STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राजनीति

  • २०७७ आश्विन २८, बुधबार

    कोरोना परीक्षणमा शुल्क नलिनू : सर्वोच्च

    काठमाडौँ – सर्वोच्च अदालतले सरकारी निकायमा कोरोना उपचारसम्बन्धी सम्पूर्ण सेवाहरु नि:शुल्क रुपमा उपलब्ध गराउन सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ । निजी प्रयोगशाला र भिसा प्रयोजनका लागि गरिने पीसीआर परीक्षणमा पनि शुल्क नलिन अदालतले सरकारलाई आदेश दिएको हाे । न्यायाधीशहरु आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको इजलासले कोरोनाको परीक्षणलाई पनि आधारभूत स्वास्थ्य सेवाको रुपमा व्याख्या गर्दै...

  • २०७७ आश्विन २७, मंगलबार

    कर्णालीका मुख्यमन्त्री र असन्तुष्ट सांसदलाई काठमाडौं बोलाइयो

    काठमाडौँ – कर्णाली प्रदेशको संसदीय दलमा विवाद बढेपछि नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले प्रदेश कमिटीका पदाधिकारीसहित मुख्यमन्त्रीलाई बिहीबार काठमाडौं बोलाएका छन् । कर्णाली प्रदेशको विवादलाई लिएर मंगलबार बालुवाटारमा भएको ओली-प्रचण्डको छलफलपछि प्रदेश कमिटीका पदाधिकारी, मुख्यमन्त्री र असन्तुष्ट सांसदहरुलाई काठमाडौं बोलाइएकाे सचिवालयका एक नेताले बताए। उनीहरुलाई दुई दिनभित्र काठमाडौं...

  • २०७७ आश्विन २६, सोमबार

    मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताब आएपछि प्रचण्ड बालुवाटारमा

    काठमाडौं – आइतवार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही विरुद्ध नेकपाका १८ सांसदले संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता भएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री केपी शर्मा ओली भेट्न बालुवाटार पुगेका छन्। बालुवाटारमा अहिले दुई अध्यक्षबीच छलफल सुरु भएको जनाइएको छ । ओली निकटका यामलाल कँडेलको नेतृत्वमा मुख्यमन्त्री विरुद्ध संसदीय दलमा अविस्वासको...

  • २०७७ आश्विन २५, आइतबार

    महँगा गाडी र मदिरा आयातमा लागेको प्रतिबन्ध फुकुवा

    काठमाडौं – सरकारले ५० हजार अमेरिकी डलरभन्दा बढी मूल्य पर्ने सवारी साधानमा लगाइएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ५० हजार डलरभन्दा बढीका सवारी साधनमा लगाइएको प्रतिबन्ध हटाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिएका हुन्। कूटनीतिक निकायका सवारी खरिदमा अप्ठ्यारो परेकोले फुकुवा गर्ने निर्णय गरिएको उनले बताए। विश्वभर...

  • २०७७ आश्विन २५, आइतबार

    चिकित्सक संघको आन्दोलनका कार्यक्रम फिर्ता

    काठमाडौँ – नेपाल चिकित्सक संघले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको छ । संघले सरकार र अनशनरत डा गोविन्द केसीबीच गए राति आठ बुँदे सहमति भएपछि आन्दोलनका कार्यक्रम फिर्ता लिइएको जनाएको छ ।  संघले आइतबार देशभरका स्वास्थ्य संस्था तथा अस्पतालका आकस्मिक र  कोभिड–१९ बाहेकका सबै सेवा बहिष्कार गर्ने कार्यक्रम तय गरेको थियो ।  संघका महासचिव डा बद्री रिजालले आइतबार विज्ञप्ति जारी गर्दै सरकार र अनशनरत डा ...

  • २०७७ आश्विन २५, आइतबार

    सहमतिपछि डा. गोविन्द केसीले अनसन तोडे

    काठमाडौं – चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग गर्दै अनशनरत प्रा.डा. गोविन्द केसीले अनसन तोडेका छन्। डा. केसी र सरकारबीच मध्यरातमा ८ बुँदे सहमति भएसँगै आज बिहान साढे ९ बजे पत्रकार सम्मेलन गरेर केसीले अनसन अन्त्य गरेका हुन् । डा. केसीले कोरोना संक्रमण भएर निको भएका त्रिवि शिक्षण अस्पतालका सफाइ कर्मचारी विकास नेपालीको हातबाट जुस पिएर अनसन तोडेका हुन्। अनसन तोडेसँगै उनलाई आइसियूमा लगिएको छ।...

