STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राजनीति

  • २०७७ पौष ११, शनिबार

    हिउँदे अधिवेशन पुस १७ गते बोलाउन राष्ट्रपतिलाई सिफारिस

    काठमाडौं - शुक्रबार राति बसेको मन्त्रिपरिषद्को बैठकले संघीय संसद् राष्ट्रिय सभाको हिउँदे अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले दिएको जानकारीअनुसार मन्त्रालयगत एजेन्डाका साथै राष्ट्रिय सभाको हिउँदे अधिवेशन बोलाउने निर्णय मन्त्रिपरिषद्ले गरेको हो । अरु मन्त्रालयगत केही एजेन्डा थिए । अनि संघीय संसदको अपर हाउस राष्ट्रिय सभाको...

  • २०७७ पौष ११, शनिबार

    प्रचण्ड छाड्ने नेतालाई मन्त्री पद

    काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को साथ छाडेका ६ जना नेतालाई मन्त्रीपरिषदमा स्थान मिलेको छ । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद पुनर्गठन गर्दा ६ पूर्वमाओवादी नेता मन्त्री बनेका छन् । टोपबहादुर रायमाझी, मणि थापा, गौरीशंकर चौधरी, प्रभु शाह र दावा तामाङलाई मन्त्री र विमला विकलाई राज्यमन्त्री बनाउँदै प्रधानमन्त्री ओलीले...

  • २०७७ पौष १०, शुक्रबार

    विघटनसम्बन्धमा सर्वोच्चको कारण देखाऊ आदेश

    प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।  सर्वोच्च अदालतले प्रधानमन्त्री कार्यालय र राष्ट्रपति कार्यालयसँग प्रतिनिधिसभा विघटन निर्णयको सक्कल फाइल माग गरेको छ ।  प्रतिनिधिसभा विघटनविरुद्ध परेका दर्जनबढी रिटमाथि सुनुवाइ गर्न गठित संवैधानिक इजलासले शुक्रबारदेखि सुनुवाइ प्रक्रिया थालेको हो ।  संवैधानिक इजलासमा बहसका क्रममा अधिवक्ताहरूले पाँच दिनभित्र सरकारबाट...

  • २०७७ पौष १०, शुक्रबार

    प्रचण्ड–माधव समूह निर्वाचन आयोगमा

    काठमाडौं - नेकपा प्रचण्ड–माधव समूहका नेताहररू निर्वाचन आयोग गएका छन् । प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहितका नेताहरुको अगुवाईमा माइतीघर मण्डलाबाट जुलस सुरु भएको थियो । जमलमा प्रहरीले जुलुसलाई रोकेको थियाे । निर्वाचन आयोग परिसर क्षेत्रमा निषेधित क्षेत्र भएको भन्दै प्रहरीले रोकेको हो । त्यसपछि प्रचण्ड–माधव समूहका शीर्ष नेताहरु मात्र आयोग पुगेका छन् ।

  • २०७७ पौष १०, शुक्रबार

    मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य प्रस्तावित

    बागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्यलाई प्रस्ताव गरिएको छ ।  नेकपा प्रचण्ड–माधव नेपाल समूहले आज मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्तावमा अबको मुख्यमन्त्रीमा शाक्यलाई प्रस्ताव गरेको हो । आज साढे ११ बजे प्रदेशसभा सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्तावमा ४५ जनाले हस्ताक्षर गरेका छन् । उनीहरुले शाक्यलाई मुख्यमन्त्रीमा प्रस्ताव गर्दै विपक्षी दलसँग संवाद अगाडि बढाएका छन् ।...

  • २०७७ पौष १०, शुक्रबार

    मुख्यमन्त्री डाेरमणि पाैडेलविरुद्ध अविश्वासको प्रस्ताव

    बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको छ ।  बिहान साढे ११ बजे पौडेलविरुद्ध नेकपाको प्रचण्ड–माधव नेपाल समूहका ४५ नेताले हस्ताक्षर गरी अविश्वासका प्रस्ताव दर्ता गराएका थिए। पौडेल केपी ओली समूहमा छन् । पौडेल २०७४ साल माघ २६ गते तत्कालिन एमालेको प्रदेश संसदीय दलमा निर्वाचित भएका थिए । मुख्यमन्त्रीका लागि आकांक्षी सिनियर नेता अष्टलक्ष्मी शाक्यलाई १० भोट...

