STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राजनीति

  • २०७७ श्रावण ११, आइतबार

    राप्रपाका ‍सुनिल थापासहित ३१ जनाको संयुक्त राजीनामा

    काठमाण्डौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वमहामन्त्री एवं उच्चस्तरीय कार्यसम्पादन समिति सदस्य सुनिलबहादुर थापासहित ३१ जनाले पार्टीबाट संयुक्त राजीनामा दिएका छन् । राजीनामा दिनुहुनेमा केन्द्रीय सदस्यमा विष्णुविक्रम थापा, बाबुराम बस्नेत, बृजलाल यादव, पदमबहादुर बस्नेत, किरण गिरी, दिलीप राई, आशाराम चौधरी, चन्द्रकुमार गुरुङ, श्रीमती राज्यलक्ष्मी श्रेष्ठ, चतुरमान विश्वकर्मा र राम पदारथ शाह...

  • २०७७ श्रावण ७, बुधबार

    कम्युनिस्ट आन्दोलनका योद्धा बर्मन बुढा रहेनन्

    काठमाडौं - नेपाली कम्युनिस्ट आन्दोलनका एक अथक योद्धा बर्मन बुढा बुधबार बिहान निधन भएको छ । योद्धा, अर्थात । बुढाको बुधबार निधन भएको हो । सामन्तवाद विरोधी नेपाली जनताको मुक्ति युद्धमा बुढा जहिले पनि अग्रमोर्चामा रहने गर्दथे । बुढा तत्कालीन एकता केन्द्रको तर्फबाट २०४८ सालमा रोल्पाबाट प्रत्यक्ष निर्वाचित सांसद बनेका थिए । ९० वर्षीय बुढा क्यान्सरबाट पीडित थिए । उनकाे उपचारको क्रममा पाटन अस्पतालमा...

  • २०७७ श्रावण ७, बुधबार

    समाजवादको लक्ष्यमा अघि बढ्नु पुष्पलाल श्रेष्ठप्रति सम्मान : खनाल

    काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले पार्टीलाई थप एकताबद्ध गरी सुदृढ र मजबुत बनाउँदै समाजवादको लक्ष्यमा दृढतापूर्वक अघि बढ्नु नै पुष्पलाल श्रेष्ठप्रतिको सच्चा सम्मान हुने बताएका छन् । आज ४२औँ पुष्पलाल स्मृति दिवसको अवसरमा वक्तव्य जारी गर्दै पूर्व प्रधानमन्त्री खनालले पुष्पलालकै मार्गदर्शनबाट अघि बढेर आज नेपालमा जनवादी क्रान्ति सम्पन्न गरेको बताएका छन् । उनले...

  • २०७७ श्रावण ५, सोमबार

    ओलीसँग सहमति गरेर अघि बढ्नुको विकल्प छैन : प्रचण्ड

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीसँग सहमति गरेर अघि बढ्नुको विकल्प नरहेको निष्कर्ष निकालेका छन्। प्रचण्डले सोमबार विहान आफु निकट स्थायी कमिटी सदस्यहरुलाई बोलाएर शीर्ष तहमा भएको छलफल र प्रगतीबारे बिफ्रिङमा उक्त कुरा बताएका थिए । ओलीलाई विधिसम्मत हटाउने प्रकक्रिया अघि बढाउँदा पार्टीमा विभाजन आउने र दुर्घटना निम्त्याउने...

  • २०७७ श्रावण ४, आइतबार

    राष्ट्रपतिसँग नेकपा अध्यक्षद्धयको भेट

    काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधान शनिबारआज साँझ भेटवार्ता गर्नुभएको छ । पार्टीको सचिवालय बैठक सकिएलगत्तै अध्यक्षद्वयले राष्ट्रपति भवन शीतलनिवास पुगेर भेटघाट गर्नुभएको हो । भेटवार्ताका क्रममा मुलुकको समसामयिक विषयमा छलफल भएको जनाइएको छ । नेकपाको शीर्ष तहमा देखिएको विवाद समाधानका लागि छलफल जारी रहेका बेला आज सचिवालय बैठकसमेत बसेको थियो । सचिवालय बैठक सङ्कट समाधानका लागि सकारात्मक...

