राजनीति
-
२०७७ भाद्र ६, शनिबार
माधवकुमार नेपालको ९ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण
काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालको सुरक्षामा खटिएका ९ जना प्रहरीमा कोरोना संक्रमण देखिएको छ । नेपालका परिवार सदस्य र उनको सुरक्षामा खटिएका दुईजना जनपद प्रहरी र ७ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण देखिएको हो । सुरक्षाकर्मीको बिहीबार स्वाब संकलन गरी परीक्षण गरिएको थियो । जसमा नेपालका ९ जना अंगरक्षकलाई कोरोना पोजिटिभ भएको रिपोर्ट आएको...
-
२०७७ भाद्र ५, शुक्रबार
संक्रमितले निजी अस्पतालमा उपचार गराए पनि खर्च सरकारले व्यहोर्ने
काठमाडाैं – कोरोना संक्रमितले निजी अस्पतालमा उपचार गराए पनि सरकारले उपचार खर्च व्यहोर्ने भएको छ । बिहीबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । अस्पताल भरिभराउ हुने सम्भावना भएकाले बिरामीको उपचारका लागि निजी अस्पतालमा लाग्ने खर्च सरकारले व्यहोर्ने निर्णय गरिएको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए । यस्तै स्थानीय तहहरूमा क्वारेन्टाइनको संख्या विस्तार गर्ने निर्णय...
-
२०७७ भाद्र ५, शुक्रबार
भदौ १६ देखि अन्तर्राष्ट्रिय उडान हुने
काठमाडाैं – मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले भदौ १६ देखि अन्तर्राष्ट्रिय उडान गर्ने निर्णय गरेको छ । सरकारले पिसिआर परिक्षण रिर्पोट नेगेटिभ आएका विदेशमा रहेका नेपालीका लागि उडान अनुमति दिने निर्णय गरेको हो । यसरी हुने उडानमा नेपाली नागरिक, कूटनीतिक नियोगका कर्मचारीहरु आउन सक्नेछन् र उनीहरुको ७२ घण्टाभित्र पीसीआर टेष्ट गर्दा रिपोर्ट नेगेटिभ आएको हुनुपर्छ । तर पिसिआर टेष्ट नभएको मुलुकबाट भने...
-
२०७७ भाद्र १, सोमबार
नेकपा सचिवालय बैठकले गर्याे कार्यदल अनुमोदन
काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको आजको सचिवालय बैठकले आन्तरिक विवाद मिलाउन अध्यक्षद्वयले गठन गरेको कार्यदललाई अनुमोदन गरेको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच गत साउन ३० मा भएको छलफलबाट महासचिव विष्णुप्रसाद पौडेलका संयोजकत्वमा छ सदस्यीय कार्यदल गठन भएको थियो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार एवं नेकपा प्रचार तथा प्रकाशन विभागका...
-
२०७७ श्रावण ३२, आइतबार
नेकपाको सचिवालय बैठक सोमबार बस्दै
काठमाडाैं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय बैठक सोमवार बिहान बस्ने भएको छ । बिहान ११ बजे बस्ने सचिवालय बैठक पार्टीभित्रको विवाद हल गर्ने उद्देेश्यसहित बोलाइएको हो । बैठक बिहान साढे ९ बजे बस्नेछ । पार्टीको आन्तरिक विवादबीच गत १३ साउनमा स्थगित भएको स्थायी कमिटी बैठक अझै बस्न सकेको छैन । शुक्रबार दुई अध्यक्षले विवाद समाधानका लागि ६ सदस्यीय कार्यदल बनाएपछि भने नेकपा विवाद समाधान...
-
२०७७ श्रावण ३१, शनिबार
ओली र मोदीबीच फोनवार्ता
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच फोनवार्ता भएको छ । भारतको ७४ औं स्वतन्त्रता दिवसको अवसरको अवसरमा टेलिफोन गर्दै प्रधानमन्त्री केपी ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग दुई पक्षीय सम्बन्धमा निकट भविष्यमै छलफल गर्ने सहमति गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाल र भारतबीच सीमा विवाद बढेपछि दुई देशका शीर्ष नेतृत्वबीच सम्वाद हुन सकेको थिएन । परराष्ट्र...