  • २०७७ आश्विन २५, आइतबार

    डा. केसी र सरकारबीच मध्यरातमा ८ बुँदे सहमति

    काठमाडाैँ – चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग गर्दै अनशनरत प्रा.डा. गोविन्द केसी र सरकारबीच मध्यरातमा ८ बुँदे सहमति भएको छ । २७ दिनदेखि आमरण अनसनरत डा. केसी र सरकारी वार्ता टोलीका संयोजक गोपी मैनालीले शनिबार मध्यरातमा सहमतिमा हस्ताक्षर गरेका हुन् । सहमति अनुसार  डाक्टर केसीले आज बिहान साढे ९ बजे अनशन तोड्दै छन् । सरकार र डा.केसीबीच कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आगामी वर्षबाट एमबीबीएस...

  • २०७७ आश्विन २४, शनिबार

    आकस्मिक र कोभिड-१९ बाहेकका सम्पूर्ण सेवा बहिस्कार गर्ने चिकित्सक संघको निर्णय

    काठमाडौं – नेपाल चिकित्सक संघले आइतबार देशभरका स्वास्थ्य संस्था तथा अस्पतालमा आकस्मिक र कोभिड-१९ बाहेकका सम्पूर्ण सेवा बहिस्कार गर्ने घोषणा गरेको छ । सत्याग्रही डा. गोविन्द केसीको अनशन २७ दिन पुग्दासम्म पनि सरकारले केवल औपचारिकताका लागि मात्र वार्ता गरेको निष्कर्ष निकाल्दै संघले आइतबार आकस्मिक र कोभिड-१९ बाहेकका सम्पूर्ण सेवा बहिस्कार गर्ने निर्णय गरेको हो । आइतबारसम्म पनि सत्याग्रह अन्त्य नभएको...

  • २०७७ आश्विन २४, शनिबार

    साझा पार्टी प्रवक्तामा पाठक

     काठमाडौँ – साझा पार्टीले शरदराज पाठकलाई प्रवक्ता पदमा नियुक्त गरेको छ । “छ महिनादेखि सहप्रवक्ताको भूमिका निर्वाह गर्दै आउनुभएका केन्द्रीय सदस्य पाठकलाई प्रवक्तामा नियुक्त गरिएको छ”, सो पार्टीद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ । उहाँ सङ्घीय निर्वाचनमा पार्टीका तर्फबाट चितवन क्षेत्र नं ३ बाट उम्मेदवार बन्नुभएको थियो । ग्रामीण विकासमा स्नातकोत्तर गर्नुभएका उहाँले सो पार्टीमा सक्रिय हुनुअघि...

  • २०७७ आश्विन २४, शनिबार

    आ-आफ्ना अडानका कारण सरकार र डा. केसीबीच सहमति हुनसकेन

    काठमाडौँ – सत्याग्रही डा. गोविन्द केसी पक्ष सरकारी वार्ता टोलीबीचको शुक्रबारको वार्ता बिना निष्कर्ष टुंकिएको छ । दुवै पक्ष आ-आफ्ना अडानमा रहेपछि वार्ता निष्कर्षमा पुग्न नसकेको हो । अब सोलिडारिटी फर डा. केसी, नेपाल चिकित्सक संघ लगायतले कडा आन्दोलन गर्ने डा क्षेत्रीले बताए । यद्यपि वार्ताका लागि आफूहरु सदा तयार हुने उनले बताए । ६बुँदे माग राखेर अनसन डा. केसी पक्ष र सरकारी टोलीबीच बिहीबार दिनभर भएको...

  • २०७७ आश्विन २३, शुक्रबार

    पर्यटनमन्त्रीसँग भारतीय राजदूतको भेट

    काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईसँग नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले आज शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा भएको भेटमा मन्त्री भट्टराई र राजदूत क्वात्रावीच दुई देशवीचको हवाई, पर्यटन तथा संस्कृतिकाबारेमा कुराकानी भएको थियो । हवाई क्षेत्रका सम्बन्धमा उहाँहरुबीच भैरहवा नाकाबाट उडान प्रवेश गर्ने साथै नेपालगञ्ज र महेन्द्रनगर नाकाबाट पनि उडान अनुमतिका...

  • २०७७ आश्विन २३, शुक्रबार

    नेपाल वायुसेवा निगमको महाप्रवन्धकमा पौडेल नियुक्त

    काठमाडौं – सरकारले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को महाप्रवन्धकमा डिमप्रकाश पौडेल (प्रकाश)लाई नियुक्त गरेको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले  पौडेललाई महाप्रवन्धक नियुक्त गरेको हो । संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको प्रस्तावमा पौडेललाई महाप्रवन्धकमा नियुक्ती गरिएको हो । पेशाले चार्टर्ड एकाउन्टेन्ट पौडेल हाल निगमको संचालक समितिका सदस्य थिए । उनी सत्तारुढ...

Pages