STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राजनीति

  • २०७८ फाल्गुण ४, बुधबार

    प्रतिनिधिसभा बैठक फागुन ६ गतेसम्मका लागि स्थगित

    फागुन ४, काठमाडौं - प्रतिनिधिसभा बैठक फागुन ६ गतेसम्मका लागि स्थगित भएको छ । सभामुख सापकोटाले आज बसेको बैठकमा फागुन ६ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको जानकारी दिए । आजको बैठक सुरु भएलगत्तै एमाले सांसदहरूले नाराबाजी गरे । तर, उनीहरूको नाराबाजी चलिरहे पनि सभामुख अग्निप्रसाद सापकोटाले बैठकलाई कार्यसूचीमा प्रवेश गराएका थिए ।

  • २०७८ फाल्गुण ४, बुधबार

    एमसीसी विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप, १३७ प्रदर्शनकारी नियन्त्रणमा

    फागुन ४, काठमाडौं - अमेरिकी सहायता परियोजना एमसीसी संसदमा पेस गर्न लागेको विरोधमा बुधबार उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच नयाँ बानेश्वरमा झडप हुँदा १ सय ३७ जना प्रर्दशनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । झडपमा परी १५ जना प्रहरीसहित केही प्रदर्शनकारी घाइते भएका छन् । घाइतेमध्ये दुई जना प्रदर्शनकारीको वीर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । त्यस्तै घाइते चार जना प्रहरीको पनि वीर...

  • २०७८ फाल्गुण ४, बुधबार

    आज एमसीसी सम्झौता टेबल नहुने, भोलि गठबन्धनको बैठक बस्ने

    काठमाडौँ - सरकारले आज बस्ने प्रतिनिधिसभाको बैठकमा अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता टेबल नगर्ने भएको छ । जबर्जस्ती एमसीसी टेबल गरिए सरकारबाट बाहिरिने माओवादी केन्द्रको चेतावनीपछि प्रधानमन्त्री शेरबहादुर देउवा पछि हटेका हुन् । प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच आज एमसीसी सदनमा टेबल नगर्ने सहमति भएको हो । दुई नेताबीच भोलि शीर्ष नेताहरूको निर्णायक बैठक डाक्ने सहमति पनि जुटेको छ ।...

  • २०७८ फाल्गुण ४, बुधबार

    आज एमसीसी संसद बैठकमा टेबल गर्ने तयारी

    काठमाडौं - प्रतिनिधिसभाको बैठक आज (बुधबार) दिउँसो १ बजेका लागि बोलाइएको छ । संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)सम्बन्धी प्रस्ताव समावेश छैन। कार्यसूचीमा शोक प्रस्ताव पेस गर्ने मात्र समेटिएको छ । तर, सरकारले सर्वाधिक चर्चा र विवादित बनेको अमेरिकी सहयोग परियोजना एमसीसी टेबुल गर्ने तयारी गरेको छ । संसद् बैठकअघि सभामुख अग्निप्रसाद सापकोटाले...

  • २०७८ फाल्गुण ३, मंगलबार

    एमालेले माग्यो स्वास्थ्यमन्त्री खतिवडाको राजीनामा

    फागुन ३, काठमाडौं - नेकपा एमालेले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको राजीनामा माग गरेको छ । मन्त्री खतिवडाले कोरोनाविरुद्धको पहिलो डोज खोप आफूले लगाएको झुटो दाबी गरेको आरोप लगाउदै स्वास्थ्यमन्त्रीको राजिनामा माग गरेको हो । एमालेको स्वास्थ्य तथा जनसंख्या विभागका प्रमुख योगेश भट्टराईले मंगलबार विज्ञप्ति जारी गर्दै स्वास्थ्यमन्त्रीको राजीनामा माग गरेको हो । जारी विज्ञप्तिमा भनिएको छ, ‘झुट...

  • २०७८ फाल्गुण ३, मंगलबार

    एमसीसीको पक्षमा मतदान गर्ने कांग्रेसको निर्णय

    फागुन ३, काठमाडौं - सत्तारुढ नेपाली काँग्रेसको बुधबारको प्रतिनिधिसभा बैठकमा अमेरिकी सहयोग परियोजना, मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) टेबल गराउने निणर्य गरेको छ । मंगलबार सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले एमसीसीलाई संसदमा अघि बढाउनुपर्नेमा जोड निर्णय गरेको हो । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले सभामुखलाई फोन गरेर आफूले एमसीसी अघि बढाउनुपर्छ...

