राजनीति
-
२०७७ आश्विन १९, सोमबार
प्रदेश नम्बर ५ को प्रदेश सभा बैठक स्थगित • अर्को बैठक मंगलबार बस्ने
काठमाडाैं – प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोध र प्रदेशसभामा भएकाे तोडफोडपछि प्रदेश नम्बर ५ को प्रदेश सभा बैठक स्थगित भएको छ। सभामुख पूर्ण घर्तीमगरले मंगलबार दिउँसो १२ बजे बस्ने गरी आजको बैठक स्थगित गरेका हुन्। कांग्रेस सांसदले स्थायी राजधानी बुटवल नै राख्नुपर्ने माग राख्दै तोडफोड गरेका थिए । उनीहरुले कुर्सी, टेबुल र माइक फुटाएका थिए। आजको बैठकमा आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद...
-
२०७७ आश्विन १९, सोमबार
प्रदेशसभामा कांग्रेस सांसदद्वारा तोडफोड
काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधका बाबजुद पनि प्रदेश ५ को प्रदेशसभाको बैठक अघि बढाइएपछि कांग्रेस सांसदले प्रदेशसभाभित्र टेबुल र कुर्सी तोडफोड गरेका छन् । उनीहरूले संसदीय मर्यादा कायम राख्न माग गर्दै नाराबाजी गरी कुर्सी तोडफोड गरेका हुन्। सभामुखको वेल घेराउ गर्दै कांग्रेसका सांसदहरूले नाराबाजी गरेका हुन्। तोडफोडकै बीच आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले...
-
२०७७ आश्विन १९, सोमबार
अनलाइन पत्रकार सञ्जाल गठन
काठमाडौँ – स्वरोजगार अनलाइन मिडियाको व्यावसायिक हकहितका लागि क्रियाशील हुने उद्देश्यले अनलाइन पत्रकार सञ्जाल नेपाल (ओजोन)को गठन गरिएको छ । आजभोलि डट कमका प्रकाशक सम्पादक लोकराज अवस्थीका संयोजकत्वमा आज १३ सदस्यीय संयोजन समिति गठन गरिएको हो । सञ्जालकसदस्यमा शिवराज योगी, पदमराज जोशी, शिवराज खड्का, माधवप्रसाद घिमिरे, निरोज तोलाङे, हरिबहादुर परियार, सरिता तिमल्सिना पँगेनी, विष्णुप्रसाद बेल्वासे,...
-
२०७७ आश्विन १९, सोमबार
प्रदेश सभामा कांग्रेसको नाराबाजी, बैठक स्थगित
बुटवल – नेपाली कांग्रेसले प्रदेश सभामा संसदीय मर्यादा कायम नभएको भन्दै नाराबाजी गरेको छ। प्रदेशसभामा राजधानी र नामांकरणसम्बन्धी प्रस्तावमाथिको छलफलमा बोल्दै कांग्रेसले तानाशाही शैलीमा यो प्रस्ताव आएको भन्दै आपत्ती जनाएको हो । राजधानी दाङ लैजानुको औचित्य पुष्टि गर्न आग्रह सरकारलाई आग्रह गरेको छ । बैठकमा बोल्दै कांग्रेस संसदीय दलका नेता विरेन्द्र कनौडियाले व्यक्तिगत स्वार्थमा राजधानी सार्नु गलत...
-
२०७७ आश्विन १९, सोमबार
विधेयक पारित नहुँदा ६३ लाख नेपाली नागरिकताबाट बञ्चित
काठमाडौँ – नेपाल नागरिकता ऐन २०६३ संशोधन गर्न बनेको विधेयक पारित नहुँदा करीब ६३ लाख नेपालीले नागरिकताको प्रमाणपत्र पाउन सकेका छैनन् । महिला, कानून र विकास मञ्चले आज आयोजना गरेको नागरिकता विधेयकका विषयमा सञ्चारकर्मीसँगको भर्चुअल छलफल कार्यक्रममा विसं २०६८ को जनगणनाअघि गरिएको अध्ययनका आधारमा यस्तो तथ्य सार्वजनिक गरिएको हो । केन्द्रीय तथ्याङ्क विभागले गरेको जनगणना र गृह मन्त्रालयले वितरण गरेको...
-
२०७७ आश्विन १९, सोमबार
तीन वर्षभित्र खरका छाना विस्थापित : राज्यमन्त्री मानन्धर
काठमाडौँ – शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले आगामी तीन वर्षभित्र मुलुकबाट फुस र खरका छाना विस्थापित गरिने बताउनुभएको छ । विश्व बसोबास दिवसको शुभकामना दिँदै उहाँले नागरिकको मुहारमा खुशी र जीवनयापन सहज बनाउन ७५३ वटै स्थानीय तहमा कम्तीमा एक लाख परिवारको घरमा आधुनिक छानोको प्रबन्ध हुने जनाउनुभएको हो । राज्यमन्त्री मानन्धरले बेसाहरा नागरिकको संरक्षण गर्ने दायित्व राज्यले पूरा गर्ने जनाउँदै...