  • २०७७ पौष १०, शुक्रबार

    बागमती प्रदेशका तीन मन्त्रीले दिए राजीनामा

    काठमाडौं – बागमती प्रदेश सरकारका तीनजना मन्त्रीले राजीनामा दिएका छन् । आन्तरिक मामिलामन्त्री शालिकराम जम्मरकट्टेल, उद्योगमन्त्री अरुण नेपालले र सामाजिक विकासमन्त्री युवराज दुलालले राजीनामा दिएका छन् ।

  • २०७७ पौष १०, शुक्रबार

    मन्त्रिपरिषद् पुनर्गठन छिट्टै हुन्छ : ज्ञवाली

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका प्रवक्ता प्रदीप ज्ञवालीले मन्त्रिपरिषद् पुर्नगठन छिट्टै नै हुने बताएका छन् । नेकपाको बिहीबार बालुवाटारमा भएको तेस्रो बैठकको निर्णयबारे जानकारी गराउँदै केन्द्रीय कमिटी बैठक सकिएपछि पहिलो काम मन्त्रिपरिषद् विस्तार हुने बताएका हुन्  ।    यही ५ पुसमा सरकारका सातजना मन्त्रीले राजीनामा दिएका थिए । प्रवक्ता ज्ञवालीले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली कामचलाउ...

  • २०७७ पौष ९, बिहिबार

    कांग्रेसकाे कार्यसमिति बैठक भाेलि पनि बस्दै

    नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक भोलिसम्मका लागि स्थगित गरिएको छ । सदस्यहरूको बोल्नेक्रम जारी रहेकाले बैठक भोलिसम्मका लागि सारिएको हो ।  आजको बैठकमा नेताहरू विमलेन्द्र निधि, अर्जुननरसिंह केसी र प्रकाश शरण महतले धारणा राखेका छन् । आजको बैठकले १३ पुसमा सरकारविरुद्ध देशभरका निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ ।  सरकारले प्रतिनिधिसभा विघटन गरेपछि संस्थागत धारणा बनाउन...

  • २०७७ पौष ९, बिहिबार

    प्रचण्ड ओलीकाे कारबाहीमा

    काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी ओली समूहले कार्यकारी अध्यक्ष रहेका पुष्पकमल दाहाललाई कारबाही गरेको छ । विधान, पदीय जिम्मेवारी प्रतिकूल काम गरेको भन्दै उनलाई केन्द्रीय कमिटी बैठकले कारबाही गरेको जनाइएको छ । यस्तै बैठकले सातै प्रदेशमा पार्टी समन्वय गर्ने जिम्मेवारी पनि तोकेको छ । जसअनुसार सुदूरपश्चिम संयोजक लेखराज भट्ट, कर्णालीमा मणि थापा, लुम्बिनीमा शंकर पोखरेल, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ,...

  • २०७७ पौष ९, बिहिबार

    महिला संगठनहरु पनि संसद विघटनविरुद्ध आन्दोलनमा

    काठमाडौं – विभिन्न चार राजनीतिक दलका महिला संगठनहरुले प्रतिनिधि सभा विघटनको विरोध गर्दै संयुक्त संघर्षका कार्यक्रम घोषणा गरेका छन् । बिहिबार अखिल नेपाल महिला संघ(अनेम), समाजवादी महिला संघ नेपाल, अखिल नेपाल महिला संघ र साझा विवेकशिल (महिला) संघले संयुक्त रुपमा पत्रकार सम्मेलन गरी संघर्षका कार्यक्रम घोषणा गरेका हुन् । पुष ५ गते मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपतिद्धारा गरिएको संसद विघटनको विरोधमा...

  • २०७७ पौष ९, बिहिबार

    आज पनि ओली–प्रचण्ड समूहकाे बेग्लाबेग्लै केन्द्रीय कमिटी बैठक बस्दै

    काठमाडौं – सत्तारुढ नेकपा विभाजनउन्मुख भईरहँदा दुवै समूहको केन्द्रीय कमिटी बैठक आज बस्दैछ। प्रचण्ड–माधव नेपाल पक्षको बैठक अहिले साढे ११ बजे बबरमहलस्थित एक ब्याङ्क्वेटमा बस्दैछ । बैठकले संसद विघटनविरुद्ध विरोधका कार्यक्रम घोषणा गर्ने नेतृ पम्फा भुषालले जानकारी दिइन्। यसअघि मंगलबार बसेको बैठकले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउँदै वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष...

Pages