राजनीति
-
२०७७ आश्विन ५, सोमबार
नेकपा सचिवालय बैठक स्थगित
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सोमबार बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ । सोमबार दिउँसो १ बजेका लागि तय भएको बैठक मंगलबार दिउँसो १२ः ३० बजे बस्ने गरी स्थगित भएको हो । पेरिसडाँडामा आइतबारबाट सुरु भएको बैठकमा मन्त्रिमण्डल पुर्नगठन, संवैधानिक तथा राजनीतिक नियुक्ति, पार्टी एकताका बाँकी काम लगायतका विषयमा छलफल गर्ने कार्ययोजना रहेको थियो । मंगलबारको बैठक बालुवाटारमा बस्ने पार्टी...
-
२०७७ आश्विन ५, सोमबार
बामदेवलाई राष्ट्रियसभामा मनाेनित निर्णयविरुद्ध सर्वाेच्चमा रिट
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभामा मनोनित गर्ने राष्ट्रपतिको निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले गौतमलाई राष्ट्रियसभामा मनोनित गर्ने राष्ट्रपति कार्यालयको भदौ २९ को निर्णय र उनलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने मन्त्रिपरिषदको निर्णय बदर गर्न माग गर्दै आइतबार सर्वोच्च अदालतमा रिट दायर गरेका...
-
२०७७ आश्विन ४, आइतबार
संविधान दिवसको अवसरमा साझा पार्टीको अन्तरक्रिया सम्पन्न
विजयरत्न असंबरे नेपालमा गणतान्त्रिक संविधान लागु भएको पाँच वर्ष पुरा भएको अवसरमा साझा पार्टीको उपत्यकाव्यापी साझा अभियानका आयोजनामा नेपालको संविधानलाई लिएर 'नेपालको संविधान २०७२ : अभ्यास , अवसर र चुनौति' शीर्षकमा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । वरिष्ठ संविधानविद् प्रा पूर्णमान शाक्य प्रमुख वक्ताका रुपमा रहेको रुपमा रहेको सो अन्तरक्रियामा नेपालको संविधानमाथि आफ्नो विचार राख्ने...
-
२०७७ आश्विन ४, आइतबार
पेरिसडाँडामा पहिलाेपटक नेकपा सचिवालय बैठक
काठमाडौं – सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक पेरिसडाँडामा सुरु भएको छ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले कार्यकारी अध्यक्षको अधिकार प्रयोग गर्न पाउने निर्णयपछि पहिलो पटक बैठक पेरिसडाँडामा सुरु भएको हो । यसअघिका बैठक धुम्बाराहीस्थित केन्द्रीय कार्यालय र प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै आएका थिए । यसअघि २ असोजमा बोलाइएको बैठक अन्तिम समयमा स्थगित गरिएको थियो ।...
-
२०७७ आश्विन ३, शनिबार
संविधान दिवसमा प्रधानमन्त्रीले टुँडिखेलमा विशेष सम्बोधन गर्ने
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवस तथा राष्ट्रिय दिवस २०७७ का अवसरमा देशवासीका नाममा विशेष सम्बोधन गर्नुहुने भएको छ । प्रधानमन्त्री ओलीले दिवसका अवसरमा शनिबार बिहान ९ बजे सैनिक मञ्च टुँडिखेलमा हुने कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको उहाँका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । सम्बोधनमार्फत उहाँले स्वदेश र विदेशमा रहेका नेपालीलाई शुभकामना दिनुहुने भएकाले...
-
२०७७ आश्विन ३, शनिबार
उर्जामन्त्री पुन होम आइसोलेसनमा
काठमाडौँ – निजी सुरक्षाकर्मीलाई कोरोना संक्रमण देखिएपछि उर्जामन्त्री वर्षमान पुन पाँच दिनका लागि होम आइसोलेसनमा बसेका छन् । मन्त्री पुनलगाएत सबै परिवार नै होम आइसोलेसनमा बसेका छन् । मन्त्री र पूर्व सभामुखको परिवारका सदस्य, निजी सचिवालयका सदस्य, ड्राइभर र सुरक्षाकर्मीसहित ३० जनाको परीक्षण गर्दा एक जना सुरक्षाकर्मीलाई कोरोना पोजिटिभ देखिएको थियो ।
-
२०७७ आश्विन ३, शनिबार
आज संविधान दिवस, राष्ट्रपति र उपराष्ट्रपतिकाे शुभकामना
काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले जनताका राजनीतिक अधिकार प्राप्तिका लागि गरिने सङ्घर्षको चरण सम्पन्न भएपछि अब मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनुपर्ने महान् दायित्व हाम्रो काँधमा आएको बताउनुभएको छ । संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले संविधान दिवसको यस दिनले समृद्ध नेपाल सुखी नेपालीको साझा राष्ट्रिय सङ्कल्प हासिल गर्न...
