STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राजनीति

  • २०७७ कार्तिक ३, सोमबार

    सबै मन्त्रीको दसैं भत्ता कोरोना कोषमा जम्मा गर्ने निर्णय

    काठमाडौं – प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सबै सदस्यले दसैं भत्ता वापतको रकम कोरोना काेषमा जम्मा गर्ने निर्णय भएको छ । सोमबारको पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङले प्रधानमन्त्री तथा मन्त्रीहरुले दसैँ भत्ता वापतको रकम कोरोना कोषमा जम्मा गर्ने निर्णय भएको जनाएका छन् । मन्त्री गुरुङले संघीय मन्त्रीपरिषद्को निर्णयको मर्मअनुसार प्रदेश सरकारका...

  • २०७७ कार्तिक ३, सोमबार

    सरकारले जनतालाई पैसा भए बाँच, नभए मर भन्नु क्रूरता हो - साझा पार्टी

    कोरोना भाइरस संक्रमित नागरिकले उपचार खर्च आफै ब्यहाेर्नु पर्ने सरकारको पछिल्लो निर्णयको साझा पार्टीले गम्भीर भर्त्सना गर्दै पार्टीका प्रवक्ता शरदराज पाठकले सरकारले जनतालाई पैसा भए बाँच, नभए मर भन्नु क्रूरता हो भन्ने खालका कुरा गर्नु भनेको क्रुरता हो भनि भनेका छन् । पार्टी को विज्ञप्तिमा हरेक नागरिकले आधारभूत स्वास्थ्य सेवा राज्यबाट नि:शुल्क पाउने संविधानको मौलिक हकको व्यवस्था र सर्वोच्च अदालतको...

  • २०७७ कार्तिक ३, सोमबार

    दसैं भत्ता फिर्ता गर्न देउवाकाे निर्देशन

    काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्‍त्री शेरबहादुर देउवाले दसैं भत्ताबापत सरकारले प्रदान गरेको रकम फिर्ता गर्न सांसदहरूलाई निर्देशन दिएका छन् । सभापति देउवाले पार्टीका सबै सांसदलाई सोमबार यस्तो निर्देशन दिएका हुन्। कांग्रेसका धेरै सांसदहरूले यस्तो संकटका बेला भत्ता लिनु लज्‍जाजनक हुने भन्दै आइतबार नै फिर्ता गर्ने घोषणा गरेका थिए। प्रतिनिधिसभा र...

  • २०७७ कार्तिक ३, सोमबार

    लोक सेवाका सबै लिखित परीक्षा स्थगित

    काठमाडाैं – लोक सेवा आयोगले कात्तिक १६ गतेदेखि हुने भनिएका सबै लिखित परीक्षा स्थगित गरेको छ।  सोमबार बसेको आयोगको बैठकले अर्को सूचना नआउन्जेलका लागि निजामती,  सुरक्षा निकाय र संगठित संस्थाका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो। कोरोना भाइरसका कारण परीक्षार्थीमा देखिएको भय र आयोगका कर्मचारी नै कोरोना संक्रमित भएर आइसोलेसनमा बसेकाले परीक्षा स्थगित गरेको आयोगले जनाएको छ।  यसअघि आयोगले कोरोना...

  • २०७७ कार्तिक २, आइतबार

    दशैँ भत्ता फिर्ता गर्न सचिवालयलाई सांसदको पत्र

    काठमाडाैँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता तथा सांसद भीमबहादुर रावलले आफ्नो दशैँ भत्ता फिर्ता गर्न संसद सचिवालयलाई पत्र लेखेका छन्। आइतबार दिउँसो संसद सचिवालयका महासचिवलाई पत्र लेखी रावलले आफ्नो दसैँ भत्ता फिर्ता हुने व्यवस्था गर्न आग्रह गरेका हुन् । उनले देश विषम परिस्थितिमा तथा आर्थिक कठिनाइमा रहेका बेला जनप्रतिनिधिहरु, विशेषतः सांसदहरुका लागि दशैँ भत्ताबापत रकम उपलब्ध नगराउने नीतिगत...

  • २०७७ कार्तिक २, आइतबार

    सांसद शोभा शाक्यले दशैँ भत्ता फिर्ता गर्ने

    बागमती प्रदेश सभा सदस्य एवं साझा पार्टीका केन्द्रिय सदस्य  शोभा शाक्यले  कोभिड १९ को महामारीका कारण देश संकटमा परिरहेको र ठूलाे संख्यामा नागरिक हातमुख जोर्न पनि नसक्ने अवस्थाबाट गुज्रिरहेका बेला जनप्रतिनिधिहरूले दशैँ भत्ता लिनु कुनै पनि दृष्टिकोणबाट उपयुक्त हुँदैन भनि आफ्नो दशैं भत्ता फिर्ता गर्ने भएका छन् । सांसदहरुको मासिक तलब स्वत: खातामा आउने गर्दछ भने बागमती प्रदेश सरकारले तलब सँगसँगै दशैँ...

