राजनीति
-
२०७७ पौष ६, सोमबार
संसद विघटनको विरोधमा काठमाडौं र कीर्तिपुरमा मसाल जुलुस
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले संसद विघटन गरेसँगै विभिन्न दल र समूहहरुबाट यसको विरोध शुरु भएको छ । यसै क्रममा विभिन्न स्थानमा विरोध प्रदर्शनसमेत गरिएको छ । जनता समाजवादी पार्टीको भ्रातृ संगठन नेवाः राष्ट्रिय समिति अन्तर्गतको जनसरोकार समन्वय समितिले संसद विघटन गर्ने सरकारको कदमको विरोधमा मशाल जुलुस निकालेको छ । काठमाडौंको बाङ्गेमुढा चोकबाट निकालिएको जुलुस थँहितिबाट त्यौड हुँदै असन...
-
२०७७ पौष ६, सोमबार
सिफारिस पदाधिकारीको संसदीय सुनुवाइ नहुने
काठमाडाैं – विभिन्न संवैधानिक निकायमा सिफारिस भएका पदाधिकारीको संसदीय सुनुवाइ नहुने भएको छ । संवैधानिक परिषद् बैठकले ३० मंसिरमा नै विभिन्न संवैधानिक निकायमा पदाधिकारीको सिफारिस गरेको थियो भने सो सिफारिस विवादमा तानिएको छ । यहीबीचमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेपछि संसदीय सुनुवाइ विशेष समिति अस्वित्वविहीन बनेकाले सुनुवाइ नहुने भएको हो । सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले...
-
२०७७ पौष ५, आइतबार
एक चरणमा गरे खर्च कम हुन्छ : निर्वाचन आयोग
काठमाडौं – निर्वाचन आयोगले वैशाखमा गर्ने भनिएको प्रतिनिधिसभाको निर्वाचन एकै चरणमा गर्न सुझाव दिएको छ । संसद विघटन गरी मध्यावधि निर्वाचन घोषणापछि प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार निर्वाचन आयोगका पदाधिकारीलाई बालुवाटार बोलाएर छलफल गरेका थिए । छलफलका क्रममा वैशाख १७ र २७ गते सरकारले मध्यावधि निर्वाचन गर्ने प्रस्ताव गरेको बताएपछि आयोगका पदाधिकारीले भने आर्थिक मितव्ययीता र व्यवस्थापकीय सहजताका...
-
२०७७ पौष ५, आइतबार
संसद विघटनविरुद्ध नेकपा, कांग्रेस र जसपाले संयुक्त प्रतिवाद गर्ने
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्वेच्छाचारी र असंवैधानिक ढंगले संसद भंग गरेको प्रति आपत्ति जनाउँदै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सहित ३ दलले संयुक्त प्रतिवाद गर्ने भएका छन् । नेकपा, नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)का नेताहरुको वैठकमा संसद विघटनको संयुक्त रुपमा प्रतिवाद गर्ने सहमति भएको हो । सत्तारुढ नेकपाको पहलमा तीन दलका नेताहरुको बैठक कांग्रेस संसदीय दलको...
-
२०७७ पौष ५, आइतबार
संसद विघटनको विरोधमा माइतीघरमा प्रदर्शन
काठमाडौं – सरकारले संघीय संसदको प्रतिनिधिसभा विघटन गरेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकर्ताहरु सडकमा उत्रिएर विरोध प्रदर्शन गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक, अलोकतान्त्रिक र निरंकुश कदम चालेको भन्दै नेकपाका जनवर्गीय संगठनका कार्यकर्ताहरुले आइतबार दिउँसो काठमाडौंको माइतीघर मण्डला क्षेत्रमा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागी कार्यकर्ताहरुले सरकार विरुद्ध...
-
२०७७ पौष ५, आइतबार
राजधानीमा उच्च सतर्कता, सुरक्षा व्यवस्था कडा
काठमाडौं – संसद विघटन गरेर चुनाव घोषणा गर्ने कदमविरुद्धको सम्भावित सडक प्रदर्शन र नागरिक प्रतिरोधलाई ध्यानमा राख्दै राजधानीको सुरक्षा व्यवस्था आइतबार अपरान्हदेखि कडा तुल्याएको छ। बालुवाटार, शीतलनिवास, मन्त्रिनिवास, सिंहदरबार, माइतीघर, नयाँ बानेश्वरलगायतका संवेदनशील क्षेत्रमा उच्च सुरक्षा सतर्कतासहित सुरक्षाकर्मीको गस्ती बाक्लो बनाइएको छ। नेपाल प्रहरीसँगै सशस्त्र प्रहरीलाई पनि सडकमा परिचालन...
