STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राजनीति

  • २०७८ चैत्र १४, सोमबार

    कांग्रेसको केन्द्रिय समिति बैठक बस्दै, गठबन्धनमा रहने-नरहने टुंगो लगाइने

    काठमाडौं - नेपाली कांग्रेसको केन्द्रिय समिति बैठक आज पनि बस्दैछ । नेपाली कांग्रेसले दिएको जानकारी अनुसार बैठक विहान ११ बजेका लागि बोलाइएको छ । आज पार्टी केन्द्रिय कार्यालय सानेपामा बस्ने बैठकले स्थानीय तहको निर्वाचनमा पार्टी गठबन्धनसँग मिलेर जाने वा नजाने भन्ने विषयको टुंगो लगाउने प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनुभएको छ । उहाँले आगामी स्थानीय तहको निर्वाचनमा आवश्यक्ताको आधारमा गठबन्धन...

  • २०७८ चैत्र १३, आइतबार

    चिनियाँ विदेशमन्त्री स्वदेश फिर्ता

    काठमाडौं - चीनका राज्यपरिषद् सदस्य एवं विदेशमन्त्री वाङ यी नेपालको त्रिदिवसीय भ्रमण सम्पन्न गरी आज स्वदेश फर्केका छन् । चिनियाँ विशिष्ट अतिथि वाङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव भरतराज पौड्याल, नेपालका लागि चिनियाँ राजदूत हउ यान्छी, शिष्टाचार महापाल डा दुर्गाबहादुर सुवेदी, परराष्ट्र मन्त्रालय र यहाँस्थित चिनियाँ दूतावासका उच्च अधिकारीले बिदाई गरे । परराष्ट्रमन्त्री डा...

  • २०७८ चैत्र १३, आइतबार

    प्रचण्ड र चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता

    काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ । आइतबार नक्सालस्थित मेरियट होटलमा माओवादी अध्यक्ष प्रचण्ड र चिनियाँ विदेशमन्त्री यीबीच भेटवार्ता भएको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्ता सकिएलगत्तै चिनियाँ विदेशमन्त्री वाङले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटेका हुन् ।  यसअघि मेरियट होटलमै विदेशमन्त्री वाङले...

  • २०७८ चैत्र १३, आइतबार

    चिनियाँ विदेशमन्त्रीले भेटे एमाले अध्यक्ष ओली

    काठमाडौं - नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । चिनियाँ विदेशमन्त्रीलाई भेट्न ओली नक्सालस्थित होटल मेरियट पुगेका थिए । ओलीसँगकाे भेटलगत्तै चिनियाँ विदेशमन्त्री र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच पनि भेटवार्ता हुँदैछ । यसअघि आजै उनले शीतल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका थिए ।  वाङ यी आजै स्वदेश...

  • २०७८ चैत्र १३, आइतबार

    राष्ट्रपति र चिनियाँ विदेशमन्त्रीबीच शिष्टाचार भेट

    काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले शिष्टाचार भेटवार्ता गरेका छन् ।राष्ट्रपति भण्डारीसँगको भेटका लागि चिनियाँ विदेशमन्त्री वाङ आइतबार बिहान शीतलनिवास पुगेका हुन् । राष्ट्रपति भण्डारीको कार्यकक्षमा भएको भेटमा दुई देशको हित र सहकार्यका सम्बन्धमा छलफल भएको जनाइएको छ । चिनियाँ विदेशमन्त्री वाङले शनिबार प्रधानमन्त्री शेरबहादुर देउवासँग...

  • २०७८ चैत्र १२, शनिबार

    चीनद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नेपाललाई हस्तान्तरण

    काठमाडौं- चिनियाँ निर्माण कम्पनी सीएएमसीइले निर्माण गरिरहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल शनिबार नेपाललाई हस्तान्तरण गरिएको छ । नेपाल भ्रमणमा रहेका चीनका विदेशमन्त्री वाङ यीले शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवाको उपस्थितिमा परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई विमानस्थलको साँचो हस्तारन्तर गरे । पोखरामा पनि विमानस्थल हस्तान्तरण कार्यक्रम गरिएको थियो ।...

