राजनीति
-
२०८१ आषाढ ७, शुक्रबार
रास्वपाको दोस्रो स्थापना दिवस मनाइयो
काठमाडौँ - सत्ता घटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शुक्रबार पार्टी कार्यालय वनस्थली (घण्टीघर)मा दोस्रो स्थापना दिवस मनाएको छ । रास्वपाको दोस्रो स्थापना दिवसमा अवसरमा आयोजित चियापान कार्यक्रममा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी भए । रास्वपालाई शुभकामना दिन संसदमा प्रतिनिधित्व भएको सबै जसो दलका नेता ‘घण्टीघर’ पुगेका थिए । दिउँसो १ बजेबाट सुरु भएको चियापान समारोहको सुरुमा उपप्रधान...
-
२०८१ आषाढ ७, शुक्रबार
निर्वाचन आयोगको आयुक्तमा सिफारिस प्रधानविरुद्ध उजुरी आह्वान गर्ने निर्णय
काठमाडौं- सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको रिक्त आयुक्त पदमा प्रस्तावित नेपाल कानुन समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधानको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । समितिका ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराको अध्यक्षतामा बसेको बैठकले अधिवक्ता प्रधानको नियुक्ति सिफारिसको प्रस्तावबारे सर्वसाधारणलाई जानकारी दिन तथा उजुरी वा सिकायत भए १० दिनभित्र समितिमा आइपुग्ने गरी...
-
२०८१ आषाढ ६, बिहिबार
एमालेले आठ, रास्वपाले दुई र माओवादी केन्द्रले एक राजदुत पाउने सहमति
काठमाडौँ - सत्ताधारी प्रमुख दलहरू भागबन्डामा राजदूत नियुक्ति गर्न सहमत भएका छन् । बिहीबार सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा उपप्रधानमन्त्री रवि लामिछानेबिच यस्तो सहमति जुटेको प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले जानकारी दिए । ती सदस्यका अनुसार एमालेले आठ, रास्वपाले दुई र नेकपा माओवादी...
-
२०८१ आषाढ २, आइतबार
कर्णाली प्रदेशको बजेट ३१ अर्ब ४१ करोड
काठमाडौं - कर्णाली प्रदेश सरकारले आउँदो आर्थिक वर्षका निम्ति ३१ अर्ब ४१ करोड ४१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । शनिबार कर्णाली प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसीले आउँदो आर्थिक बर्षको बजेट प्रस्तुत गरेका हुन् । प्रस्तुत बजेटमध्ये पुँजीगत खर्चतर्फ १८ अर्ब ७५ करोड आठ लाख ६८ हजार र चालुतर्फ सात अर्ब ५७ करोड ५५ लाख रुपैयाँ विनियोजन गरिएको छ । यस्तै, वित्तीय...
-
२०८१ आषाढ २, आइतबार
गण्डकी सरकारले ल्यायो ३३ अर्बको बजेट
काठमाडौं - गण्डकी प्रदेश सरकारले आउँदो आर्थिक वर्ष २०८१/०८२ का निम्ति करिब ३३ अर्ब रुपैयाँको बजेट ल्याएको छ । गण्डकीका आर्थिक मामिलामन्त्री टकराज गुरुङले ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजार रुपैयाँको बजेट शनिबार प्रदेशसभामा पेस गरेका हुन् । चालु आर्थिक वर्षको भन्दा यो बजेट ४५ करोड रुपैयाँले कम हो । चालु आर्थिक वर्षमा सरकारले ३३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँको बजेट ल्याएको थियो । कुल बजेटमध्ये चालु...
-
२०८१ आषाढ २, आइतबार
वाग्मतीको बजेट ६४ अर्ब ५४ करोड
हेटौँडा - वाग्मती प्रदेश सरकारले आउँदो आर्थिक वर्ष २०८१/८२ का निम्ति ६४ अर्ब ५४ करोड चार लाख ३१ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले प्रस्तुत गरेको वक्तव्यअनुसार आउँदो आर्थिक वर्षका लागि उक्त बजेट विनियोजन गरिएको हो । आर्थिक मामिला तथा योजनामन्त्री थपलियाले प्रस्तुत गरेको बजेटमा चालुतर्फ २६ अर्ब १० करोड १७ लाख ८२ हजार रुपैयाँ छुट्ट्याइएको छ...