-
२०७७ पौष ५, आइतबार
संसद विघटनविरुद्ध सर्वोच्चमा रिट पेश
काठमाडौं – सरकारले गरेको संसद विघटन गर्ने निर्णय विरुद्ध सर्वोच्च अदालतमा तीन वटा रिट पेश भएका छन् । यद्यपी प्राविधिक पक्षको परीक्षण नभएकाले भोली मात्र रिट दर्ता हुनेछन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने सिफारिस गरेर राष्ट्रपतिले प्रस्ताव अनुमोदन गरेपछि तीव्र आलोचना भइरहेको छ । अब मन्त्रिपरिषद् निर्णयको निक्र्याैल सर्वाेच्च अदालतले गर्नेछ । आज पेश भएका रिट संवैधानिक इजलासमा पनि...
-
२०७७ पौष ५, आइतबार
सात मन्त्रीको सामूहिक राजीनामा
काठमाडौं । संसद विघटनको विरोध गर्दै सात मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल निकट मन्त्रीहरुले राजीनामा दिएका हुन् । राजीनामा दिनेहरुमा कृषिमन्त्री घनश्याम भुसाल, पर्यटनमन्त्री योगेश भट्टराई, उर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल,...
-
२०७७ पौष ५, आइतबार
ओलीको अनुपस्थितिमा बालुवाटारमा स्थायी कमिटी वैठक
काठमाडौं – दिउँसो १ बजेका लागि बोलाइएको नेकपा स्थायी कमिटीको बैठक झण्डै ५ घण्टा ढिला सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहिबेरअघि मात्र वैठक सुरु भएको हो । बैठकमा अध्यक्ष केपी शर्मा ओली भने अनुपस्थित छन् । उनी सुरक्षा निकायका अधिकारीसँग बालुवाटारमै छलफलमा व्यस्त रहेको बताइएको छ ।
-
२०७७ पौष ५, आइतबार
संसद विघटनगलत्तै राष्ट्रिय सुरक्षा परिषद्को बैठक
राष्ट्रपतिद्वारा संसद विघटनको घोषणा लगत्तै राष्ट्रिय सुरक्षा परिषद्को बैठक बस्ने भएको छ । अपरान्ह ४ बजे वैठक बस्न लागेको हो । चारवटै सुरक्षा निकायको प्रमुख सम्मिलित हुने परिषद् बैठकलाई अर्थपूर्ण मानिएको छ । सुरक्षा परिषद्को अध्यक्ष प्रधानमन्त्री रहन्छन् ।
-
२०७७ पौष ५, आइतबार
राष्ट्रपतिद्वारा संसद विघटन, वैशाख १७ र २७ गते निर्वाचन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन् । 'संविधानको धारा ७६ को उपधारा (१) र (७) तथा धारा ८५ एवं संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्य मान्यता तथा हाम्रो आफ्नै र संसदीय प्रणाली भएका विभिन्न मुलुकहरूको अभ्यास बमोजिम संघीय संसदको वर्तमान प्रतिनिधि सभा विघटन गरी ताजा जनादेशका लागि नेपाली जनता समक्ष जान मिति २०७८ साल वैशाख १७ गते...
-
२०७७ पौष ५, आइतबार
ओलीकाे 'कदम' संवैधानिक ‘कू’ : शेखर काेइराला
नेपाली कांग्रेसका नेता शेखर काेइरालाले संसद् विघटनकाे सिफारिस गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक ‘कू’ गरेको बताएका छन् । उनले आज बिहान संसद् विघटन गर्न राष्ट्रपतिसँग सिफारिस गरेपछि डा. कोइरालाले विराटनगरमा पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीले संवैधानिक ‘कू’ गरेको बताएका हुन् । कोइरालाले प्रधानमन्त्री ओलीले देशलाई अस्थिरतातर्फ धकेल्ने काम गरेको समेत बताए । विराटनगरस्थित कोइराला...


