STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राजनीति

  • २०७७ पौष ७, मंगलबार

    ओली समूहले भोलि सातै प्रदेशमा भेला गर्ने

    काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केपी शर्मा ओली समूहले बुधबार सातै प्रदेशमा भेला गर्ने भएको छ । बुधबार दिउँसो एक बजे सातै प्रदेशमा एकसाथ भेला गर्ने बालुवाटार बैठकले निर्णय गरेको केन्द्रीय सदस्य कृष्ण राईले जानकारी दिए । आगामी वर्ष मंसिर २ मा महाधिवेशनकै मिति तोकेर गतिविधि अगाडि बढाएको यो समूहले बिहीबार केन्द्रीय महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएको छ । ओलीले विधान संशोधन...

  • २०७७ पौष ७, मंगलबार

    ओलीकाे निर्णय : नारायणकाजी हटाएर प्रदीप पार्टी प्रवक्ता, निर्वाचन आयोगमा केन्द्रीय कमिटी ‘विस्तार’को पत्र

    काठमाडौं – प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली समूहले नारायणकाजी श्रेष्ठलाई पार्टी प्रवक्ताबाट हटाउने निर्णय गरेको छ । मंगलबार बिहान बालुवाटार आफू पक्षीय केन्द्रीय सदस्य भेला गर्दै ओलीले प्रवक्ताबाट श्रेष्ठलाई हटाएर प्रदीप ज्ञवालीलाई तोकेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । नेकपा प्रवक्ता श्रेष्ठ नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड-नेता...

  • २०७७ पौष ६, सोमबार

    पुस ८ गते जनता समाजवादीको देशव्यापी प्रदर्शन

    काठमाडाैं – प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेको विरोधमा जनता समाजवादी पार्टीले ८ पुसमा देशभरका जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गर्ने भएको छ ।  सो पार्टीले एक विज्ञप्ति जारी गर्दै ८ पुसमा र्‍यालीसहित विरोध प्रदर्शन गर्न लागिएको सो पार्टीले जनाएको छ । पार्टीका अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले विज्ञप्ति जारी गर्दै मंगलबार बस्ने केन्द्रीय कार्यकारिणी समितिको बैठकले...

  • २०७७ पौष ६, सोमबार

    प्रचण्ड–नेपाल समूह, का‌ंग्रेस र जसपा ओलीको असंवैधानिक कदम विरुद्ध संघर्षमा उत्रने

    ललितपुर – नेपाली कांग्रेस, नेकपाको प्रचण्ड–नेपाल समूह र जनता समाजवादी पार्टी नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरूद्ध मिलेर संघर्ष गर्ने निर्णय गरेका छन । कांग्रेस पार्टी कार्यालय सानेपामा सोमबार साँझ बसेको ती तीन दलका नेताहरूको बैठकले प्रतिनिधि सभा विघटन गर्ने कदम असंवैधानिक र अलोकतान्त्रिक भएको साझा धारणा बनाएको छ । संघर्षका थप कार्यक्रमबारे आ–आफ्नो पार्टीको केन्द्रीय...

  • २०७७ पौष ६, सोमबार

    संसद विघटन राष्ट्रघाती ठहर्याउँदै विवेकशील साझा पार्टीको विराेध प्रदर्शन

    प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक डाकेर अनायास संसद विघटनको सिफारिश गर्नु घोर असंवैधानिक, अलोकतान्त्रिक र तानाशाही कदम हो र यो संविधानमाथिको स्पष्ट 'कू' हो भन्ने ठहर गर्दै   विवेकशील साझा पार्टीले एउटा प्रेस विज्ञप्ति गरेको छ ।  सो विज्ञप्तिमा   नेपालको संविधान २०७२ ले प्रधानमन्त्रीलाई संसद विघटनको ‘विशेषाधिकार’ प्रदान नगरेको  भन्दै  संसदबाटै वैकल्पिक सरकार निर्माण गर्ने...

  • २०७७ पौष ६, सोमबार

    विभाजनकाे संघारमा नेकपा : दुवै पक्षकाे बेग्लाबेग्लै केन्द्रीय कमिटी बैठक आह्वान

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले विभाजनको संघारमा पुगेकाे देखिन्छ । भोलि मंगलबार ओली र प्रचण्ड दुवै पक्षले बेग्लाबेग्ली समयमा केन्द्रीय कमिटी वैठक बोलाएको छ । यसअघि नेकपाको आइतबार बसेको स्थायी कमिटीको बैठकले मंगलबार दिउँसो १ बजे बस्ने गरी केन्द्रीय कमिटीको बैठक बस्ने निर्णय गरेको थियो । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि मंगलबार नै तर फरक समयमा केन्द्रीय कमिटीको बैठक...

