STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राजनीति

  • २०७७ आषाढ १९, शुक्रबार

    केपी ओली र प्रचण्डबीच छलफल हुँदै

    काठमाडौं - नेकपाका अध्यक्षद्वय केपी ओली र प्रचण्डबीच आज छलफल हुँदैछ । नेकपामा बढ्दो अन्तरविरोध साम्य पार्ने उपायको खोजीका लागि दुई अध्यक्षबीच कुराकानी गर्ने निर्णय विहीबारको स्थायी कमिटी बैठकले गरेको थियो । त्यसकाे लागि आज एक दिन स्थायी कमिटी बैठकसमेत रोकिएकाे छ । प्रधानमन्त्री ओलीसँग छलफलका लागि अर्का अध्यक्ष प्रचण्ड शुक्रबार दिउँसो १२ बजे बालुवाटार पुगेका छन् । दुई अध्यक्षबीचको छलफलले निकास...

  • २०७७ आषाढ १९, शुक्रबार

    प्रधानमन्त्री ओलीका पक्षमा भक्तपुरमा प्रदर्शन

    भक्तपुर : प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षमा स्थानीय सूर्यविनायकमा आज जनप्रदर्शन गरिएको छ । स्वतन्त्र नागरिकका नाममा भएको जनप्रदर्शनमा प्रधानमन्त्रीका पक्षमा नारा लगाइएको थियो । सामाजिक सञ्जालबाट आह्वान गरिएको प्रदर्शनमा भेला भएका सयौँ नागरिकले अहिलेको समय प्रधानमन्त्री फेर्ने समय नभएको जनाउँदै सरकार परिवर्तन गर्ने खेल बन्द गर्न चेतावनी दिएका थिए । नेकपाको स्थायी कमिटीको बैठकमा राजीनामा...

  • २०७७ आषाढ १८, बिहिबार

    'पेट्रोलियम पदार्थको मूल्यवृद्धि घाउमा नूनचुक छर्कने काम'

    काठमाडौँ : नेपाल विद्यार्थी सङ्घले पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेको छ । नेविसङ्घका अध्यक्ष राजीव ढुङ्गानाले एक प्रेस विज्ञप्ति जारी गरी सरकारले मङ्गलबार राति १२ बजेदेखि पेट्रोलियम पदार्थको मूल्य बढाएको भन्दै तत्काल मूल्यवृद्धि फिर्ता लिन माग गर्नुभएको हो । “कोरोना महामारीका बीच देशको आर्थिक अवस्था नाजुक बन्दै गएको वर्तमान अवस्थामा जनताको दुखीरहेको घाउमा मलहम लगाउनुको...

  • २०७७ आषाढ १८, बिहिबार

    संसद्को हिउँदे अधिवेशन अन्त्य • सल्लाह नगरी अन्त्य गर्नु सरकारको गैरजिम्मेवारीपन : कांग्रेस

    काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले आज साँझ ५ बजेदेखि सङ्घीय संसद्को अधिवेशन अन्त्य गर्नुभएको छ । मन्त्रिपरिषद्को आजको बैठकले चालू अधिवेशन अन्त्यका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो । सोही सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले अधिवेशन अन्त्य गर्नुभएको हो । राष्ट्रपति कार्यालयले एक सूचनामार्फत अधिवेशन अन्त्य भएको जनाएको छ । कोरोनाको कहरबीच वर्षे अधिवेशनमा आगामी आर्थिक...

  • २०७७ आषाढ १८, बिहिबार

    प्रधानमन्त्री ओलीको समर्थनमा जुलुस

    काठमाडौं - केही युवाहरुले बिहीबार राजधानीमा प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा जुलुस निकालेका छन् । युवाहरुले प्रधानमन्त्री ओलीले देश र जनताको पक्षमा राम्रो काम गरेको भन्दै उनको समर्थनमा जुलुस निकालेका हुन् । राजधानीको माइतीघर क्षेत्रमा भेला भएका युवाहरुले ओलीको तस्बिर र लिप्पियाधुरा समेटिएको नेपालको नक्सा र ब्यानरसहित जुलुस निकालेका हुन् । उनीहरुले ओलीले भारतले मिचेको लिप्पियाधुरासहितको...

  • २०७७ आषाढ १८, बिहिबार

    प्रचण्ड शीतल निवासमा

    काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् । नेकपा स्थायी कमिटी बैठक स्थगित भएपछि प्रचण्ड बालुवाटारबाट शीतल निवास पुगेको उनको सचिवालयले जानकारी दिएको छ ।  ओलीसँग भएको भेटमा प्रचण्डले स्थायी कमिटी बैठकमा नआउने तर संसद अधिवेशन अन्त्य गरेर के गर्न खोजेको भनेर प्रश्न गरेका थिए । ओलीले राजनीतिक दल...

