राजनीति
-
२०८१ आषाढ १९, बुधबार
एमालेका मन्त्रीले बुझाए राजीनामा, प्रचण्ड सरकार अल्पमतमा
काठमाडौँ - नेकपा (एमाले)का मन्त्रीहरूले राजीनामा दिएका छन् । बुधबार साँझ बालुवाटार पुगेर उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड’लाई राजीनामा पत्र बुझाएको मन्त्री ज्वालाकुमारी साहले जानकारी दिइन् । कांग्रेस एमाले सत्ता समीकरणका लागि सहमति जुटेपछि एमाले मन्त्रीले राजीनामा दिँदै सरकारलाई दिएको समर्थन समेत फिर्ता भएको जनाएका हुन् । एमाले सरकारबाट बाहिरिएसँगै प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा...
-
२०८१ आषाढ १८, मंगलबार
ओली सरकारमा सहभागी हुन सबै दललाई एमालेको आह्वान
काठमाडौं - नेकपा एमालेले राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुन सांसदमा रहेका सबै दलहरूलाई आह्वान गरेको छ। पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने राष्ट्रिय सहमतिको सरकार निर्माणमा सहभागी हुन आह्वान गरेको उपमहासचिव प्रदीप ज्ञवालीले बताए। त्यस्तै एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भोलि (बुधबार)सम्म राजीनामा गरेर मार्ग प्रशस्त गर्न आह्वान गरेको छ।...
-
२०८१ आषाढ १८, मंगलबार
एमालेले मन्त्रीहरू तत्काल फिर्ता नबोलाउने
काठमाडौँ - नेकपा एमालेले सरकारमा रहेका पार्टीका मन्त्रीहरूलाई तत्काल फिर्ता नबोलाउने निर्णय गरेको छ । मंगलबार बसेको एमाले सचिवालय बैठकले सरकारमा सहभागी पार्टीका मन्त्रीलाई तत्काल फिर्ता नबोलाउने निर्णय गरेको हो । बैठकपछि बोल्दै एमाले पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले मन्त्री तत्काल फिर्ता नबोलाउने जानकारी दिएका हुन् । उनले एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालले आफूहरुसँग छलफल नगरी प्रमुख...
-
२०८१ आषाढ १८, मंगलबार
राजीनामा दिन प्रधानमन्त्री प्रचण्डलाई एमालेको आग्रह
काठमाडौँ - नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा दिन आग्रह गरेको छ । मंगलबार बसेको एमाले सचिवालय बैठकले बुधबारसम्म राजीनामा दिन प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेको हो । कांग्रेस र एमालेबिचमा भएको राष्ट्रिय सहमतिको सरकार बनाउने सहमतिलाई पार्टीले स्वागतसहित समर्थन गर्ने निर्णय भएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । सरकारमा सहभागी भएर राजनीतिक स्थायित्व र समृद्धिका...
-
२०८१ आषाढ १८, मंगलबार
प्रधानमन्त्रीले राजीनामा नदिई विश्वासको मतको लिने
काठमाडौँ - नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने निर्णय गरेको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी पदाधिकारीको आकस्मिक बैठकले राजीनामा नदिई विश्वासको मतको सामना गर्ने निर्णय गरेको हो । बैठकपछि सचिव देवेन्द्र पौडेलले भने, ‘प्रधानमन्त्रीले गलेर राजीनामा दिने कुरा हुँदैन । संविधान बमोजिम संसदबाट विश्वासको मतको सामना गर्ने निर्णय गरेको छ ।' अहिले सरकारलाई...
-
२०८१ आषाढ १८, मंगलबार
रास्वपा नयाँ गठबन्धनमा सहभागी नहुने
काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नयाँ गठबन्धनमा सहभागी नहुने निर्णय गरेको छ । मंगलबार बिहान बसेको रास्वपाको सचिवालय बैठकले नयाँ गठबन्धनमा सहभागी नहुने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । उनले नयाँ गठबन्धन देश र जनताको हितमा नरहेको भन्दै यसले देशलाई राजनीतिक स्थायित्व पनि नदिने बैठकले निष्कर्ष निकालेको बताए । ‘नयाँ गठबन्धन यो घटना देश र जनताको हितमा छैन ।...