-
२०७७ श्रावण २९, बिहिबार
चन्द समूहका १३ कार्यकर्ता पक्राउ
कर्णाली – प्रहरीले नेत्रविक्रम चन्द समूहका नेता र कार्यकर्तालाई धमाधम पक्राउ गर्न थालेको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार केही दिनयता रुकुम पश्चिमबाट चार, जुम्लाबाट तीन, सुर्खेत, सल्यानबाट दुईदुई, दैलेख र डोल्पाबाट एकएक गरी १३ जनालाई पक्राउ गरिएको हो । प्रहरीले सुर्खेतको भेरीगङ्गा नगरपालिका–९ जहरेबाट कर्णबहादुर बिसी र सहवीर महरलाई पक्राउ गरेको छ । दुवै जना सोही समूहको जिल्ला कमिटी सदस्य रहेको...
-
२०७७ श्रावण २७, मंगलबार
पूर्ण लकडाउन मुलुकले धान्न नसक्ने : काँग्रेस
काठमाडौँ – नेपाली कांग्रेसको कोभिड–१९ अनुगमन समितिले पूर्ण लकडाउन मुलुकले धान्न नसक्ने भन्दै कोरोना परीक्षणको नतिजाको आधारमा सङ्क्रमित स्थानहरुमा लक्षित लकडाउन र आइसोलेशनको उचित व्यवस्था गर्न सरकारसँग माग गरेको छ । समितिले साेमबार पत्रकार सम्मेलन गरी कोरोना सङ्क्रमण समुदायमा पुगिसकेको स्थिति भएकाले सम्भावित सङ्क्रमित स्थानहरुको सघन अनुगमनका आधारमा त्यस्ता क्षेत्रहरुमा लक्षित गरी परीक्षणको दायरा...
-
२०७७ श्रावण २७, मंगलबार
अख्तियारका प्रमुखलाई कोरोना संक्रमण
काठमाडाैं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख नवीन घिमिरेलाई कोरोना संक्रमण भएको छ । सोमबार इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले गरेको सामूहिक परीक्षणका क्रममा उनमा कोरोना संक्रमण देखिएको पुष्टि गरेको हो । उनी संक्रमण देखिएका पहिलाे उच्च अधिकारी हुन् । अख्तियारको केन्द्रीय कार्यालयमा कार्यरत ३ दर्जनभन्दा बढी सुरक्षाकर्मी र कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
-
२०७७ श्रावण २६, सोमबार
कांग्रेस केन्द्रीय विभागले पायाे पूर्णता
काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानबमोजिम केन्द्रीय विभागमा आइतबार उपप्रमुख, सचिव र सदस्य मनोनयन गरी पूर्णता दिनुभएको छ । केन्द्रीय विभागका प्रमख भने यसअघि नै मनोनयन गरिएको थियो । उहाँले पार्टीका नेता गोपालमान श्रेष्ठ प्रमुख रहनुभएको सङ्गठन विभागको सचिवमा विनकुमार विश्वकर्मा र सदस्यमा अन्य विभिन्न ४० जनालाई सदस्यमा मनोनयन गर्नुभएको छ । यसैगरी हरिप्रसाद नेपाल...
-
२०७७ श्रावण २५, आइतबार
ईःले ताेडे २३ दिनपछि अनशन
काठमाडाैं – कोरोना नियन्त्रणमा प्रभावकारी हुनुपर्ने माग राखी सत्याग्रहमा बसेका ‘इनफ इज इनफ’ अभियन्ता ईः ले २३ दिनका दिन अनशन तोडेका छन् । स्वास्थ्य मन्त्रालय र ‘इनफ इज इनफ’का प्रतिनिधिबीच आइतबार बिहान ८ बुँदे सम्झौतापत्रमा हस्ताक्षरपछि उनले अनशन ताेडेका हुन् । कोभिड–१९ को प्रभावकारी व्यवस्थापनको माग गर्दै ईः पहिलो पटक उनी र पुकार बम पाटन दरबार स्क्वायरमा अनशन बसेका थिए । सत्याग्रहको १२ औं दिन...
-
२०७७ श्रावण २५, आइतबार
भारतीय विदेशमन्त्रीले फेरि गरे दावी – बुद्ध भारतमै जन्मिएका हुन्
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले रामकाे जन्म नेपाल नै ठोकुवा गरिरहेकाे समय भारतीय विदेशमन्त्रीले फेरि गाैतम बुद्ध भारतमा जन्मिएकाे दाबी गरेका छन् । भारतीय विदेशमन्त्री एस. जयशंकरले गौतम बुद्ध भारतमा जन्मिएको दाबी गरेका छन् । भारतीय उद्यमी तथा व्यवसायीहरुको छाता संगठन कन्फडरेसन अफ इण्डियन इन्डष्ट्रिद्वारा शनिबार आयोजित भर्चुअल सम्मेलनमा सम्बोधन गर्दै जय शंकरले यस्तो बताएका हुन् । ‘हामीले...


