STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राजनीति

  • २०७८ माघ ११, मंगलबार

    राप्रपाले राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश १ मा मात्र मतदान गर्ने

    माघ ११, काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) ले माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश १ मा मात्र मतदान गर्ने भएको छ । सोमबार बसेको पदाधिकारी बैठकले आफ्नो उम्मेदवार रहेको प्रदेश १ बाहेक अन्य प्रदेशमा मतदान नगर्न आफ्ना जनप्रतिनिधिलाई निर्देशन दिएको छ । राप्रपाले प्रदेश १ मा अमरबहादुर विष्ट र रञ्जु प्याकुरेललाई उम्मेदवार बनाएको छ भने अरु प्रदेशमा उसका उम्मेदवार छैनन्...

  • २०७८ माघ १०, सोमबार

    सरकारसँग ऋण लिएर आयल निगमले आईओसीलाई पठायो १३ अर्ब बढी भुक्तानी

    माघ १०, काठमाडौं - सञ्चित बचत शून्यमा झरेपछि अप्ठ्यारोमा पुगेको नेपाल आयल निगमले सरकारसँग पैसा मागेर इन्डियन आयल कर्पोरेसन (आईओसी) लाई १३ अर्ब बढी भुक्तानी गरेको छ । निगमले मूल्य स्थिरीकरण कोषबाट १ अर्ब ८० करोड लिएर जनवरी महिनाको दोस्रो किस्ताबापतको रकम आईओसीलाई भुक्तानी गरेको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए।  निगमले सोमबार आईओसीलाई १३ अर्ब २० करोड रुपैयाँ पठाएको छ । सञ्चित बचत शून्यमा...

  • २०७८ माघ १०, सोमबार

    ‘गौरको वक्तव्य व्यक्तिगत रुपमा कसैप्रति लक्षित होइन’

    भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले आफ्नो वक्तव्य व्यक्तिगत रुपमा कसैप्रति लक्षित नभएको स्पष्ट पार्नुभएको छ ।         आज विज्ञप्ति जारी गर्दै उहाँले नागरिकमा भ्रम पर्न गएकामा दुःख व्यक्त गर्नुभएको छ । यसलाई सामान्य रुपमा लिन अनुरोध गर्दै उहाँले आफू आगामी दिनमा यसप्रति सचेत रहने बताउनुभएको छ । मन्तव्यलाई लिएर केही भ्रम फैलिएको भन्दै त्यसप्रति दुःख व्यक्त गरेर उहाँले आफ्नो भनाइ...

  • २०७८ माघ ९, आइतबार

    प्रचण्डद्वारा केन्द्रीय समिति बैठक आह्वान

    ९ माघ, काठमाडौँ - नेकपा माओवादी केन्द्रले पदाधिकारी चयनका लागि माघ २७ गते केन्द्रीय समिति बैठक बोलाएको छ । ८ माघमा बोलाएको बैठक स्थगित गरिएको थियो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश अध्यक्ष र इन्चार्जहरुलाई परिपत्र केन्द्रीय समितिको पूर्णता, पोलिटब्यूरो र स्थायी कमिटी गठन र पदाधिकारी चयनका लागि २७ गतेदेखि केन्द्रीय समिति बैठक बस्ने जानकारी दिएका हुन् । यो बैठकले केन्द्रीय...

  • २०७८ माघ ९, आइतबार

    निर्वाचनबारे संविधानसँग बाझिने ऐन संशोधन गर्न संविधानविद्हरुको सुझाव

    ९ माघ, काठमाडौँ - संविधानसँग बाझिने कानुन स्थानीय तह ऐन २०७३ संशोधन गर्न संविधानविद्हरूले सुझाव दिएका छन् । बालुवाटारमा आज प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तारूढ गठबन्धनका पाँच दलका शीर्ष नेताहरूसँग भएको छलफलमा संविधानविद्हरूले ऐनलाई संविधानअनुसार ढाल्न कानुन संशोधन गर्न सुझाव दिएका हुन्। ‘हामीले प्रतिनिधिमुलक रूपमा संविधानविद्हरूसँग छलफल गर्‌यौं। संविधानसँग बाझिने स्थानीय तह ऐन संशोधन गर्न...

  • २०७८ माघ ९, आइतबार

    राष्ट्रियसभा सदस्य निर्वाचन : आज मध्यरातदेखि मौन अवधि सुरु

    ९ माघ, काठमाडौँ - यही माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको मौन अवधि आज मध्यरातिदेखि लागू हुँदैछ । मौन अवधि सुरु हुनुभन्दा अगाडि नै निर्वाचन चिह्न लगायतका प्रचार सामग्री हटाउनुपर्ने लगायतका आचरण पालना गर्न निर्वाचन आयोगले सबैलाई आग्रह गरेको छ । मौन अवधिमा निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न पाइँदैन । साथै मतदान केन्द्रको ३ सय मिटर वरिपरी राखिएका निर्वाचन चिह्न, प्रचार सामग्री...

