STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राजनीति

  • २०७८ फाल्गुण १५, आइतबार

    संसदमा एमसीसीबारे सैद्धान्तिक छलफल सुरु

    काठमाडौं - अर्थमन्त्री जनार्दन शर्माले अमेरिकी सहयोग परियोजना एमसीसीको सामान्य छलफलसम्बन्धी प्रस्ताव संसदमा पेस गरेका छन् । सत्ता गठबन्धमा सहमति जुट्नुअघि उनले संसद बैठक छलेका थिए । अर्थमन्त्री शर्माले प्रस्ताव पेस गरेसँगै संसदमा एमसीसीबारे सैद्धान्तिक छलफल सुरु भएको छ ।

  • २०७८ फाल्गुण १५, आइतबार

    एमसिसीविरूद्ध वानेश्वरकाे प्रदर्शनमा आज पनि झडप

    काठमाडौं - अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच बानेश्वरमा झडप भएको छ । सरकारले व्याख्यात्मक टिप्पणीसहित आजै एमसीसी पारित गर्ने तयारी गरेपछि प्रदर्शनकारीले प्रदर्शनलाई उग्र बनाउँदै लगेका छन् । प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा हानेका छन् । प्रहरीले पनि लाठीचार्ज र पानीको फोहोरा प्रहार गरेको छ । बानेश्वर क्षेत्रमा सडक खाली गरेर प्रहरीले...

  • २०७८ फाल्गुण १५, आइतबार

    एमसीसीलाई व्याख्यात्मक घोषणासहित आजै पास गर्ने गठबन्धनको निर्णय

    काठमाडौं - सत्तारुढ गठबन्धनले अमेरिकी सहायता परियोजना एमसीसीलाई संसदबाट अनुमोदन गर्ने निर्णय गरेको छ ।  आइतबार बालुवाटारमा बसेको गठबन्धनको बैठकले एमसीसीलाई व्याख्यात्मक घोषणासहित संसदबाट पास गर्ने निर्णय गरेको कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए । पौडेलका अनुसार आज बस्ने संसदको दोस्रो सेसनको बैठकले एमसीसीलाई पारित गर्नेछ ।  ‘हामी एमसीसीलाई व्याख्यात्मक घोषणासहित संसदबाट पारित गर्न...

  • २०७८ फाल्गुण १४, शनिबार

    कांग्रेस-एमाले बैठकमा सहमति जुटेन

    काठमाडौं - एमसीसी अनुमोदन गर्ने विषयमा कांग्रेस र एमालेबीच शनिबार पनि सहमति हुन सकेन । कांग्रेसका नेताहरू एमालेसँग छलफलका लागि बालकोट पुगेका थिए । बालकोटमा लामो समय छलफल भए पनि कुनै निष्कर्ष ननिस्केको सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । उनले शनिबार सहमति जुटाउने गरी छलफल भए पनि सहमति हुन नसकेको बताए । शनिबार कांग्रेस र एमालेका...

  • २०७८ फाल्गुण १४, शनिबार

    आइतबारको प्रतिनिधिसभा बैठकमा एमसीसीमाथि छलफल हुने

    काठमाडौं - प्रतिनिधिसभाको आइतबार बस्ने बैठकमा एमसीसीमाथिको छलफल अघि बढाइने भएको छ। संघीय संसद सचिवालयले बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ। संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले १ बजे बस्ने बैठकमा एमसीसी विषयमाथि छलफल हुने जानकारी दिएका छन्। त्यसअघि सभामुख अग्नप्रसाद सापकोटाले साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरेका छन्। गत फागुन ८ गते सञ्चार तथा सूचना...

  • २०७८ फाल्गुण १४, शनिबार

    बालकाेटमा कांग्रेस-एमाले वार्ता

    नेपाली कांग्रेस र एमाले नेताहरूबीच एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा वार्ता जारी छ । प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल हुनुअघि दुई दलका दोस्रो तहका नेताबीच छलफल सुरु भएको हो ।  छलफलमा कांग्रेसका तर्फबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहभागी छन् । यस्तै एमालेका तर्फबाट वरिष्ठ...

