राजनीति
-
२०७७ पौष ९, बिहिबार
रामबहादुर थापाले ओली खेमामा
गृहमन्त्री रामबहादुर थापाले आफ्ना निकटवर्तीलाई आफूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिने निर्णयमा पुगेको जानकारी दिएको बताइएको छ। उनीनिकट मानिने लुम्बिनी प्रदेशसभा सदस्य आईपी खरेलले बुधवार राति सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, बादलजी सम्बन्ध तोडिन्न, तपाईसँग सति जान सकिएन। तपाईँको प्रगति होस्। खरेलले बुधवार राति गृहमन्त्री थापाको सचिवालयबाट उनी प्रधानमन्त्री पक्षमा लागेको जानकारी आफूलाई...
-
२०७७ पौष ९, बिहिबार
कांग्रेसले देशव्यापी प्रदर्शन गर्ने
काठमाडौं - नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले संसद विघटनविरुद्ध देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको छ। बुधबार पार्टी कार्यालय बीपी स्मृति भवन ललितपुरमा सुरु भएको बैठकमा प्रतिनिधिसभा विघटनबारे छलफलमा केन्द्रीत भएको हो । कांग्रेसले संसद विघटन विरुद्ध देशव्यापी प्रदर्शन गर्ने निर्णय गरे पनि प्रदर्शनको मिति र कार्यक्रम आज बिहीबारको बैठकले तय गरी सार्वजनिक गर्ने प्रवक्ता विश्वप्रकाश शर्माले...
-
२०७७ पौष ८, बुधबार
प्रतिनिधिसभा विघटनप्रति नेवार अधिकारकर्मीहरु चिन्तित (पूर्ण पाठसहित)
काठमाडौं – सरकारले प्रतिनिधिसभा विघटन गरेको घटनाले नेवार अधिकार र हकहित सुरक्षामा कार्यरत अधिकारकर्मीहरु चिन्तित बनेका छन् । बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेवार अधिकारकर्मीहरुले प्रतिनिधिसभा विघटनको घटनाले २०६२÷०६३ को जनआन्दोलनबाट प्राप्त धर्म निरपेक्षता, गणतन्त्र जस्ता सीमित उपलब्धीहरू पनि समाप्त हुने ठूलो सम्भावना व्यक्त गरेका छन् । नेवार अगुवाहरु दुर्गालाल श्रेष्ठ, हितकरवीर सिंश कंसाकार...
-
२०७७ पौष ८, बुधबार
अब नयाँ सरकार बनाउनेछु : प्रचण्ड
काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहको संसदीय दलको नेता चुनिएपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफुहरुले सरकार बनाउने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरे पनि त्यसलाई पुर्नस्थापित गरेर सरकार बनाउने उनले दाबी गरेका हुन । नेश्वरमा बुधबार दिउँसो बसेको प्रचण्ड नेपाल समूहको बैठकबाट सर्वसम्मत रूपमा संसदीय दलको नेता चुनिएपछि प्रचण्डले सरकार...
-
२०७७ पौष ८, बुधबार
विघटनसम्बन्धी सबै मुद्दा संवैधानिक इजलासमा, अन्तरिम आदेश जारी भएन
काठमाडौं – प्रतिनिधिसभा विघटनविरूद्ध परेका सबै रिट निवेदनहरुमाथिको सुनुवाइ सर्वाेच्च अदालतले संवैधानिक इजलासबाट गर्ने भएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासमा बुधबार भएको प्रारम्भिक सुनुवाइपछि आगामी शुक्रबार संवैधानिक इजलासमा सुनुवाइ हुने आदेश जारी भएको हो। संसद विघटनविरूद्ध परेको १२ वटा रिटको बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको इजलासमा सुनुवाइ भएको थियो । अन्तरिम आदेश...
-
२०७७ पौष ८, बुधबार
प्रचण्ड संसदीय दलको नेता चयन, प्रस्तावक माधव नेपाल
काठमाडौं – नेकपा प्रचण्ड–नेपाल समूहका नेता पुष्पकमल दाहाल संसदीय दलको नेतामा चयन भएका छन् । माधवकुमार नेपालले उनलाई संसदीय दलको नेताका लागि प्रस्ताव गरेका थिए । दाहाल संसदीय दलको नेतामा चयन भएको नेता योगेश भट्टराईले जानकारी दिए । यसअघि मंगलबार बसेको केन्द्रीय कमिटीको बैठकले माधव नेपाललाई अध्यक्षमा चयन गरेको थियो ।
-
२०७७ पौष ८, बुधबार
संसद् विघटन गर्ने निर्णयविरुद्धका निवेदन प्रधानन्यायाधीशको इजलासमा
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्नुभएको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेका १२ वटा रिट निवेदन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासमा तोकिएको छ । राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सभामुख, प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएका रिट निवेदनहरु प्रधानन्यायाधीशको एकल इजलासमा तोकिएको हो ।...
