STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राजनीति

  • २०७७ पौष १९, आइतबार

    सर्वाेच्चलाई सभामुखकाे जवाफ - प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार छैन

    काठमाडौं - विघटित प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतलाई लिखित जवाफ पठाएका छन् । अहिलेको अवस्थामा प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार नभएको भन्दै सापकोटाले सर्वोच्चलाई लिखित जवाफ पठाएका हुन् । सापकोटाले अविश्वास प्रस्तावको दर्ता समयसमेत उल्लेख गरेर लिखित जवाफ पठाउनुभएको उनको सचिवालयले जनाएको छ । नेपालको संविधानले यो परिस्थितिमा प्रधानमन्त्रीलाई प्रतिनिधि सभा...

  • २०७७ पौष १९, आइतबार

    राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्नेमाथि कारबाही माग

    काठमाडौं - अखिल नेपाल महिला संघ(अनेमसंघ)ले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि अशोभनीय र अराजक नाराबाजी गर्नेहरु बिरुद्ध कारबाहीको माग गर्दै गृहमन्त्री समक्ष ज्ञापन पत्र बुझाएको छ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ओली पक्षको अखिल नेपाल महिला संघ(अनेमसंघ)ले आइतबार गृहमन्त्री रामबहादुर थापा समक्ष ज्ञापनपत्र बुझाउँदै विभिन्न सार्वजनिक कार्यक्रम, भेला, जुलुस तथा सामाजिक सञ्जालबाट राष्ट्रपतिलाई गालि गलौज...

  • २०७७ पौष १८, शनिबार

    ओलीविरुद्ध प्रचण्ड–नेपालले गर्याे चरणवद्ध आन्दोलनको घोषणा

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ । प्रचण्ड–नेपाल पक्षले शनिबार राजधानीमा पत्रकार सम्मेलन गरी पुस २० देखि माघ २३ सम्म चरणबद्ध आन्दोलनको घोषणा गरेको हो । घोषित आन्दोलनको कार्यक्रमअनुसार पुस २० गतेसम्म पालिकास्तरमा र २५ गतेसम्म वडास्तरमा भेला तथा संघर्षसम्बन्धी अभिमुखीकरण कार्यक्रम...

  • २०७७ पौष १८, शनिबार

    प्रतिनिधिसभा पुनर्स्थापना नहुनेे प्रधानमन्त्री ओलीको ठोकुवा

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनर्स्थापना नहुने ठोकुवा गरेका छन् । प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदानलमा विचाराधीन रहेको बेला संसद् कुनै पनि हालतमा पुनर्स्थापना नहुने प्रधानमन्त्री ओलीले ठोकुवा गरेका हुन् । आफू पक्षका काठमाडौं जिल्लाका कार्यकर्ताहरूको भेलामा शनिबार प्रधानमन्त्री ओलीले कार्यकर्ता संरक्षण गर्न पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षले प्रतिनिधिसभा...

  • २०७७ पौष १८, शनिबार

    प्रचण्ड र नेपालका कारण पार्टी विभाजनको अवस्थामा : उपप्रधानमन्त्री पोखरेल

      उपप्रधानमन्त्री ईश्वर पोखरेलले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालका कारण नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनको अवस्थामा पुगेको आरोप बताउनुभएको छ । उहाँले दुवै नेताले नेतृत्वमा पुग्नका लागि अस्वाभाविक ढङ्गले चलखेल गर्दै केपी ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्षबाट हटाउनका षड्यन्त्र गरेका कारण पार्टी विभाजनको स्थितिमा पुगेको बताउनुभयो । मजदूर विशेष जिल्ला कमिटीले यहाँ आयोजना गरेको अगुवा...

  • २०७७ पौष १५, बुधबार

    निर्मला हत्या प्रकरणमा बर्खास्त एसपीलाई पुनर्वहाली गर्ने मन्त्रिपरिषद्को निर्णय

    सरकारले बर्खास्तमा परेका प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्टलाई पुनर्वहाली गर्ने निर्णय गरेको छ । बुधबार साँझ बसेको मन्त्रिपरिषद्को  बैठकले एसपी विष्टलाई पुनर्वहाली गर्ने निर्णय गरेको हो । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त हत्याको छानबिनमा लापरवाही गरेको आरोपमा सरकारले एसपी विष्ट र इन्स्पेक्टर जगदिश भट्टलाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी बर्खास्त गरेको थियो ।...

