राजनीति
-
२०७८ माघ २९, शनिबार
विना निष्कर्ष टुंगियो एमसीसीमा सहमति जुटाउन बसेको बैठक
माघ २९, काठमाडौं - एमसीसीमा सहमति जुटाउन प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक विना निष्कर्ष सकिएको छ। बैठकले ठोस निष्कर्ष निकाल्न सकेन। प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग छलफल गरेका थिए। शनिबार बालुवाटारमा भएको छलफलमा गठबन्धन दलबीच संसदमा एमसीसी टेबुल गर्ने विषयमा कुराकानी भएको छ। अर्को...
-
२०७८ माघ २६, बुधबार
४ दिन नेपाल-भारत सीमाना बन्द हुने
माघ २६, काठमाडौं - नेपाल-भारत सीमानाका बन्द हुने भएका छन्। भारतको उत्तराखण्डमा हुन गइरहेको विधानसभा निर्वाचनका लागि नेपाल-भारत सीमानाका बन्द गरिने भएको छ। उनका अनुसार माघ २९ गते साझ देखि फागुन ३ गते बिहानसम्म नेपाल-भारत सीमानाका यस विषयमा हालसम्म भारतबाट कुनै औपचारीक जानकारी नआए पनि पुरानो चलनचल्ती अनुसार निर्वाचन अवधिभर ४ दिन सीमानाका बन्द हुनेछन्।
-
२०७८ माघ २६, बुधबार
एमसीसी विषय छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै
माघ २६, काठमाडौं - नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ । दिउँसो तीन बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्नेछ । बैठकमा भोलि बस्ने केन्द्रीय कार्य सम्पादन समितिको बैठकका एजेन्डाबारे छलफल हुने नेताहरूले बताएका छन् । बैठकमा स्थानीय तहको निर्वाचन, एमसीसी परियोजना, १६ जिल्लामा बाँकी अधिवेशन, म्याद सकिएका भ्रातृ संस्था लगायतका विषयमा पनि छलफल हुनसक्ने बताइएको छ ।
-
२०७८ माघ २५, मंगलबार
संसद बैठक एक साताका लागि स्थगित
माघ २५, काठमाडौं - प्रतिनिधिसभाको बैठक एक साताका लागि स्थगित भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले भोलि बुधबार दिउँसो १ बजे बस्नेगरी बोलाएको बैठक मंगलबार राति स्थगित गरेको हो । अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता पारित गर्ने विषय उत्कर्षमा पुगेका बेला बैठक स्थगित भएको हो । संघीय संसद् सचिवालयले भने सूचना टाँसेर विशेष कारणले बस्न नसक्ने उल्लेख गरेको छ । सभामुख सापकोटाले अर्को बैठक फागुन २ गते...
-
२०७८ माघ २५, मंगलबार
कमल थापाद्वारा राप्रपा परित्याग
माघ २५, काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले पार्टीमा आफ्नो मागको सुनवाई नभएपछि पार्टी परित्याग गर्नु परेको बताएका छन् । गृह जिल्ला हेटौडा पुगेर थापाले एक विज्ञप्ति जारी गरी आफ्नो मागको सम्वोधन नहुने भएपछि पार्टी परित्यागको अप्रिय निर्णय लिनु परेको बताएका हुन् । विज्ञप्तिमा उनले राप्रपाका कुनै नेतासँग बैरभाव नभएको उल्लेख गरेका छन् । ‘अत्यन्त भारी मन तथा पिडाबोधका...
-
२०७८ माघ २४, सोमबार
स्थानीय तहको निर्वाचन ३० वैशाख २०७९ मा
सरकारले स्थानीय तहको निर्वाचन ३० वैशाख २०७९ मा गर्ने निर्णय गरेको छ । सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले स्थानीय तहको निर्वाचन ३० वैशाख २०७९ मा एकै चरणमा गर्ने निर्णय गरेको हाे । स्थानीय निर्वाचन ऐनको दफा ३ अनुसार पदाधिकारीको समयावधि सकिन दुई महिनाअघि निर्वाचन गर्नुपर्ने प्रावधान अनुसार सरकारले वैशाख अन्तिममै निर्वाचन गर्ने निर्णय गरेको हो । यसअघि गठबन्धनको बैठकले जेठभित्रै निर्वाचन...