  • २०७७ श्रावण ४, आइतबार

    पुनः साउन ६ गतेसम्मलाई नेकपाको स्थायी कमिटी बैठक स्थगित

    काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ ।  यसअघि स्थायी कमिटी बैठक पटक पटक स्थगित भइसकेको थियाे । पार्टी विवाद समाधानकाे लागि आइतबार दिउँसो ३ बजे बस्ने तय भएको बैठक साउन ६ गते विहान ११ बजे बस्ने गरी स्थगित भएको हो । नेकपा पार्टी कार्यालयका सचिव श्रीराम ढकाल र ईश्वरी रिजालले एक विज्ञप्ति जारी बैठक स्थगित भएकाे जानकारी दिएकाे हो । विज्ञप्तिमा साउन...

  • २०७७ श्रावण ३, शनिबार

    नेकपाको सचिवालय बैठक आज बस्दै

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दै छ । नेकपाको विवाद समाधानको प्रयासमा सचिवालयमा छलफल हुन लागेको हो । गत असार १७ गतेदेखि सुरु भएको स्थायी कमिटीको बैठकमा अधिकांश सदस्यहरुले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेका थिए । प्रधानमन्त्री ओली भने दुवै पद नछाड्ने अडानमा कायमै छन् ।  विवाद उत्कर्षमा पुगेपछि शीर्ष...

  • २०७७ श्रावण २, शुक्रबार

    नेकपाको स्थायी कमिटी बैठक दिउँसो ३ बजेसम्मका लागि स्थगित

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ । बैठक विहान ११ बजेका लागि बोलाइएको थियो । तर अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले छलफलका लागि समय नपुगेको भनेपछि दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको जनाइएको छ । ११ बजे बाेलाइएकाे बैठककाे लागि अधिकांश स्थायी कमिटी सदस्यहरु प्रधानमन्त्री निवास बालुवाटार पुगिसकेका थिए ।  

  • २०७७ श्रावण २, शुक्रबार

    नेकपाको स्थायी समिति बैठक साउन ४ सम्मका लागि स्थगित

    काठमाडौ । सत्तारुढ दल नेकपाको स्थायी समिति बैठक साउन ४ गते सम्मका लागि स्थगित भएको छ । आज ११ बजे बस्ने भनिएको बैठक ३ बजेसम्मका सारिएको थियो। पछि फेरि साउन ४ गतेसम्मका लागि स्थगित गरिएको हो। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुवै पदबाट राजिनामा दिनुपर्ने माग गर्दै आएका अर्का अध्यक्ष तथा बरिष्ठ नेता माधवकुमार नेपाल समुहले अडान नछोडेपछि पार्टी भित्र अहिले प्रतिष्ठाको लडाई शुरु भएको छ...

  • २०७७ श्रावण १, बिहिबार

    ओली–प्रचण्डको वार्तामा माधव नेपाल पनि

    काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालबीच  प्रधानमन्त्री निवास बालुवाटारमा त्रिपक्षीय छलफल सुरु भएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद मिलाउन उनीहरु वार्तामा बसेका हुन् । आजकाे छलफलमा एमालेका वरिष्ठ नेता नेपाललाई पनि सहभागी गराइएको हो । नेता नेपाललाई समेत वार्तामा वोलाएपछि आजको छलफलले निकास दिन सक्ने आशा...

  • २०७७ श्रावण १, बिहिबार

    यातायात व्यवसायीले भेटे ओली र प्रचण्ड

    काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक यातायात सञ्चालनका लागि आफ्नो सामथ्र्यले सकेसम्म सहयोग गरिने बताउनुभएको छ । कोभिड– १९ को महामारीपछि यातायात सञ्चालनमा देखिएका समस्याबारे ज्ञापनपत्र बुझाउन आज प्रधानमन्त्री निवास बालुवाटार गएको यातायात व्यवसायी र मजदूर सङ्गठनका नेताको प्रतिनिधिमण्डलसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले महामारीका कारण प्रभावित सबै क्षेत्रका समस्या राज्यले हेर्नुपर्ने...

  • २०७७ श्रावण १, बिहिबार

    बिनानिष्कर्ष सकियो त्रिपक्षीय छलफल • ओलीको राजीनामाकाे अडान कायमै

    काठमाडौं । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपालबीचको त्रिपक्षीय छलफल बिनानिष्कर्ष सकिएको छ । बैठकमा प्रचण्ड र नेपालले ओलीले राजीनामा दिनैपर्ने पूर्ववत अडान दोहोर्याएपछि बैठक निष्कर्षबिहीन बनेको स्रोतले जनाएको छ । बैठकमा प्रचण्ड र नेपालले राजीनामाको विषय अघि सारेपनि ओलीले कुनैपनि हालतमा राजीनामा नदिने बताएका थिए । करिब साढे २ घण्टा चलेको...

Pages