राजनीति
-
२०७७ आश्विन १५, बिहिबार
अनसन फिर्ता डा. केसीलाई सरकारको आग्रह
काठमाडौं – सरकारले १८ दिनदेखि अनसनरत डा गोविन्द केसीलाई अनसन फिर्ता लिन आग्रह गरेको छ। बिहीबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले डा केसीलाई अनसन फिर्ता लिन आग्रह गरेका हुन्। मन्त्री ज्ञवालीले भने- ‘देश संकटमा छ। कोरोना विरुद्धको लडाइमा जुधिरहेका धेरैलाई हामीले गुमाएका पनि छौं। यस्तो बेला अनसन र हडताल राम्रो विषय भएन। अरु मागमा पछि पनि छलफल गर्न...
-
२०७७ आश्विन १३, मंगलबार
बलात्कारीलाई मृत्युदण्ड माग
काठमाडाैँ – संघीय संसदमा प्रतिनिधित्व गर्ने महिला सांसदहरुले संविधान संशोधन गरेर १६ वर्ष मुनिका बालिकालाई बलात्कार गर्नेलाई मृत्युदण्ड दिने व्यवस्था गर्नुपर्ने बताएका छन् । विभिन्न राजनीतिक दलबाट नृतृत्व गर्ने महिला सांसदहरुको भेलामा सहभागिहरुले संविधान संशोधन गरेर कानून बनाउने र अन्तर्राष्ट्रिय सन्धि समेत संशोधन गरी मृत्युदण्डको सजायको व्यवस्था गर्नुपर्ने बताएका हुन । नेपाली कांग्रेस...
-
२०७७ आश्विन ११, आइतबार
प्रधानमन्त्रीका निजी चिकित्सकलाई कोरोना संक्रमण पुष्टि
काठमाडौं – प्रधानमन्त्रीका निजी चिकित्सक एवं त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)की डिन डा. दिव्या सिंह शाहलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । कोरोनासंग मिल्दोजुल्दो लक्षण देखिएपछि पीसीआर टेष्टका लागि स्वाब दिएकी उनको शनिबार पोजेटिभ रिपोर्ट आएको हो । उनी अहिले होम आइसोलेसनमा बसेकी छिन् । शाहले पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीलाई भने नभेटेको...
-
२०७७ आश्विन ११, आइतबार
एसिड आक्रमण विरुद्ध अध्यादेशको स्वागत
काठमाडौँ – एसिड आक्रमण विरुद्ध मन्त्रिपरिषद्ले दुई वटा अध्यादेश जारी गरेकोमा महिला, कानून र विकास मञ्चले स्वागत गरेको छ । एसिड आक्रमण विरुद्ध कानून निर्माणको माग गर्दै मञ्चले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेको थियो । रिट निवेदनमाथि फैसला गर्दै सर्वोच्चले कानून बनाउन आदेश जारी गरेको हो । नयाँ कानूनले आफ्नो दायरालाई फराकिलो बनाएर अग्निजन्य हिंसालाई पनि समेट्नुपर्ने मञ्चका कार्यकारी निर्देशक...
-
२०७७ आश्विन ९, शुक्रबार
एसिड आक्रमणका दोषीलाई कडा कारबाही गर्न अध्यादेश ल्याइयो
काठमाडौं – सरकारले एसिड आक्रमणका दोषीलाई कारबाही गर्न र पीडितको सम्पूर्ण उपचार, शिक्षा र जीविकाको प्रबन्ध गर्ने गरी कानुनी व्यवस्था गर्न अध्यादेश ल्याएको छ। बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सोसम्बन्धी मस्यौदालाई पारित गर्दै स्वीकृतिका लागि राष्ट्रपतिकहाँ पठाउने निर्णय गरेको छ। कानुन मन्त्रालयले सम्बन्धित सरोकारवालाहरूसँगको परामर्शका आधारमा कानुनको मस्यौदा तयार पारेर मन्त्रिपरिषद्को बैठकमा...
-
२०७७ आश्विन ९, शुक्रबार
डा केसीको माग समाधान गर्न मानव अधिकार आयोगको ध्यानाकर्षण
काठमाडौँ– राष्ट्रिय मानव अधिकार आयोगले डा गोविन्द केसीको मागबारे विमतिका विषय वार्ताको माध्यमबाट समाधान गर्न तथा आमरण अनशनजस्तो जीवन नै जोखिममा पर्न सक्ने जटिल विकल्प नरोज्न आग्रह गरेको छ । आयोगका सचिव वेद भट्टराईले आज जारी गर्नुभएको विज्ञप्तिमा चिकित्सा शिक्षाजस्तो आधारभूत मानव अधिकारको विषयप्रति संवेदनशील हुन, डा केसीसँग नेपाल सरकारले विगतमा पटक–पटक गरेका सम्झौताप्रति गम्भीर हुँदै डा कसीको जीवन...
