राजनीति
-
२०७७ पौष ५, आइतबार
ओलीमाथि अनुशासनको कारबाही गर्ने तयारी
काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पूर्वनिर्धारित स्थायी कमिटी बैठकमा सहभागी हुन नेताहरु बालुवाटारमा भेला हुन थालेका छन् । यो स्थायी कमिटीको बैठकले प्रधानमन्त्री ओलीलाई अनुशासनको कारबाही गर्न सक्ने र थप निर्णयका लागि तत्काल केन्द्रीय कमिटी एवं संसदीय दलको बैठक बस्न सक्ने एक नेताले जानकारी दिए । ती नेताले भने, ‘हामी बैठकका लागि बालुवाटार जाँदैछौं । बैठकमा प्रधानमन्त्रीमाथि...
-
२०७७ पौष ५, आइतबार
२३ वैशाखमा आम चुनाव गर्ने प्रस्ताव
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले २३ वैशाखमा आम चुनाव गर्ने प्रस्ताव गरेका छन् । संसद विघटनको सिफारिस लिएर राष्ट्रपति कार्यालय शीतल निवास पुगेका उनले २३ वैशाखमा चुनाव प्रस्ताव राखेका छन् । २९ वैशाखको विकल्पमा पनि छलफल भइरहेको स्रोतले जनाएको छ । यद्यपि राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन र चुनाव घोषणाको सिफारिस अनुमोदन गर्न बाँकी छ। प्रधानमन्त्री भने शीतल निवासबाट बाहिरिएका छन् ।
-
२०७७ पौष ५, आइतबार
संसद् विघटनको सिफारिस प्रतिगामी कदम : नेकपा प्रवक्ता
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटनको सिफारिस निरङ्कुश र परिवर्तनविरोधी प्रतिगामी कदम भएको बताएका छन् । सामाजिक सञ्जालमार्फत प्रवक्ता श्रेष्ठले अोलीले प्रतिनिधिसभा विघटन गरेको सिफारिस गैरसंवैधानिक, अलोकतान्त्रिक, निरङ्कुश र परिवर्तनविरोधी प्रतिगामी कदम भएको बताएका हुन् । उनले सरकारको यो निर्णय यो लागू हुन नसक्नेसमेत...
-
२०७७ पौष ५, आइतबार
कांग्रेसले बोलायो पदाधिकारीको आकस्मिक बैठक
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आकस्मिक रुपमा पदाधिकारी बैठक बोलाएको छ । बैठक दिउँसो १ बजे सभापति शेरबहादुर देउवाको निवास बुढानीलकन्ठमा बोलाइएको छ । बैठकमा संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसपछि उत्पन्न अवस्थाका बारेमा छलफल हुने देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । संसद विघटन गर्ने प्रधानमन्त्रीको सिफारिस अलोकतान्त्रिक र गैरसंवैधानिक भएको कांग्रेस नेताहरुले...
-
२०७७ पौष ५, आइतबार
प्रधानमन्त्री ओलीद्वारा संसद विघटनकाे सिफारिस, राष्ट्रपतिसमक्ष आजै लगिने
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनकाे सिफारिस गरेका छन् । आइतबार बिहान बसेकाे मन्त्रिपरिषदकाे आकस्मिक बैठकमा ओलीले संसद विघटनको सिफारिस गरेका हुन् । प्रधानमन्त्री ओलीले साे सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पेश गर्ने भएका छन् । साे सिफारिस आजै राष्ट्रपतिको कार्यालय शीतल निवास लगिने थाहा हुन आएकाे छ । यसअघि पार्टीको विवाद विषय प्रधानमन्त्री ओली हिजाे शनिबार राष्ट्रपति...
-
२०७७ पौष ५, आइतबार
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषदको बैठक
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले केहीबेरमा मन्त्रिपरिषदको बैठक बोलाएका छन् । पार्टीभित्र बढ्दो विवाद, संसद अधिवेशन आह्वान गर्नुपर्ने बाध्यात्मक अवस्था र संवैधानिक परिषद सम्बन्धी अध्यादेशको पृष्ठभूमिमा मन्त्रिपरिषदको बैठक बस्न लागेको हो । यसअघि प्रधानमन्त्री ओलीले पार्टी स्थायी कमिटी बैठकमा नै अध्यादेश फिर्ता लिने प्रतिबद्धता जनाएपनि अझै फिर्ता भएको छैन ।
-
२०७७ पौष ५, आइतबार
आज नेकपाकाे स्थायी कमिटी बैठक : विवाद समाधान हुने संभावना कम
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दैछ । बैठकअघि शीर्ष नेताहरुले सहमति जुटाउने प्रयास गरे पनि सहमति भैसकेको छैन । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफ्नो अडानमा लचिलो नभएका कारण आजको बैठकमा विवाद समाधान हुने संभावना भने कमै देखिएको छ । हिजो दिनभर प्रधानमन्त्री ओली सहमतिका लागि प्रचण्डलगायत पार्टीका नेताहरुसँगको...
