राजनीति
-
२०७८ जेठ ८, शनिबार
प्रधानमन्त्री र राष्ट्रपतिको असंवैधानिक कदमविरूद्ध सबै प्रकारको संघर्ष गरिने : माओवादी केन्द्र
काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री र राष्ट्रपतिको असंवैधानिक र अलोकतान्त्रिक कदमविरूद्ध कानुनी र राजनीतिक सबै प्रकारको संघर्ष गरिने बताएका छन्। शुक्रबार राति प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन्। शनिबार विज्ञप्ति जारी गर्दै प्रचण्डले यस्तो संघर्षमा उभिन लोकतन्त्र पक्षधर सबै राजनीतिक दल,...
-
२०७८ जेठ ८, शनिबार
एमाले स्थायी कमिटी बैठक आज बस्दै, नेपाल-खनाल पक्षमाथि कारबाही हुनसक्ने
नेकपा (एमाले) को स्थायी कमिटीको बैठक आज बस्दैछ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले स्थायी कमिटी बैठक बोलाएका हुन् । बैठक दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको हो । आजको बैठकले माधव नेपाल पक्षमाथि कारबाही गर्न सक्ने कतिपयको अनुमान छ । ओलीले पार्टीको उम्मेदवार हराउने कदम क्षम्य नहुने बताइसकेका छन् । शुक्रबार पत्रकार सम्मेलन गर्दै उनले एमालेमा अनुशासन उल्लंघन...
-
२०७८ जेठ ८, शनिबार
संसद् भवनमा विपक्षी गठबन्धनको बैठक सुरू
मन्त्रिपरिषदको सिफारिसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरिदिएपछि राजनीतिक सरगर्मी बढेको छ । राष्ट्रपतिले मध्यरातमा उठाएको कदमका सम्बन्धमा समान धारणा बनाउनका लागि विपक्षी गठबन्धन छलफलमा जुटेका छन् । नयाँ बानेश्वरको संसद भवनस्थित लोत्से हलमा विपक्षी गठबन्धनको छलफल सुरू भएको छ । बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्ष, जसपाको उपेन्द्र यादव पक्ष र...
-
२०७८ जेठ ८, शनिबार
खनाल-नेपाल समूहलाई कारबाही गर्ने एमालेको तयारी
काठमाडौं - नेकपा एमालेले खनाल–नेपाल समूहलाई कारबाही गर्ने तयारी गरेको छ । खनाल–नेपाल समूहकै कारण प्रतिनिधि सभा विघटन गरेर मध्यावधि चुनावको घोषणा भएको भन्दै एमालेले माधवकुमार नेपाललगायत नेताहरुलाई स्पष्टीकरण सोध्ने र कारबाही गर्ने तयारी भएको एमाले प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताए । उनले त्यसबारे छलफलका लागि आज औपचारिक र अनौपचारिक छलफलहरु हुने जानकारी दिनुभयो । संविधानको...
-
२०७८ जेठ ८, शनिबार
मध्यरात प्रतिनिधिसभा विघटन, कात्तिक २६ र मंसिर ३ मा मध्यावधि
संविधानको धारा ७६ को ५ अनुसार नयाँ सरकार गठन हुन नसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन सिफारिस गरेका छन् । मध्यरातमा मन्त्रिपरिषद् बैठक राखेर उनले कात्तिक २६ मंसिर ३ गते निर्वाचनको मिति तोकेका हुन् । शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठले अब मुलुक मध्यावधि निर्वाचनतर्फ लागेको बताएका छन् । मन्त्रिपरिषद् बैठकपछि उनले भने, संसदको विघटनको सिफारिस गरिएको छ । अब मुलुक मध्यावधि चुनावतर्फ...
-
२०७८ जेठ ७, शुक्रबार
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक
प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ७ बजे बस्ने गरी प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । मन्त्रीहरूलाई साँझ सात बजे मन्त्रिपरिषद बैठकमा उपस्थित हुन सूचना पठाइएको छ ।
-
२०७८ जेठ ७, शुक्रबार
राष्ट्रपति भेट्न बहुमत सांसदको हस्ताक्षरसहित विपक्षी नेताहरु शीतल निवासतर्फ
काठमाडौं - बहुमत सांसदको हस्ताक्षरसहित विपक्षी गठबन्धनका नेताहरु शीतल निवास लागेका छन् । संविधानको धारा ७६(५) अनुसार सरकारको दावी गर्न काँग्रेस, माओवादी केन्द्र, जसपा र एमालेको माधव कुमार नेपाल पक्षका नेताहरु दावी पेश गर्नका लागि शीतल निवास लागेका हुन् । विपक्षी गठबन्धनले राष्ट्रपतिको आह्वानअनुसार सरकार गठनका लागि १४९ जना सांसदको हस्ताक्षर जुटाएको दावी गरेका छन् । कांग्रेसका ६१, माओवादी केन्द्रका...