-
२०७८ माघ २२, शनिबार
किसानका समस्या समाधान गर्न उच्चस्तरीय समिति गठन
माघ २२, काठमाडौं - मधेस प्रदेश सरकारले प्रदेशका किसानको समस्या पहिचान तथा समाधान गर्न उच्च स्तरीय समिति गठन गरेको छ। आज (शनिबार) बिहान बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विजयकुमार यादवको संयोजकत्वमा पाँच सदस्यीय उच्च स्तरीय समिति गठन गरेको हो। समितिमा उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री शत्रुधन महतो , आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साह,...
-
२०७८ माघ २२, शनिबार
हावाहुरी र हिमपात प्रभावितलाई राहत दिन गृहमन्त्रीको निर्देशन
माघ २२, काठमाडौं - गृहमन्त्री बालकृष्ण खाँणले तराईमा हावाहुरीका कारण मृत्यु भएका तीन जनाका परिवार र उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपातका कारण प्रभावित नागरिकको उचित व्यवस्थापन एवं राहत उपलब्ध गराउन निर्देशन दिएका छन्। गृहमन्त्री खाँणले मन्त्रालयका विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव प्रदीपकुमार कोइराला तथा तराईका दुई, हिमाली क्षेत्रका आठ जिल्लाका प्रमुख जिल्ला अधिकारी र एक...
-
२०७८ माघ २१, शुक्रबार
प्रदेश १ का मुख्यमन्त्री राईलाई कालो झन्डा
माघ २१, काठमाडौं - मन्त्रालय विभाजनको विरोधमा प्रदेश १ सरकारविरुद्ध आन्दोलित भएको नेकपा एमाले निकट अनेरास्ववियुका विद्यार्थीमाथि प्रहरीले बल प्रयोग गरेको छ । मुख्यमन्त्री राजेन्द्र राईलाई कालो झन्डा देखाउन गएका अनेरास्ववियुका विद्यार्थीहरुमाथि प्रहरीले बल प्रयोग गरेपछि प्रहरी र विद्यार्थीबीच घम्साघम्सी भएको छ । काठमाडौंबाट विराटनगर पुगेका मुख्यमन्त्री राईलाई कालो झण्डा देखाउन विद्यार्थीहरु...
-
२०७८ माघ २०, बिहिबार
सिके राउतका कार्यकर्ताद्वारा पूर्व–पश्चिम राजमार्ग बन्द
माघ २०, काठमाडौं - सिके राउत नेतृत्वको जनमत पार्टीले पूर्व–पश्चिम राजमार्ग बन्द गराएको छ । किसान हकहितका लागि भन्दै आन्दोलन गर्दै आएको सो पार्टीले आज सप्तरीलगायतका मधेश प्रदेशमा राजमार्ग अवरुद्ध गरी प्रदर्शन गरेको हो । जनमत पार्टीका कार्यकर्ताले बिहानैदेखि टायर बालेर सडक अवरुद्ध गर्नुका साथै प्रदर्शन समेत गरेका छन् । प्रदर्शनका कारण सप्तरी, सिराहा, धनुषालगायत जिल्लामा यातायात प्रभावित बनेको छ ।...
-
२०७८ माघ १९, बुधबार
एमालेले देशभर दबाबमूलक कार्यक्रम गर्ने
माघ १९, काठमाडौँ - नेकपा एमालेले बिहीबारको मन्त्रिपरिषद् बैठकबाट सरकारले ४ जेठमा स्थानीय निकायको निर्वाचन घोषणा नगरे देशभर दबाबमुलक कार्यक्रम गर्ने निर्णय गरेको छ । बुधबार बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको उपाध्यक्ष पृथ्बीसुब्बा गुरुङले जानकारी दिए । 'सरकारले भोलिको मन्त्रिपरिषद् बैठकमार्फत निर्णय नगरेको अवस्थामा पार्टीले केन्द्र र प्रदेश र जिल्लामा दबाबमुलक कार्यक्रमका लागि प्रशिक्षण दिने...
-
२०७८ माघ १९, बुधबार
जनकपुरधाममा प्रधानमन्त्रीको पुत्लादहन
माघ १९, काठमाडौँ - नेकपा एमाले निकट अनेरास्ववियूका विद्यार्थीहरुले जनकपुरधाममा पनि प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाएका छन् । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता तथा स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न माग गर्दै उनीहरुले प्रधानमन्त्री देउवाको पुत्ला जलाएका हुन् । अनेरास्ववियू मधेश प्रदेश कमिटीको आयोजनामा विद्यार्थीहरुले स्थानीय जनक चोकमा प्रदर्शन गरेका हुन् । प्रदर्शनका...