  • २०७७ पौष १५, बुधबार

    नेकपाको बैंक खाता राेक्न प्रचण्ड–माधव समूहको पत्राचार

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेपाल कम्युनिस्ट पार्टीको नाममा रहेको बैंक खाता रोक्का गर्न बैंकहरुलाई पत्र लेखेका छन्। पार्टीभित्र विवाद रहेको र सम्पत्तिमा कसको हक लाग्ने भन्ने यकिन नभएको भन्दै उनीहरुले नेकपाको खाता रहेका बैंकहरुमा पत्र पठाएका हुन्। पुस १२ गतेको मिति उल्लेख भएको पत्र बुधबार बैंकहरुमा पुगेको छ । एक बैंकको सीईओले भने...

  • २०७७ पौष १५, बुधबार

    नेकपा वाग्मती प्रदेश संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य, डोरमणी हटाइए

    मकवानपुर – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को वागमती प्रदेश सभा संसदीय दलको बैठकले अष्टलक्ष्मी शाक्यलाई दलको नेता चयन गरेको छ । यसबारे  दाहाल–नेपाल सूमहले प्रदेशसभा सचिवालयलाई जानकारी गराउने भएको छ । नेकपा केन्द्रीय कार्यालय पेरिसडाँडामा आज (बुधबार) बसेको बैठकले मुख्यमन्त्री डोरमणि पौडेललाई हटाउँदै शाक्यलाई दलको नेता चयन गरेको हो । वाग्मती प्रदेशको प्रस्तावित मुख्यमन्त्री शाक्यले बोलाएको प्रदेश...

  • २०७७ पौष १५, बुधबार

    मन्त्रिपरिषद् पुनर्गठनविरुद्ध परेका निवेदन ’हेर्न भ्याइएन’

    काठमाडौँ – प्रतिनिधिसभा विघटनपछि सरकारले गरेको मन्त्रिपरिषद् पुनर्गठनका विरुद्धमा परेका निवेदनमाथि सर्वोच्च अदालतमा बुधबार तोकिएको सुनुवाइ स्थगित भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता लोकेन्द्र ओलीले दायर गरेका निवेदन एकल इजलासमा सुनुवाइ तोकिएपनि ’हेर्न नभ्याइएकाले’ स्थगित गरिएको सर्वोच्च अदालतले जनाएको छ । सर्वोच्चले न्यायाधीश ईश्वरप्रसाद खतिवडालाई एकल इजलासका लागि तोकेको थियो ।...

  • २०७७ पौष १५, बुधबार

    प्रचण्ड–माधव समूहको बैठक बस्दै, ओली कार्यकर्ता भेलामा

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहको स्थायी कमिटीको बैठक आज बस्दैछ भने उता ओली पनि कार्यकर्ता भेलामा सहभागी हुने भएका छन् । सरकारविरुद्ध आन्दोलनका थप कार्यक्रम तय गर्न बैठक बस्न लागेको हो । बैठक दिउँसो १२ बजे पेरिसडाँडास्थित कार्यालयमा बैठक बस्नेछ । बैठकलगत्तै दिउँसो ३ बजे पत्रकार सम्मेलन गरी आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने सो पक्षको तयारी छ ।  प्रधानमन्त्री केपी शर्मा...

  • २०७७ पौष १४, मंगलबार

    राजधानीमा प्रचण्ड–नेपाल समूहकाे जुलुससहित प्रदर्शन

    काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहको प्रदर्शन राजधानी उपत्यकासहित देशभर सुरु भएको छ । राजधानी उपत्यकाका विभिन्न ठाउँबाट जुलुस सहितको प्रदर्शन निस्किएको छ । यो समूहको जुलुस टेकु, कुलेश्वर, कुपण्डोल, नयाँ बानेश्वर, पुरानो बानेश्वर, न्यूरोड, नक्शाल, रत्नपार्क, त्रिचन्द्र कलेज, बागबजार, वाल्मिकी क्याम्पस, लगायतका स्थानबाट निस्किएको छ । टेकुबाट युवराज ज्ञवाली, कुलेश्वरबाट बेदुराम भुसाल, कुपण्डोलबाट...

  • २०७७ पौष १४, मंगलबार

    नेकपाविरुद्ध परेको मुद्दाको सुनुवाइ स्थगित

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विरुद्ध परेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । तत्कालीन एमाले र माओवादीले पार्टी एकता गरेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनाएपछि नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले निर्वाचन आयोगमा उजुरी दिएका थिए । ९ कात्तिकमा आयोगले नेकपाको पक्षमा फैसला सुनायो । त्यसविरुद्ध कट्टेल २१ मंसिर २०७५ मा सर्वोच्च गए । यो मुद्दा सर्वोच्चमा विचाराधीन थियो । तर...

Pages