  • २०७८ फाल्गुण १३, शुक्रबार

    आजकाे प्रतिनिधिसभाकाे बैठक स्थगित

    काठमाडौ - प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको छ। अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशनलाई लिएर किचलो बढिरहेको बेलामा आज बस्ने भनिएको बैठक पनि स्थगित गरिएको हो। बैठक आइतवार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको हो। कानुन मन्त्री दिलेन्द्र बडूले सभामुख अग्नि सापकोटालाई भेटेर आजको बैठक स्थगित गर्न आग्रह गरेका थिए। सरकारले एमसीसीको विषयमा गठबन्धन र विपक्षसँग सहमति जुटाउने प्रयास भइरहेको...

  • २०७८ फाल्गुण १३, शुक्रबार

    नेकपा एसले एमसिसीबारे बहस कार्यक्रम चलाउने

    काठमाडौं - माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) का जनसंगठनहरूले एमसीसी सम्झौताबारे आज बहस कार्यक्रम चलाउँदैछन् । काठमाडाैंकाे प्रज्ञा भवनमा दिउँसो २ बजेपछि सुरु हुने कार्यक्रममा पार्टीका नेतासँगै विज्ञहरू सहभागी हुने नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।  सत्ता गठबन्धनको एक घटक नेकपा एसले संसदीय अनुमोदन पर्खिरहेको एमसीसीसँग सम्झौतालाई यथास्थितिमा समर्थन गर्न नसकिने निर्णय...

  • २०७८ फाल्गुण १३, शुक्रबार

    आज संसद्‌मा एमसिसीमाथि छलफलकाे सम्भावना, वानेश्वर क्षेत्रमा ठूलाे संख्यामा प्रहरी परिचालन

    काठमाडौं - बानेश्वर क्षेत्रमा बिहानैदेखि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। प्रतिनिधिसभाको शुक्रबारको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ।  संसद्‍मा एमसीसीबारे प्रस्ताव प्रस्तुत हुने भएपछि विरोधमा हुने सभावित प्रदर्शनलाई मध्यनजर गर्दै गृह मन्त्रालयको निर्देशन अनुसार प्रहरी प्रधान कार्यालयले बानेश्वर...

  • २०७८ फाल्गुण १२, बिहिबार

    स्थानीय चुनावका लागि २९ दल दर्ता

    काठमाडौं - स्थानीय तह चुनावका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने राजनीतिक दलको संख्या २९ पुगेको छ । निर्वाचन आयोगले आउँदो १५ फागुनसम्म दल दर्ताको समयसीमा तोकेको छ । उक्त समयसीमाभित्र आयोगमा दल दर्ता गर्ने दलले मात्रै चुनावमा भाग लिन पाउँछन् । आयोगका अनुसार पछिल्ला दिनमा १९ वटा दलले दर्ता गराएका छन् । यसअघि १० वटा दलले दर्ता गरिसकेका थिए । पछिल्लोपटक दर्ता गर्ने १९ दलमा नेकपा एकीकृत समाजवादी,...

  • २०७८ फाल्गुण १२, बिहिबार

    एमसीसीकाे विराेधमा बानेश्वरकाे प्रदर्शनीमा प्रहरीले हान्याे अश्रुग्यास

    काठमाडौं - एमसीसीविरोधी प्रदर्शनमा उत्रेकाहरूले बानेश्वरमा निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीले बल प्रयोग गरेको छ । संसदमा आज एमसीसीसम्बन्धी प्रस्तावमाथि छलफल हुन थालेकाे भन्दै सत्ताधारी दलकै कार्यकर्ताहरू विराेध प्रदर्शनमा उत्रेका थिए ।  प्रदर्शनकारीले निषेधित क्षेत्र ताेड्ने प्रयास गरेपछि प्रहरीले पानीकाे फाेहाेरा र अश्रुग्यास प्रहार गरेकाे हाे । प्रहरीले उनीहरूलाई बानेश्वबाट लखेटेर...

  • २०७८ फाल्गुण १२, बिहिबार

    प्रतिनिधिसभाकाे बैठक स्थगित

    काठमाडौं – प्रतिनिधिसभाको आजको बैठक अकस्मात स्थगित भएको छ । आजको बैठकमा एमसीसीबारे सामान्य छलफल सुरु हुने कार्यसूची रहेको थियो । सरकारको आग्रहमा सभामुख अग्निप्रसाद सापकोटाले आजको बैठक स्थगित गरेका हुन् । बैठक भोलि १ बजे पुनः बस्नेछ ।  

Pages