-
२०७७ आश्विन १९, सोमबार
प्रदेशको स्थायी राजधानी र नामाकरणमा नेकपाले ह्विप लगाउन सक्ने
प्रदेशको स्थायी राजधानी र नामाकरण सम्बन्धी पेश भएको प्रस्तावबारे छलफल गर्न सत्तारुढ दल नेकपाले संसदीय दलको बैठक बोलाएको छ । १७ असोजमा मुख्यमन्त्री निवासमा भएको संसदीय दलको बैठकमा आफ्ना धारणा राख्न नपाएका सांसदहरुलाई छफलमा सहभागी गराउने उद्देश्यले दलको बैठक आव्हान गरिएको नेकपा मुख्य सचेतक भूमिश्वर ढकालले बताए । बैठकले नेकपा सांसदहरुलाई ह्वीप लगाउने निर्णय गर्नसक्ने छ । यसअघि ह्वीप लगाउन सक्ने...
-
२०७७ आश्विन १९, सोमबार
‘आदिवासी, जनजाति, दलित, मधेशी तथा सीमान्तीकृत समुदायको माग सम्बोधनका लागि संविधान संशोधन’
राजविराज – जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधानमा रहेका केही प्रावधान संशोधन गरी सबैको अपनत्व हुने खालको वातावरण नबनेसम्म सचेत युवाले खबरदारी गरिरहनुपर्ने बताउनुभएको छ । सप्तरीको राजविराजमा आइतबार आयोजित युवा पार्टी प्रवेश कार्यक्रममा उहाँले आदिवासी, जनजाति, दलित, मधेशी तथा सीमान्तीकृत समुदायको माग सम्बोधनका लागि संविधान संशोधन आवश्यक रहेकामा जोड दिनुभयो । संवैधानिक...
-
२०७७ आश्विन १९, सोमबार
मन्त्री चढेको गाडी तोडफोड • कांग्रेसका नेता–कार्यकर्ता पक्राउ
काठमाडाैं – प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल चढेको गाडीमा ढुंगा प्रहारी तोडफोड गरेकोे आरोपमा नेपाली कांग्रेसका ९ जना नेता तथा कार्यकर्ता पक्राउमा परेका छन् । आइतबार काठमाडौं फर्किरहेक मुख्यमन्त्री पोखरेल चढेको गाडीमा ढुंगा प्रहार गरेको आरोपमा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएकाहरुलाई ईलाका प्रहरी कार्यालय बुटवलमा राखिएको जनाइएको छ । नेपाली कांग्रेस रुपन्देहीका सचिव...
-
२०७७ आश्विन १८, आइतबार
बुटवलका दर्जन ठाउँ निषेधित क्षेत्र घोषणा
बुटवल – प्रदेश ५ को राजधानी सार्ने प्रस्तावको विरोधमा प्रदर्शन चर्किन थालेपछि रुपन्देही प्रशासनले बुटवलका करिब दर्जन ठाउँलाई चार दिनसम्म निषेधित क्षेत्र घोषणा गरेको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले शनिबार राति जारी गरेको सूचनामा आइतबार बिहान ६ बजेदेखि २१ गते बेलुका ६ बजेसम्मका लागि निषेधित क्षेत्र तोकेको जनाएको छ । निषेधित क्षेत्रमा ५ जनाभन्दा बढी जम्मा हुन प्रशासनले रोक लगाएको छ । स्थायी...
-
२०७७ आश्विन १७, शनिबार
प्रदेश ५ को राजधानी दाङ बनाउने प्रस्तावविरुद्ध कांग्रेस आन्दोलनमा
बुटवल – पाँच नम्बर प्रदेशको राजधानी दाङको भालुवाङ राख्ने प्रस्ताव अघि बढेपछि कांग्रेस रुपन्देही आन्दोलनमा उत्रिएको छ । शुक्रबार प्रदेशसभा बैठकमा प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्रीले राजधानी र नामकरण निर्धारणसम्बन्धी कार्यविधि पेस गरेर प्रस्ताव अगाडि बढाएपछि नेपाली कांग्रेसका भातृ संगठनले विरोध प्रदर्शन गरेका हुन्। बुटवलको मिलनचोकमा टायर बालेर प्रदर्शन गरिएको छ। नेपाली कांग्रेस सैनामैनाले...
-
२०७७ आश्विन १७, शनिबार
आज बस्ने भनिएकाे नेकपाको बैठक अनिश्चित
आज बस्ने भनिएको नेकपाको सचिवालय बैठक अनिश्चित भएको छ । दुई अध्यक्षको सचिवालयबाट दुईथरी कुरा बाहिर आएपछि बैठक अनिश्चित भएको हो । शुक्रबार नेकपाका दुई अध्यक्ष केपी ओली र प्रचण्डबीचकाे भेटपछि आज शुक्रबार दिउँसो चार बजे सचिवालय बैठक बस्ने भनिएको थियो । तर, शुक्रबार साँझ नै सचिवालयका सदस्यले बैठकबारे अनभिज्ञता प्रकट गरिरहेका थिए । प्रचण्डका प्रेस सल्लाहकार विष्णुप्रसाद सापकोटा जुगलका अनुसार शुक्रबार...