-
२०७७ पौष ८, बुधबार
नारायणकाजीकाे दाबी - म नै नेकपाकाे आधिकारिक प्रवक्ता
काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता नारायणकाजी श्रेष्ठले नेकपाको आधिकारिक प्रवक्ता आफु रहेको बताएका छन् । नेकपा अध्यक्ष ओलीले डाकेको केन्द्रीय समिति वैठकले नेता श्रेष्ठलाई प्रवक्ताबाट हटाउँदै प्रदीप ज्ञवालीलाई नियुक्त गरेको थियो । तर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षधर केन्द्रीय समितिको वैठकबाट बाहिरिँदै श्रेष्ठले आफू नेकपाको प्रवक्ता भएको दाबी गरे । उनले आफु कुनै...
-
२०७७ पौष ७, मंगलबार
संसद् विघटन सन्दर्भमा नेवार अगुवाहरुको संयुक्त वक्तव्य आउने
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको सन्दर्भमा नेवार अगुवाहरुले संयुक्त रुपमा विज्ञप्ति निकाल्ने भएको छ । मंगबार बसेको नेवार अगुवाहरुको बैठकले बुधबार संयुक्त रुपमा विज्ञप्ति जारी गर्ने निर्णय गरेको छ । संसद् विघटनको घटनालाई लिएर विभिन्न कार्यक्रम सार्वजनिक गर्ने विषयमा पनि बैठकमा छलफल भएको जनाइएको छ ।
-
२०७७ पौष ७, मंगलबार
संसद् विघटनको विरोधमा नेपाः राष्ट्रिय पार्टी
काठमाडौं – नेपाः राष्ट्रिय पार्टीका अध्यक्ष डा. विजय सैंजूले एक प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेकोमा विरोध जनाएको छ । अध्यक्ष सैंजूद्वारा हस्ताक्षरित विज्ञप्तिमा विघटनलाई लोकतन्त्र र गणतन्त्रविरोधी कदम मानिएको छ । संसद् विघटनको निर्णय तत्काल फिर्ता लिएर हिउँदे अधिवेशन बोलाउन समेत विज्ञप्तिमा माग गरिएको छ ।
-
२०७७ पौष ७, मंगलबार
ओलीलाई नेकपा अध्यक्षबाट हटाइयो
काठमाडौं – नेकपाको अध्यक्ष पुष्पकमल दाहाल–वरिष्ठ नेता माधव नेपाल पक्षको केन्द्रीय समिति बैठकले केन्द्रीय अध्यक्षबाट केपी शर्मा ओलीलाई हटाएको घोषणा गरेको छ । बबरमहलमा जारी बैठकमा नेता भीम रावलले राखेको ओलीलाई अध्यक्षबाट हटाउने प्रस्ताव पारित भएको हो । बैठकमा ३१५ जना केन्द्रीय सदस्य उपस्थित रहेको यो पक्षका नेताहरुले बताएका छन् । उनलाई राष्ट्र हितविपरीत काम गरेको, पार्टी हितविपरीत काम गरेको,...
-
२०७७ पौष ७, मंगलबार
दाहाल-नेपाल समूह बैठक : ओलीलाई कारबाही, माधव नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव
काठमाडौँ – बबरमहलमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपाल समूहको केन्द्रीय समिति बैठकमा अर्का अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गर्ने लगायतका ९ वटा एजेन्डा प्रस्तुत गरिएको छ । एजेन्डाहरुमा कृष्णबहादुर महरालाई स्थायी कमिटी सदस्य बनाउनेदेखि आन्तरिक समस्या समाधान सम्बन्धी प्रस्ताव लगायतका छन् । दाहाल-नेपाल समूहका नेताका अनुसार जारी केन्द्रीय समिति बैठक आज नसकिने सम्भावना छ । ’...


