STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राजनीति

  • २०७७ श्रावण १९, सोमबार

    ओली र दाहालबीच सोमबारको वार्ता पनि निष्कर्षबिहीन

    काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)काे आन्तरिक विवाद सुल्झाउन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सोमबारको वार्ता पनि निष्कर्षबिहीन बनेको छ । सोमबार विहान बालुवाटारमा भएको छलफलमा अध्यक्षद्धयसँगै वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि सहभागी भएका थिए । स्रोतका अनुसार दुवै नेता आआफ्नो अडानबाट टसमस भएका छैनन् । प्रधानमन्त्रीसमेत रहेका ओली...

  • २०७७ श्रावण १९, सोमबार

    अनशनरत ईः अस्पताल भर्ना

    काठमाडौं – कोरोना महामारीको उचित व्यवस्थापनको माग गर्दै १७ दिनदेखि बसन्तपुरमा अनशनरत ईः अस्पताल भर्ना भएका छन् । उनको मुटुको चाल र रगतमा चिनीको मात्रा कम देखिएपछि ह्याम्स अस्पतालमा भर्ना गरिएको इनफ इज इनफ अभियानका अभियन्ता आलोक सुवेदीले जानकारी दिए । ईःले अस्पतालबाटै अनशनलाई निरन्तरता दिने बताएका छन् ।

  • २०७७ श्रावण १९, सोमबार

    गगन थापाले मतदाताका घरघरमा मास्कसहित अपिल पत्र पठाए

    काठमाडौं क्षेत्र नम्बर-४ का सांसद गगन थापाले मतदाताका घरघरमा मास्कसहित अपिल पत्र पठाउन थालेका छन्। थापाले मास्क लगाउन आग्रह गर्दै प्रत्येक घरका लागि १० थान मास्क र सुरक्षित स्वास्थ्य व्यवहार अपनाउन एक पन्नाको अपिल पठाएका हुन्। मास्क लगाउने, साबुन पानीले पटक-पटक हात धुने, सेनिटाइजर प्रयोग गर्नेजस्ता कुरा सरकारलाई देखाउनका निम्ति नभएकाले आफ्नो स्वास्थ्यको ख्याल गर्न उनले निर्वाचन क्षेत्रका जनतालाई...

  • २०७७ श्रावण १८, आइतबार

    आजको ओली-दाहाल छलफल निष्कर्षविहीन

      काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालसहितका चार जना नेताको छलफल निष्कर्षविहीन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा वरिष्ठ नेता झलनाथ खनाल र स्थायी कमिटी सदस्य सुवास नेम्वाङ पनि सहभागी थिए । झण्डै तीन घण्टाको छलफलमा दुवै अध्यक्ष आ(आफ्नै अडान कायम रहेपछि कुनै निष्कर्ष निस्कन सकेन । केही दिनअघि बोलाइएको स्थायी कमिटी बैठक...

  • २०७७ श्रावण १७, शनिबार

    नेपाल–चीन कूटनीतिक सम्बन्धको ६५ औँँ वार्षिकोत्सव आज

    काठमाडौँ – आज अगष्ट १ अर्थात् नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ औँँ वार्षिकोत्सव । यसैअवसरमा दुवै देशका राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीहरूले बधाई सन्देश आदानप्रदान गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना चिनियाँ समकक्षी सी चिनफिङलाई सन्देश पठाएर राष्ट्रपति सी, चीन सरकार र त्यहाँका जनतामा हार्दिक बधाई ज्ञापन गरेकी छिन्। सन्देशमा राष्ट्रपति भण्डारीले नेपाल र...

  • २०७७ श्रावण १७, शनिबार

    अनशनरत युवाको माग सम्बोधन गर्न देउवाको आग्रह

    काठमाडौँ – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वसन्तपुरमा अनशनरत युवाको माग तत्काल सम्बोधन गर्न सरकारलाई आग्रह गर्नुभएको छ । शतप्रतिशत पिसीआर परीक्षणको माग राख्दै १५ दिनदेखि अनशनरत ‘इनफ इज इनफ’ का अभियन्तालाई आज वसन्तपुरमा भेटेर उहाँले अनशनकारीको माग सरकारले तत्काल सम्बोधन गर्नुपर्ने बताउनुभएको हो । सभापति देउवाले भन्नुभयो, “अनशनकारीको मागप्रति हाम्रो पार्टीको ऐक्यबद्धता छ,...