  • २०७८ माघ ९, आइतबार

    राप्रपालाई विधानबाट राजसंस्था र हिन्दू राष्ट्र हटाउन भन्नु गैरसंवैधानिक : लिङ्देन

    माघ ९, काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको विधानबाट राजसंस्था र सनातन हिन्दू राष्ट्र भन्ने शब्द हटाउन निर्वाचन आयोगले भन्नु नै गैरसंवैधानिक भएको जनाएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले निर्वाचन आयोग नै संविधानको मर्म र भावना विपरीत गएको भन्दै आफूहरुले त्यही जवाफ लेखेर पठाउने बताए । आयोगले संविधानको प्रस्तावना र भावना प्रतिकूल भएको भन्दै राप्रपालाई विधानमा राजसंस्था...

  • २०७८ माघ ९, आइतबार

    हिन्दू राष्ट्र र राजसंस्था हटाउन राप्रपालाई आयोगको निर्देशन

    काठमाडौं, माघ ९ - निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई विधानबाट हिन्दू राष्ट्र र राजसंस्था भन्ने शब्द हटाउन निर्देशन दिएको छ । आयोगले २ माघमा राप्रपालाई पत्र पठाउँदै विधानबाट हिन्दू राष्ट्र र राजसंस्था भन्ने शब्द हटाउन निर्देशन दिएको हो । आयोगले राप्रपालाई पठाएको पत्रमा पार्टीकाे विधानको प्रस्तावनामा रहेको ‘सनातन हिन्दू राष्ट्र एवं राजसंस्थासहितको प्रजातन्त्रको मान्यता...

  • २०७८ माघ ६, बिहिबार

    पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा प्रधानमन्त्रीको पुत्ला जलाइयो

    ६ माघ, काठमाडौँ - पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा विद्यार्थीहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाएका छन् । काठमाडौंको अस्कल क्याम्पस परिसरमा प्रदर्शनमा उत्रिएका अनेरास्ववियुका विद्यार्थीहरुले प्रधानमन्त्रीको पुत्ला जलाएका हुन् । विद्यार्थीहरुलाई रोक्ने क्रममा प्रहरीले लाठीचार्ज गरेको थियो । विद्यार्थीहरुले भने प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए । अहिले भने स्थिति सामान्य...

  • २०७८ माघ ३, सोमबार

    प्रदेश २ को नाम मधेस प्रदेश, स्थायी राजधानी जनकपुर

    माघ ३, काठमाडौं - प्रदेश २ ले चार वर्षपछि प्रदेशको नाम र स्थायी राजधानी पाएको छ । सोमबार प्रदेशसभाको बैठकले प्रदेशको नाम ‘मधेस प्रदेश’ र  स्थायी राजधानी जनकपुर राख्ने प्रस्ताव दुई तिहाइ बहुमतले पारित गरेको  हो । प्रस्ताव पारित भएसँगै झण्डै चार वर्षपछि प्रदेश २ को नामकरण र राजधानी टुंगो लागेको हो । मतदानमा मधेस प्रदेशको पक्षमा ८० सांसदले मत हाले, जुन प्रदेशसभाको दुई तिहाइ बहुमत हो । १०३ सदस्यीय...

  • २०७८ माघ ३, सोमबार

    राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रयोग हुने मतपत्र छपाइको काम सम्पन्न

    ३ माघ, काठमाडौँ - यही माघ १२ गते हुन लागेको राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रयोग हुने मतपत्र छपाइको काम सकिएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले करिब दुई हजार पाँच सय थान मतपत्र छापिएको जानकारी दिए । राष्ट्रिय सभा निर्वाचनमा सातै प्रदेशमा कूल २०२५ मतदाता छन् । आयोगका अनुसार छापिएका मतपत्र माघ ४ गतेदेखि निर्वाचन अधिकृतको कार्यालयमा पठाउने काम सुरु हुने छ...

  • २०७८ माघ ३, सोमबार

    स्थानीय तहको चुनावको मिति घोषणा गर्न गाउँपालिका र नगरपालिका संघको माग

    ३ माघ, काठमाडौँ - गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, नेपाल नगरपालिका संघ र जिल्ला समन्वय समिति महासंघले तत्काल स्थानीय तहको चुनावको मिति घोषणा गर्न माग गरेका छन् । स्थानीय सरकारका प्रतिनिधमूलक यी संस्थाहरुले आज संयुक्त विज्ञप्ति निकालेर तत्काल स्थानीय तहको चुनाव प्रक्रिया थाल्न सरकार र निर्वाचन आयोगसँग आग्रह गरेका हुन् । समयमै चुनाव नभएमा पालिका प्रमुख र वडाध्यक्षहरुले गर्दै आएका सिफारिस लगायतका...

Pages