राजनीति
-
२०७८ फाल्गुण ११, बुधबार
स्थानीय निर्वाचनका लागि निर्वाचन आयोगले माग्यो ९ अर्व रुपैँया
काठमाडौं - निर्वाचन आयोगले आउँदो वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि झन्डै नौ अर्ब रुपैयाँ बजेट माग गरेको छ । चुनावका लागि आठ अर्ब ९५ करोड २९ लाख चार हजार रुपैयाँ बजेट माग गरेर अर्थ मन्त्रालयलाई पत्र पठाएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्ति निकालेर जानकारी दिनुभयो । यो बजेट यसअघि भएको स्थानीय तहको चुनावमा भएको खर्चभन्दा झन्डै ८१ करोड रुपैयाँले बढी हो । २०७४ सालको स्थानीय...
-
२०७८ फाल्गुण १०, मंगलबार
एमसीसी विरुद्धमा परेको रिट दर्ता गर्न सर्वोच्चद्वारा अस्वीकार
काठमाडौं - सरकारले अमेरिकी सहयोग परियोजना (एमसीसी) संसदमा पेश गरेको विरुद्ध परेको रिट सर्वोच्च अदालतले अस्वीकार गरिदिएको छ । एमसीसी अगाडि नबढाउनका लागि अन्तरिम आदेश माग गर्दै अधिवक्ता सुरेन्द्र भण्डारीले दिएको रिट मंगलबार सर्वोच्च अदालत प्रशासनले दरपीठ गरिदिएको हो । अदालतमा दर्ता हुन आएको मुद्दा दर्ता हुन नसक्ने भएमा कारण खुलाएर दर्ता हुन नसक्ने जानकारी सम्बन्धित पक्षलाई गराउने गरिन्छ, यसलाई नै...
-
२०७८ फाल्गुण ९, सोमबार
संसदमा एमसीसी टेबल जबरजस्ती : माओवादी केन्द्र
काठमाडौं- नेकपा माओवादी केन्द्रले जबरजस्ती संसदमा एमसीसी टेबल गरेको भन्दै आपत्ति जनाएको छ। माओवादी प्रवक्ता एवं पूर्व सभामुख कृष्णबहादुर महराले विज्ञप्ति जारी गर्दै आपक्ति जनाएका हुन्। 'सत्तारुढ गठबन्धनमा हाम्रो पार्टीको तर्फबाट स्पष्टरुपमा संसदमा पेस नगर्न आग्रह गर्दा पनि सरकारले जबरजस्ती एमसीसी सम्झौता अघि बढाउन खोजेपछि प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिमा संसदीय दलको दर्फबाट लिखित...
-
२०७८ फाल्गुण ८, आइतबार
प्रतिनिधिसभामा एमसीसी टेबल
काठमाडौं - प्रतिनिधिसभामा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) टेबल भएको छ । अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट सूचना प्रविधि तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले सम्झौता अनुमोदनका लागि टेबल गरेका हुन् । अमेरिकी सहयोग निकाय मिलिनियम च्लालेन्ज कर्पोरेशन (एमसीसी) र नेपाल सरकारबीचको अनुदान सहायता सम्झौता मिलिनियम च्यालेन्ज कम्प्याक्ट संसदमा दर्ता भएको ३२ महिनापछि संसदमा टेबल भएको छ । २०७६ असार...
-
२०७८ फाल्गुण ८, आइतबार
नयाँबानेश्वर क्षेत्रको अवस्था तनावपूर्ण
काठमाडौं - एमसीसीको विरोधमा प्रदर्शनमा उत्रिएकाहरुले प्रहरीले सडकमा लगाएको बार हटाएर प्रदर्शनकारी अघि बढेपछि काठमाडौंको नयाँबानेश्वर क्षेत्रको अवस्था तनावपूर्ण भएको छ । निषेधित क्षेत्र तोडेपछि अवस्था तनावपूर्ण भएको हो । त्यसपछि प्रहरीले प्रदर्शनकारीमाथि पानीको फोहोरा हानेको छ । केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नयाँबानेश्वर क्षेत्रमा गरिएको विरोध प्रदर्शनका कारण काठमाडौंको...
-
२०७८ फाल्गुण ७, शनिबार
कमल थापाले गरे राप्रपा नेपालको औपचारिक घोषणा
राप्रपा त्यागेर राप्रपा नेपालको अध्यक्ष बनेका कमल थापाले शनिबार औपचारिक रुपमा राप्रपा नेपालको अध्यक्ष रुपमा पार्टीको घोषणा गरेका छन् । घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै थापा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनमाथि खनिएका छन् । उनले महाधिवेशनबाट लिङ्देन अध्यक्ष बनेपछि आफूलाई सो पार्टीमा बस्ने वातावरण नभएको बताए । उनकाे सम्बाेधन जारी छ । उनले राप्रपाबाट कार्यकर्ताहरू पलायन भएकाले सो पार्टीबाट अलग...
