राजनीति
-
२०७७ कार्तिक १९, बुधबार
म राजीनामा दिनेवाला छैन : प्रधानमन्त्री ओली
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने स्पष्ट पारेका छन् । बुधबार बिहान चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गतको मनमोहन सेन्टर एनेक्स भवनको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै कुनै पनि परिस्थितिमा आफुले राजीनामा नदिने बताएका हुन् । पछिल्लो समय पार्टी भित्रैबाट राजीनामा दिन दवाव सिर्जना भएको अवस्थामा प्रधानमन्त्री ओलीले देशका लागि भएपनि राजीनामा नदिने स्पष्ट पारेका हुन् । उनले भने...
-
२०७७ कार्तिक १८, मंगलबार
खुलामञ्चमा खाना नख्वाउने महानगरपालिकाको आदेशको साझा पार्टीद्वारा विराेध
काठमाडाैं – केही परोपकारी समूहहरूले महिनौँदेखि काठमाडौँ खुलामञ्चमा यो संकटको घडीमा रोजगारविहीन असहायहरूलाई खाना खुवाउँदै आएकोमा त्यसलाई रोक्न काठमाडौँ महानगरपालिकाले दिएको निर्देशनको साझा पार्टीले एउटा विज्ञप्ति मार्फत भर्त्सना गरेको छ। पार्टीका प्रवक्ता शरदराज पाठकले जारी गरेको विज्ञप्ति मा कोरोना संक्रमणका कारण श्रमिक तथा असहायहरू भोकभोकै मर्नु पर्ने अवस्था सृजना भएका बेला सरकार स्वयंले आफ्ना...
-
२०७७ कार्तिक १६, आइतबार
प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीविरुद्ध ‘अदालतको अवहेलना’ मुद्दा दर्ता
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्यमन्त्री भानुभक्त ढकालविरुद्ध न्यायालयको फैसला अवज्ञा गरेको आरोपमा ‘अदालतको अवहेलना’ मुद्दा दर्ता भएको छ । कोरोना संक्रमणको शंकामा परीक्षण र संक्रमण भएमा उपचार निःशुल्क हुनुपर्ने भनी सर्वोच्च अदालतले गरेको फैसला उल्लंघन गरेको आरोपमा अवहेलना निवेदन दर्ता भएको हो । दुई कानुन व्यवसायीहरु आइतबार सर्वोच्च अदालतमा अवहेलनाको निवेदन दर्ता गरेका हुन् । गत...
-
२०७७ कार्तिक १६, आइतबार
सरकारविरुद्ध नेपाल विद्यार्थी संघको प्रदर्शन
काठमाडौँ – आफ्नो संगठनका नेता कार्यकर्ताहरुलाई बिना कारण पक्राउ गरी झुठा मद्दा लगाइएको भन्दै नेपाल विद्यार्थी संघले प्रदर्शन गरेको छ । षडयन्त्रपूर्वक नेताहरुमाथि धरपकड गरेको, यातना दिने र झुठा मुद्दा लगाउने काम सरकारले गरेको भन्दै नेविसंघले प्रदर्शन गरेको हो । नेविसंघका कार्यकर्ताहरुले काठमाडौंको भृकुटीमण्डपमा भेला भएर प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरुले ‘जनस्वास्थ्यमा खेलवाड गर्न...
-
२०७७ कार्तिक १३, बिहिबार
नेपाली काँग्रेस कार्यसमितिकाे बैठक शुक्रबार बस्ने
काठमाडौँ– नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार अपराह्न पार्टीको केन्द्रीय कार्यालय, ललितपुरमा हुने भएको छ । पार्टीको आगामी १४ औँ महाधिवेशनको तयारी सन्दर्भमा हुने उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यलाई उपस्थित हुने पार्टीले अनुरोध गरेको छ ।
-
२०७७ कार्तिक १३, बिहिबार
नेकपा केन्द्रीय कमिटी बैठक एक महिनाका लागि स्थगित
काठमाडाैं – नेकपा केन्द्रीय कमिटीकाे बैठक एक महिनाकाे लागि स्थगित भएको छ। यही कात्तिक १५ देखि १७ गतेसम्म हुने भनिएको केन्द्रीय कमिटी बैठक मंसिर १५ देखि १७ सम्म बस्ने गरी एक महिनाकाे लागि स्थगित भएको हो। नेकपा पार्टी कार्यालयका सचिवद्वय श्रीराम ढकाल र इश्वरी रिजालले विज्ञप्ति जारी गर्दै बैठक स्थगित भएको जनाएका छन्। कोभिड-१९ को महामारीका कारण बैठक स्थगित भएको नेकपाले जनाएको छ।
-
२०७७ कार्तिक १२, बुधबार
नेकपाको चियापान नहुने
काठमाडाैं – सत्तारुढ पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बडादशैं, तिहार, नेपाल संवत् ११४१, छठलगायत चाडपर्वका अवसरमा आयोजना गर्दै आएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम यस वर्ष नगर्ने भएको छ । नेकपाका केन्द्रीय कार्यालयका सचिवद्वय ईश्वरी रिजाल र श्रीराम ढकालले आज विज्ञप्ति जारी गरी कोभिड –१९ महामारीका कारण यस वर्ष उक्त कार्यक्रम स्थगन गरिएको जानकारी दिनुभएको हो । विज्ञप्तिमा ती...