  • २०७८ चैत्र १२, शनिबार

    प्रधानमन्त्री देउवा र चिनियाँ विदेशमन्त्री वाङबीच भेटवार्ता

    काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीबीच शिष्टाचार भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार साँझ भेटवार्ता भएको हो । करिब १ घन्टा भएको कुराकानीमा विदेशमन्त्री वाङले प्रधानमन्त्री देउवालाई चीनको आर्थिक सहयोगमा निर्माण भएको पोखरा विमानस्थलको साँचो हस्तान्तरण गरेका थिए । भेटमा दुई देशबीचको कूटनीतिक सम्बन्ध विस्तारलगायत...

  • २०७८ चैत्र १२, शनिबार

    नेपाल र चीनबीच आर्थिक सहायतासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर

    काठमाडौँ -नेपाल र चीनबीच विभिन्न स्वास्थ्य, ऊर्जा, व्यापार तथा आर्थिक सहयोगसम्बन्धी विविध विषय सम्झौतापत्रका हस्ताक्षर भएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका अवसरमा आज सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा परराष्ट्रमन्त्री नारायण खड्का र विदेशमन्त्री वाङबीच भएको भेटवार्ताका क्रममा सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौताका बुँदाहरूमा नेपाल र चीनबीच क्रस बोर्डर रेल्वे परियोजनाका लागि...

  • २०७८ चैत्र १२, शनिबार

    परराष्ट्रमन्त्री खड्का र चिनियाँ विदेशमन्त्रीबीच भेट

    काठमाडौँ - परराष्ट्रमन्त्री डा. नारायण खड्का र चीनको राज्यपरिषद् सदस्य एवं परराष्ट्रमन्त्री वाङ यीबीच नेपाल–चीन सम्बन्धका समग्र पक्षमा छलफल भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेरअघि भएको भेटवार्तामा पारस्परिक हित र साझा चासोका सबै पक्षमा विचार विमर्श भएको हो । उनीहरूबीच राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दामा छलफल हुनका साथै कोरोना महामारीको कठिन परिस्थितिमा चीनले...

  • २०७८ चैत्र १२, शनिबार

    चिनियाँ विदेशमन्त्रीले आज प्रधानमन्त्री र परराष्ट्रमन्त्री भेट्दै

    काठमाडौँ - नेपालको तीन दिने भ्रमणका रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले आज प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गर्दै छन्  । चीनका स्टेट काउन्सिलर समेत रहेका वाङ बिहान कीर्तिपुरमा हाइकिङ गएका छन् । हाइकिङबाट फर्किएपछि दिउँसो वाङले समकक्षी डाक्टर नारायण खड्कासँग सिंहदरबारमा भेट गर्ने कार्यक्रम छ । भेटका क्रममा नेपाल र चीनबीच विभिन्न विषयमा द्विपक्षीय...

  • २०७८ चैत्र ११, शुक्रबार

    चीनका विदेशमन्त्री आज काठमाडौं आउँदै

    काठमाडौं - चीनका विदेशमन्त्री एवम् स्टेट काउन्सिलर वाङ यी तीन दिने नेपाल भ्रमणका लागि आज (शुक्रबार) काठमाडौं आउँदै छन् । उनी भारत हुँदै आज काठमाडौं आउन लागेका हुन् । नेपालमा शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार गठन भएपछि आउने उनी पहिलो उच्चस्तरीय पाहुना हुन् । परराष्ट्रमन्त्री डा. नारायण खड्काको औपचारिक निमन्त्रणामा उनी नेपाल भ्रमणमा आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाल बसाइको...

  • २०७८ चैत्र १०, बिहिबार

    एमाले बैठकमा आज ओलीको प्रतिवेदनमाथि छलफल हुने

    काठमाडौँ - नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा आज बुधबार (हिजो) प्रस्तुत भएका प्रतिवेदनमाथि छलफल हुने भएको छ । स्थानीय तहको आसन्न निर्वाचनका लागि पार्टीको तयारीलगायत विषयमा छलफल गर्न बोलाइएको पहिलो दिनको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गरेका छन् ।  १५ पृष्ठको प्रतिवेदनमा एमालेले आउँदो चुनाव जित्ने १८ आधार उल्लेख गरिएको छ । काठमाडौँको माइतीघरस्थिति कार्की ब्याङ्क्वेटमा...

Pages