-
२०७८ फाल्गुण ७, शनिबार
संसदमा एमसीसी पेस गर्न दिने नेकपा एसको निर्णय
काठमाडौं - नेकपा एकीकृत समाजवादीले सहमति जुटेमा अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा पेस गर्न दिने निर्णय गरेको छ । शनिबार नयाँ बानेश्वरमा बसेको स्थायी कमिटी बैठकले सहमति जुटेमा एमसीसी पेस गर्न नदिने निर्णय गरेको प्रवक्ता जगनाथ खतिवडाले बताएका छन् । तर, नेकपा एमालेले गरिरहेको संसद गतिरोध हट्नुपर्ने एकीकृत समाजवादीको सर्त छ ।
-
२०७८ फाल्गुण ७, शनिबार
एमसीसी विरोधी नेताहरु प्रचण्ड निवास खुमलटारमा
काठमाडौँ - सत्तारुढ गठबन्धनमा एमसीसीको विपक्षमा रहेका नेताहरु माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निवास खुमलटारमा आन्तरिक छलफलमा जुटेका छन् । छलफलमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल, जसपा अध्यक्ष उपेन्द्र यादव र माओवादी नेता नारायणकाजी श्रेष्ठ सहभागी छन् । खुमलटार स्रोतका अनुसार शुक्रबार विहान १० बजे सत्ता गठबन्धनको बैठक बस्नुअघि एमसीसी विरोधी नेताहरुबीच छलफल भइरहेको...
-
२०७८ फाल्गुण ७, शनिबार
संसदमा एमालेको नाराबाजी, अर्को बैठक ८ गते
काठमाडौंं - संसद बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्ष नेकपा एमालेले अवरोध गरेको छ । शुक्रबार सभामुख अग्निप्रसाद सापकोटाले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ नेकपा एमालेका सांसदहरुले नाराबाजी गरेका हुन् । केहीबेरको नाराबाजीपछि सभामुख सापकोटाले प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडुलाई आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस गर्न अनुमति दिएका...
-
२०७८ फाल्गुण ६, शुक्रबार
आजकाे प्रतिनिधिसभा कार्यसूचीमा परेन एमसिसी
काठमाडौँ - शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकका लागि संघीय संसद सचिवालयले सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । सचिवालयले बिहीबार साँझ सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजाति आयोगको प्रतिवेदन पेश गर्ने एउटा मात्रै कार्यसूची छ । सचिवालयले सार्वजनिक गरेको कार्यसूचीमा भने एमसीसी परेको छैन । यसैबीच सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको कार्यव्यवस्था...
-
२०७८ फाल्गुण ५, बिहिबार
ओली भेट्न प्रधानमन्त्री देउवा पत्नीसहित बालकोटमा
फागुन ५, काठमाडौं - सत्ता गठबन्धनको बैठक सकिएलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका छन्। बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा एमसीसीको विषयमा सहमति जुट्न नसकेपछि प्रधानमन्त्री देउवा पत्नी आरजुसहित बालकोट पुगेका हुन्। कांग्रेसका नेताहरुका अनुसार देउवा सकेसम्म भोलि (शुक्रबार) नै संसद बैठकमा एमसीसी टेबल गर्न चाहन्छन्। उनले त्यही...
-
२०७८ फाल्गुण ५, बिहिबार
सत्ता गठबन्धनको आजको बैठक निष्कर्षविहीन, शुक्रबार पुनः बस्ने
फागुन ५, काठमाडौं - सत्ता गठबन्धनको बैठक भोलि पुनः बस्ने भएको छ । प्रतिनिधिसभाको बैठकमा अमेरिकी सहायता परियोजना एमसीसी टेबल गर्ने तथा बैठक निर्वाध सञ्चालन गर्नेलगायत विषयमा सहमति जुटाउन भोलि पुनः बैठक बस्ने भएको हो । प्रधानमन्त्री निवास, बालुवाटारमा आज साँझ बसेको बैठक निष्कर्षमा नपुगेपछि भोलि बिहान १० बजे पुनः बस्ने गरी बैठक सकिएको हो । आजको बैठकमा प्रतिनिधिसभाको बैठक बिनाव्यवधान सञ्चालन गर्ने...