  • २०७७ श्रावण १७, शनिबार

    पहिलो पुस्ताका कम्युनिष्ट नेता तुलसीलाल अमात्यकाे २३ ‌‌‍‍औं स्मृति दिवस आज

    काठमाडौँ – प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले तुलसीलाल अमात्यको २३ औँ स्मृति दिवसका अवसरमा आज श्रद्धाञ्जलि वक्तव्य जारी गर्दै अग्रजका सपना साकार पार्ने बाटोमा महत्वपूर्ण काम भइरहेको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले देशलाई समृद्ध र नागरिकलाई सुखी बनाउन यतिबेला हामी एकताबद्ध भएर अघि बढ्नु अपरिहार्य रहेको उल्लेख गर्नुभएको छ । त्यसैले हामीले समृद्ध नेपाल–...

  • २०७७ श्रावण १६, शुक्रबार

    बालुवाटार धर्नाबाट ‘इनफ इज इनफ’ अभियन्ताहरु पक्राउ

    काठमाडौँ – प्रधानमन्त्री निवास बालुवाटार अगाडि धर्ना दिन पुगेका ‘इनफ इज इनफ’ अभियानका अभियन्ताहरुको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । पीसीआर परीक्षणको दायरा बढाइनुपर्ने, आरडीटी परीक्षण बढाइनुपर्ने तथा अनसनमा बसेकाहरुको माग सम्बोधन गर्न दबाब दिन उनीहरु बालुवाटार पुगेका थिए । प्रहरीले ५२ जना अभियन्ताहरु पक्राउ गरेकाे जनाएको छ । निषेधित क्षेत्र तोड्दै प्रदर्शन गर्न थालिएपछि प्रहरीले हस्तक्षेप...

  • २०७७ श्रावण १५, बिहिबार

    पुलिस क्लबअघि ‘इनफ इज इनफ’को  विरोध प्रदर्शन

    काठमाडाैं – महेन्द्र पुलिस क्लब अगाडि ‘इनफ इज इनफ’ का अभियन्ताहरुको  विरोध प्रदर्शन भएको छ ।  सूचनाको हकको निवेदन दर्ता गर्न गृहमन्त्रालय प्रवेश गर्न खोज्दा पाँच जना पक्राउ परेका थिए । अभियानका सदस्यहरु पक्राउ परेपछि आक्रोशित बनेका अभियानका अन्य अभियन्ताहरुले पुलिस क्लब अगाडी धर्ना दिएका हुन् ।  पक्राउ पर्नेमा पुकार बम, प्रमेश श्रेष्ठ, समुद्र केसी लगायत रहेका छन् । प्रहरीले पक्राउ गरेका...

  • २०७७ श्रावण १४, बुधबार

    बाघको सङ्ख्या दोब्बर बनाउने प्रतिबद्धता पूरा गरिने

    काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर बनाउने प्रतिबद्धता पूरा गरिने बताउनुभएको छ । अन्तर्राष्ट्रिय बाघ दिवस २०२० को उपलक्ष्यमा आज एक सन्देश दिँदै उहाँले नेपालले प्रतिबद्धता गरेअनुरूप नेपाल सरकारले तराईका पाँचवटा राष्ट्रिय निकुञ्जलाई समेटेर भूपरिधीयस्तरमा स्थानीय समुदाय र सरोकारवालासँग समन्वय गरी बाघ संरक्षणका गतिविधि सञ्चालन गर्दै आएको उल्लेख गर्नुभएको हो...

  • २०७७ श्रावण १३, मंगलबार

    प्रचण्डबाट रोकिएको स्थायी कमिटी बैठक सुचारू

    काठमाडाैं - प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई भेटेपछि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोकिएको स्थायी कमिटी बैठक पुनः सुचारू गरेका छन् । यसअघि प्रधानमन्त्री ओलीइतरका स्थायी कमिटी सदस्यहरूले बालुवाटारमा बैठक सुरू गरेका थिए। बैठकको बीचमै अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता झलनाथ खनाल प्रधानमन्त्री ओलीलाई भेट्न गएका थिए। स्रोतका अनुसार बैठकमा बरिष्ठ नेता माधवकुमार नेपाल,...

  • २०७७ श्रावण १२, सोमबार

    सरिता गिरीको ठाउँमा लीलादेवी सिटौला

    काठमाडौं - निर्वाचन आयोगले समाजवादी पार्टीको सिफारिसमा सरिता गिरीको ठाउँमा लीलादेवी सिटौलालाई प्रतिनिधिसभा सदस्य निर्वाचित भएको घोषणा गरेको छ । समाजवादी पार्टीले समानुपातिक पद्धति अन्तर्गत निर्वाचित गर्नुपर्ने खस-आर्य समूहको रिक्त भएको महिला सदस्यमा सिटौलाको नाम सिफारिस गरेको थियो । नेतृ सरिता गिरीले देशको भौगोलिक अखण्डतासँग सम्बन्धित निशान छाप परिवर्तनका लागि भएको संविधान संशोधनसम्बन्धी...

Pages