STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राजनीति

  • २०७८ चैत्र १९, शनिबार

    नेपाल र भारतबीच आज महत्वपूर्ण घोषणा हुँदै

    काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको प्रतिनिधिमण्डलस्तरीय वार्तापछि आज दुवै देशबीच ऊर्जा, कृषि, स्वास्थ्य तथा यातायात क्षेत्रमा महत्वपूर्ण घोषणा हुनेभएको छ । शुक्रबार नयाँदिल्लीस्थित नेपाली राजदूतावासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त जानकारी दिएका हुन् । नेपाल र भारतबीचको पारस्परिक ऐतिहासिक सम्बन्धलाई मजबुत...

  • २०७८ चैत्र १९, शनिबार

    बारकाे निर्वाचन आज

    काठमाडौं - नेपाल बार एशोसिएशनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचन आज हुँदैछ । नयाँ कार्यसमितिका लागि प्रगतिशील तथा पेशागत कानुन व्यवसायी समूह र बृहत लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहबीच प्रतिस्पर्धा हुने भएको छ । उक्त समूहमध्ये प्रगतिशील तथा पेशागत कानुन व्यवसायी समूहको नेतृत्व वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारी र बृहत लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन...

  • २०७८ चैत्र १७, बिहिबार

    तीनै तहको चुनावसम्म गठबन्धन रहने : प्रचण्ड

    काठमाडौँ - नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी तीनै तहको निर्वाचनमा सत्ता साझेदार दलहरुबीच गठबन्धन कायम हुने प्रस्ट पारे । रिपोटर्स क्लब नेपालको २४औँ वार्षिकोत्सव समारोहमा उनले गठबन्धन आवश्यकताले जन्मिएको र त्यो निर्वाचनसम्म कायम रहने स्पष्ट पारेका हुन् । ‘गठबन्धन एउटा सन्दर्भमा जन्मिएको हो, संविधान, लोकतन्त्र र राष्ट्रियताको रक्षाका लागि गठबन्धन बनाएका हौँ,...

  • २०७८ चैत्र १७, बिहिबार

    स्थानीय निर्वाचनमा पाँचै दल एकताबद्ध भएर जाने सत्ता गठबन्धनको निर्णय

    काठमाडाैँ - सत्ता गठबन्धनको बैठकले आसन्न स्थानीय  तहको निर्वाचनमा पाँचै दल एकताबद्ध भएर जाने निर्णय गरेको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले स्थानीय तह निकायको निर्वाचनमा पाँचै दल एकताबद्ध भएर जाने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दिए । यसका लागि प्रदेश, जिल्ला र नगर, गाउँपालिका स्तरमा सबै...

  • २०७८ चैत्र १६, बुधबार

    निर्वाचन आयोगको नयाँ प्रावधान : उम्मेदवार हुन कडाइ

    काठमाडौँ  - निर्वाचन आयोगले स्थानीय तहको ठेक्कापट्टा र अरू कारोबारमा संलग्न व्यक्तिलाई उम्मेदवार हुन कडाइ गरेको छ । बुधबारको आयोगको बैठकले निर्वाचनमा उम्मेदवार हुने व्यक्तिले ठेक्कापट्टा र कारोबारमा संलग्न नभएको स्वघोषणा गर्नुपर्ने प्रावधान ल्याएको हो । बैठकले स्थानीय तहमा उम्मेदवारी दिने व्यक्तिहरूले पालना गर्नुपर्ने केही नयाँ प्रावधानसहितका नियमहरू ल्याएको हो । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार...

  • २०७८ चैत्र १६, बुधबार

    पूर्व डिआइजी रमेश खरेलले काठमाडौंकाे मेयरमा लड्ने !

    काठमाडौं - नेपाल प्रहरीका पूर्व नायब महानिरीक्षक (डीआईजी) तथा नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेल काठमाडौं महानगरपालिकाको मेयरमा उठ्ने भएका छन् । ३० वैशाखमा हुने स्थानीय तहको चुनावमा खरेल काठमाडौं महानगरपालिकाको मेयरमा उठ्ने भएका हुन् । त्यसका लागि आन्तरिक छलफलमै रहेको खरेलले बताए । ‘काठमाडौं देशको राजधानी हो । अहिलेको अवस्था हेर्ने हो भने काठमाडौंको जनजीवन अस्तव्यस्त छ,’ खरेलले भने, ‘...