  • २०७८ फाल्गुण ३, मंगलबार

    मन्त्री आलेकाे गालीगलौजकाे भिडियाे सार्वजनिक, बदनाम गरियाे : सचिवालय

    ३ फागुन, काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेविरुद्ध तथ्यहीन आरोप लगाएर बदनाम गराउन खोजिएको भन्दै उनको सचिवालयले आपत्ति जनाएको छ । निरन्तररूपमा मन्त्री आले तथा नेकपा (एकीकृत समाजवादी) का नेताहरूविरुद्ध सामाजिक सञ्जालमा असभ्य टिप्पणी गरिएको भन्दै पर्यटनमन्त्री आलेका प्रमुख स्वकीयसचिव हेमन्त रेग्मीले विरोध जनाएका छन् । सार्वजनिक पदमा नहुँदाका बखत भएका अनौपचारिक एवं...

  • २०७८ फाल्गुण २, सोमबार

    सभामुखले आज बाेलाए सर्वदलीय बैठक

    फागुन २, काठमाडौं - सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक आज दिउँसो बस्दैछ ।  सिंहदरवारस्थित संसद सचिवालयमा दिउँसो २ बजे बैठक बस्ने सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए । संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई बैठकमा बोलाइएको  छ ।  बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एकीर्कत...

  • २०७८ फाल्गुण २, सोमबार

    कमल थापा राप्रपा नेपालको अध्यक्षमा चयन, हिन्दुराष्ट्र मूल एजेण्डा

    फागुन २, काठमाडौं - राप्रपा नेपालको अध्यक्षमा कमल थापा चयन भएका छन् । राप्रपाबाट अलग्गिएका थापा पहिलै दर्ता भएको राप्रपा नेपालको अध्यक्ष भएका हुन् । यो पार्टीको अध्यक्ष लाक्पा शेर्पा थिए । उनले सो पद त्याग गर्दै थापा अध्यक्षमा चयन भएको जानकारी गराएका छन् । राप्रपा नेपालको अध्यक्ष पहिला थापा नै थिए । पशुपति राणाको राप्रपासँग पार्टी एकता गरेपछि शेर्पाले राप्रपा नेपाल आफूसँग राखेका थिए । राप्रपा...

  • २०७८ फाल्गुण २, सोमबार

    महाअभियोग लोकतन्त्रविरुद्धको गम्भीर षडयन्त्र : एमाले

    फागुन २, काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध संसदमा दर्ता भएको महाअभियोग लोकतन्त्रविरुद्धको गम्भीर षडयन्त्र भएको निष्कर्ष निकालेको छ । महाअभियोग दर्ता भएपछि एमालेले आकस्मिक रूपमा सचिवालयको बैठक बोलाएको थियो । अध्यक्ष केपी ओली निवास बालकोटमा उक्त बैठक बसेको थियो । बैठकले महाअभियोग प्रस्ताव न्यायपालिका र लोकतन्त्रविरुद्धको षडयन्त्रपूर्ण कदम भएको...

  • २०७८ फाल्गुण २, सोमबार

    कानुन व्यवसायी र प्रहरीबीच झडप

    फागुन २, काठमाडौं - सर्वोच्च अदालत परिसरमा प्रदर्शन गर्न खोज्ने कानुन व्यवसायी र प्रहरीबीच झडप भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको राजीनामा माग्दै पुनः भौतिक उपस्थितिमा प्रदर्शनमा उत्रिएका कानुन व्यवसायीहरुलाई प्रहरीले रोक्न खोज्दा झडप भएको हो । बार एशोसिएसनको भवनतर्फबाट सर्वोच्च प्रवेश गर्न खोज्दा प्रहरीले ढोकैमा रोकेको थियो । त्यसपछि कानुन व्यवसायीहरु मूल सडकमा निस्किएर सर्वोच्चको...

  • २०७८ फाल्गुण १, आइतबार

    प्रधानन्यायाधीश राणाविरूद्ध महाभियोग दर्ता

    काठमाडाैं, फागुन १- प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएको छ । संसद सचिवालयमा प्रधानन्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएको हो ।  सत्ता गठबन्धनमा रहेका नेपाली का‌ंग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका गरी ९८ जना सांसदले प्रधानन्यायाधीश राणाविरुद्ध महाभियाेग प्रस्तावमा हस्ताक्षर गरेका छन् ।  महाभियाेग दर्ता गर्न कानुनमन्त्री दिलेन्द्र बडू,...

Pages