-
२०७७ कार्तिक १०, सोमबार
जो जहाँ छौँ, त्यहीँ रहेर दशैँ मनाऔँ : प्रधानमन्त्री
काठमाडाैँ - प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरुको महान चाड बडादशैंका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सुस्वास्थ्य, प्रगति र समुन्नतिका लागि शुभकामना व्यक्त गरेका छन्। उनले चाडबाड केवल पर्व र उत्सव मात्र नभई सामाजिक प्रबन्धका आधार पनि भएको बताउँदै यिनलाई अपनाउँदै अगाडि बढाउनु आवश्यक रहेकामा जोड दिएका छन् । चाडबाडका नाममा हुने गरेका केही नकारात्मक पक्ष तथा औचित्य र आवश्यकताको...
-
२०७७ कार्तिक ७, शुक्रबार
कर्णालीका मुख्यमन्त्रीमाथिकाे अविश्वासको प्रस्ताव असफल
काठमाडाैं – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव असफल भएको छ । संसदीय दलको बैठकमा प्रस्तुत भएको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत गरेको हो । बैठकमा उपस्थित १८ जना सांसदले शाहीको पक्षमा १८ जना सांसदले मत दिएका थिए भने विपक्षमा शून्य मत परेको थियो । संसदीय दलको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीनिकटका यामलाल कँडेल पक्षका सांसदहरु अनुस्थित थिए । यसअघि...
-
२०७७ कार्तिक ६, बिहिबार
रअ प्रमुखसँग भेट नभएकाे प्रचण्ड र माधव नेपालकाे स्पष्टोक्ति
काठमाडौं- भारतीय गुप्तचर संस्था रअका प्रमुख काठमाडाैंमा के उत्रिए, शीर्ष नेताहरू उनीसँग भेट भएकाे कुरा बाहिर आएपछि रअ प्रमुखसँग भेट नभएकाे स्पष्टीकरण नेताहरूले दिएका छन् । रअका प्रमुखसँगकाे खुल्ला भेटलाई कूटनीतिक दृष्टिले लिने भएकाले पनि "भेट नभएकाे" कुरा बाहिर ल्याइएकाे हाे । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले भारतको गुप्तचर निकाय रअका...
-
२०७७ कार्तिक ५, बुधबार
‘रअ’ प्रमुख काठमाडौँमा
काठमाडौँ – भारतीय जासुसी संस्था ‘रअ’ का प्रमुख सामान्तकुमार गोयल काठमाडौँ उत्रिएका छन्। केहीबेर अघि इण्डियन एयर फोर्सको विशेष चार्टड विमानबाट गोयल र रअ कै एक अर्का उच्च तहका अधिकारी त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन्। स्रोतका अुनसार गोयललाई लिन नेपालको अध्यागन विभागका अधिकारी र सुरक्षाकर्मीहरु विमान छेउमै पुगेका थिए। उनीहरुको भ्रमणको रेकर्ड नरहने गरी पासपोर्ट परीक्षण नगरी...
-
२०७७ कार्तिक ४, मंगलबार
उपचार नगर्ने सरकारको निर्णय फिर्ता लिन माधवकुमार नेपालकाे माग
काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले कोरोना सङ्क्रमित सबै नागरिकको निःशुल्क उपचार नगर्ने सरकारको निर्णय फिर्ता लिन माग गर्नुभएको छ । महामारीको बेला राज्यले सबै नागरिकको उपचार गर्नुपर्नेमा सरकारको यस निर्णयले नागरिकमा आतङ्क सिर्जना गरेको भन्दै उहाँले उक्त निर्णय फिर्ता लिन माग गर्नुभएको हो । सङ्क्रामक रोगसम्बन्धी विद्यमान कानूनी प्रावधानले पनि सरकारलाई...