  • २०७७ आश्विन ३०, शुक्रबार

    संक्रमितलाई लोकसेवाको परीक्षा दिनलगाउनू : सर्वाेच्च

    काठमाडौँ – सर्वोच्च अदालतले कोरोना संक्रमितहरुलाई पनि लोकसेवा आयोगको परीक्षामा सहभागी गराउन अन्तरिम आदेश दिएको छ । बिहीबार न्यायाधीश सपना प्रधान मल्लको इजलासले सबै परिक्षार्थीलाई सुरक्षित रुपमा परीक्षामा सामेल हुन पाउने व्यवस्था मिलाउन पनि आदेश दिएको हाे । सर्वोच्चले कोरोना संक्रमितले आफू संक्रमित भएको स्वघोषणा गर्नुपर्ने र उनीहरु परीक्षामा सामेल हुन नपाउने भनी आयोगले बनाएको मापदण्डलाई ...

  • २०७७ आश्विन ३०, शुक्रबार

    मन्त्रिमण्डल पुनर्गठनपछि ९ सचिवको सरुवा

    काठमाडाैं – मन्त्रिमण्डल पुनर्गठनपछि बसेकाे बिहीबारको मन्त्रिपरिषद् बैठकले ९ जना सचिवको सरुवा गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार साँझ नवनियुक्त मन्त्रीसहित बसेको मन्त्रिपरिषद्को बैठकले सचिवहरूको सरुवा गरेको हो । सिँचाइ सचिव रवीन्द्रमान श्रेष्ठलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा हुँदा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीलाई जल तथा...

  • २०७७ आश्विन २९, बिहिबार

    परिणाम देखिने गरी काम गर्ने प्रतिवद्धता जनाउँछु : नवनियुक्त मन्त्री श्रेष्ठ

     काठमाडौँ – नवनियुक्त सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले परिणाम देखिने गरी काम गर्ने प्रतिवद्धता जनाएका छन् । मन्त्रालयको पदभार ग्रहणपछि पत्रकारहरुसँग कुरा गर्दै मन्त्री श्रेष्ठले ठोस परिणाम देखिने गरी आफुले काम गर्ने प्रतिवद्धता जनाएका हुन् । मन्त्रालयमा लामो समयदेखि जिम्मेवारीमा रहेका राज्यमन्त्री रामवीर मानन्धरसँग मिलेर परिणाम देखिने गरी कार्यसम्पादन गर्ने उनले बताए । जस्तोसुकै चुनौती...

  • २०७७ आश्विन २९, बिहिबार

    संक्रमितले लाेकसेवाकाे परीक्षा दिन नपाउने निर्णयविरुद्ध रिट

    काठमाडौँ – कोरोना संक्रमितहरुलाई परीक्षामा वञ्चित गराउन नहुने माग राखी सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । संक्रमित भएमा परीक्षाबाट वञ्चित हुनेगरी लोकसेवा आयोगले जारी गरेको मापदण्डविरुद्ध निवेदन परेको हो । अधिवक्ताहरु शैलेन्द्र हरिजन र प्रवीनकुमार यादवले दर्ता गरेको निवेदनमा संक्रमितलाई छुट्टै केन्द्र वा सुरक्षित उपाय गरेर परीक्षामा सामेल हुन पाउने व्यवस्था गर्न माग गरिएको छ । लोकसेवा...

  • २०७७ आश्विन २८, बुधबार

    मन्त्रिमण्डल पुनर्गठन • विष्णु पौडेल अर्थमन्त्री • कृष्णगोपाल सहरी विकासमन्त्री • भोलि शपथ ग्रहण

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार र केही सदस्यको जिम्मेवारी हेरफेर गरेका छन् । मन्त्रिमण्डल पुनर्गठन गरिएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले विष्णु पौडेललाई अर्थमन्त्रीको जिम्मेवारी दिएका छन् ।  यस्तै कृष्णगोपाल श्रेष्ठ सहरी विकास मन्त्री बनेका छन् भने लिलानाथ श्रेष्ठ महिला बालबालिकामन्त्री बनेका छन् । नेपाल कम्युनिट पार्टी (नेकपा) का महासचिव पौडेललाई सरकारको...

  • २०७७ आश्विन २८, बुधबार

    भारतीय प्रधानसेनापति नेपाल भ्रमणमा आउने

    काठमाडाैं – भारतीय प्रधानसेनापति मनाेज मुकुन्द नरवाणे नेपाल भ्रमणमा आउने भएका छन् । आगामी नाेभेम्बरमा उनी नेपाल आउने नेपाली सेनाले जनाएकाे छ ।  राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको उपाधि ग्रहण गर्न उनी नेपाल आउन लागेका हुन् । गत ३ फेब्रुअरी २०२० मा मन्त्रिपरिषद्को बैठकले उनलाई नेपाल भ्रमणको निम्तो दिने निर्णय गरेकाे थियाे । तर, काेराेनाका कारण उनकाे भ्रमण...

Pages