राजनीति
-
२०७७ पौष १४, मंगलबार
नेकपा विवाद : सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधारमन्त्री बर्खास्त
सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरालाई बर्खास्त गरिएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टले बोहरालाई पदमुक्त गरेका हुन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विभाजनसँगै त्यसको असर प्रदेश सरकारमा समेत देखिएको हो । प्रचण्ड–माधव पक्षका मुख्यमन्त्री त्रिलोचन भट्टले ओली पक्षका सुदूरपश्चिमका भौतिक पूर्वाधार विकास मन्त्री बोहरालाई बर्खास्त गरेका हुन्। मुख्यमन्त्री भट्टले...
-
२०७७ पौष १४, मंगलबार
'केपी ओली स्वाहा !'
काठमाडौँ – प्रतिनिधिसभाको विघटनविरुद्ध नेकपाको दाहाल-नेपाल निकट अनेरास्ववियू वाल्मीकि क्याम्पस कमिटीले स्वाहा कार्यक्रमकाे आयोजना गर्दैछ । साेमबार अपरान्ह काठमाडौंस्थित वाल्मीकि क्याम्पसअघि स्वाहा कार्यक्रम आयोजना गरेका हुन् । व्यंग्यात्मक कार्यक्रममा विद्यार्थी तथा नेताहरुले ‘केपी ओली स्वाहा, वाइडबडी स्वाहा, दुई तिहाइकाे सरकारकाे स्वाहा, बालुवाटार स्वाहा, गणतन्त्र स्वाहा, लोकतन्त्र स्वाहा,...
-
२०७७ पौष १४, मंगलबार
चिनियाँ टोली र देउवाबीच भेटघाट
काठमाडौं – चार दिने नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको उच्चस्तरीय प्रतिनिधिमण्डलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भेट्न बुढानिलकण्ठ पुगेको छ । देउवा निवास बुढानिलकण्ठमा चिनियाँ टोलीसँगको भेटवार्ता जारी रहेको स्रोतले जनाएको छ । चिनियाँ कम्युनिष्ट पार्टीको अन्तराष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको टोलीले नेपालको पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे नेपाली कांग्रेसको...
-
२०७७ पौष १३, सोमबार
चिनियाँ विशेष टोलीले भेट्यो दाहाल, नेपाल र ओलीलाई
काठमाडौँ – चिनियाँ कम्युनिष्ट पार्टीबाट नेपाल भ्रमणमा आएको टोलीले नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाललाई भेटेको छ । दाहाललाई उनको निवास खुमलटारमा र नेपाललाई बानेश्वरस्थित एभरेस्ट होटलमा भेटेको हो । चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौ, महानिर्देशक छुई यानसहितको ४ सदस्यीय टोलीले दाहाललाई भेटेपछि नेपाललाई भेट्न बानेश्वर पुगेका थिए। भेटमा पछिल्लो...
-
२०७७ पौष १३, सोमबार
आज कांग्रेसको देशैभर प्रदर्शन
काठमाडौं – नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध आज सोमबार देशभर प्रदर्शन गर्दैछ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले पुस ५ गते संसद् विघटन गरेपछि ६ गते नै पदाधिकारी बैठकबाट सो कदमलाई असंवैधानिक, अलोकतान्त्रिक र अधिनायकवादउन्मुख भनेको कांग्रेसले विरोध भने पहिलोपटक गर्न लागेको हो । कांग्रेसका केही नेताबाहेक अधिकांश नेताहरु आ–आफ्नो निर्वाचन क्षेत्रमा केन्द्रित भएका छन् । सभापति देउवाले...