-
२०७७ आश्विन ९, शुक्रबार
एसिड आक्रमण गर्नेलाई कारबाही गर्न कडा कानुन आउँदै
काठमाडौं – सरकारले एसिड आक्रमण गर्नेलाई कारबाही गर्ने कडा कानुन बनाउन अध्यादेश ल्याउने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले एसिड आक्रमण सम्बन्धी अध्यादेश ल्याउने निर्णय भएकाे थाहा हुन आएको छ । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले अमानवीय र जघन्य अपराधका दोषीमाथि कारबाही गर्न अध्यादेशमार्फत् तत्काल नयाँ कानुन बनाइने बताएका थिए । त्यसका लागि उनले १५ दिनभित्र कानूनको मस्यौदा तयार गरिसक्न...
-
२०७७ आश्विन ८, बिहिबार
बामदेवलाई मन्त्री नबनाउन सर्वाेच्चको अन्तरिम आदेश
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष बामदेव गौतमलाई कुनै संवैधानिक जिम्मेवारी नदिन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । हालै राष्ट्रियसभा सदस्य नियुक्त भएका गौतमलाई कुनै संवैधानिक जिम्मेवारी नदिन सर्वाेच्चले अन्तरिम आदेश जारी गरेको हो । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटमाथि सुनुवाई गर्दै बुधबार न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले सो आदेश जारी गर्दै...
-
२०७७ आश्विन ८, बिहिबार
चीनले नेपाली भूभाग मिचेकाे छैन : सरकार
काठमाडाैँ – नेपाल सरकारले चिनियाँ पक्षले कुनै पनि क्षेत्रमा नेपाली भूभाग नमिचेको प्रष्ट पारेको छ । हुम्लाको लिमि उपत्यकामा चीनले नेपाली भूमिमा भवनहरु निर्माण गरेको समाचार सार्वजनिक भएपछि सरकारले भूमि नमिचिएको प्रष्ट पारेको हो । मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै सरकार प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले चीनको तर्फबाट नेपाली भूमि नमिचिएको बताए । लिमि उपत्यकामा नेपाली भूमिमा...
-
२०७७ आश्विन ८, बिहिबार
सिन्धुपाल्चोक र बागलुङ विपद संकटग्रस्त क्षेत्र घोषणा
काठमाडाैँ – सरकारले सिन्धुपाल्चोक र बागलुङलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । मंगलबार बसेकाे मन्त्रिपरिषद् बैठकले साे निर्णय गरेकाे हाे । मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै सरकार प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले ती दुई जिल्लालाई विपद संकटग्रस्त क्षेत्र घोषणा गर्दै विश्व बैंकबाट प्राप्त हुने करिब ६ अर्ब रुपैयाँमा पुनर्निर्माण काम अगाडी बढाइने बताए। विपद व्यवस्थापन...
-
२०७७ आश्विन ७, बुधबार
चिनियाँ दूतावास अगाडि प्रदर्शन
काठमाडौं – हुम्लामा सीमा अतिक्रमण गरेको भन्दै काठमाडौंको बालुवाटारस्थित चिनियाँ दूतावास अगाडि युवाहरुको समूहले प्रदर्शन भएको छ । प्रदर्शनकारीहरुले सीमा अतिक्रमण बन्द गर्नुपर्ने, मिचिएको भूमि फिर्ता गर्नुपर्ने, पुरानो सन्धि लागू हुनपर्ने माग गर्दै प्रदर्शन गरेका छन् । युवाहरुको समूहले ब्याक अफ चाइना लेखिएका पम्पलेटसहित प्रदर्शन गरेका छन् । उनीहरुलाई प्रहरीले दूतावासबाट तितरबितर पारेको छ । ...
-
२०७७ आश्विन ६, मंगलबार
एकिकृत राप्रपाको चुनाव चिन्ह 'हलो'
काठमाडौं – एकिकरण प्रक्रियामा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी तथा राप्रपा संयुक्तले ६ महिनापछि हलोलाई चुनाव चिन्ह बनाउने सहमति जुटाएका छन्। दुई पार्टीबीच एकीकरण गर्ने सहमति भए पनि चुनाव चिन्ह गाई बनाउने वा हलो भन्नेमा विवाद रहँदै आएको छ। विवादका कारण एकिकृत पार्टी अहिलेसम्म निर्वाचन आयोगमा दर्ता हुन सकेको छैन्। पार्टीका तीन अध्यक्ष कमल थापा, पशुपति शम्शेर राणा र डा. प्रकाशचन्द्र लोहनीले आइतबार...