-
२०८१ आषाढ १८, मंगलबार
सत्ता समीकरणबारे एमाले, रास्वपा र कांग्रेसको सचिवालय बैठक बस्दै
काठमाडौं - सत्ता समीकरणबारे छलफल गर्न आज एमालेले सचिवालय बैठक, नेपाली कांग्रेसले पदाधिकारी बैठक र रास्वपाले सचिवालय बैठक बोलाएका छन् । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । बैठक दिउँसो तीन बजे बस्ने छ । बैठकमा नेपाली कांग्रेससँगको सत्ता समीकरणलगायतका विषयमा छलफल गर्न एमाले सचिवालय बैठक बस्न लागेको हो । नेकपा एमाले नेकपा माओवादी केन्द्रसँगको सत्ता समीकरण तोडेर नेपाली कांग्रेससँग सत्ता साझेदारीमा...
-
२०८१ आषाढ १८, मंगलबार
एमाले र कांग्रेसबीच नयाँ सरकार बनाउने सहमति
काठमाडौं - संसदमा चार पटक विश्वासको मत लिएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अल्पमतमा परेको छन्। सोमबार मध्यरात एमाले र कांग्रेसबीच नयाँ सरकार बनाउने सहमति भएसँगै प्रचण्ड नेतृत्वको सरकार ढल्ने निश्चित भएको हो। संसदका प्रमुख दुई दलका शीर्ष नेता एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले सहमति पत्रमा हस्ताक्षर भएसँगै प्रचण्ड सरकार संकटमा परेको हो। स्रोतका अनुसार एमालेले...
-
२०८१ आषाढ १८, मंगलबार
गृहमन्त्री लामिछाने विरुद्धको मुद्दामा आज अन्तिम बहस
काठमाडौँ - गृहमन्त्री रवि लामिछानेलाई निलम्बन माग गरिएको रिटमा आज अन्तिम बहस हुँदैछ। न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारङ्गा सुवेदीको इजलासमा पेशी रहेको मुद्दामा असार ७ गते बहस नसकिएपछि हेर्दा हेर्दैमा राखिएको थियो । अधिवक्ता अनुपम भट्टराईले दर्ता गराएको रिटमा रिट निवेदक र सरकारी वकिलको मात्र बहस सकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो। मंगलबार लामिछानेका तर्फबाट बहस हुनेछ। । त्यसपछि नपुगेको जवाफी...
-
२०८१ आषाढ ९, आइतबार
राजदूत बन्न सुशील प्याकुरेलले गरे अस्वीकार
काठमाडौं - दक्षिण कोरियाका लागि राजदूत पदमा सिफारिस भएका मानवअधिकारकर्मी सुशील प्याकुरेलले उक्त पद अस्वीकार गरेका छन् । उनले आइतबार एक विज्ञप्ति जारी गर्दै सिफारिस फिर्ता लिनका लागि प्रधानमन्त्री कार्यालयमा औपचारिक रूपमा पत्र दर्ता गराइसकेको जानकारी गराएका छन् । ‘आजै प्रधानमन्त्रीज्यूलाई सम्बोधन गर्दै सरकारले मप्रति देखाएको विश्वासका लागि धन्यवाद ज्ञापन गर्दै दक्षिण कोरियाको राजदूत पदका लागि...
-
२०८१ आषाढ ९, आइतबार
कामु मुख्य सचिवको जिम्मेवारीमा लीलादेवी गडतौला
काठमाडौं- विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएसँगै मुख्यसचिव डा. बैकुण्ठ अर्याल स्वतः निलम्बनमा परेका छन्। अर्याल निलम्बनमा परेपछि प्रधानमन्त्री कार्यालयकी वरिष्ठ सचिव लीलादेवी गड्तौलाले निमित्त मुख्य सचिवको जिम्मेबारी सम्हाल्ने भएकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेका सचिवहरू मध्ये उनी वरिष्ठ हुन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिव रहँदा सुरक्षण मुद्रण केन्द्रको...
-
२०८१ आषाढ ७, शुक्रबार
मन्त्रिपरिषद्वारा ८ देशका लागि राजदूत सिफारिस
काठमाडौं- मन्त्रिपरिषद् बैठकले रिक्त रहेका राजदूत पदमा ८ जनालाई सिफारिस गरेको छ । भारतका लागि पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी सिफारिस भएका छन् । त्यस्तै अमेरिकाका लागि पूर्वसचिव चन्द्र घिमिरे सिफारिस भएका छन् । दक्षिण कोरियाका लागि मानवअधिकारवादी सुशील प्याकुरेल सिफारिस भएका छन् । उनी राष्ट्रपति विद्यादेवी भण्डारीका पालामा सल्लाहकार थिए । डेनमार्कका लागि सुम्निमा तुलाधर, मलेसियाका लागि नेत्रप्रसाद...