  • २०७७ पौष ६, सोमबार

    प्रधानमन्त्रीको सम्बोधन : मुलुकलाई निकास दिन संसद विघटन (पूर्ण पाठसहित)

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेताहरूको विकृत मानसिकताका कारण गम्भीर परिस्थितिको सिर्जना भएको बताएका छन् । सोमबार प्रधानमन्त्री निवास बालुवाटारबाट देशवासीको नाममा संवोधन गर्दै उनले नेताहरूको विकृत मानसिकताले देशले प्रतिनिधि सभा विघटन जस्तो गम्भीर अवस्था आएको दाबी गरे । पद, प्रतिष्ठा र पदसोपानको लोभका कारण अहिलेको अवस्था सिर्जना भएको उनको भनाइ छ । आरोप पत्र फिर्ता लिन, विशेष महाधिवेशन...

  • २०७७ पौष ६, सोमबार

    संसद् विघटन रहर नभइ बाध्यता : प्रधानमन्त्री ओली

    काठमाडाैं – प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गर्नु आफ्नो रहर नभइ बाध्यता भएको बताएका छन् । आफू निकटका सांसदहरूसँग बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले देशको उन्नतिका लागि गरेका हरेक काममा अवरोधका कारण पार्टीको भविष्य जोगाउने अरू कुनै विकल्प नभएपछि भारी मनका साथ आफूले ताजा जनादेश लिने निर्णय गरेको जिकिर गरेका हुन् । पार्टीका एकथरि नेताले पार्टीलाई नागरिकले सुम्पेको जनादेश बिर्सेर...

  • २०७७ पौष ६, सोमबार

    संसद् विघटनविरुद्ध सर्वोच्चमा ८ रिट

    काठमाडौं – प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधिसभा विघटन र मध्यावधि निर्वाचन मिति घोषणाको विरूद्धमा सर्वोच्च अदालतमा ८ वटा रिट दर्ताका लागि पेश भएका छन् । सर्वोच्चको मुद्दा महाशाखा प्रमुख बाबुराम दाहालले अहिलेसम्म ८ वटा रिट दर्ताका लागि पेश भएकामा आफ्नो हातमा पाँच वटा रिट आइपुगेको र बाँकी तीन वटा पनि दर्ताका लागि पेश भएको बताए। ’सबै रिट दर्ता प्रकृयामा छन्,’ उनले भने, ’हामीले...

  • २०७७ पौष ६, सोमबार

    प्रधानमन्त्री ओलीले राष्ट्रको नाममा सम्बोधन गर्ने

    काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् । ओलीले आज दिउँसो ३ बजे सम्बोधन गर्ने बताइएको छ ।

  • २०७७ पौष ६, सोमबार

    बालुवाटारमा ओलीपक्षीय बैठक सुरू, ७० बढी मन्त्री र सांसद सहभागी

    प्रधानमन्त्री केपी शर्मा ओलीले आफूनिकट सांसदहरूको भेला बसिरहेकाे छ । सरकारी निवास बालुवाटारमा जारी बैठकमा ओलीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेकपा महासचिव विष्णु पौडेल, नेता सुवासचन्द्र नेम्वाङ, लेखराज भट्ट, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलगायत सहभागी छन् । भेलामा मन्त्रीहरूसहित ७० भन्दा बढी सांसद र नेताहरू सहभागी छन् । ओलीपक्षीय भेलामा गृहमन्त्री रामबहादुर थापा भने उपस्थित...

  • २०७७ पौष ६, सोमबार

    ओली र प्रचण्डले बोलाए गुट भेला

    काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटको कदम अलोकतान्त्रिक, असंवैधानिक र निरकुंश भएको निष्कर्ष निकाल्दै उनलाई अनुशासनको कारवाही स्वरुप पार्टी अध्यक्ष पदबाट हटाउने तयारी नेकपाको असन्तुष्ट पक्षले गरेको छ । तर त्यो कारवाही भोग्नुभन्दा पहिले नै ओलीले पार्टी फुटाउन सक्ने नेताहरुको आँकलन छ। विकसित राजनीतिक घटनाक्रमबारे नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुई अध्यक्ष आन्तरिक छलफलमा जुटेका छन्।...

Pages