  • २०७८ चैत्र १६, बुधबार

    निर्वाचन आयोगले बोलायो सर्वदलीय बैठक

    काठमाडौँ - आउँदो २२ गतेका लागि निर्वाचन आयोगले सर्वदलीय बैठक आह्वान गरेको छ । वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनको आचारसंहिताबारे छलफल गरी सुझाव सङ्कलन गर्न सर्वदलीय बैठक बोलाइएको हो ।   आयोगले चैत २५ देखि निर्वाचनआचारसंहिता लागू गर्ने तयारी गरेको जनाइएको छ । त्यसअघि दलहरूसँग छलफल गरी आचारसंहिता प्रभावकारी बनाउन छलफल गर्न लागिएको आयोग स्रोतले जनाएको छ । आयोगले यसअघि निर्वाचन कार्यतालिका...

  • २०७८ चैत्र १५, मंगलबार

    दलहरूसँग चुनावी तालमेल गर्ने कांग्रेस केन्द्रीय समिति बैठकको निर्णय

    काठमाडौँ - सत्तारूढ दल नेपाली काङ्ग्रेसले स्थानीय परिस्थति र आवश्यकताअनुसार गठबन्धन गरेका दलहरूसँग चुनावी तालमेल गर्ने निर्णय गरेको छ । शुक्रबार सुरु भएर आज (मङ्गलबार) सम्पन्न भएको केन्द्रीय समितिको बैठकले विभिन्न निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । उनका अनुसार बैठकले स्थानीय आवश्यकता र हार/जितको परिस्थिति हेरेर सत्तारूढ दलसँग गठबन्धन गर्ने निर्णय गरेको हो । स्थानीय निर्वाचनमा...

  • २०७८ चैत्र १५, मंगलबार

    सर्वाेच्च अदालतको न्यायाधीशमा तिलप्रसाद श्रेष्ठ नियुक्त

    काठमाडौँ - राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वाेच्च अदालतको न्यायाधीशमा तिलप्रसाद श्रेष्ठलाई नियुक्त गरेकी छिन् । विराटनगरस्थित उच्च अदालतका मुख्य न्यायाधीश श्रेष्ठलाई आज (मङ्गलबार) सर्वाेच्चको न्यायाधीशमा नियुक्त गरिएको हो । राष्ट्रपतिको कार्यालयका अनुसार संविधानको धारा १२९ को उपधारा (२) बमोजिम न्यायपालिकाको सिफारिसमा राष्ट्रपतिले श्रेष्ठलाई नियुक्त गरेकी हुन् ।

  • २०७८ चैत्र १५, मंगलबार

    प्रधानमन्त्री देउवा शुक्रवार भारत जाँदै

    काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले यही चैत १८ देखि २० गतेसम्म भारतको औपचारिक भ्रमण गर्ने भएका छन् । भारतको विदेश मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी देउवाको भारत भ्रमणबारे जानकारी दिएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उनी भारत भ्रमणमा जान लागेका हुन् । प्रधानमन्त्री देउवासँगै भ्रमणमा उनकी पत्नी डा आरजु देउवा पनि रहने भारतीय विदेश मन्त्रालयले जनाएको छ । भारत भ्रमणको...

  • २०७८ चैत्र १४, सोमबार

    कांग्रेस बैठकमा नेताहरू दिए चुनावी तालमेलको सुझाव

    काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि जारी छ । शुक्रबारदेखि सुरु भएको बैठकमा स्थानीय तह चुनावको तयारी, दलहरुबीच तालमेल, संसदीय समिति गठनलगायतका विषयमा छलफल गर्दै आएको छ। बैठकमा धेरै नेताहरुले तालमेल गर्नुपर्ने सुझाव दिएकाले यसबारे मापदण्ड बनाउने तयारी भएको छ । पहिले जितेका सिट सुरक्षित राखेर अन्यत्र स्थानीय राजनीतिक नेतृत्वसँगको सहमतिका आधारमा चुनावी तालमेल गर्ने कांग्रेसको...

  • २०७८ चैत्र १४, सोमबार

    राप्रपाकाे हाइ कमाण्ड गठन

    काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय कार्य सम्पादन समिति (हाइ कमाण्ड) गठन गरेको छ । सोमबार अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधान बमोजिम २० सदस्यीय केन्द्रीय कार्य सम्पादन समिति गठन गरेका हुन् । राप्रपाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार कार्यसम्पादन समितिमा अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष बुद्धिमान तामाङ, उपाध्यक्ष बिक्रम पाण्डे, महामन्त्री राजेन्द्र...

Pages