राजनीति
-
२०७८ माघ १९, बुधबार
पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्धको प्रदर्शनमा झडप
माघ १९, काठमाडौँ - पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा नेकपा एमाले निकट अनेरास्ववियु र युवा संघले धनगढीमा गरेको प्रदर्शनमा झडप भएको छ । धनगढीस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय अगाडि युवाहरूले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाउँदा प्रहरीले प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो। झडपका क्रममा प्रहरी र विद्यार्थीतर्फका गरेर ८ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय...
-
२०७८ माघ १९, बुधबार
गठबन्धन अझै बलियो भएर जान्छ स् अध्यक्ष नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिलेको गठबन्धन अझै बलियो भएर जाने बताउनुभएको छ । आज काठमाडौँको जडीबुटीमा समाजवादीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा उहाँले गठबन्धन दलहरूबीच भएको छलफलमा गठबन्धनलाई अझै बलियो बनाएर लैजाने सहमति भएको बताउनुभयो । अध्यक्ष नेपालले भन्नुभयो, “गठबन्धनका बीच आपसी अविश्वास पैदा गराउन खोजिए गठबन्धन अझै बलियो भएर जानेछ, गठबन्धनले नै चुनाव...
-
२०७८ माघ १८, मंगलबार
खोप कार्ड अनिवार्यविरुद्ध सर्वोच्चमा रिट दायर
माघ १८, काठमाडौं - खोप कार्ड अनिवार्य गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। अधिवक्ता सल्लु तिवारी र कानुनका विद्यार्थी सविन पोख्रेलले सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाई रिट दायर गरेका हुन्। खोप कार्ड नभएकालाई सेवाबाट बञ्चित गर्नेदेखि सार्वजनिक स्थलमा प्रवेश रोकसमेत लगाउने सरकारी निर्णय गैरकानुनी रहेको जिकिर रिट निवेदनमा उल्लेख छ। निवेदनमा ...
-
२०७८ माघ १६, आइतबार
नेकपा क्रान्तिकारी माओवादीले माघ २१ गते देशभर प्रदर्शन गर्ने
माघ १६, काठमाडौं - नेकपा क्रान्तिकारी माओवादीले माघ २१ गते देशभर प्रदर्शन गर्ने भएको छ । शनिबार बसेको स्थायी कमिटी बैठकले मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी), भारतले गरेको सीमा अतिक्रमण लगायतको विरोधमा प्रदर्शन गर्ने निर्णय गरेको हो । राष्ट्रिय स्वाधिनताको रक्षा र सार्वभौमिकताको विषयमा संघर्षलाई एकल तथा संयुक्त रुपमा विकसित गर्नुपर्जे निर्णय गरेको अध्यक्ष मोहन वैद्यले जारी गरेको विज्ञप्तिमा...
-
२०७८ माघ १६, आइतबार
राष्ट्रियसभा बैठक निश्चितकालका लागि स्थगित
माघ १६, काठमाडौं - राष्ट्रियसभा बैठक स्थगित भएको छ । सोमबारका लागि बोलाइएको बैठक अनिश्चितकालसम्मका लागि स्थगित गरिएको छ । संसद सचिवलायका महासचिव भरतराज गौतमले आइतबार एक सूचना जारी गर्दै अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित भएको जानकारी दिएका छन् । सोमबारका लागि तोकिएको समयमा बैठक बस्न सक्ने अवस्था नभएकाले स्थगित गर्नुपरेको महासचिब गौतमले बताएका छन् । यसअघि आइतबारका लागि बोलाइएको प्रतिनिधिसभा...
-
२०७८ माघ १५, शनिबार
माघ २६ सम्म प्रतिनिधिसभा बैठक स्थगित
माघ १५, काठमाडौं - प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । भोलि आइतबार बस्ने भनिएको बैठक यही माघ २६ गते बस्ने गरी स्थगित भएको हो । संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले शनिबार साँझ एक सूचना जारी गर्दै बैठक स्थगित भएको जानकारी दिएका छन् । कोरोनाका कारण आइतबार बैठक बस्न सक्ने स्थिति नभएको भन्दै सभामुख अग्नि सापकोटाले बैठक स्थगित गरेको सूचनामा जनाइएको छ । यसअघि सभामुख सापकोटाले आइतबार बिहानका लागि...