  • २०७७ आषाढ १७, बुधबार

    सांसद छन्त्यालको निधन • संसदमा शोक प्रस्ताव पारित

    सांसद ज्ञानकुमारी छन्त्यालको उपचारका क्रममा काठमाडौँमा निधन भएको छ । छन्त्यालको आज बिहान निधन भएको नेपाली काँग्रेस बागलुङ क्षेत्र नं २ का सभापति द्रोण कुँवरले जानकारी दिनुभयो । लामो समयदेखि मुटु रोगबाट ग्रसित ६६ वर्षीया छन्त्याल काठमाडौँस्थित गङ्गालाल हृदयकेन्द्रमा करीब एक महिनादेखि उपचाररत हुनुहुन्थ्यो । काँग्रेसका तर्फबाट समानुपतिक सांसद उहाँ दोस्रो संविधानसभामा बागलुङ क्षेत्र नं ३ बाट...

  • २०७७ आषाढ १७, बुधबार

    यातायात सञ्चालन नभएको समयमा कर्जा र कर छुट माग

    काठमाडौँ - नेपाल यातायात व्यवसायी महासङ्घले यातायात सञ्चालन नभएको समयमा बैंकको कर्जा, सवारीसाधनको विभिन्न कर छुटको माग गरेको छ । महासङ्का अध्यक्ष योगेन्द्र कर्माचार्य नेतृत्वमा गएको महासङ्घको टोलीले अर्थ सचिव शिशिरकुमार ढुङ्गानालाई आज मन्त्रालयमा विज्ञप्ति बुझाउँदै यातायात व्यवसायमा रहेका समस्या सुनाउँदै सहुलियतको माग गरेको हो । महासङ्घले सवारीसाधनको बैंक किस्ता स्थगन, ब्याजको पुनःविचार र...

  • २०७७ आषाढ १७, बुधबार

    नेकपा बैठक जारी

    काठमाडौँ : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको आज पाचौं दिनको बैठकमा पनि सरकार हटाउन छिमेकी भारत र नेताहरु भित्रभित्र लागेको भन्ने प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्ति र नेकपा (एमाले) नामक पार्टी निर्वाचन आयोगमा दल दर्ताको निवेदनका विषयमा छलफल भएको छ । आजको बैठकमा जननेता मदन भण्डारीको जयन्तीका अवसरमा यही असार १४ गते प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले राख्नुभएका विचार,...

  • २०७७ आषाढ १७, बुधबार

    पाँच नेताले बोलेपछि नेकपा स्थायी कमिटी बैठक स्थगित

    काठमाडौं : पाँच नेताले धारणा राखेपछि बुधबार बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक स्थगित भएको छ। प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार योगेश भट्टराई, लीलामणि पोखरेल, मातृकाप्रसाद यादव, नन्दकुमार प्रसाईं र आमन्त्रित सदस्य पेशलकुमार खतिवडाले बुधबारको बैठकमा धारणा राखेका हुन्। बुधबार निधन भएकी नेपाली कांग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालप्रति शोक व्यक्त गर्न जानुपर्ने भएकाले बैठक...

  • २०७७ आषाढ १६, मंगलबार

    ‘रोगले होइन, भोकले मर्ने भइयो सरकार’ : ट्याक्सी व्यवसायी

    काठमाडौं । लकडाउनका कारण लामो समयदेखि ट्याक्सी चलाउन नपाएपछि व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । उनीहरु मंगलबार बिहान नयाँबानेश्वर–तीनकुने सडकखण्डको किनारमा ट्याक्सी पार्क गरेर प्लेकार्डसहित शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका छन् । ट्याक्सी चालक तथा व्यवसायीहरुले ‘रोगले होइन, भोकले मर्ने भइयो सरकार’, घरबेटीले कोठा भाडा माग्यो सरकार’, ‘कि हामीलाई गरिखान देऊ, कि हामीलाई कामको व्यवस्था गरिदेऊ’,...

  • २०७७ आषाढ १६, मंगलबार

    नेकपा स्थायी कमिटी बैठक जारी   

    काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज पनि जारी रहेको छ । यही असार १० गते शुरु भएको स्थायी कमिटीको बैठक असार १४ गते जननेता मदन भण्डारीको जन्मजयन्ती र १५ गते राष्ट्रिय धान दिवसका कारण स्थगन भएको थियो ।          यसअघि नेपालको सीमा अतिक्रमण र सीमासम्बन्धी रहेको कार्यसूचीमाथिको छलफलमा भाग लिँदै २१ जना सदस्यले धारणा व्यक्त गरिसक्नुभएको छ...

Pages