-
२०७७ पौष ४, शनिबार
राजसंस्थाकाे पक्षमा राप्रपाकाे पुस १७ गते काठमाडौंमा प्रदर्शन
काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पुस १७ गते उपत्यकामा प्रदर्शन गर्ने भएको छ । राप्रपाले हिन्दु राष्ट्र र राजसंस्थाको पुनरस्थापनाको माग गर्दै उपत्यकामा प्रदर्शन गर्न लागेको हो । शनिबार काठमाडौंमा आयोजित उपत्यका स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै राप्रपाका अध्यक्ष पशुपतिशमशेर राणाले हिन्दु राष्ट्र र राजसंस्थाको पुनरस्थापना हुनुपर्ने बताए । पछिल्लो समय देशभर हिन्दु...
-
२०७७ पौष ४, शनिबार
प्रचण्ड निवासमा त्रिपक्षीय वार्ता
काठमाडौँ – प्रचण्ड निवास खुमलटारमा प्रधानमन्त्री पुगे लगत्तै नेकपा उपाध्यक्ष बामदेव गौतम पनि खुमलटार पुगेका छन्। अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ वार्ता गरिरहेका बेला उनी त्यहाँ पुगेका हुन् । पार्टी समिकरणमा महत्वपूर्ण मानिएका गौतम पौने ११ बजे खुमलटार पुगेको प्रचण्ड सचिवालयले जनाएको छ । ओली र प्रचण्डबीच ११ बजेदेखि वार्ता भइरहेको छ। गौतमले पछिल्लो पटक प्रचण्डको पक्षमा...
-
२०७७ पौष ३, शुक्रबार
अध्यादेश फिर्ता लिन र संसद अधिवेशन बोलाउन कांग्रेसकाे माग
काठमाडौं - प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिन र तत्काल संसद अधिवेशन बोलाउन माग गरेको छ । कांग्रेस संसदीय दल कार्यसमितिको शुक्रबार बसेको बैठकले अध्यादेश तत्काल फिर्ता लिन माग गरेको हो । ‘यो अध्यादेश संविधानको भावना र मर्म विपरीत छ । यो तत्काल सरकारले फिर्ता लेओस्’ बैठकपछि कांग्रेस संसदीय दला प्रमुख सचेतक बालकृष्ण खाँडले भने । कांग्रेसले सर्वसत्तावादको...
-
२०७७ पौष ३, शुक्रबार
सांसद रेशमलाल चौधरीलाई जन्मकैदको फैसला सदर
काठमाडौं – उच्च अदालत दिपायल राजपुरले सांसद रेशमलाल चौधरीलाई जन्मकैदको फैसला सुनाएको छ। बिहीबार रातिसम्म उच्च अदालत दिपायलमा भएको बहसमा सांसद चौधरीसहित अन्य सातजनाको हकमा जन्मकैदको सजाय हुने जिल्ला अदालत कैलालीले यसअघि गरेको आदेश सदर गरेको हो। अदालतले लक्ष्मण थारूलाई पनि जन्मकैदको सजाय सुनाएको छ। यसअघि घटनाका अर्का दोषी थारूलाई भने जिल्ला अदालत कैलालीले धरौटीमा छाडेको थियो। एक प्रहरी वरिष्ठ...
-
२०७७ पौष २, बिहिबार
साँझ ६ बजेका लागि प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार साँझ ६ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवारमा बस्ने बैठकमा अध्यादेश खारेजी लगायतका एजेण्डामा छलफल हुने एक मन्त्रीले जानकारी दिए । सरकारले हालै ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश विवादमा परेपछि बुधबार नेकपा अध्यक्ष समेत प्रधानमन्त्री ओलीले फिर्ता लिने सहमति जनाएका थिए । सो अध्यादेश खारेजीका लागि...


