राजनीति
-
२०७७ आश्विन २३, शुक्रबार
प्रधानमन्त्रीका तीन सल्लाहकार सङ्क्रमणमुक्त
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई र प्रेस सल्लाहकार सूर्य थापा कोरोना सङ्क्रमण मुक्त हुनुभएको छ । उहाँहरुको बिहीबार पिसीआर परीक्षणका क्रममा नेगेटिभ रिपोर्ट आएको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । उहाँहरु सबैलाई गत असोज १७ गते सङ्क्रमण भएको थियो । सल्लाहकार थापाका अनुसार उहाँहरुका परिवारका सदस्यको कन्ट्याक्ट...
-
२०७७ आश्विन २२, बिहिबार
विश्वासको मत लिन मुख्यमन्त्री शाक्यद्वारा संसद्मा प्रस्ताव पेश
हेटौंडा - वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टक्ष्मी शाक्यले विश्वासको मत लिनको लागि प्रदेश संसद्मा प्रश्ताव पेश गर्नुभएको छ । यही २४ गते बस्ने वाग्मती प्रदेशसभा बैठकमा प्रस्तावको रूपमा लैजान आज पत्र पेश गर्नुभएको छ । मुख्यमन्त्री शाक्यले नेपालको संविधानको धारा १८८(२) बमोजिम दल विभाजन भएका वा सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था बमोजिम उक्त प्रस्ताव...
-
२०७७ आश्विन २२, बिहिबार
साझा पार्टीको केन्द्रीय समितिमा ३७ जना थप सहितको पुनर्गठन
साझा पार्टीले गत फागुनमा लुम्बिनीमा भएको राष्ट्रिय भेलामा पार्टीको केन्द्रीय समिति पुनर्गठन गर्ने निर्णय गरे अनुसार सातै प्रदेश तथा साझा युवा संगठनबाट ३७ जना थपेर आफ्नो केन्द्रीय समितिलाई ६५ सदस्यीय बनाउँदै पुनर्गठन गरेको छ, जसमा मूलत: युवाहरू रहेका छन्। आफ्नो राजनीतिक तथा संगठनात्मक गतिविधिलाई अझ व्यापक र विस्तारित गर्दै पार्टी निर्माणको अभियानलाई सुदृढ गर्न केन्द्रीय समिति पुनर्गठन गरिएको हो...
-
२०७७ आश्विन २२, बिहिबार
डा. केसी सत्याग्रह : चिकित्सक संघको आन्दोलन घोषणा, सरकारले बनायो वार्ता टोली
काठमाडौं – नेपाल चिकित्सक संघले डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै आन्दोलनको घोषणा गरेको छ । जीवन रक्षा र संवादकाे माध्यमबाट सत्याग्रह अन्त्यका लागि वार्ता टोली गठन गर्न १८ गते दिएको ७२ घण्टे अल्टिमेटम सकिएलगतै संघले दबाबमुलक आन्दोलन घोषणा गरेको हो । बिहीबार २२ गते बिहान ९ देखि ११ बजेसम्म देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक र कोभिड-१९का सेवा बाहेक अन्य स्वास्थ्य सेवा बहिस्कार...
-
२०७७ आश्विन २१, बुधबार
महिला हिंसाका दोषीलाई कडा कारवाही माग्दै गृहमन्त्रीकाे ध्यानाकर्षण
काठमाडौँ –अन्तरपार्टी महिला सञ्जालले विश्व कोरोना महामारीले आक्रान्त भइरहेको विषय स्थितिमा पनि महिलामाथिको हिंसा, बलात्कार, हत्या, बोक्सीको नाममा दिइने यातना र एसिड आक्रमणजस्ता अपराधका घटना नरोकिएकाले कडा कारवाहीको माग गरेको छ । सञ्जालले फाष्टट्रयाक अदालतका संयन्त्र खडा गरी लोकतान्त्रिक गणतन्त्र र सङ्घीयताको मर्म तथा विधि पद्धतिको सुशासनका लागि दोषीलाई कारवाही र पीडितलाई न्याय दिन माग गरेको हो ।...
-
२०७७ आश्विन २१, बुधबार
जाति/भाषाको पहिचानमा प्रदेशको नाम किन राख्ननहुने : बाबुराम भट्टराई
काठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रदेशहरुका नाम जाति र भाषाको पहिचानको आधारमा नराखिएको भन्दै आक्रोश व्यक्त गरेका छन् । उनले प्रदेशका नाम नदी/भूगोलको पहिचानमा मात्र राख्न पर्ने तर विविध जाति/भाषाको पहिचानमा राख्न नहुने? भन्दै ट्विटरमार्फत प्रश्न गरेका छन् । जाती/भाषाको आधारमा प्रदेश नामकरण गर्दा देश टुक्रिन्छ भन्नेहरुलाई उनले भारत र अमेरिकाको उदाहरण हेर्न सुझाएका छन् । डा....