-
२०७८ जेठ ७, शुक्रबार
१४९ सांसदको हस्ताक्षरसहित देउवाले गरे प्रधानमन्त्रीमा दाबी
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको धारा ७६ को उपधारा ५ अनुसारको प्रधानमन्त्रीमा दाबी पेस गरेका छन् । कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टीको उपेन्द्र यादव र बाबुराम भट्टराई समूह र एमालेको माधव नेपाल समूहका १ सय ४९ सांसदको हस्ताक्षरसहित उनले प्रधानमन्त्रीमा दाबी गरेका हुन् । माधव समूहका २७ जना सांसदले हस्ताक्षर गरेको कांग्रेस नेता गगन थापाले जानकारी दिए । संविधानको...
-
२०७८ जेठ ६, बिहिबार
गैरसांसद ७ मन्त्रीको नियुक्ति बदर गर्नू : सर्वोच्च
काठमाडौं - सर्वोच्च अदालतले सांसद नरहेका ७ जना मन्त्रीलाई मन्त्रीको हैसियतमा कामकाज गर्न रोक लगाउने गरी अन्तरिम आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले गृहमन्त्री रामबहादुर थापासहित पूर्वसंघीय संसदको सदस्य नरहेका सात मन्त्री संविधानको धारा ७८ अनुसार एकपटकलाई बढीमा ६ महिनामात्र मन्त्री हुन सक्ने भन्दै पुनः नियुक्तिलाई अन्तरिम आदेशमार्फत् बदर गरेको हो । सांसद नरहेका...
-
२०७८ जेठ ६, बिहिबार
प्रधानमन्त्री ओलीले बजेटअघि नै विश्वासको मत लिने
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रम र बजेटअघि नै विश्वासको मत लिने तयारी गरेका छन् । संवैधानिक व्यवस्थाअनुसार हरेक वर्ष १५ जेठमा सरकारले बजेट प्रस्तुत गर्ने प्रावधान छ । बजेटअघि संसद्मा नीति तथा कार्यक्रमका लागि बजेट अधिवेशन हुने गर्छ । बजेट प्रस्तुत गर्ने दिन नजिकिँदै गर्दा प्रधानमन्त्री ओलीले भने नीति तथा कार्यक्रमअगाडि नै विश्वासको मत लिने तयारी गरेका हुन् । एक...
-
२०७८ जेठ ६, बिहिबार
राष्ट्रिय सभा उपनिर्वाचन आज, नतिजा पनि आजै आउने
बागमती प्रदेशमा रिक्त राष्ट्रिय सभा सदस्य उपनिर्वाचनको मतदान केही बेरमा हुँदैछ । बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म निर्वाचन हुनेछ । शान्ति सुरक्षा, स्वास्थ्य सुरक्षा मापदण्ड र अरु व्यवस्थापनका हिसाबले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । उपनिर्वाचनमा बागमती प्रदेशसभा सदस्य ११० र बागमती प्रदेशअन्तर्गतका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका...
-
२०७८ जेठ ५, बुधबार
निषेधाज्ञामा कर नतिरे पनि जरिवाना नलिनू : सर्वाेच्च
सर्वोच्च अदालतले निषेधाज्ञा लागू भएको समयावधिसम्म मूल्य अभिवृद्धि कर विवरण र कर दाखिला नगरे जरिवाना नतिराउन अन्तरिम आदेश दिएको छ । बुधबार न्यायाधीश मीरा खड्काको एकल इजलासले निषेधाज्ञा खुलेपछि बाटोको म्यादबाहेक ३० दिनभित्र विवरण र कर बुझाउन सकिने व्यवस्था गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो । आदेशमा बाटोको म्यादबाहेक १५ दिनभित्र महान्यायाधिवक्ता कार्यालयमार्फत लिखित जवाफ पेस गर्न अर्थ...


