावी तालमेल कायम रहने विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार...

  • २०७८ चैत्र ४, शुक्रबार

    उम्मेदवारले राजीनामा दिनुपर्ने आचार संहिताको व्यवस्थाप्रति एमालेकाे आपत्ति

    काठमाडौं - प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले भने निर्वाचनमा उम्मेदवार बन्ने स्थानीय तहका जनप्रतिनिधिले मनोनयन दर्ता अघि नै राजीनामा दिनुपर्ने आचार संहिताको व्यवस्थाप्रति आपत्ति जनाएको छ । एमाले उपमहासचिव विष्णु रिमालले आज शुक्रबार बिहान ट्वीटर मार्फत नगरपालिकाका मेयर वा गाउँपालिका अध्यक्षले किन राजीनामा दिनुपर्ने भन्ने प्रश्न गर्नुभएको हो । रिमालले प्रधानमन्त्रीले पदमै बसेर चुनाव लड्न पाउने तर...

  • २०७८ चैत्र १, मंगलबार

    चैत ९ र १० मा एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

    काठमाडौं - प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले चैत ९ र १० गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ । प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङका अनुसार मंगलबार बसेको एमालेको सचिवालय समितिको बैठकले चैत ९ र १० गते केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको हो । बैठकले चैत ९ र १० गते बस्ने केन्द्रीय बैठकमा अध्यक्ष केपी शर्माओलीले राजनीतिक प्रतिवेदन पेश गर्ने निर्णय गरेको छ । त्यस्तै सोही बैठकमा प्रदेश...

  • २०७८ चैत्र १, मंगलबार

    घर–घर जाऔँ अभियान आजदेखि

    नेपाली कांग्रेस चितवन जिल्ला शाखाले आजदेखि जिल्लाका सबै निर्वाचन क्षेत्रमा ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सञ्चालन गरेको छ । जिल्लामा रहेका तीनवटै सङ्घीय निर्वाचन क्षेत्रमा आज औपचारिक कार्यक्रम गरी अभियान सुरु गर्न लागिएको हो ।  स्थानीय तहको निर्वाचन नजिकिएसँगै अभियान सुरु गरिएको सचिव ध्रुवराज पोख्रेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “निर्वाचनसँगै समाजमा एमसिसीबारेको भ्रम चिर्नका लागि...

  • २०७८ चैत्र १, मंगलबार

    हलाे नपाए चुनाव हुन दिन्नाैं - राप्रपा

    काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टीलाई चुनाव चिह्न हलो नदिए सडकबाट विकल्प खोज्ने चेतावनी दिएका छन् । बर्दियामा सोमबार आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले चुनाव चिह्न हलो नदिएमा सडकबाट विकल्प खोज्ने चेतावनी दिएका हुन् । ‘हलो दिइएन भने चुनाव बहिष्कार गर्ने होइन, चुनाव नै हुँदैन, हामी हुन दिँदैनौँ’, उनले भने । राप्रपालाई राजनीतिक मूलधारबाट...

  • २०७८ फाल्गुण ३०, सोमबार

    स्थानीय तहको निर्वाचनमा जुट्न नेता नारायणकाजी श्रेष्ठको निर्देशन

    नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले स्थानीय तहको निर्वाचनमा जुट्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ । माओवादीद्वारा आज धनगढीमा आयोजित प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उहाँले निर्वाचनको मिति नजिकिँदै गएकाले सङ्गठन निर्माणसँगै स्थानीय तहको निर्वाचनमा एकताबद्ध भएर लाग्न सम्पूर्ण कार्यकर्तालाई निर्देशन दिनुभयो । उहाँले केन्द्रमा गठबन्धन सरकार भए...

Pages