-
२०७७ आश्विन २०, मंगलबार
डा. केसीको जीवन रक्षा गर्न साझा पार्टीको आग्रह
चिकित्सा शिक्षा सुधारको माग राखेर २३ दिनदेखि आमरण अनशनमा रहेका डा. गाेविन्द केसीको जीवन रक्षाकाे माग गर्दै साझा पार्टी ले बालुवाटारमा विरोध प्रदर्शन गरेका छन्। बागमति प्रदेशका सांसद एवं साझा पार्टी का केन्द्रिय सदस्य शोभा शाक्य को समेत उपस्थिति मा भएको सो विरोध प्रदर्शनमा ‘डा. केसी व्यक्ति होइन, आवाज हुन्’ भन्दै डा. के सी को जीवन रक्षा गर्न माग गर्दै डा.केसीसँग तत्काल वार्ता गर्न सरकारसँग माग...
-
२०७७ आश्विन २०, मंगलबार
प्रदेश नम्बर ५ को नाम ‘लुम्बिनी’ र स्थायी राजधानी दाङको देउखुरीक्षेत्र पारित
बुटवल : प्रदेश नम्बर ५ को स्थायी राजधानी दाङको देउखुरीक्षेत्रको भालुवाङ बजार र नाम ‘लुम्बिनी’ पारित भएको छ । मंगलबार प्रदेशसभा बैठकले मतदान प्रक्रियामार्फत् नाम र राजधानी टुंगो लगाएको हो। प्रदेशसभाको दुई तिहाई बहुमतले प्रदेश राजधानी दाङको देउखुरीक्षेत्रको भालुवाङ बजार र नाम ‘लुम्बिनी’ बहुमतले पारित भएको हो। प्रदेशको राजधानी देउखुरी तोक्ने प्रस्तावको पक्षमा ६९ मत परेको छ भने विपक्षमा १३ मत परेको...
-
२०७७ आश्विन २०, मंगलबार
प्रदेशसभाको बैठक शुरु, नामकरण र स्थायी राजधानीको प्रस्तावमाथि संशोधन दर्ता
रुपन्देही – प्रदेश नं ५ को नामकरण र स्थायी राजधानीको प्रस्तावमा प्रदेशसभाका नेपाली काँग्रेस र जनता समाजवादी पार्टीका चारजना सांसदले संशोधन प्रस्ताव दर्ता गराएका छन् नेपाली काँग्रेसका रमा अर्याल र पुष्पा थरूनी तथा जनता समाजवादी पार्टीका सहसराम यादव र पुरमती ढेङ्गा मगरले आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले सभामा पेश गर्नुभएको प्रदेश नं ५ को स्थायी राजधानी तोकियोस् भन्ने प्रस्तावमा दफा...
-
२०७७ आश्विन २०, मंगलबार
देउखुरीको विपक्षमा मतदान गर्न कांग्रेसको ह्विप
रुपन्देही – नेपाली कांग्रेसले प्रदेश नं ५ को स्थायी राजधानी देउखुरीका विपक्षमा मतदान गर्न आफ्ना प्रदेशसभा सदस्यलाई ह्विप जारी गरेको छ । आज बस्ने प्रदेशसभा बैठकमा मतदान प्रक्रियाबाट राजधानी तोक्ने निर्णय हुन सक्ने भएकाले दाङस्थित देउखुरीका विपक्षमा मतदान गर्न कांग्रेस संसदीय दलले ह्विप लगाएको हो । प्रदेश सरकारले प्रदेशसभामा पेश गरेका प्रस्तावका विपक्षमा मतदान गर्ने निर्णय भएको विपक्षी दल...
-
२०७७ आश्विन २०, मंगलबार
कुर्सी फुटाउने सांसदलाई कारबाही हुने
काठमाडौं – नेपाली कांग्रेसले कुर्सी तोडफोडमा संलग्न सांसदलाई कारवाही गर्ने संकेत गरेको छ। कांग्रेसले प्रदेश ५ का सांसदहरुले गरेको कुर्सी तोडफोड पार्टीको नीति र संस्कृति विपरित भएको जनाएको छ। प्रदेश ५ को प्रदेश सभा बैठकमा प्रदेशको नाम र राजधानीबारे प्रस्ताव पेश गर्ने क्रममा सोमबार प्रमुख प्रतिपक्षी दल कांग्रेस निकट सांसदहरुले कुर्सी तोडफोड गरेका थिए। उनीहरुले प्रदेश सरकारको विरोध गर्दै प्रदेश...
-
२०७७ आश्विन १९, सोमबार
प्रदेश नम्बर ५ को प्रदेश सभा बैठक स्थगित • अर्को बैठक मंगलबार बस्ने
काठमाडाैं – प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोध र प्रदेशसभामा भएकाे तोडफोडपछि प्रदेश नम्बर ५ को प्रदेश सभा बैठक स्थगित भएको छ। सभामुख पूर्ण घर्तीमगरले मंगलबार दिउँसो १२ बजे बस्ने गरी आजको बैठक स्थगित गरेका हुन्। कांग्रेस सांसदले स्थायी राजधानी बुटवल नै राख्नुपर्ने माग राख्दै तोडफोड गरेका थिए । उनीहरुले कुर्सी, टेबुल र माइक फुटाएका थिए। आजको बैठकमा आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद...