-
२०७७ पौष १२, आइतबार
पुस १७ गते राष्ट्रियसभाको अधिवेशन आह्वान
काठमाडाैं – राष्ट्रपति विद्यादेवी भण्डारीले पुस १७ गते शुक्रबार ४ बजे राष्ट्रियसभाको अधिवेशन आह्वान गरेकी छन् । नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा १७ गते अपराह्न ४ बजे राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेकी हुन्। यसअघि शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको अधिवेशन आह्वान गर्न सिफारिस गरेको थियो ।
-
२०७७ पौष १२, आइतबार
पार्टी कार्यालयमा तालाबन्दी भएपछि नेकपाका दुई पक्षबीच हात हालाहाल
काठमाडौं – कञ्चनपुरमा नेपाल कम्युनिष्ट पार्टीका दुई पक्षबीच हात हालाहाल भएको छ। नेकपाको जिल्ला कार्यालय महेन्द्रनगरमा प्रधानमन्त्री केपी शर्मा ओली पक्षले ताला लगाएपछि प्रचण्ड–नेपाल पक्षले ताला खोल्न खोजेको थियो। त्यही क्रममा भीडमा एकअर्कालाई धकेलाधकेल भएपछि विवाद भएको बुझिएको छ। प्रचण्ड–नेपाल पक्षका नेता तारा तामाङले आवेशमा आएका कार्यकर्ताहरूबीच सामान्य विवाद भएको बताए। ओलीका पक्षका एक नेताले...
-
२०७७ पौष १२, आइतबार
चिनियाँ टोली काठमाडौं आइपुग्यो
काठमाडौं – नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे बुझ्न उत्तरी छिमेकी चीनका उच्च अधिकारीको टोली काठमाडौं आइपुगेको छ । चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको चार सदस्यीय टोली एयर चाइनाको चार्टर्ड विमानबाट काठमाडौं आएको हो । चिनियाँ टोलीको भ्रमणबारे विस्तृतमा जानकारी दिइएको छैन । यद्यपि चिनियाँ प्रतिनिधिमण्डल नेपालमा चार दिन रहनेछ र नेपाल बसाइको क्रममा...
-
२०७७ पौष १२, आइतबार
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता
काठमाडौं - प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । प्रदेशसभा सचिवालयमा दर्ता भएको अविश्वास प्रस्तावमा ३६ सांसदको हस्ताक्षर छ । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन गरेपछि सत्तारुढ नेकपामा उत्पन्न विवाद र बिग्रिएको राजनीतिक समीकरणको प्रभाव तल्लो तहसम्म देखिएको हो ।
-
२०७७ पौष १२, आइतबार
प्रदेश १ का तीन मन्त्रीद्वारा राजीनामा
विराटनगर - प्रतिनिधिसभा विघटनपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रमा देखिएको विवादको प्रभाव प्रदेश सरकारतिर पनि देखिएको छ । आइतबार बिहान प्रदेश १ मा नेकपाका पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षधर तीन मन्त्रीले राजीनामा दिएका छन् । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेसहित सोही मन्त्रालयका राज्यमन्त्री जसमाया गजमेर र उद्योग पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजयकुमार...
-
२०७७ पौष १२, आइतबार
नेकपा विवाद मिलाउन चिनियाँ उपमन्त्री काठमाडौं आउँदै
काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित भएपछि चीनले विशेष चासो बढेको देखिएको छ । राजनीतिक रुपमा नेकपा विभजित भइसकेपछि चीनका कम्युनिस्ट पार्टीको विदेश विभागका उपमन्त्री गुओ यहु आइतबार नेपाल आउन लागेका हुन् । बेइजिङबाट प्रस्थान गरेको चार सदस्यीय टोली छङ्तुको बाटो हुँदै आइतबार मध्यान्हतिर काठमाडौं उत्रिने कार्यक्रम छ । नेपाल भ्रमणको क्रममा यहुको टोलीले प्रधानमन्त्री केपी शर्मा ओली,...
-
२०७७ पौष १२, आइतबार
संसद विघटनविरुद्ध शंख फुकेर विराेध प्रदर्शन
काठमाडौं – विभिन्न सचेत बौद्धिक, लेखक, कवि, कलाकार एवं नागरिकहरुको बृहत् नागरिक आन्दोलनले माइतीघर मण्डलामा प्रर्दशन गरेका छन् । प्रतिगमनविरुद्ध बृहत नागरिक आन्दोलनको व्यानरमा शनिबार भएको प्रदर्शनमा सहभागीहरुले शंख फुकेर विरोध गरे । प्रदर्शनमा सहभागीहरुले सबै विमतीको संविधानभित्रैबाट समाधान खोज्नुपर्ने बताएका छन् । प्रदर्शनमा सहभागीहरुले ‘समृद्धिको यात्रा, ओलीको गाईजात्रा’, ‘म नागरिक संविधानको...