-
२०७८ माघ १५, शनिबार
जेठभित्रै स्थानीय चुनाव गर्ने सत्ता गठबन्धनको निर्णय
माघ १५, काठमाडौं - सत्ता गठबन्धनले जेठ महिनाभित्रै स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको छ । उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले यो निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले बताए । बालुवाटारमा शनिबार बसेको बैठकले संविधानअनुसार कानुन संशोधन गरेर जेठ महिनाभित्रै स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको प्रवक्ता कार्कीले बताए । 'सत्ता गठबन्धनको बैठकले जेठ महिनाभित्रै...
-
२०७८ माघ १३, बिहिबार
जनमत पार्टीका कार्यकर्तामाथि कारवाही गर्न निर्देशन
जनकपुर, १३ माघ (रासस) - मधेश प्रदेशको राजधानी जनकपुरधाम आउनुभएका जनप्रतिनिधिको सवारी साधनमा तोडफोड गर्ने जनमत पार्टीका कार्यकर्तामाथि कारवाही गर्न प्रदेश सरकारले निर्देशन दिएको छ । मधेश प्रदेश सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्रप्रशाद साहले बुधबार बेलुकी प्रेस विज्ञप्ती जारी गरी राष्ट्रियसभा निर्वाचनका लागि मतदान गर्न जनकपुरधाम आउनुुभएका जनप्रतिनिधिका सवारी साधनमा गरिएको तोडफोड एवं...
-
२०७८ माघ १३, बिहिबार
राष्ट्रियसभा सदस्यमा विजयीलाई बधाई
माघ १२, काठमाडौं (रासस) - नेपाल कम्युनिष्ट पार्टी (एकीकृत–समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धनका तर्फबाट राष्ट्रियसभा सदस्यमा विजयी हुनुभएका नेताहरुलाई बधाई दिनुभएको छ । उहाँले जारी गर्नुभएको सन्देशमा विजयीहरुको कार्यकालको सफलताको शुभकामना व्यक्त गरिएको छ । सो पार्टीका तर्फबाट विजयी हुनुभएका पाँच सदस्यलाई पनि बधाई तथा सफलताको कामना गरिएको छ । राष्ट्रियसभामा १९ सदस्यका लागि...
-
२०७८ माघ १२, बुधबार
यी हुन् सत्ता गठबन्धनबाट निर्वाचित १८ जना राष्ट्रियसभा सदस्य
माघ १२, काठमाडौं (रासस) - राष्ट्रियसभामा रिक्त १९ सिटका लागि बुधबार भएको निर्वाचनमा पाँच दलीय गठबन्धनका उम्मेदवार १८ पदमा विजयी भएका छन् । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)बाट प्रदेश नं १ मा अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक कोटाका उम्मेदवार सोनाम गेल्जेन शेर्पा भने गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै चार हजार ७७० मतभारसहित विजयी भएका छन् । निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार गोपालकुमार...
-
२०७८ माघ १२, बुधबार
राष्ट्रिय सभा निर्वाचन : जनकपुरमा झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार
माघ १२, काठमाडौं - धनुषाको जनकपुरधाममा प्रहरी र जनमत पार्टीका कार्यकर्ताहरुबीच झडप भएको छ । राष्ट्रिय सभा निर्वाचनको मतदान स्थलमा प्रवेश गर्न खोजेपछि प्रहरीले लाठी चार्ज र अश्रुग्यास प्रहार गरेको छ । स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले पाँच राउन्ड अश्रुग्यास प्रहार गरेको हो । अहिले प्रदर्शनकारी मतदान स्थलबाट तितरबितर भएका छन् । तर उनीहरुले जनकपुरधामका बिभिन्न ठाउँमा प्रदर्शन जारी राखेका छन्...
-
२०७८ माघ १२, बुधबार
काेराेना महामारीबीच आज राष्ट्रियसभा निर्वाचन
माघ १२, काठमाडौं - राष्ट्रियसभा सदस्य १९ रिक्त पदका लागि आज (बुधबार) बिहान ९ बजदेखि मतदान हुँदैछ । देशका विभिन्न प्रदेशमा कायम रहेका आठ मतदानस्थल र १४ केन्द्रमा बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ । शान्ति सुरक्षा, स्वास्थ्य मापदण्डलगायत निर्वाचन व्यवस्थापनको सम्पूर्ण तयारी पूरा भइसकेका छन् । मतदाता मतदानस्थल र केन्द्र तोकिएका शहरमा पुगिसकेका छन् । प्रदेश १ मा पालिका प्रमुख र उपप्रमुखका...