-
२०७७ आश्विन ३, शनिबार
देशको अर्थतन्त्र सकारात्मक : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाविरुद्ध सही कदम उठाएकाले नेपालको अर्थतन्त्र सकारात्मक रहेको जनाएका छन् । संविधान दिवसको अवसरमा शनिबार बिहान टुँडिखेलमा भएको विशेष कार्यक्रममा देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री शर्माले उक्त कुरा राखेका हुन् । प्रधानमन्त्री ओलीले कोरोनाविरुद्ध सरकारले उठाएका कदम सही भएको जनाउँदै कोरोना महामारीका कारण विश्वका अधिकांश देशका अर्थतन्त्रको सुचक नकारात्मक...
-
२०७७ आश्विन २, शुक्रबार
मृतकको कोरोना परीक्षण नगर्ने निर्णय फिर्ता लिन कांग्रेसकाे माग
काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मृतकको कोरोना परीक्षण नगर्ने निर्णय फिर्ता लिन सरकारसँग माग गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार शंकास्पद मृत्युमा शव व्यवस्थापन गर्दा सबै मापदण्ड पालना गर्नुपर्ने, नजिकको सम्पर्कमा रहेका व्यक्तिहरु १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने तर शवबाट स्वाब निकालेर पीसीआर टेष्ट नगर्ने निर्णय गरेको थियो । कांग्रेसले यो निर्णय गलत भएको भन्दै...
-
२०७७ आश्विन २, शुक्रबार
आजको नेकपा सचिवालय बैठक स्थगित
काठमाडौं – आज बस्ने भनिएको नेकपा सचिवालय बैठक असाेज ४ गतेसम्मकाे लागि स्थगित गरिएको छ । शुक्रबार बिहान ११ बजे तत्कालीन नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा सचिवालय बैठक बस्ने तय भएको थियो । तर, आजै बिहान सचिवालय सदस्यहरुलाई असोज ४ गते आइतबारसम्मका लागि बैठक स्थगित भएको सूचना पठाइएको छ । बैठकका लागि पेरिसडाँडास्थित कार्यालयको माथिल्लो तलामा भौतिक दुरी कायम गरी बस्ने व्यवस्था मिलाइसकिएको थियो ।
-
२०७७ आश्विन २, शुक्रबार
बामदेव गौतमले लिए पद तथा गोपनियताको सपथ
काठमाडौँ – राष्ट्रियसभा सदस्यमा मनोनित सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमले पद तथा गोपनियताको सपथ लिएका छन् । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुनुभएको गौतमले पद तथा गोपनियताको सपथ लिएका हुन्। बिहीबार राष्ट्रियसभा अध्यक्ष अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले गौतमलाई पद तथा गोपनियताको सपथ खुवाएका हुन्। सपथग्रहणपछि गौतमले राष्ट्रिसभाको गरिमा र प्रतिष्ठालाई...
-
२०७७ आश्विन २, शुक्रबार
राष्ट्रसङ्घको ७५ औँ महासभामा प्रधानमन्त्रीले सम्बाेधन गर्ने
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलले संयुक्त राष्ट्रसङ्घको ७५ औँ महासभामा अप्रत्यक्षरूपमा भाग लिने भएको छ । न्युयोर्कमा आजदेखि शुरु भएको ७५औँ महासभालाई प्रधानमन्त्री ओलीले आगामी शुक्रबार सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । महासभाअन्तर्गतका उच्चस्तरीय सत्रहरु पनि आजैदेखि प्रारम्भ भएका छन् । यो वर्षको महासभाको छलफलको विषय ‘हामीले...