-
२०८१ जेठ २९, मंगलबार
मधेस प्रदेशका सांसदलाई ५ करोड दिने निर्णयविरुद्ध सर्वोच्चमा रिट
काठमाडौं- मधेस प्रदेशका सांसदलाई पैसा वितरण गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ। मधेस प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइ मनिषकुमार मण्डल, पारितोष कुमार साह र आबिद हुसैनले सर्वोच्चमा रिट दर्ता गराएका हुन्। जनमत पार्टीका नेता सतिशकुमार सिंहको नेतृत्वमा गठित मधेस प्रदेश मन्त्रिपरिषद्को पहिलो बैठकले प्रत्यक्ष निर्वाचित सांसदलाई ५ करोड र...
-
२०८१ जेठ २९, मंगलबार
एमाले काठमाडौँको नयाँ नेतृत्वका लागि निर्वाचन हुँदै
नेपाल कम्युनिष्ट पार्टी एमाले काठमाडौँ जिल्ला कमिटीको सातौँ अधिवेशनमा नयाँ नेतृत्वका लागि आज मतदान हुँदैछ ।सहमतिमा नेतृत्व चयन हुन नसकेपछि उम्मेदवारी दर्ता भई आज मध्याह्न १२ बजेदेखि विद्युतीय उपकरणमार्फत मतदानको तयारी भएको जिल्ला कमिटीका अध्यक्ष दिपक निरौलाले जानकारी दिनुभयो । अध्यक्ष पदका लागि निरौला र निर्मल देउवाबीच प्रतिस्पर्धा हुँदैछ भने उपाध्यक्षमा विश्वराम सापकोटा, नमराज पराजुली, नवराज...
-
२०८१ जेठ २८, सोमबार
गण्डकी प्रदेशमा सरकार जोगाउन कांग्रेस सफल
काठमाडौ- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत प्राप्त गरेका छन् । उनले आफ्नो पक्षमा ३१ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेस २७, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा २, स्वतन्त्र सांसद दीपक मनाङे र फणीन्द्र देवकोटासहितको मत पाएपछि मुख्यमन्त्री पाण्डे सरकार जोगाउन सफल भएका हुन् । माओवादी केन्द्रको चुनाव चिन्हबाट चुनाव जितेका नेपाल समाजवादी पार्टीका सांसद देवकोटाले...
-
२०८१ जेठ २८, सोमबार
गृहमन्त्री लामिछानेविरुद्धको रिटमा पेसी तोकियो
काठमाडौं- उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने र महान्यायाधिवक्ता दिनमणि पोखरेलविरुद्ध परेमा रिटको पेसी तोकिएको छ। सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्धय मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको इजलासमा पेसी तोकिएको हो। गत जेठ २० गते आइतबार सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले गृहमन्त्री लामिछानेलाई पदमुक्त गर्न माग गरेर परेको रिटमा कारण देखाउ आदेश जारी गर्दै छलफलमा बोलाएको थियो। ...
-
२०८१ जेठ २८, सोमबार
प्रधानमन्त्री दाहाल र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता
काठमाडौँ- भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र उनका समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । आइतबार बेलुका भएको भेटमा प्रधानमन्त्रीले लगातार तेस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्रीको पदभार ग्रहण गरेकोमा समकक्षी मोदीलाई बधाई दिँदै उनको कार्यकालमा नेपाल र भारतबीचको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गरे । भेटमा उनीहरूबीच नेपाल–भारतबीच रहीआएको आपसी सम्बन्ध र...
-
२०८१ जेठ २५, शुक्रबार
मधेस प्रदेशको मुख्यमन्त्रीमा सिंह नियुक्त
धनुषा, २५ जेठ स् मधेस प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीका सतिशकुमार सिंह नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा २ अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलका बहुमत सदस्यको समर्थनसहित दाबी परेपछि सिंहलाई आज मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । उहाँलाई सङ्घीय सत्ता गठबन्धनमा रहेका दल नेकपा ९एमाले०, नेकपा ९माओवादी केन्द्र०,...


